text
stringlengths
2
914
कान्तिपुर संवाददाता
प्रतिकूल मौसमले हवाई उडान प्रभावित, छ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोडदेखि भारतको उत्तराखण्डको चमौलीमा हिमपहिरो जाँदा सडक निर्माणमा खटिएका ५७ जना फसे, १६ को उद्धारसम्मका खबर आज चर्चामा रहे ।
केपी ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ : अध्यक्ष नेपाल
कान्तिपुर संवाददाता
एकीकृत समाजवादी(एस) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप लगाएका छन् ।
शिक्षा विधेयक विद्यार्थी र अभिभावककेन्द्रित बनाएर मात्र पारित हुन्छ : गृहमन्त्री लेखक
कान्तिपुर संवाददाता
गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताएका छन् । शुक्रबारर काठमाडौंमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसनले नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सरकारले शिक्षा संसद्‍मा रहेको शिक्षा विधेयक सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।
प्रदेशलाई 'बलिको बोको' बनाउन खोजियो : महामन्त्री थापा
कान्तिपुर संवाददाता
सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु अहिलेको कमजोरी रहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । पोखरामा भइरहेको १२ औं नेपाल लिटरेचर फेस्टिभलको 'निराशा : व्याख्या र वास्तविकता' सत्रमा बोल्दै थापाले सरकारमा 'सेन्स अफ अर्जेन्सी' नभएको विचार राखे ।
विकासका लागि शान्ति आवश्यक : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि शान्ति आवश्यक रहेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ मा सहभागी हुन नेपाल आएको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले युद्धले विनाश गर्ने र शान्तिले विकास गर्ने बताएका हुन् ।
५ सय चिकित्सकको विज्ञापन गर्ने स्थिति बनाउँछौं : स्वास्थ्यमन्त्री पौडेल
कान्तिपुर संवाददाता
नेपालमा ३३ वर्ष पहिले एक हजार ११२ चिकित्सकको दरबन्दी थियो । २०४८ सालयता अहिलेसम्म पनि चिकित्सको दरबन्दीको हालत उस्तै छ । संघीयता कार्यन्वयनमा आएपछि प्रदेशले बल्लतल्ल ७०४ चिकित्सकको दरबन्दी थपेका छन् ।
गठबन्धन गर्दा साना पार्टी संसद्‌मा रहिरहन्छन्, तिनले अस्थिरता निम्त्याउँछन् : पोखरेल
रासस
एमाले महासचिव शंकर पोखरेलले कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा बिनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताएका छन् ।
नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन
कान्तिपुर संवाददाता
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।
नेपाल र जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् ।
माओवादी नै सक्कली मधेशवादी हो : अध्यक्ष दाहाल
अवधेशकुमार झा
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सक्कली मधेशवादी माओवादी नै भएको दाबी गरेका छन् । अब सक्कली र नक्कली मधेशवादी छुट्याउने समय आएको बताउँदै माओवादी नै सक्कली मधेशवादी भएको उनले दाबी गरेका हुन् ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित : परराष्ट्रमन्त्री चढेको जहाज कोलकाता डाइभर्ट
कान्तिपुर संवाददाता
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।
सभापति देउवाले बोलाए कांग्रेसका शीर्ष नेताहरूको बैठक
कान्तिपुर संवाददाता
कांग्रेस सभापति शेरबहार देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सभापति देउवाले शुक्रबार अपरान्ह बस्ने गरी शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।
मुख्यमन्त्रीसँग कान्तिपुर : 'संघको नजरमै विभेद छ’
कान्तिपुर संवाददाता
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशप्रति संघको नजर फरक परेकाले धेरै विभेद हुने गरेको बताएका छन् । प्रदेशले प्रहरी ऐन बनाए पनि संघले सहयोग नगर्दा कार्यान्वयनमा आउन नसकेको उनले गुनासो गरे ।
