text
stringlengths
2
914
कान्तिपुर संवाददाता
युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा हङ्कङले नेपाललाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ ।
महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
कान्तिपुर संवाददाता
युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज हङकङविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ ।
आमाहरुको फुटबल प्रतियोगिता
रासस
खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता भएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : आज एपीएफ र पुलिस भिड्दै
दुर्गालाल केसी
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत आज दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।
सावादिन च्यालेन्ज कपको उपाधि मानाभारालाई
आनन्द गौतम
सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लबले जितेको छ ।
माछापोखरी गोल्डकपको उपाधि न्यू स्टारलाई
आनन्द गौतम
माछापोखरी हिटी गोल्डकपको उपाधि न्यू स्टार क्लब झापाले जितेको छ । आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेमा आयोजित प्रतियोगितामा गत वर्षको विजेता मरिक एफसी धरानलाई एक शून्य गोल अन्तरले हराउँदै झापाले उपाधि जितेको हो ।
वर्ल्ड पारा एथलेटिक्स ग्रान्ड प्रिक्स : प्रभाले दिलाइन् ऐतिहासिक रजत
ध्रुव तुलाधर
नेपालकी पारा एथलिट प्रभा आङ्दम्बेले वर्ल्ड पारा एथलेटिक्सको नयाँ दिल्ली ग्रान्ड प्रिक्समा ऐतिहासिक रजत पदक जितेकी छन् । पारा एथलेटिक्सको यो स्तरको प्रतियोगितामा नेपालले पहिलोपल्ट पदक जितेको हो ।
महिला क्रिकेटमा अर्को हार
कान्तिपुर संवाददाता
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कमजोर प्रदर्शन कायमै रहेको छ । युगान्डामा भइरहेको चारदेशीय प्रतियोगितामा नेपाल बिहीबार घरेलु टोलीसँग ४० रनले पराजित भयो । जारी प्रतियोगितामा नेपालले ५ खेलमा भोगेको यो चौथो हार हो । पछिल्ला १४ खेलमा नेपालले १३ मा हार बेहोरिसकेको छ ।
युनाइटेड र टोटनहम पुगे क्वाटरफाइनल
कान्तिपुर संवाददाता
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र टोटनहमले बिहीबार युरोपा लिगको क्वाटरफाइनल यात्रा तय गरेका छन् । युनाइटेडले ओल्ड ट्रायफोर्डमा भएको दोस्रो लेगको अन्तिम १६ को खेलमा रियल सोसिडाडलाई ४–१ ले हरायो र समग्रमा ५–२ को अग्रता लियो ।
फाल्गुन २९, २०८१
सोल्मा फुटबल प्रतियोगिताको उपाधि हलेसीलाई
डम्बरसिं राई
सोल्मा पुरुष फुटबल पाँचौं संस्करणको प्रतियोगिताको उपाधि हलेसीले चुमेको छ । सोल्मा स्पोर्ट्स क्लबको घरलु खेलमैदानमा बिहीबार सम्पन्न खेलमा दिक्तेल केएफएलाई ३–० ले पराजित गर्दै उपाधि चुमेको हो ।
प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको तेस्रो र लुम्बिनीको दोस्रो जित
सन्जु पौडेल
रूपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश विजयी भएका छन् । आर्मीको यो लगातार तेस्रो जित हो । लुम्बिनीको भने यो दोस्रो जित हो ।
भारतको पेनोरिस-११ फाइनलमा
कान्तिपुर संवाददाता
इण्डो-नेपाल टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा बिहीबार भारतको पेनोरिस-११ ले बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गरी फाइनल प्रवेश गरेको छ।
मेचीनगर गोल्डकप : अवयोमीको ह्याट्रिक, ३-० को अग्रता उल्टाउँदै चर्च ब्वाइज फाइनलमा
पर्वत पोर्तेल
अफ्रिकन खेलाडी अबयोमी फकुन्लेको ह्याट्रिकमा चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी मेचीनगर गोल्डकपको फाइनल यात्रा तय गरेको छ । यो जितले उसलाई बिहीबार विराट गोल्डकप फाइनलमा थ्रीस्टारसँग बेहोरेको हार बिर्साइदिएको छ ।
मिसन २०२६ का खेलाडीहरूले खेले होली
कान्तिपुर संवाददाता
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकले फागु पर्व मनाएका छन् ।
सप्तरी पाँचथर गोल्डकपको फाइनलमा
लक्ष्मी गौतम
नमोबुद्व फुटबल क्लब सप्तरी पाँचथरको फिदिममा जारी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइज क्लब काठमाडौंलाई टाइबेकरमा ४–२ गोल अन्तरले हराउँदै सप्तरी ११ लाख रुपैयाँ पुरस्कार राशिको पाँचथर गोल्डकपमा उपाधि दाबेदार बनेको हो । निर्धारित ९० मिनेटको समयमा दुवे टिम २–२ गोल बराबरीमा खेलेपछि टाइबेकरमा निर्णय लिइएको थियो ।
विश्व पारा एथलेटिक्समा प्रभालाई रजत
कान्तिपुर संवाददाता
नेपालकी प्रभा आङदेम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन् ।
प्रधानमन्त्री कप क्रिकेट : कमलसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा एपीएफ २ विकेटले विजयी
दुर्गालाल केसी
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबले २ विकेटको जित निकालेको छ । कमलसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा एपीएफले मधेश प्रदेश विरुद्ध २ विकेटको जित हात पारेको हो ।
