text
stringlengths
2
914
सन्जु पौडेल
कपिलवस्तु-११ सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलमा उसले फर्साटिकर युथ क्लबलाई ३-० गोलले पराजित गर्दै जित निकालेको हो ।
महिला दिवसमा रग्बीको प्रतिस्पर्धा
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मैत्रीपूर्ण रग्बी खेल भएको छ । नेपाल रग्बी संघ र नेपाल खेलकुद पत्रकार मञ्चको संयुक्त आयोजनामा महिला खेलकुद पत्रकार र महिला विभागका महिला सदस्यबीच मैत्रीपूर्ण रग्बी खेलको गरिएको हो ।
टीआईए, दीक्षालय, चेल्सी र नेक्सस च्याम्पियन
कान्तिपुर संवाददाता
टीआईए, दीक्षालय, चेल्सी वर्ल्ड र नेक्सस एकेडेमी तेस्रो निस्ट कपमा शनिबार च्याम्पियन बनेका छन् । बास्केटबलको सिनियर ब्वाइजमा टीआईए, गर्ल्समा दीक्षालय र जुनियर गर्ल्स चेल्सी च्याम्पियन भयो । नेक्सस जुनियर ब्वाइज फुटबलमा विजेता बन्यो ।
उमा कुङ्फुको राष्ट्रिय रेफ्री सेमिनार
कान्तिपुर संवाददाता
नेपाल उमा कुङ्फु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार शनिबार राजधानीमा सकिएको छ । संघको आयोजनामा चैत २ मा सातौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता हुनेछ । त्यसका लागि रेफ्री सेमिनार सञ्चालन गरिएको संघले जनाएको छ ।
बुमराह र मयंकले आईपीएलका सुरुवाती खेल गुमाउन सक्ने
एजेन्सी
मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रीत बुमराह र लखनऊ सुपर जाइन्ट्सका पेसर मयंक यादवले यस सिजनको सुरुवाती आइपीएल म्याच मिस गर्ने सम्भावना देखिएको छ ।
बागलुङ सुधार केन्द्र र गुठी युनाइटेड उपाधिका लागि भिड्दै
प्रकाश बराल
बागलुङमा जारी तेस्रो जेसीज कप फुटबलमा साविक विजेता बागलुङ सुधार केन्द्र र ग्रेस गुराँस गुठी युनाइटेड फाइनल प्रवेश गरेका छन् ।
कोहलपुर गोल्डकप : उपाधिका लागि भिड्दै साहारा र राइजिङ स्टार
रुपा गहतराज
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधिका लागि कोहलपुर रेसिङ साहारा क्लब र राइजिङ स्टार फुटबल क्लब नवलपरासी भिड्दै छन् । शनिबार हुने फाइनलमा साहारा क्लब र राइजिङ स्टार क्लब नवलपरासी उपाधिका लागि भिड्ने भएका हुन् ।
एनएसएलको मुख्य प्रायोजकमा एनसेल
कान्तिपुर संवाददाता
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणले मुख्य प्रायोजक पाएको छ । अबदेखि हुनेछ एनसेल एनएसएल २०२५ । प्रतियोगिताकी प्रमुख आश्रेयता कार्की चौधरी र एनसेलका कमर्सियल अफिसर उमर मोहसिनले शुक्रबार आयोजित कार्यक्रममा प्रायोजनको सम्झौतामा हस्ताक्षर गरे ।
‘ट्र्याक’ मा फर्केको नेपाली फुटबल
हिमेश
नेपाली फुटबलमा के निराशा, अस्तव्यस्त र अनिश्चित मात्रै छ त ? पछिल्ला केही वर्षको अनुभवले केही हदसम्म यस्तै भन्छ । लगातार खेलाडीको विदेश पलायन, शीर्ष डिभिजन लिग हुन नसक्नु अनि अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक कलह जस्ता कारणले नेपाली फुटबलको छवि धुमिलिएको थियो ।
फाल्गुन २३, २०८१
पाँचौं पाँचथर गोल्डकप शनिबारदेखि, तयारी पूरा
कान्तिपुर संवाददाता
पाँचौं आमन्त्रण पाँचथर गोल्डकप फुटबलको तयारी पूरा भएको छ । फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा शनिबार हुने उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र इन्ट्रा पथरी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।
विराट गोल्डकप : मछिन्द्रविरुद्ध थ्रीस्टारको जित
कान्तिपुर संवाददाता
थ्रीस्टार क्लब विराटनगरमा भइरहेको नवौ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
