text
stringlengths
2
914
नेपाल नामिबियासँग पराजित
रासस
महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । जारी प्रतियोगितामा नेपालको यो प्रतियोगितामा तेस्रो हार हो ।
एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक
अर्जुन शाह
कैलालीको धनगढीमा हुने ‘छैटौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ को दुई वटा विधाको मनोनयन सार्वजनिक गरिएको छ । सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी मनोनयनमा परेका आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।
मधेश प्रदेशको सानदार जित
सन्जु पौडेल
रूपन्देहीस्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार मधेश प्रदेश विजयी भएको छ । मधेशले कोशी प्रदेशमाथि १ सय ६५ रनको सानदार जित निकालेको हो । मधेशको पहिलो जित हो ।
विराट गोल्डकप : उपाधि होडमा चर्च ब्वाइज र थ्रीस्टार
पर्वत पोर्तेल
नवौं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बुधबार चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधिका लागि भिड्दै छन् । सहिद रंगशालामा बुधबार ६ बजे हुने फाइनलबाट चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकप जित्ने लक्ष्यमा हुँदा थ्रीस्टारको दोस्रो पटक च्याम्पियन बन्ने दाउ छ ।
साफ च्याम्पियनसीप श्रीलंकामा हुने
कान्तिपुर संवाददाता
दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसीप २०२५ श्रीलंकमा हुने भएको छ । श्रीलंकाले १७ वर्षपछि यो प्रतियोगिताको आयोजना हुन लागेको हो ।
लिभरपुललाई पन्छाउँदै पीएसजी क्वाटरफाइनलमा
कान्तिपुर संवाददाता
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिभरपुललाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै मंगबार युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छ । एनफिल्डमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा पीएसजी १–० ले विजयी रहेपछि प्रतिस्पर्धा टाइब्रेकरमा गएको हो ।
फाल्गुन २७, २०८१
मेचीनगरमा मछिन्द्रको यात्रा
कान्तिपुर संवाददाता
मेचीनगरमा भइरहेको मेचीनगर गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार अन्तिम क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबले एपीएफलाई १–० गोलले पराजित गरेको छ । यो खेलसँगै प्रतियोगिताको समीकरण पूरा भएको छ ।
आईजीपी कप क्रिकेट सुरु
कान्तिपुर संवाददाता
नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले अम्पायर धर्मसुन्दर शाक्यलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।
इन्टर कलेज बास्केटबलको सेमिफाइनल समीकरण
कान्तिपुर संवाददाता
हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
पाँचथर गोल्डकप : सप्तरी सेमिफाइनलमा
कान्तिपुर संवाददाता
नमोबुद्व फुटबल क्लब सप्तरी फिदिममा भइरहेको पाँचौं पाँचथर गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको । फिदिम माविको मैदानमा मंगलबार नमोबुद्धले पुलिस क्लबलाई ३–० गोलले हराएको थियो ।
नेपाल र भारत एकै समूहमा
कान्तिपुर संवाददाता
यू–१९ साफ च्याम्पिनयसिपको मंगलबार ड्र निकालिएको छ र त्यस अनुसार नेपाल र भारत एकै समूहमा परेका छन् । भारतको उत्तराञ्चलमा हुने प्रतियोगितामा कुल छ टिमको सहभागिता रहनेछ ।
राष्ट्रिय उमा कुङ्फु यसै साता हुने
कान्तिपुर संवाददाता
राष्ट्रिय उमा कुङ्फु संघलेसातौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शनिबार आयोजना गर्ने भएको छ ।
आरसीटी श्री भगवतीसँग स्तब्ध
कान्तिपुर संवाददाता
सहिद स्मारक लिग ‘बी’ डिभिजनमा मंगलबार आरसीटीले खराव सुरुआत लिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा आरसीटी श्री भगवतीको हातबाट ३–१ ले पराजित रह्यो ।
विराट गोल्डकप : चर्च ब्वाइज र थ्रीस्टारको उपाधि होड
पर्वत पोर्तेल
नवौं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रतिद्वन्द्वी चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लबले उपाधि जित्नेमा दृढ आत्मविश्वास व्यक्त गरेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : मधेशको विजयी सुरुवात
सन्जु पौडेल
रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबारको खेलमा मधेश प्रदेशले जित निकालेको छ । उसका लागि ३ जना ब्याटरले हानेको अर्धशतकले जित निकाल्न सहज बनायो ।
न्युकासलको शीर्ष चारको दाबी
कान्तिपुर संवाददाता
न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार वेस्ट ह्यामलाई १–० ले हराएको छ र शीर्ष चारमा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । खेलको एक मात्र गोल ब्रुनो गुइमारेसको नाममा रह्यो र उनले दोस्रो हाफमा यो गोल गरेका हुन् ।