प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेशले दियो एपीएफलाई १६९ रनको लक्ष्य
दुर्गालाल केसी
नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत मधेश प्रदेशले विभागीय टिम एपीएफ क्लबलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ।
डिफेन्डिङ च्याम्पियन रियल क्वाटरफाइनलमा
कान्तिपुर संवाददाता
डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले बुधबार युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल यात्रा तय गरेको छ । उसले अन्तिम १६ को खेलमा एटलेटिको म्याड्रिडलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अर्को चरण प्रवेश गरेको हो ।
सरस्वतीको विजयी सुरुआत
कान्तिपुर संवाददाता
सरस्वती युवा क्लबले सहिद स्मारक लिग ‘बी’ डिभिजनमा बुधबार विजयी सुरुआत लिने क्रममा बाँसबारीलाई २–१ ले पराजित गरेको छ ।
क्रिकेटका ३३ पुरुष र १९ महिला खेलाडी वर्गीकरणमा
कान्तिपुर संवाददाता
नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ का लागि राष्ट्रिय पुरुष तथा महिला क्रिकेट टोलीका खेलाडीको ग्रेड विभाजन गरी पारिश्रमिक तय गरेको छ ।
तेस्रो हारले नेपालमाथि दबाब
कान्तिपुर संवाददाता
नेपालले युगान्डामा भइरहेको महिला ट्वान्टी–२० चारदेशीय क्रिकेट शृंखलामा बुधबार तेस्रो हार बेहोरेको छ । यो हारले नेपालमाथि दबाब बढेको छ । नेपाल नामिबियासँग २३ रनले पराजित भएको थियो । नतिजापछि नेपालको फाइनल प्रवेशको सम्भावना कमजोर बनेको छ । नेपाल ४ खेलबाट २ अंकमै छ ।
विराट गोल्डकपमा थ्रीस्टार दोश्रो पटक च्याम्पियन
पर्वत पोर्तेल
नवौँ संस्करणको रात्रीकालीन विराट गोल्डकप फुटबल प्रतियोगितामा थ्रीस्टार दोस्रो पटक च्याम्पियन बनेको छ। विराटनगरस्थित सहिद रंगशालामा बुधबार मध्यराति सम्पन्न फाइनल खेलमा थ्रीस्टारले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो।
फाल्गुन २८, २०८१
थण्डर-११ इण्डो-नेपाल टि-२० क्रिकेटको सेमिफाइनलमा
कान्तिपुर संवाददाता
झापाको मेचीनगर-४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थण्डर-११ सेमिफाइनल प्रवेश गरेको छ।
सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु ११ लाई
सन्जु पौडेल
रुपन्देहीको सैनामैनामा सम्पन्न प्रथम सुनगाभा सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु ११ ले जितेको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको बुधबार सैनामैना रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा अभिषेक चर्च नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ च्याम्पियन बनको हो ।
एनओसी विवाद समाधानतर्फ
कान्तिपुर संवाददाता
नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनपछि उत्पन्न विवाद समाधानतर्फ अग्रसर भएको छ । पुस १३ मा भएको साधारणसभाविरुद्ध ५ खेल संघले मुद्दा दायर गरेपछि विवाद उत्पन्न भएको थियो ।
जेभियरलाई हिसान सेन्ट्रल बास्केटबल उपाधि
कान्तिपुर संवाददाता
जेभियर कलेजले हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : आर्मी र पुलिसको लगातार दोस्रो जित
सन्जु पौडेल
रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब विजयी भएका छन् । आर्मी र पुलिसको यो लगातार दोस्रो जित हो ।
मेचीनगर गोल्डकप : सडन डेथमा काँकडभिट्टा फाइनल प्रवेश
कान्तिपुर संवाददाता
आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौं मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार दोस्रो सेमिफाइनलमा धरानलाई सडन डेथमा स्तब्ध गर्दै आयोजकले उपाधि नजिकको यात्रा तय गरेको हो ।
बाँसबारी क्लबलाई प्रुडेन्सियलको प्रायोजन
कान्तिपुर संवाददाता
सहिद स्मारक ‘बी’ डिभिजन लिगको प्रतिस्पर्धी क्लब बाँसबारीलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले मुख्य प्रायोजन गर्ने भएको छ ।
डीसीसी कप अन्तरपालिका फुटबल हुने
कान्तिपुर संवाददाता
काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा पहिलो पटक काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता डीसीसी कप हुने भएको छ ।
मच्छिन्द्र पाँचथर गोल्डकपको फाइनलमा
लक्ष्मी गौतम
मच्छिन्द्र फुटबल क्लब फिदिममा जारी पाँचौं संस्करणको पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा बुधबार सम्पन्न सेमीफाइनलमा प्रतिद्वन्द्वी इन्ट्रा पथरी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराएसँगै मच्छिन्द्र पाँचथर गोल्डकपको उपाधि दाबेदार बनेको हो ।
नेपाल नामिबियासँग पराजित
कान्तिपुर संवाददाता
महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । जारी प्रतियोगितामा नेपालको यो प्रतियोगितामा तेस्रो हार हो ।