सिन्धुपाल्चोक भूकम्प : आत्तिएर हाम्फाल्दा एक कैदी घाइते, कोदारी चौकी क्षतिग्रस्त
अनिश तिवारी
आज बिहानको भूकम्पमा भाग्न खोज्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी घाइते भएका छन् ।जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार चौतारास्थित जिल्ला कारगारमा पुर्पक्षको लागि थुनामा रहेका भोटेकोशी गाउँपालिका-५ का ३३ वर्षीय स्याङ्बो तामाङ भूकम्प आउँदा आत्तिएर दोश्रो तलाबाट हाम फालेका थिए ।
आज यी ठाउँहरूमा पर्दैछ पानी, हिमपातको पनि सम्भावना
रासस
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम बदली भएको छ ।
सिन्धुपाल्चोक भूकम्प : भोटेकोशीमा सुख्खा पहिरो, सामान्य भौतिक क्षतिमात्रै
कान्तिपुर संवाददाता
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान गएको ६.१ रिक्टर स्केलको भूकम्प गएको छ । तर भूकम्पबाट कुनै मानवीय तथा ठूलो भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।
नेमकिपाको आठौँ महाधिवेशन आजदेखि
रासस
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन आजदेखि सुरू हुँदैछ । महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ ।
‘कन्डम ट्याम्पोनेड’ विधिबाट ‘आमा’को ज्यान जोगाइरहेकी पार्वती
प्रकाश बराल
गत वर्ष घरमै प्रसूति भएकी बडिगाड गाउँपालिका–८ की एक महिलाको अत्यधिक रक्तस्राव भयो । प्रसूतिपछिको रक्तस्रावले घरमै बेहोस भएपछि परिवार र छिमेकीले ८ घण्टा स्ट्रेचरमा बोकेर तत्कालीन बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र हालको बुर्तिवाङ अस्पताल पुर्‍याए ।
५ सन्तानका बुबाआमा एकै वर्षमा बिदा भए
मेनुका ढुंगाना
एक वर्षको अन्तरालमा बुबाआमा दुवैको मृत्यु भएपछि उनीहरूका ५ सन्तानको बिचल्ली भएको छ । जिल्लाको दुर्गम ढकारी गाउँपालिका-७ थाराका ४६ वर्षीय रामबहादुर नेपालीको गत वर्ष भारतमै मृत्यु भएको थियो । पतिको मृत्युपछि ४३ वर्षीया ममता सन्तानसहित घर फर्किइन् ।
कस्तुरी सहकारीका अध्यक्ष र परिवार मिलेर ४८ करोड हिनामिना
नारायण शर्मा
म्याग्दीको बेनीस्थित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको करिब ४८ करोड रुपैयाँ नक्कली कागजातका आधारमा संस्थाका अध्यक्ष राजेश शाक्यका परिवारले अपचलन गरेको पाइएको छ । एमालेका जिल्ला नेता शाक्य र उनका परिवारका सदस्यले धितो नराखी सहकारीमा जम्मा भएको रकमको ९१ प्रतिशत रकम ऋण लिएका हुन् ।
आज ग्याल्पो ल्होसार : शेर्पा समुदायले नयाँ वर्षकारुपमा मनाउँदै
कान्तिपुर संवाददाता
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रिक्टर स्केलको भूकम्प
कान्तिपुर संवाददाता
सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको छ ।
फाल्गुन १५, २०८१
कुमारीको बचत हिनामिनामा जिसस प्रमुखसहित २५ जनालाई मुद्दा, १ अर्ब १३ करोड बिगो माग
नारायण शर्मा
म्याग्दीको बेनीमै रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा डेढ अर्ब रकम हिनामिना गरेका एमाले नेता एवं जिसस प्रमुख राजकुमार थापासहित २५ जनाबाट १ अर्ब १३ करोड बिगो मागदाबी गर्दै सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । थापासहित रकम हिनामिनामा संलग्न ६ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमै छन् ।
राजनीतिक नेतृत्व र कर्मचारीकै कारण प्रदेशमाथि प्रश्न : मुख्यमन्त्री पाण्डे
दीपक परियार
राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा अधिकार हस्तान्तरण गर्न नचाहने समस्या हुँदा प्रदेशमाथि प्रश्न उठेको गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् । पोखरामा जारी ‘नेपाल लिटरेचर फेस्टिभल’ अन्तर्गत बिहीबार ‘प्रदेशको पाइला’ सत्रमा उनले प्रदेश सरकारप्रति प्रश्न उठ्नुका कारण परम्परागत केन्द्रीकृत शासन सत्ता रहेको दाबी गरे ।