जुनियर राष्ट्रिय कराते सुरु
कान्तिपुर संवाददाता
नेपाल क्योकुसिन कराते संघ पाकोको आयोजनामा दोस्रो जुनियर राष्ट्रिय कराते प्रतियोगिता अन्नपूर्ण विनायक स्कुलमा शुक्रबार सुरु भएको छ ।
निस्ट र दीक्षालय फाइनलमा भिड्ने
कान्तिपुर संवाददाता
आयोजक भक्तपुर निस्ट स्कुल र दीक्षालय तेस्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर गर्ल्समा शुक्रबार फाइनल पुगेका छन् ।
हिमालयनले फ्रिस्टाइल चेस च्याम्पियनसिप गर्ने
कान्तिपुर संवाददाता
हिमालयन चेस एकेडेमीले चेसमा नयाँ प्रयोगको रूपमा नेपालमा पहिलोपल्ट हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप गर्ने भएको छ । स्पर्धा चैत १ गते हुनेछ ।
लामालाई अल नेपाल ओपन स्नुकरको उपाधि
सन्जु पौडेल
बुटवल मेयर कप स्नुकर च्याम्पियनसिपको उपाधि हेटौंडाका सोम लामाले जितेका छन् । बिहीबार भएको ७ घण्टा लामो खेलमा सोमले बिर्तामोडका सरोज गौतमलाई ७-५ अंक अन्तरले पछाडि पार्दै उपाधि जिते ।
अंकितको कप्तानीमा कोशीमा १५ सदस्यीय टिमको घोषणा
अर्जुन सुवेदी
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय कोशी प्रदेश टिमको घोषणा गरिएको छ ।
फाल्गुनन्द गोल्डकपमा साढे सात लाख रुपैयाँ बढी नाफा
लक्ष्मी गौतम
पुष ६ देखि १५ गतेसम्म सञ्चालन भएको एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपमा ७ लाख ५७ हजार ७ सय ७१ रुपैयाँ नाफा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले बिहीबार फिदिममा पत्रकार सम्मेलनमार्फत् आय व्यय सार्वजनिक गरेको हो ।
टोटनहम पराजित, युनाइटेडको बराबरी
कान्तिपुर संवाददाता
युरोपा लिग अन्तिम १६ को पहिलो लेगको खेलमा इंग्लिस प्रिमियर लिग क्लबले खराब नतिजा बेहोरेका छन् । टोटनहम एजेड आख्मारको हातबाट १–० ले पराजित रह्यो । त्यसमा लुकास बोरगभालीको आत्मघाती गोल निर्णायक रह्यो ।
कर्णालीमा दसौं राष्ट्रिय खेलकुद : प्रदेश तयार, केन्द्र आलटाल गर्दै
ज्योति कटुवाल
मुलुक संघीय संरचनामा गइसकेपछि रंगशाला नभएको एकमात्र प्रदेश थियो, कर्णाली । प्रदेशको राजधानीमा सुर्खेतमा खेलकुदको नाममा जग्गा नभएको पनि होइन । केन्द्रीकृत शासन व्यवस्थामा कर्णालीको खेलकुद विकासले प्राथमिकता पाउन सकेको थिएन । संघीयतापछि बनेका स्थानीय र प्रदेश सरकारलाई खेलकुदमा संरचना निर्माण गर्न खेलाडीहरूले दबाब दिँदै आएका थिए ।
फाल्गुन २२, २०८१
मुख्यमन्त्री कोहलपुर गोल्डकप : रेसिङ साहारा र राइजिङ स्टार फाइनलमा
रुपा गहतराज
मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनलमा रेसिङ साहारा र राइजिङ स्टार भिड्ने भएका छन् ।बिहीबार काँक्रेविहार फुटबल क्लब सुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै राइजिङ स्टार फुटबल क्लब, नवलपरासी फाइनलमा प्रवेश गरेको हो ।
इन्डो–नेपाल टी–२० क्रिकेटमा दमकको जित
कान्तिपुर संवाददाता
लर्ड बुद्ध क्रिकेट क्लबलाई ५० रनले पराजित गर्दै दमक क्रिकेट टिम दोस्रो चरणमा प्रवेश गरेको छ । झापाको बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा बिहीबार टस हारेर पहिला ब्याटिङ गरेको दमकले १६ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४१ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।
चौथो खुमबहादुर स्मृति भलिबलको सेमिफाइनल समीकरण पूरा
कान्तिपुर संवाददाता
दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल खेल्ने टुंगो लागेको छ ।
