text
stringlengths
2
914
आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरी खेलेको छ र यो उपाधि होडमा लन्डन क्लबका लागि थप धक्का हुनेछ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा डेक्लेन राइसले दोस्रा हाफमा गोल गर्दै आर्सनललाई एक अंक दिलाए ।
फाल्गुन २५, २०८१
यती एफसी च्याम्पियन
कान्तिपुर संवाददाता
यती एफसी फुटबल क्लबले १४ औं संस्करणको कँडेल कन्सल्टेन्सी कपको उपाधि उचालेको छ । मेलबर्नमा नेपाली समुदायबीच हुँदै आएको प्रतियोगिताको फाइनलमा आयोजक टोली यतीले रोयल वेस्टर्न क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्‍यो ।
न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन
कान्तिपुर संवाददाता
भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै आइतबार च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । दुबईमा भएको फाइनलमा जितका लागि लागि २ सय ५२ रनको लक्ष्य पाएको भारतले ४९ ओभरमा ६ विकेट गुमाएर त्यसलाई आत्मसात गरेको हो ।
फारवेस्टद्वारा उपाधि रक्षा, टमाटालाई न्याभ अवार्ड
कान्तिपुर संवाददाता
फारवेस्ट हन्टर क्रिकेट क्लबले नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ । आइतबार मेलवर्नमा भएको फाइनलमा फारवेस्टले एक्सपर्ट सगरमाथा ब्लुजलाई ८ विकेटले हरायो ।
अन्ततः नेपाली महिला क्रिकेट टोली विजयी
कान्तिपुर संवाददाता
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले लगातार नौ खेलको हारको शृंखला टुंग्याएको छ । युगान्डामा भइरहेको चारदेशीय प्रतियोगितामा नेपालले आइतबार घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक विजय हात पारेको छ । १० खेलपछि नेपालले पहिलो विजय हात पारेको हो ।
जंगु र रूपालाई बाँके एमटीबी रेस उपाधि
रुपा गहतराज
जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटीबी रेस २०२५ को मुख्य उपाधि जंगु थारू र रूपा थारूले जितेका छन् ।
इण्डो–नेपाल टी–२० क्रिकेटमा बौद्धमोड विजयी
कान्तिपुर संवाददाता
बाहुनडाँगी युवा क्लबको आयोजनामा स्थानीय सरस्वती माविको खेलमैदानमा जारी इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगितामा आइतबार बौद्धमोड क्रिकेट क्लब विजयी भएको छ ।
एपीएफ र लुम्बिनीको विजयी सुरुवात
सन्जु पौडेल
रूपन्देहीमा सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा एपीएफ र लुम्बिनीले विजयी सुरुवात गरेका छन् ।
सडन डेथमा जित्दै चर्च व्वाइज सेमिफाइनलमा
कान्तिपुर संवाददाता
नेपाल सुपर लिग (एनएसएल) को तयारीमा रहेको झापा एफसी पाँचौं मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । आइतबार राष्ट्रिय लिग विजेता चर्च व्वाइज युनाइटेडले झापा एफसीलाई सडन डेथमामा पराजित गर्दै अन्तिम चारमा पुग्न रोकेको हो ।
सुनगाभा सैनामैना गोल्डकप : अभिषेक चर्चको फाइनल यात्रा तय
सन्जु पौडेल
रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप प्रतियोगितामा सेमिफाइनलका खेल सुरु भएका छन् ।
भारतको हिल्स एकेडेमीलाई स्तब्ध पार्दै चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा
लक्ष्मी गौतम
चर्च ब्वाइज युनाइटेड काठमाडौं पाँचौं पाँचथर गोल्डकको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले सेमिफाइनल यात्रा तय गरेको हो ।
च्यासल र वीरगन्जको बराबरी
कान्तिपुर संवाददाता
सहिद स्मारक लिग ‘बी’ डिभिजनको आइतबार उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले निर्णायक आक्रमण बुन्न सकेनन् ।
प्रधानमन्त्री कप : पहिलो खेलमा कर्णाली प्रदेश विजयी
दुर्गालाल केसी
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशले जित हासिल गरेको छ ।
भारतलाई न्युजिल्यान्डको २ सय ५२ रनको चुनौती
कान्तिपुर संवाददाता
न्युजिल्यान्डले च्याम्पियन्स ट्रफिको फाइनलमा आइतबार २ सय ५२ रनको चुनौती पेस गरेको छ । दुबईमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले सम्मानजनक स्कोर खडा गरेको हो ।
सुरु भयो प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता
दुर्गालाल केसी
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबारदेखि लमहीमा सुरु भएको छ ।
सम्भवतः कोहली र शर्मा अन्तिम ठूलो खेल खेल्दै
कान्तिपुर संवाददाता
च्याम्पियन्स ट्रफिको आज आइतबार दुबईमा हुने फाइनलमा भारतले न्युजिल्यान्डको सामना गर्दैछ । यो खेल सम्भवतः भारतका दुई भेट्रान स्टार खेलाडी विराट कोहली र रोहित शर्माको अन्तिम ठूलो अवसर हुन सक्नेछ । यो प्रतियोगिता अगाडि दुवै खेलाडीमाथि कसले संन्यास लिने हो भनेर प्रश्न उठेको थियो ।