सामाजिक सञ्जालको छाडापन रोक्न विधेयक : सञ्चारमन्त्री गुरूङ
दीपक परियार
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन नभई छाडापन रोक्न विधेयक ल्याएको तर्क गरेका छन् । उनले असभ्यतातिर जान लागेको समाजलाई रोक्न विधेयक ल्याएको प्रष्टीकरण दिएका छन् ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
साढे ८ प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्यो, पुनः स्पष्टीकरण सोध्नु कानुन र न्यायको सिद्धान्तप्रतिकूल भएको कुलमान तर्कदेखि प्यालेस्टिनी कैदीको रिहाइ सुरु हुनेबित्तिकै हमासले पनि फिर्ता गर्‍यो चार बन्धकको शवसम्मका समाचार आज चर्चामा रहे ।
पाथीभरा केबलकारबारे खतिवडाको प्रतिक्रिया : विकासको काम कुनै पनि बहानामा रोक्न मिल्दैन
कान्तिपुर संवाददाता
पाथीभरामा केबलकार निर्माण विवादबारे कांग्रेस सांसद रामहरि खतिवडाले प्रतिक्रिया दिएका छन् । उनले विकास निर्माणको कार्य कुनै पनि बहानामा रोक्न नमिल्ने बताएका हुन् ।
बेलायती सेना प्रमुखद्वारा नेपाली सेनाको प्रशंसा
रासस
बेलायती सेना प्रमुख, चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरले नेपाली सेनाको प्रशंसा गरेका छन् । लण्डनस्थित नेपाली दूतावासले नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा बुधबार साँझ दूतावासमा आयोजना गरेको एक विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका सेना प्रमुख रोलीले, नेपाली र बेलायती सेनाबीचको दिगो सम्बन्धप्रति खुसी व्यक्त गर्दै नेपाली सेनाले देखाएको अटल समर्पण, निष्ठा र व्यावसायिकताको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
करारमा कर्मचारी भर्ना गर्न गण्डकी सरकारले ल्याएको अध्यादेश 'मेरिट सिस्टम'विपरीत : अध्यक्ष रेग्मी
कान्तिपुर संवाददाता
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गण्डकी प्रदेश सरकारले दुई वर्षअघि आफैंले जारी गरेको प्रदेश निजामती सेवा ऐनविपरीत ज्यालादारी वा करारमा कर्मचारी नियुक्तिको प्रक्रियाअगाडि बढाउन अध्यादेश जारी गर्नु 'मेरिट सिस्टम'विपरीत रहेको बताएका छन् ।
राजेन्द्र महतोको 'राष्ट्रिय मुक्ति पार्टी'ले संगठन विस्तार अभियान सञ्चालन गर्ने
कान्तिपुर संवाददाता
राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले संगठन विस्तार, प्रशिक्षण तथा अर्थ संकलनको ४५ दिने अभियान सञ्चालन गर्न लागिएको बताए ।
श्रीमती बिरामी भनेर नेपाल फर्किए, प्रेमिकाले गरिन् हत्या
सन्तोष सिंह
विवाहेत्तर प्रेम सम्बन्ध लुकाउन श्रीमान्‌सँग मिलेर प्रेमीलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा महिला पक्राउ परेकी छन् । कमला नगरपालिका–६ सिग्याही मडानका ३३ वर्षीय शाहिद अन्सारीको गत मंसिर २७ गते घरमा हत्या गरेको आरोपमा मिथिला बिहारी–६ सिरसियाकी २४ वर्षीया अनिता कुमारी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेशले अध्यादेश ल्याएर नियुक्त भएका कर्मचारीले स्वच्छ र निष्पक्ष काम गर्न सक्दैनन् : लोकसेवा आयोग अध्यक्ष
कान्तिपुर संवाददाता
प्रदेश सरकारहरूले अध्यादेश ल्याएर करार, ज्यालादारी र अस्थायी रूपमा कर्मचारी नियुक्त गर्न नमिल्ने लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बताएका छन् । त्यसरी नियुक्त भएका कर्मचारीले सरकारको कामकारबाही स्वच्छ र निष्पक्ष रूपमा गर्न नसक्ने उनको भनाइ थियो ।
सिड कमिटीले दिएको निष्कर्ष र सुझाव कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : मन्त्री सुडी
कान्तिपुर संवाददाता
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) कमिटीमा नेपाल सरकारले प्रस्तुत गरेको सातौं आवधिक प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बताएका छन् ।
स्वास्थ्यकर्मीले दबाबमा काम गर्न सक्दैनन् : स्वास्थ्यमन्त्री पौडेल