विराट गोल्डकप : एपीएफलाई हराउँदै पुलिस सेमिफाइनलमा
कान्तिपुर संवाददाता
छैटौं विराट गोल्डकपको विजेता सशस्त्र प्रहरीको एपीएफलाई २–० ले हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा जारी ९ औं संस्करणअन्तर्गत बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा पूर्वविजेता सशस्त्र प्रहरी बल (एपीएफ)लाई २–० गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
बागमती प्रदेश स्तरीय क्रिकेटमा ललितपुर च्याम्पियन
कान्तिपुर संवाददाता
ललितपुर जिल्लाले बागमती प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता जितेको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार सम्पन्न फाइनलमा ललितपुरले मकवानपुर जिल्लालाई ‘लो स्कोरिङ’ खेलमा ६५ रनले हरायो ।
महिला गोल्डकप : पुलिसलाई हराएर एपीएफ फाइनलमा
लक्ष्मी गौतम
सशस्त्र प्रहरी बलको एपीएफ क्लब इलाममा जारी दोस्रो आमन्त्रित महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई १–० गोलले हराॅउदै एपीएफ उपाधि दाबेदार बनेको हो ।
सुनगाभा सैनामैना गोल्ड कप : महावीर क्लब सेमिफाइनलमा
सन्जु पौडेल
महावीर क्लब काठमाडौं सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा हनामी बीएफसी क्लबलाई २–० ले पराजित गर्दै महावीर सेमिफाइनल मा पुगेको हो ।
विश्व पारा एथलेटिक्समा नेपालका ६ खेलाडी
कान्तिपुर संवाददाता
नेपालका ६ खेलाडीले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागिता जनाउने भएका छन् । १० सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली जाने भएको छ ।
निस्ट कपको सेमिफाइनल समीकरण
कान्तिपुर संवाददाता
तेस्रो निस्ट कपअन्तर्गत बास्केटबलको तीनै विधामा सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ । सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर गर्ल्समा सेमिफाइनल समीकरण तयार भएको हो ।
तेस्रो जेसिज कप : सेमिफाइनल समीकरण पूरा
प्रकाश बराल
बागलुङ जेसिजले आयोजना गरेको ‘तेस्रो जेसिज कप’ फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको खेलमा नेपाल आर्मीको श्रीमेहर गणलाई टाइब्रेकरमा हराएर बलेवा फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो ।
कप्तान किरण भन्छन् : नयाँ प्रशिक्षकसँग सिक्न उत्साहित छौँ
कान्तिपुर संवाददाता
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले नयाँ प्रशिक्षक म्याट रससँग प्रशिक्षण गर्न आफ्नो टोली र आफू उत्साहित रहेको बताएका छन् । नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एसियन कप छनोटको तयारी सुरु गरेका छन् ।
आर्मी फाइनलमा
लक्ष्मी गौतम
विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फुटबलको फाइनल पुगेको छ । बुधबार सेमिफाइनलमा आर्मीले आयोजक ओएसिस क्लबलाई २–० ले हरायो ।
विराट गोल्डकप : आयोजकलाई हराउँदै आर्मी सेमीफाइनलमा
कान्तिपुर संवाददाता
घरेलु टोली मोरङ ११ लाई बुधबार १–० ले पराजित गर्दै विभागीय टोली नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा मोरङलाई निराश बनाउँदै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
पीएम कपले लुम्बिनीमा उत्साह
सन्जु पौडेल
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका सम्पूर्ण खेल लुम्बिनी प्रदेशका तीन रंगशालामा आयोजना हुने भएपछि यहाँका क्रिकेटप्रेमी उत्साही देखिएका छन् । खेल सञ्चालनका लागि रंगशालामा आवश्यक तयारी चलिरहेकाले क्रिकेटप्रेमीमा बेग्लै उत्साह थपिएको छ ।