text stringlengths 2 914 |
|---|
पुलिस र आर्मी अघिपछि |
सन्जु पौडेल , दुर्गालाल केसी |
लगातार पाँचौं जित हात पार्दै त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलतर्फ अग्रसर भएका छन् । सोमबार विभागीय डर्बीमा आर्मीले एपीएफलाई ३ विकेटले हरायो । अंक समान भए पनि रनरेटका आधारमा आर्मीलाई उछिन्दै पुलिस शीर्षस्थानमा छ । |
पेमा स्पोर्टिङ सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
पाँचौं मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा स्पोर्टिङ क्लब सेमिफाइनलमा पुगेको छ । |
पेनोरिसलाई क्रिकेट उपाधि |
कान्तिपुर संवाददाता |
भारतीय टिम पेनोरिस ११ ले सोमबार इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मेचीनगर–४ बाहुनडाँगीस्थित सरस्वती माविको मैदानमा भएको फाइनलमा पेनोरिसले थण्डर्स ११ लाई ७ विकेटले हरायो । |
चैत्र ४, २०८१ |
रश्मिकुमारीको ह्याट्रिकमा एपीएफ विजयी |
रमेशकुमार पौडेल |
एपीएफ क्लबले सर्लाहीको बागमती युथ क्लबलाई ९–० को फराकिलो गोलले पराजित गर्दै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । |
क्षितिज र नीता यलम्बर ब्याडमिन्टन च्याम्पियन |
कान्तिपुर संवाददाता |
काठमाडौं (कास)– एपीएफ क्लबका क्षितिज खनाल र नेपाल पुलिस क्लबकी नीता लम्सालले तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष एकलतर्फ क्षितिज र महिला एकलतर्फ नीता विजेता बने । |
पोखरा कप पुरुष ह्यान्डबल : आर्मी र गण्डकी शीर्ष स्थानमा |
दीपक परियार |
विभागीय टिम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश पहिलो पोखरा कप राष्ट्रिय पुरूष ह्यान्डबल प्रतियोगितामा समूहतर्फ शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका छन् । लिग चरणको खेलमा गण्डकी समूह ‘ए’ र आर्मी समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएका हुन् । |
१७औं धर्मश्रीको तयारी पूरा, विजेताले १२ लाख जित्ने |
कान्तिपुर संवाददाता |
नेपाल व्यायाम मन्दिरले १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ । धर्मश्री चैत ७ देखि ९ सम्म हुने राजधानीमा हुनेछ । |
बाह्रखरी गल्फ चैत २३ मा |
कान्तिपुर संवाददाता |
गोकर्ण फरेस्ट गल्फ कोर्समा यही चैत २३ गते आठौं बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा यस वर्ष करिब १ सय २० कर्पोरेट गल्फरले प्रतिस्पर्धा गर्नेछन् । |
प्लानिङ ब्वाइजको लगातार दोस्रो जित |
कान्तिपुर संवाददाता |
प्लानिङ ब्वाइजले सहिद स्मारक लिग ‘बी’ डिभिजनमा सोमबार लगातार दोस्रो जित निकालेको छ । उसले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासललाई सजिलै ४–० ले पराजित गर्यो । |
प्रधानमन्त्री कप : लुम्बिनीद्वारा मधेश प्रदेश पराजित |
दुर्गालाल केसी |
नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामामा मधेश प्रदेशलाई ८३ रनले हराएसँगै लुम्बिनी प्रदेशले चौथो जित हासिल गरेको छ । लुम्बिनीका स्पिनरले कसिलो बलिङ गरेपछि मधेश प्रदेशले मध्यम लक्ष्य पनि जित्न सकेन । |
दुई खेलका लागि पुरुष राष्ट्रिय फुटबल टिमको घोषणा |
कान्तिपुर संवाददाता |
सिंगापुर र मलेसियाविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय खेलका लागि मुख्य प्रशिक्षक म्याट रसले सोमबार २३ सदस्यीय पुरुष फुटबल टिमको घोषणा गरेका छन् । नेपालले शुक्रबार सिंगापुरविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दैछ । |
प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब ६१ रनले विजयी |
सन्जु पौडेल |
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । |
‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने |
रासस |
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् । कप्तान सुब्बालाई इलामदेखि काठमाडौं ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन् । |
प्रधानमन्त्री कप क्रिकेट : एपीएफले दियो आर्मीलाई १४२ रनको लक्ष्य |
सन्जु पौडेल |
विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई १४२ रनको लक्ष्य दिएको छ । |
प्रधानमन्त्री कप : पुलिसले दियो सुदूरपश्चिमलाई १६१ रनको लक्ष्य |
सन्जु पौडेल |
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १६१ रनको लक्ष्य दिएको छ । |
प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी र मधेश प्रदेश भिड्दै |
दुर्गालाल केसी |
लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत आइतबार लुम्बिनी प्रदेश र मधेश प्रदेश टिम भिड्दैछन् । |
इन्टरलाई शीर्षमा तीन अंकको अग्रता |
कान्तिपुर संवाददाता |
इन्टर मिलानले इटालीको सिरी ए को शीर्षमा आइतबार तीन अंकको अग्रता लिएको छ । यसका लागि उसले तेस्रो स्थानमा रहेको एटलान्टामाथि २–० को महत्त्वपूर्ण जित निकालेको हो । |
एटलेटिकोमाथि बार्सिलोनाको उत्कृष्ट पुनरागमन जित |
कान्तिपुर संवाददाता |
