text
stringlengths
2
914
लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्रीप कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध कोशीले ९ विकेटको शानदार जित निकालेको छ ।
प्रधानमन्त्री कप: गण्डकीविरुद्ध कोशीले लियो अघिल्लो सिजनको बदला, गण्डकी ३१ रनमै अलआउट
कान्तिपुर संवाददाता
लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशविरुद्ध गण्डकी प्रदेश ३१ रनमै अलआउट भएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी र गण्डकी प्रदेश भिड्दै
दुर्गालाल केसी
लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत आइतबार लुम्बिनी प्रदेश र बाग्मती प्रदेश भिड्दैछन् ।
चर्च ब्वाइज च्याम्पियन
कान्तिपुर संवाददाता
आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरविरुद्ध १–० को कठिन जित निकाल्दै चर्च ब्वाइज युनाइटेड पाँचौं मेचीनगर गोल्डकप च्याम्पियन बनेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र कर्णाली भिड्दै
सन्जु पौडेल
रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुँदैछन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बिहान ९ बजे विभागीय टोली एपीएफ क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहितकुमार पौडेलको नेतृत्वमा मैदान उत्रँदै छन् । कर्णालीको कप्तानी दिवान पुनले सम्हाल्ने छन् ।
इण्डो-नेपाल टि-२० क्रिकेट : थण्डर-११ फाइनल प्रवेश
कान्तिपुर संवाददाता
इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा थण्डर-११ ले आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गरी फाइनल प्रवेश गरेको छ ।
रियलको जितमा एमबापेको दुई गोल
कान्तिपुर संवाददाता
केयलियन एमबापेको दुई गोलको मद्दतले रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार भिल्लारियललाई २–१ ले हराएको छ र फेरि लिग तालिकाको शीर्षमा उक्लेको छ । जुवान फोयटको गोलले भिल्लारियलले सुरुमै अग्रता लिएको थियो ।
ब्राइटनसँग सिटीको बराबरी
कान्तिपुर संवाददाता
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार ब्राइटनसँग बराबरी खेलेको छ र यो उसका लागि घाटाको नतिजा रहनेछ । एतिहाडमा भएको खेलमा सिटीले दुईपल्ट अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन् । सिटीका लागि इर्लिङ हालान्ड र ओमर मारमोसले गोल गरे ।
चैत्र २, २०८१
मधेश प्रदेशलाई उपाधि
कान्तिपुर संवाददाता
मधेश प्रदेश टिमले प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता जितेको छ । नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा भएको प्रतियोगितामा मधेशले शनबार मूलपानी क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी प्रदेश टिमलाई १४ रनले पराजित गर्‍यो ।
आइटीएफ तेक्वान्दो खेलाडी महतलाई सम्मान
कान्तिपुर संवाददाता
नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतले नेपाली आइटीएफ तेक्वान्दो राष्ट्रिय खेलाडी फारम बहादुर महतलाई सम्मान गरेको छ । यूकेको हाइवेकमस्थित डल्फिन आइ रेष्टुरेन्टमा आयोजित विशेष समारोहमा महतको खेलकुद क्षेत्रमा योगदान तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको सहभागितालाई कदर गरिएको हो ।
डीसीसी कपमा दक्षिणकाली र तारकेश्वर विजयी
कान्तिपुर संवाददाता
काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डीसीसी कप’ मा दक्षिणकाली र तारकेश्वर नगरपालिका विजयी भएका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शनिबार दक्षिणकालीले नागार्जुन नगरपालिकालाई १–० गोलले हरायो । दक्षिणकालीलाई जित दिलाउन नवीन कर्माचार्यले गोल गरे ।
राष्ट्रिय महिला कबड्डी : विभागीय वर्चस्व
कान्तिपुर संवाददाता
२० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगितामा विभागीय टोलीहरूले वर्चस्व जमाइरहेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लब विजयी भएका छन् । सबैले समान दुई खेल जितेको थियो ।
मेयर कपमा बूढानीलकण्ठ डोजो टिम च्याम्पियन
कान्तिपुर संवाददाता
बूढानीलकण्ठ डोजोले शनिबार प्रथम बूढानीलकण्ठ मेयर कप काठमाडौं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको ट्रफी जितेको छ । बूढानीलकण्ठले १२ स्वर्ण, ५ रजत र १० कांस्य पदक जितेको थियो ।
खुला ब्याडमिन्टनमा प्रियान्सु र भोज विजयी
कान्तिपुर संवाददाता
युनिटीका प्रियान्सु क्षेत्री र एपीएफ क्लबका भोजबहादुर गुरुङ तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा क्वाटरफाइनल पुगेका छन् ।
राष्ट्रिय उमा कुङफुमा बागमती च्याम्पियन
कान्तिपुर संवाददाता
बागमती प्रदेशले सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सर्वाधिक १९ स्वर्ण जित्दै बागमती टिम च्याम्पियन बन्यो । राष्ट्रिय उमा कुङफु संघको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेश १३ स्वर्णसहित दोस्रो भयो । तेस्रो स्थानको गण्डकी प्रदेशले ७ स्वर्ण जित्यो ।