च्याम्पियन ट्रफी : भारत–न्युजिल्यान्डबीच उपाधि भिडन्त
काठमाडौं
आईसीसी एक दिवसीय च्याम्पियन्स ट्रफीको आज फाइनल खेलमा उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्दैछन् ।
विराट गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
कान्तिपुर संवाददाता
चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा
रासस
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले टोली घोषणा गरेको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले नारायण जोशीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
मोन्जामाथि इन्टरको कठिन जित
कान्तिपुर संवाददाता
इन्टर मिलानले इटालीको सिरी ए मा मोन्जालाई ३–२ ले हराउन शनिबार संघर्ष गर्नु परेको छ । मोन्जाले अप्रत्यासित रूपमा दुई गोलको अग्रता लिएपछि इन्टर खेलमा फर्केको हो ।
लिभरपुलको अग्रता अब १६ अंक
कान्तिपुर संवाददाता
लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्षमा आफ्नो अग्रतालाई शनिबार १६ अंक पुर्‍याएको छ । उसले एनफिल्डमा भएको खेलमा साउथह्याम्पटनविरुद्ध पुर्नआगमन रच्दै ३–१ को जित निकालेको हो ।
क्यानको वार्षिक क्यालेन्डर : लिग टु र विश्वकप छनोटमा केन्द्रित
विनोद पाण्डे
संकटमा रहेको विश्वकप लिग–२ यात्रा र ट्वान्टी–२० विश्वकप छनोटलाई प्राथमिकतामा राख्दै नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार वर्ष २०२५ को क्यालेन्डर सार्वजनिक गरेको छ ।
नेपाली महिला टोलीको लगातार नवौं हार
कान्तिपुर संवाददाता
युगान्डामा शनिबार सुरु चारदेशीय प्रतियोगिताको पहिलो खेलमै नेपाल पराजित भएको छ । नामिबियाले इन्टेबेमा पहिलो पटकको प्रतिद्वन्द्वी नेपाललाई डकवर्थ लुइस पद्धतिमा ६ विकेटले पराजित गर्‍यो ।
फाल्गुन २४, २०८१
वागमती प्रदेश जुनियर फुल–कन्ट्याक्ट कराते च्याम्पियन
कान्तिपुर संवाददाता
बागमती प्रदेश शनिबार दोस्रो राष्ट्रिय जुनियर फुल–कन्ट्याक्ट करााते च्याम्पियनसिपमा च्याम्पियन भएको छ ।
भरतपुर मेयर कपमा अर्किट फेरि च्याम्पियन
रमेशकुमार पौडेल
अर्किड स्कुलले भरतपुर मेयर्स कप इन्टरस्कुल लिग क्रिकेट प्रतियोगिता जितेको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको प्रतियोगितामा अर्किडले शनिबार नारायणी नमुना मावि ४ विकेटले हरायो । अर्किड साबिक विजेता हो ।
पाँचथर गोल्डकप सुरु
कान्तिपुर संवाददाता
इन्ट्रा पथरी फुटबल क्लबले पाँचथर आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा शनिबार उद्घाटन खेलमा आयोजक पाँचथर क्लबलाई २–० गोलले हराएको छ ।
नेपाललाई छैटौं एसियाली महिला कबड्डीमा कांस्य पदक
कान्तिपुर संवाददाता
नेपाली महिला टिमले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ । नेपालसँगै बंगलादेश पनि संयुक्त रुपमा तेस्रो भएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।
राइजिङ स्टारलाई मुख्यमन्त्री कोहलपुर गोल्डकप
रुपा गहतराज
राइजिङ स्टार फुटबल क्लबले कोहलपुरमा भएको तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
पुलिसलाई वीरगन्ज गोल्डकप
भूषण यादव
नेपाल पुलिस क्लबले फाइनलमा मछिन्द्रलाई टाइब्रेकरमा ३–० ले पराजित गर्दै वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण जितेको छ । पुलिस साबिक विजेता हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
ग्रिक स्टारसँग अभिषेक ‘हिटिङ पार्टनर’
कान्तिपुर संवाददाता
नेपाली टेनिस खेलाडी अभिषेक बाँस्तोलाले क्यालिफोर्नियास्थित इन्डियाना वेल्समा जारी बीएनपी परिवास ओपन टेनिसमा आफूलाई हिटिङ पार्टनरको रूपमा परिचित बनाएका छन् ।
एपीएफले जित्यो महिला गोल्डकप
लक्ष्मी गौतम
विभागीय टोली एपीएफ क्लबले इलाममा आयोजित दोस्रो आमन्त्रित महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै एपीएफले उपाधि उचाल्यो ।
तेस्रो जेसिज कपको उपाधि गुठी युनाइटेडलाई
प्रकाश बराल
बागलुङ जेसिजले आयोजना गरेको ‘तेस्रो जेसिज कप फुटबल’को उपाधि ग्रेस गुराँस गुठी युनाइटेडले जितेको छ । शनिबार भएको खेलमा गुठीले टाइब्रेकरमा साबिक बिजेता बागलुङ सुधार केन्द्रलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको विजयी सुरुवात
अर्जुन सुवेदी
विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफले प्रथम इनरुवा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
कपिलवस्तु-११ सेमिफाइनलमा