text
stringlengths
2
914
माछापोखरी हिटी गोल्डकप फागुन २५ देखि
आनन्द गौतम
माछापोखरी हिटी गोल्डकप फाल्गुन २५ देखि हुने भएको छ । आयोजक माछापोखरी हिटी क्लब चाँगेद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ५ दिनसम्म चल्ने हुने प्रतियोगीतामा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
इण्डो-नेपाल टी २० क्रिकेटमा सिलिगुडीको जित
कान्तिपुर संवाददाता
झापाको बाहुनडाँगीमा बुधबारदेखि सुरु भएको इण्डो–नेपाल टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली भारतको सिलिगुडी पेनोरसी–११ विजयी भएको छ । उसले नेपाली टोली ड्रागन–११ लाई ४४ रनले पराजित गर्‍यो ।
पीएसजीको घरमा लिभरपुलको जित
कान्तिपुर संवाददाता
लिभरपुलले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा बुधबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसकै घरमा १–० ले पराजित गरेको छ । ब्राजिली गोलरक्षक एलिसनले शृंखलाबद्ध बचाउ गरेपछि लिरभपुल विजयी रहेको हो । उसका लागि निर्णायक गोल भने हार्भे इलिटले ८७ औं मिनेटमा गरे ।
युगान्डा लागे महिला क्रिकेटर
कान्तिपुर संवाददाता
युगान्डामा हुने महिला टी–२० आई क्रिकेट शृंखलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । मूलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को मुख्यालयमा सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायतले टोलीको बिदाइ गरे ।
न्युजिल्यान्ड फाइनलमा
एएफपी
आईसीसी मेन्स च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भिडन्तमा भारतले न्युजिल्यान्डको सामना गर्ने भएको छ । न्युजिल्यान्डले बुधबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्‍यो ।
फाल्गुन २१, २०८१
राष्ट्रिय कराते टिम म्यानेजरमा भट्टराई
कान्तिपुर संवाददाता
नेपाल कराते महासंघको कार्यसमिति बैठकले वार्षिक साधारणसभा बाराको निजगढ नगरपालिकामा चैत ९ मा गर्ने भएको छ ।
खुमबहादुर स्मृति भलिबल : रोयल सिस्नेको लगातार जित
कान्तिपुर संवाददाता
घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा बुधबार रोयल सिस्ने क्लब, न्यु होराइजन क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् ।
थ्रीस्टारलाई स्तब्ध पार्दै मच्छिन्द्र च्याम्पियन
मनोज पौडेल
मच्छिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बुधबार भएको फाइनल खेलमा थ्रीस्टार एफसीलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै मच्छिन्द्र च्याम्पियन बनेको हो ।
नेपाल पुलिस क्लब वीरगन्ज गोल्डकपको फाइनलमा
भूषण यादव
विभागीय टोली नेपाल पुलिस क्लब वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा वीरगन्ज युनाइटेड क्लबलाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।
सुनगाभा सैनामैना गोल्डकप : अभिषेक चर्च सेमिफाइनलमा प्रवेश
सन्जु पौडेल
सुनगाभा सैनामैना गोल्डकपमा बुधबारको खेलबाट अभिषेक चर्च नवलपुर सेमिफाइनलमा प्रवेश गरेको छ । उसले सशस्त्र पुलिस क्लब लाई २-१ ले हराएको हो ।
निस्ट, आर्या र राजश्री सेमिफाइनलमा
कान्तिपुर संवाददाता
आयोजक भक्तपुर निस्ट स्कुल ‘ए’ तेस्रो निस्ट कपअन्तर्गत जुनियर गर्ल्स बास्केटबलमा बुधबार सेमिफाइनल पुगेको छ ।
पूर्वकप्तान मल्लले गरे क्रिकेट एकेडेमीको उद्घाटन
कान्तिपुर संवाददाता
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधबार रेडियन्ट क्रिकेट एकेडेमीको उद्घाटन गरेका छन् ।
अस्ट्रेलियाका कप्तान स्मिथले लिए एक दिवसीयबाट सन्यास
कान्तिपुर संवाददाता
च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान स्टीभ स्मिथले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि हेटौंडा उपमहानगरपालिकालाई
प्रताप विष्ट
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको १५ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि हेटौंडा उपमहानगरपालिकाको टिमले जितेको छ । आइतबारबाट सुरु भएर मंगलबार अपराह्न सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हेटौंडाले चुमेको हो ।
शारदालाई राष्ट्रपति रनिङ शिल्ड
विप्लव महर्जन
जिल्लाको कुमाख गाउँपालिकाको नारायण माविमा सञ्चालित जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि शारदा नगरपालिकाले हात पारेको छ ।
एपीएफ विराट गोल्ड कपको क्वाटर फाइनलमा
कान्तिपुर संवाददाता
विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) ९ औं संस्करणको विराट गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा मंगलबार पाहुना टोली दिल्ली फुटबल क्लबलाई टाई बेकरमा ५–३ गोलले पराजित गर्दै एपीएफले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
एटलेटिकोमाथि रियललाई अग्रता
कान्तिपुर संवाददाता
युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को मंगलबार पहिलो लेगको खेलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडमाथि झिनो अन्तरको अग्रता लिएको छ । सान्टियागो बर्नामाउमा भएको खेलमा रियल २–१ ले विजयी रह्यो ।
रेजिनको दुई गोल
कान्तिपुर संवाददाता
दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार मछिन्द्र फुटबल क्लबले अपी चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै सेमिफाइनल तय गरेको छ । मछिन्द्रले बिहीबार हुने दोस्रो सेमिफाइनलमा सलहेस फुटबल क्लब सिरहासँग प्रतिस्पर्धा गर्नेछ ।
एपीएफ सेमिफाइनलमा: रश्मिकुमारीको ६ र अनिताको ५ गोल
लक्ष्मी गौतम
विभागीय टोली एपीएफ क्लबले इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
अफगानिस्तानसँग नेपालले खेल्ने
कान्तिपुर संवाददाता
नेपालको पुरुष यू–१९ क्रिकेट टोलीले अफगानिस्तान यू–१९ सँग ५० ओभरको तीन खेलको शृंखला खेल्ने भएकोछ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार जनाएअनुसार मूलपानी क्रिकेट मैदानमा अप्रिल ३, ६ र ९ मा यो खेल हुनेछ ।
च्याम्पियन्स ट्रफी : भारत लगातार तेस्रोपल्ट फाइनलमा
एएफपी
भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ । विराट कोहलीको उच्च प्रदर्शनप्रेरित भारतले मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गरेको थियो ।
फाल्गुन २०, २०८१
मुख्यमन्त्री कोहलपुर गोल्डकप : घानालाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा
रुपा गहतराज
मुख्यमन्त्री कोहलपुर गोल्डकपको समिफाइनल समीकरण पूरा भएको छ । मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पराजित गर्दै काँक्रेविहार फुटबल क्लब सेमिफाइनल पुगेको हो । काँक्रेविहारले घानालाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।
अन्तरपालिका भलिबलमा बौदिकाली विजयी
सम्झना रसाइली
नवलपुरको बौदिकाली गाउँपालिकाले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
हाइली र सुनगाभा क्वाटरफाइनलमा
कान्तिपुर संवाददाता
हाइली क्रिएटिभ र गोल्डेन सुनगाभा तेस्रो निस्ट कपअन्तर्गत जुनियर ब्वाइज फुटबलमा मंगलबार क्वाटरफाइनल पुगेका छन् ।
एनसीसी जुनियर चेकमेट चेस
कान्तिपुर संवाददाता
काठमाडौं उपत्यकाका युवा चेस खेलाडीबीच दुई दिन एनसीसी जुनियर चेकमेट चेस प्रतियोगिता सम्पन्न भएको छ । एनसीसी शिक्षा तथा खेलकुद समितिद्वारा हिमालयन चेस एकेडेमी र माइस इभेन्ट्सको सहकार्यमा आयोजित प्रतियोगितामा २४ विद्यालयका १०१ प्रतिस्पर्धी थिए । कक्षा ३–५ र कक्षा ६–८ तर्फ छात्रछात्राको समूह बनाएर प्रतिस्पर्धा गराइएको थियो ।
चैतमा ५ किमि फन रन हुने
कान्तिपुर संवाददाता
हायर ग्राउन्ड नेपालको आयोजनामा चैत दोस्रो साता ५ किलोमिटर फन रन हुने भएको छ । चैत ९ मा हुने खुला दौडसँगै ‘वाक’ को पनि आयोजना हुनेछ । जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलबाट सुरु हुने प्रतिस्पर्धामा दुई हजारभन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।
रसको सहायकमा सल्यान
कान्तिपुर संवाददाता
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसको सहायकका रूपमा मंगलबार सल्यान खड्गीलाई नियुक्त गरिएको छ । सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेल तथा मलेसिया विरुद्धको एसिया कप छनोटमा उनी सहायक प्रशिक्षक रहने छन् ।
राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल
कान्तिपुर संवाददाता
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्‌लाई आग्रह गरेका छन् ।
अस्ट्रेलियाले भारतलाई दियो २ सय ६५ रनको लक्ष्य
कान्तिपुर संवाददाता
पाकिस्तानले आयोजना गरेको च्याम्पियन्स ट्रफीअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा पहिले व्याटिङ गरेको अस्ट्रेलियाले भारतसामु २ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जेसिज कपमा रुद्रे पिपलविरुद्ध आर्मीको गोलवर्षा
प्रकाश बराल
बागलुङ जेसिजले आयोजना गरेको तेस्रो संस्करणको ‘जेसिज कप’ फुटबल प्रतियोगितामा यहाँको रुद्रे पिपल युवा क्लबविरुद्ध आर्मीको गोल वर्षा भएको छ । मंगलबार भएको खेलमा आर्मीको श्रीमेहर गणले रुद्रे पिपललाई शून्यका विरुद्ध ७ गोलले पराजित गरेको हो ।
च्याम्पियन्स ट्रफी : फाइनल पुग्न भारत-अस्ट्रेलिया भिड्दै
कान्तिपुर संवाददाता
पाकिस्तानले आयोजना गरेको च्याम्पियन्स ट्रफी अन्तर्गत आज सेमिफाइनलको पहिलो खेल हुँदैछ । जहाँ विश्व क्रिकेट वरीयताका दुई शीर्ष टोली एक आपसमा भिड्दैछन् ।
सकारात्मक देखिने प्रयासमा प्रशिक्षक रस
हिमेश
नेपाली राष्ट्रिय फुटबल टोलीले जर्मन, इंग्लिस, ब्राजिलियन, दक्षिण कोरियाली, जापानी, अमेरिकी, बेल्जियन, स्विडेनी, कुवेती र इटालियनपछि अब अस्ट्रेलियाली प्रशिक्षक पनि पाएका छन् । उनी हुन्, ४७ वर्षीय म्याट रस ।
आमाहरूको फुटबल प्रतिस्पर्धा
लक्ष्मी गौतम