लामिन यामल र फेरान टोरेसले दोस्रो हाफको इन्जुरी समयको गोल गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडमाथि ४–२ को उत्कृष्ट पुनरागमन जित रचेको छ । यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्षमा पनि उक्लिन सफल रह्यो । |
लेस्टरमाथि युनाइटेडको सहज जित |
कान्तिपुर संवाददाता |
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार लेस्टर सिटीमाथि ३–० को सहज जित निकालेको छ । युनाइटेडका लागि रसमस होजलन्ड, एलेजान्ड्रो गारन्चो र ब्रुनो फर्नान्डेजले गोल गरे । |
सात दशकयता न्युकासललाई पहिलो उपाधि |
कान्तिपुर संवाददाता |
न्युकासल युनाइटेड सात दशक लामो उपाधिको खडेरीलाई तोड्दै आइतबार लिग कप जितेको छ । वेम्बलीमा भएको फाइनलमा उसले लिभरपुलमाथि २–१ को जित निकालेको हो । न्युकासलले यसअघि सन् १९६९ मा अन्तिम पटक उपाधि जितेको थियो । |
एनओसी अवैध रहेको मन्त्रालयको दाबी |
कान्तिपुर संवाददाता |
नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई ‘तथाकथित’ को संज्ञा दिँदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आइतबार यो संस्था अवैध रहेको र उसका काम सबै गैरकानुनी हुने बताएका छन् । |
चैत्र ३, २०८१ |
न्यून स्कोरमा गण्डकी र कोशीको जुहारी |
सन्जु पौडेल |
प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गत वर्ष कोशी प्रदेश केवल २५ रनमा अलआउट भएको थियो । गण्डकी प्रदेशको यो ठूलो सफलतामध्येको एक थियो । आइतबार ठीक उल्टो भयो । कोशीले गण्डकीलाई ३१ रनमै अलआउट गर्यो । |
बूढासुब्बा गोल्डकपमा आयोजकलाई साढे ६ लाख नाफा, १५ लाख उठ्न बाँकी |
अर्जुन सुवेदी |
२५ औं संस्करणको बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई ६ लाख ६० हजार रुपैयाँ नाफा भएको छ । आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन आयोजना गरी गोल्डकपको आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्दै गोल्डकपलाई भुक्तानी हुन अझै १५ लाख रुपैयाँ बाँकी रहेको जनाएको छ । |
त्रिशूली अल्ट्रा रेस हुने |
कान्तिपुर संवाददाता |
नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा त्रिशूली अल्ट्रा रेस आयोजना हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमतीको मुख्य सहयोगमा महासंघले चैत २३ गते नुवाकोटको बेलकोटगढीबाट सुरु हुने अल्ट्रा रेसको आयोजना गर्ने घोषणा गरेको छ । |
राष्ट्रिय महिला फुटबल : रौतहटसँग पुलिस पराजित |
रमेशकुमार पौडेल |
रौतहट फुटबल क्लबले राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई स्तब्ध पारेको छ । भरतपुरको कृष्णपुर खेल मैदानमा प्रतियोगिताको दोस्रो दिन आइतबार रौतहटले अनिता रानामगरको एक मात्र गोलमा पुलिसलाई १–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । |
चेल्सीमाथि आर्सनलको डर्बी जित |
कान्तिपुर संवाददाता |
मिकेल मेरिनोले पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार चेल्सीलाई १–० ले हराएको छ । लन्डन डर्बीमा प्राप्त जितपछि दोस्रोमा रहेको आर्सनलको २९ खेलबाट ५८ अंक भएको छ । |
पाँचौँ मिल्स गोल्डकप : फ्युजन क्लब सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाईघाट सेमिफाइलनमा प्रवेश गरेको छ । उद्घाटन खेलमा आइतबार सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुरलाई १-० गोलले पराजित गर्दै फयुजनले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । |
पोखरामा राष्ट्रिय पुरुष ह्यान्डबल सुरु : दुई खेल जित्दै गण्डकी सेमिफाइनलमा |
दीपक परियार |
गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजनामा आइतबारबाट पहिलो पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा प्रतियोगिताको पहिलो दिन घरेलु टोली गण्डकीले दुई खेल जित्दै सेमिफाइनल प्रवेश गरेको छ । |
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक |
अर्जुन शाह |
सुदूरपश्चिम स्पोर्टस अवार्डको छैटौँ श्रृखलाका लागि वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । |
प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ ५ विकेटले विजयी |
सन्जु पौडेल |
दीपक बोहराको अर्धशतक मद्दतमा विभागीय टोली एपीएफ क्लबले रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेशलाई पराजित गरेको छ । |
लुम्बिनीका स्पिनर चम्किँदा बागमती ६७ रनमा अलआउट |
दुर्गालाल केसी |
लुम्बिनीका स्पिनर चम्किएसँगै लो स्कोरिङ लक्ष्य बचाउँदै लुम्बिनी प्रदेशले बागमती प्रदेशविरुद्ध ४८ रनको सानदार जित हासिल गरेको छ । |
प्रधानमन्त्री कप: कर्णालीले दियो एपीएफलाई १९० रनको लक्ष्य |
कान्तिपुर संवाददाता |
लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विभागीय टोली एपीएफलाई १९० रनको लक्ष्य दिएको छ । |
कोशीसँग गण्डकी ९ विकेटले पराजित, अघिल्लो सिजनको बदला लिँदै कोशीले दर्ता गर्यो पहिलो जित |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.