प्रदेश रंगशालामा खुल्यो सचिवालय
ज्योति कटुवाल
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफूले कार्यभार सम्हालेयता एकपटक मात्रै मिति सारिएकाले पटक पटक सारिएको भनेर भ्रम पैदा नगर्न आग्रह गरेका छन् ।
फाल्गुन २६, २०८१
पदकधारी महिला कबड्डी टोलीलाई स्वागत
कान्तिपुर संवाददाता
छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपको कांस्य विजेता नेपाली टोलीलाई सोमबार स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा, कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राई, प्रशिक्षक, खेलाडीलगायतले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
विराट गोल्डकप : उपाधि भिडन्तमा चर्च ब्वाइज र थ्रीस्टार
कान्तिपुर संवाददाता
सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बी डिभिजन लिग : प्लानिङ र ब्रिगेड ब्वाइजको जित
कान्तिपुर संवाददाता
सहिद स्मारक लिग ‘बी’ डिभिजनमा सोमबार प्लानिङ ब्वाइज र ब्रिगेड ब्वाइज क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा प्लानिङले झापा फुटबल क्लबलाई २–१ ले हराएको थियो । प्लानिङले १४ औं मिनेटमा फागुराम थापाको गोलमा अग्रता लिएको थियो ।
नेपाल हङकङसँग २ रनले पराजित
कान्तिपुर संवाददाता
नेपाली महिला क्रिकेट टोली सोमबार महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा हङकङको हातबाट २ रनले पराजित भएको छ ।
किङ्कमलाई हेटौंडा भेट्रान्स कपको उपाधि
प्रताप विष्ट
दसौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाडौंले हात पारेको छ ।
पाँचौँ मञ्जुश्री ट्रेल रेस चैत १ देखि
कान्तिपुर संवाददाता
चैत १ देखि ३ गते सम्म पाँचौँ मञ्जुश्री ट्रेल रेस (एमटीआर) हुने भएको छ । आयोजक मञ्जुश्री ट्रेल रेसका अनुसार यसपल्ट ५ सयभन्दा बढी खेलाडी दौडनेछन् । मञ्जुश्री ट्रेस रेसमा ४०८ र महिला ९४ छन् । ३७१ नेपाली र १३१ विदेशीको सहभागिता रहनेछ ।
मेचीनगर गोल्डकपः उज्वेकिस्तानलाई स्तब्ध पार्दै धरान सेमिफाइनलमा
कान्तिपुर संवाददाता
पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा स्तब्ध पार्दै धरान एफसी पाँचौं मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान एफसीले ब्ल्याक बुल्सलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गरेको हो ।
हिसान बास्केटबलमा जेभियर र हेराल्ड विजयी
कान्तिपुर संवाददाता
जेभियर र हेराल्ड कलेजले हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिपमा सोमबार दोहोरो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार समूह ‘ए’ मा जेभियरले दोहोरो जित पायो ।
सैनामैना गोल्डकपः फाइनलमा कपिलवस्तु-११ र अभिषेक चर्च भिड्ने
सन्जु पौडेल
सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा कपिलवस्तु-११ र अभिषेक चर्च क्लब भिड्ने भएका छन् । सोमबार मुर्गिया रंगशालामा भएको दोस्रो सेमिफाइनलमा महाबीर क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै कपिलवस्तु-११ फाइनलमा प्रवेश गरेको हो ।
लमहीमा भएको प्रधानमन्त्री कपमा सुदूरपश्चिम विजयी
दुर्गालाल केसी
प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : आर्मी र पुलिसको जित
सन्जु पौडेल
रुपन्देहीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमती प्रदेशमाथि १ सय ३४ रनको फराकिलो जित निकालेको हो । बागमतीको यो लगातार दोस्रो हार हो ।
हिमालय शेर्पालाई हराउँदै मच्छिन्द्र पाँचथर गोल्डकपको सेमिफाइनलमा
लक्ष्मी गौतम
हिमालय शेर्पालाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार हिमालयनलाई २-१ ले हराउँदै मच्छिन्द्रले सेमिफाइनल यात्रा तय गरेको हो ।
इन्डो–नेपाल टी–२० क्रिकेटः आयोजक सेमिफाइनलमा
कान्तिपुर संवाददाता
इण्डो–नेपाल टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आयोजक बाहुनडाँगी युवा क्लब ४ विकेटले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराट गोल्डकप : आर्मीलाई रोक्दै थ्रीस्टार फाइनलमा
कान्तिपुर संवाददाता
थ्रीस्टार क्लब विराटनगरमा जारी ९औं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतबार सहिद रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो ।
एटलेटिकोको हार रियललाई फाइदा
कान्तिपुर संवाददाता
केयलिन एमबापे र भिनिसियस जुनियरको गोलको मद्दतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार रायो भाल्कानोलाई २–१ ले पराजित गरेको छ र लिग तालिकामा बार्सिलोनासँग अंक बराबरी गरेको छ ।
आर्सनललाई युनाइटेडको बराबरी धक्का
कान्तिपुर संवाददाता