सप्तरीले जित्यो पाँचथर गोल्डकपको उपाधि
लक्ष्मी गौतम
मच्छिन्द्र फुटबल क्लब काठमाडौंलाई हराउँदै नमोबुद्व फुटबल क्लब सप्तरी पाँचथरको फिदिममा आयोजित पाँचौं संस्करणको पाँचथर गोल्डकप विजेता बनेको छ ।
प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको लगातार चौंथो जित
सन्जु पौडेल
तृतराज दासको शतक मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ ।
मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता
कान्तिपुर संवाददाता
मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गरे ।
प्रधानमन्त्री कपमा पुलिसको लगातार चौथो जित
दुर्गालाल केसी
उपाधि दाबेदारी देखाइरहेको नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रन अन्तरले हराउँदै प्रधानमन्त्री कपमा लगातार चौथो जीत निकालेको छ ।
नेयमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने
रासस
ब्राजिलियन स्टार स्ट्राइकर नेयमार तिघ्राको चोटका कारण सन् २०२६ मा हुने विश्वकप फुटबलका लागि मार्चमा हुने कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेलमा नखेल्ने भएका छन् ।
फालेलुङमा ४४ किलोमिटर दौड
लक्ष्मी गौतम
पाँचथरको फालेलुङमा जिल्लामै सबैभन्दा लामो दूरीमा सर्वाधिक पुरस्कार राशीको दौड प्रतियोगिता (म्याराथन) आयोजना गर्न लागिएको छ ।
प्रधानमन्त्री कप: आर्मीले कोशी प्रदेशको सामना गर्दै
सन्जु पौडेल
प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशको सामना गर्दैछ ।
हङकङमाथि नेपालको सान्त्वना जित
कान्तिपुर संवाददाता
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले युगान्डामा भइरहेको चारदेशीय प्रतियोगितामा केवल दोस्रो विजय हात बेहोरेको छ । पहिलो ५ मध्ये ४ खेल हारेर फाइनल दौडबाट बाहिरिइसकेको नेपालले शुक्रबार डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको हो ।
मछिन्द्र र नमोबुद्ध विश्वस्त
लक्ष्मी गौतम
पाँचौं संस्करणको पाँचथर गोल्डकप फुटबलको उपाधिका लागि शनिबार मछिन्द्र एफसी काठमाडौं र नमोबुद्व फुटबल क्लब सप्तरी भिड्दै छन् । मछिन्द्रले सेमिफाइनलमा इन्ट्रा पथरी फुटबल क्लब मोरङलाई हराएको थियो । सप्तरी ‘ए’ डिभिजन क्लब चर्च ब्वाइजलाई हराउँदै फाइनलमा आइपुगेको हो ।
उपाधि होडमा आयोजक र चर्च ब्वाइज
पर्वत पोर्तेल
काँकडभिट्टामा जारी पाँचौं मेचीनगर गोल्डकप फुटबलको उपाधिका लागि शनिबार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र लिग विजेता चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदै छ । फाइनलअघि शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले यहाँ आफूहरू पहिलो पटक च्याम्पियन बन्ने दाउमा रहेको बताए ।
चैत्र १, २०८१
एनएसएल चैत १६ देखि
कान्तिपुर संवाददाता
नेपाल सुपर लिग (एनएसएल) २०२५ को शुक्रबार खेल तालिका जारी गरिएको छ । प्रतियोगिता चैत १६ देखि सुरु हुनेछ र त्यसको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले पूर्व विजेता काठमाडौं रेजर्सको सामना गर्नेछ ।
क्षितिज फ्रिस्टाइल चेस च्याम्पियन
कान्तिपुर संवाददाता
फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले नयाँ स्वरुपको बुद्धिचाल प्रतियोगिता हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । उनले फाइनलमा क्यान्डिडेट मास्टर (सीएम) मिलन लामालाई शुक्रबार हराए ।
विदेश जान रोक लगाएपछि एनओसीको रोष
कान्तिपुर संवाददाता
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना पदाधिकारीलाई विदेश जानबाट रोक्न थालेपछि पत्रकार सम्मेलन गर्दै सरकारप्रति रोष प्रकट गरेको छ ।
ब्याडमिन्टन सुरु, फुटबलकी प्रीति सम्मानित
कान्तिपुर संवाददाता
नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सुरु भएको छ ।
पदकसहित पारा एथलेटिक्स टोली स्वदेश फर्कियो
कान्तिपुर संवाददाता
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सबाट रजत पदकसहित नेपाली पारा एथलेटिक्स टोली शुक्रबार स्वदेश फर्किएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : बागमतीको पहिलो जित
सन्जु पौडेल
शुभ कंसाकारको उत्कृष्ट प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । प्रधानमन्त्री कपमा बागमतीको यो पहिलो जित हो ।
महिला ट्वान्टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित
कान्तिपुर संवाददाता
युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।
पुलिस क्लबद्वारा एपीएफविरुद्ध २ विकेटको जित
दुर्गालाल केसी
लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई २ विकेटले पराजित गरेको छ।
महिला ट्वान्टी–२० क्रिकेट : हङकङद्वारा नेपाललाई १०५ रनको लक्ष्य