text stringlengths 2 914 |
|---|
न्युज एजेन्सी नेपाल |
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणको काम वैशाख २४ गतेभित्रै सम्पन्न हुने दाबी गरेका छन्। |
च्याम्पियन्स ट्रफी विजेता टिमलाई बीसीसीआईद्वारा ५८ करोड भारतीय रुपैयाँ पुरस्कार |
कान्तिपुर संवाददाता |
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईसीसी च्याम्पियन्स ट्रफी विजेता भारतीय टिमलाई नगद पुरस्कार घोषणा गरेको छ । |
अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकमा कर्णालीले दियो लुम्बिनीलाई २०६ रनको लक्ष्य |
कान्तिपुर संवाददाता |
लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनीलाई २०६ रनको लक्ष्य दिएको छ । |
प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लब र बाग्मती भिड्दै |
सन्जु पौडेल |
रुपन्देहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बिहीबार दुई खेल हुँदैछन् । |
एपीएफको ११ गोल |
कान्तिपुर संवाददाता |
राष्ट्रिय महिला फुटबल प्रतियोगिताको बुधबार एपीएफ क्लबले गोल वर्षा गर्दै सानदार जितसहित फाइनल यात्रा तय गरेको छ । दुई खेलाडीको ह्याट्रिकसहित एपीएफले घरेलु टोली भरतपुर–२४ लाई ११–० ले हरायो । |
मताधिकारसँगै ५ संघलाई एनओसी सदस्यता |
कान्तिपुर संवाददाता |
नेपाल ओलम्पिक कमिटी (एनओसी) को बुधबार बसेको १८ औं विशेष साधारणसभाले पाँच संघलाई पूर्ण मताधिकारसहित सदस्यता प्रदान गरेको छ । अनलाइन ‘जुम’ को माध्यमबाट भएको बैठकपछि सदस्यता पाउनेमा नेपाल मोर्डन पेन्टाथलन संघ, नेपाल बेसबल तथा सफ्टबल संघ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ, नेपाल घोडचढी संघ र नेपाल रग्बी संघ छन् । |
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको प्रभाव कायमै |
सन्जु पौडेल |
स्पिनर ललित राजवंशी र गुलशन झाको उत्कृष्ट प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा छैटौं जित पाएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बुधबार उपाधि दाबेदार पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । पुलिस अपराजित छ । ९३ रनको सामान्य लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । |
चैत्र ६, २०८१ |
पाँचौँ मिल्स गोल्डकप : लेटाङ फुटबल क्लब सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
मोरङको लेटाङ फुटबल क्लब पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । विराटनगरको जुट मिल खेल मैदानमा बुधबार भएको क्वार्टरफाइनल खेलमा आयोजक लालिगुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरियालाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लेटाङले सेमिफाइलनमा स्थान सुरक्षित गरेको हो । |
आरसीटीमाथि बाँसबारीको प्रभावशाली जित |
कान्तिपुर संवाददाता |
सहिद स्मारक लिग ‘बी’ डिभिजनमा बाँसबारीले बुधबार आरसीटीमाथि प्रभावशाली ४–२ को जित निकालेको छ । प्रतियोगितामा बाँसबारीको यो पहिलो जित हो र उसको तीन अंक भएको छ । आरसीटीको भने यो लगातार दोस्रो हार हो र टिम शून्य अंकमै रह्यो । |
प्रधानमन्त्री कप किक्रेट : मधेशले आर्मीलाई ३ विकेटले हरायो |
दुर्गालाल केसी |
लगातार ३ खेलमा हार बेहोरेको मधेश प्रदेशले नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध ३ विकेटको सानदार जित हासिल गरेको छ । |
प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको दोस्रो जित |
सन्जु पौडेल |
सुदूरपश्चिमले रुपन्देहीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेटले पराजित गरेको छ । |
कराते महासंघले विभेद गरेको भन्दै साग स्वर्ण विजेता विप्लवले लिए संन्यास |
कान्तिपुर संवाददाता |
१३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले बुधबार संन्यास घोषणा गरेका छन् । गत वर्ष हाङचाउ एसियाली खेलकुदमा पदक नजिक पुगेका विप्लवले पत्रकार सम्मेलन गर्दै संन्यास घोषणा गर्नुको प्रमुख कारण नेपाल कराते महासंघ नेतृत्वको विभेदपूर्ण व्यवहार भएको बताएका छन् । |
गोधुली रनिङ कप फुटबल रात्रिकालीन हुने |
अर्जुन सुवेदी |
विगत २५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको गोधुली रनिङ कप फुटबल प्रतियोगिता यसपटक रात्रिकालीन समयमा हुने भएको छ । |
प्रधानमन्त्री कप : लुम्बिनीले दियो सुदूरपश्चिमलाई ११७ रनको लक्ष्य |
सन्जु पौडेल |
रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले बुधबार सुदूरपश्चिम प्रदेशलाई ११७ रनको लक्ष्य दिएको छ । |
ललित र गुल्शनको उत्कृष्ट प्रदर्शनमा पुलिस ७ विकेटले विजयी |
सन्जु पौडेल |
स्पीनर ललित राजवंशी र गुल्शन झाको उत्कृष्ट प्रदर्शनमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा छैटौं जित हासिल गरेको छ । |
प्रधानमन्त्री कप क्रिकेट : पुलिस र गण्डकी भिड्दै |
सन्जु पौडेल |
रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार दुई खेल हुँदैछन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा उपाधि दाबेदार नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । |
संकटा पराजित |
कान्तिपुर संवाददाता |
राष्ट्रिय महिला फुटबल प्रतियोगितामा मंगलबार लिगको अन्तिम खेलमा संकटा फुटबल क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएको छ । |
सकारात्मक र आक्रामक फुटबलको वाचा |
हिमेश |
नेपाली फुटबलमा अबको एक साता नयाँ अध्याय लेखिनेछ, जतिबेला प्रशिक्षक म्याट रसको नेतृत्वमा राष्ट्रिय पुरुष टोली मैदानमा उत्रन्छ । नेपालले शुक्रबार सिंगापुरविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्नेछ । लगत्तै अर्को मंगलबार मलेसियाविरुद्ध एसिया कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । |
सदस्य मनोनयनले क्यानभित्र तरङ्ग |
विनोद पाण्डे |
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले दुर्गानन्द चौधरीलाई नेपाल क्रिकेट संघको सदस्य पदमा मनोनयन गर्न पत्र पठाएपछि नेपाली क्रिकेटको सर्वोच्च निकायभित्र तरङ्ग उब्जिएको छ। सप्तरीको खडक नगरपालिका निवासी चौधरीलाई क्यानको रिक्त केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरिएको बेहोरासहित राखेपले माघ २३ गते पत्र पठाएको थियो । |
चैत्र ५, २०८१ |
ह्विलचेयर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन |
कान्तिपुर संवाददाता |
जावलाखेल ह्विलचेयर स्पोर्ट्स क्लब (जीडब्लूएससी) र त्रिभुवन आर्मी क्लबले मंगलबार उपत्यका क्लबस्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । |
सुमित्राले जितिन् विश्व मुवाँथाईमा रजत |
कान्तिपुर संवाददाता |
नेपाली खेलाडी सुमित्रा नगरकोटीले २० औं डब्लूएमएफ विश्व मुवाँथाई च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । थाइल्यानडको बैंककमा भएको प्रतियोगितामा सुमित्राले रजत र परिका बतासले कांस्य जितेका हुन् । |
पोखरा कप राष्ट्रिय ह्यान्डबल : आर्मीलाई उपाधि |
दीपक परियार |
विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो पोखरा कम राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा मंगलबार घरेलु टोली गण्डकी प्रदेशको टिमलाई फाइनलमा ३७–३२ ले हराउँदै आर्मी च्याम्पियन बनेको हो । |
पाँचौं मिल्स गोल्डकप : बिहारलाई हराउँदै टीएफसी सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । |
सन्धिखर्कमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता |
वीरेन्द्र केसी |
सन्धिखर्क टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता–२०८१ सुरु भएको छ । |
पुरुषोत्तम भए फिडे क्यान्डिडेट मास्टर |
कान्तिपुर संवाददाता |
नेपाली चेस खेलाडी पुरुषोत्तम सिलवाल श्रीलंकामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामार्फत फिडे क्यान्डिडेट मास्टर भएका छन् । आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षीय पुरुषोत्तमले उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धामार्फत ४.५ अंक जोडेर सीएम उपाधि पाएका हुन् । |
दोस्रो जितपछि श्री भगवती दोस्रोमा |
कान्तिपुर संवाददाता |
श्री भगवतीले लगातार दोस्रो जित निकाल्दै सहिद स्मारक लिग ‘बी’ डिभिजनको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको मंगलबारको खेलमा उसले ब्रिगेड ब्वाइजलाई २–० ले हरायो । |
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक |
कान्तिपुर संवाददाता |
कर्णाली प्रदेशमा जेठमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पुनः सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० सम्मका लागि मिति तय गरिएको छ । |
प्रधानमन्त्री कप क्रिकेट : बाग्मती र कर्णाली विजयी |
सन्जु पौडेल |
रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मती र कर्णाली विजयी भएका छन् । |
अर्जुन घर्तीको उत्कृष्ट प्रदर्शनमा कर्णाली विजयी |
सन्जु पौडेल |
अर्जुन घर्तीको उत्कृष्ट प्रदर्शनमा कर्णालीले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा मंगलबार भएको खेलमा कर्णालीले कोशीलाई १२७ रनले पराजित गरेको हो । |
साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक |
कान्तिपुर संवाददाता |
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । |
प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले दियो गण्डकीलाई २८९ रनको लक्ष्य |
सन्जु पौडेल |
रुपन्देहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले गण्डकी प्रदेशलाई २८९ रनको लक्ष्य दिएको छ। भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि बागमतीले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर २८८ रन बनायो। |
अर्जुन घर्तीको ८८ रनको इनिङ्समा कर्णालीले दियो कोशीलाई २१९ रनको लक्ष्य |
कान्तिपुर संवाददाता |
लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई २१९ रनको लक्ष्य दिएको छ । |
सन्धिखर्कमा लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिता |
वीरेन्द्र केसी |
सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता–२०८१ हुँदैछ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.