text
stringlengths
2
914
लुङ्गी लगाएर पनि फुटबल खेलिन्छ र ? यो असम्भव । सिदेन सामुदायिक विकास क्लबको १४ औं वार्षिकोत्सवका अवसरमा सोमबार आमाहरूबीच लुङ्गी फुटबल खेल हुने खबर पाएका स्थानीय अचम्म मान्दै खेल हेर्न मैदान पुगे । मध्याह्नपछि औपचारिक कार्यक्रम सुरु भयो । कार्यक्रम सञ्चालकले प्रतियोगिताका सहभागी टिमलाई मैदानमा तयार हुन आग्रह गर्नासाथ खेलाडीहरू एकपछि अर्को गर्दै मैदान उत्रिए ।
मछिन्द्रको उपाधि ह्याट्रिक
कान्तिपुर संवाददाता
मछिन्द्र क्लबले नेपालको घरेलु फुटबलमा सोमबार दुर्लभ ऐतिहासिक सफलता चुमेको छ । मछिन्द्रले लगातार तेस्रोपल्ट केपी ओली कप जितेर यो अद्वितीय उपलब्धि आत्मसात् गरेको हो । दुईपल्टको च्याम्पियन मछिन्द्रले सोमबार दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गरेको थियो ।
फाल्गुन १९, २०८१
पाँचौँ एभरेस्ट खुला तेक्वान्दो च्याम्पियनसिप
कान्तिपुर संवाददाता
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको कभर्डहलमा पाँचौँ एभरेस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल, भारत, मलेसिया र चीनका गरी ३ सय ५० खेलाडीको सहभागितामा थियो । डब्लूटी र आईटीएफका एउटै मञ्चमा खेलाइएको थियो । प्याट्रन, पुम्से, ग्योरोगी र स्पाइरिङतर्फ गरी ९२ विधामा प्रतिस्पर्धा भएको थियो ।
तिलौराकोट गोल्डकप : विमलकाे गाेलसँगै मछिन्द्र फाइनलमा
मनोज पौडेल
विमल घर्ती मगरको गोल मद्दतले मछिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
केपी ओली कपमा मच्छिन्द्रको उपाधि ह्याट्रिक
कान्तिपुर संवाददाता
दुई पल्टको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले सोमबार केपी ओली कप-२०८१ को उपाधि जितेको छ । दशरथ रंगशालामा भएको फाइनलमा मच्छिन्द्रले आर्मीलाई २-० ले पराजित गरेको हो । यससँगै मच्छिन्द्रले प्रतियोगितामा उपाधिको ह्याट्रिक गरेको छ ।
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड चैत ७ मा
अर्जुन शाह
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१ चैत ७ गते आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले छैटौं संस्करणको अवार्डको मिति सोमबार घोषणा गरेको हो ।
राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस
कान्तिपुर संवाददाता
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अस्ट्रेलियन प्रशिक्षक म्याट रसलाई दिइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरी रसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो ।
लक्ष्य साफ च्याम्पियनसिप जित्ने हुनेछ : नवनियुक्त फुटबल प्रशिक्षक म्याट रस
कान्तिपुर संवाददाता
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको नवनियुक्त प्रशिक्षक म्याट रसले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन् ।
सिंगलमा मिलिन र डबल्समा मिलिन-बसन्तको जोडीले जित्यो ब्याडमिन्टनको उपाधि
आनन्द गौतम
मैवाखोला गाउँपालिकामा सञ्चालित जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि पुरुष सिंगलतर्फ मिलिन गुरुङ र डबलतर्फ मिलिन र बसन्त गुरुङको जोडीले जितेका छन् ।
मुख्यमन्त्री गोल्डकप: भारतको सहारालाई हराउँदै नवलपरासी विजयी
रुपा गहतराज
बाँकेको कोहलपुरमा शनिबारदेखि जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा आइतबार राइजिङ स्टार फुटबल क्लब नवलपरासीले जित हासिल गरेको छ ।
एफएकपबाट बाहिरियो म्यानचेस्टर युनाइेटड
कान्तिपुर संवाददाता
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर युनाइेटड आइतबार एफएकपबाट बाहिरिएको छ । पाँचौं चरणको खेलमा उसलाई फुलहमले टाइब्रेकरमा ४–३ ले पराजित गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा रहेको थियो ।
बार्सिलोनाले फेरि उछिन्यो एटलेटिकोलाई
कान्तिपुर संवाददाता
बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार १० खेलाडीमा सीमित रियल सोसिडाडलाई ४–० ले हराएको छ र फेरि शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई उछिनेको हो । उसको ५७ अंक भएको छ।
मछिन्द्रसामु दुर्लभ अवसर
कान्तिपुर संवाददाता
कुनै समय नेपाली फुटबलमा चलन थियो, लगातार कसैले तीनपल्ट उपाधि जित्यो भने ट्रफी नै उसको हुने । अब यस्तो रहेन । उसै पनि लगातार तीनपल्ट उपाधि जित्ने क्रम देखिन छाडेको छ । केपी ओली कप फुटबलको सोमबार दशरथ रंगशालामा हुने फाइनलमा मछिन्द्रसामु यस्तै दुर्लभ अवसर हुनेछ, उपाधिको ह्याट्रिक गर्ने ।
फाल्गुन १८, २०८१
क्रिकेटको भविष्य सुनिश्चित गर्न सुविधा सम्पन्न मैदान : खड्का
कान्तिपुर संवाददाता
क्रिकेटको भविष्य सुनिश्चित गर्न सुविधा सम्पन्न मैदान आवश्यक रहेको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बताएका छन् । पोखरामा आइतबार १२ औं नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन ‘फ्रि हिट : एनपीएलभन्दा पर’ सत्रमा उनले पत्रकार सविना कार्कीसँगको संवादमा नेपाल प्रिमियर लिग (एनपीएल) को भविष्य सुनिश्चित गर्न पनि सुविधा सम्पन्न मैदानको खाँचो औंल्याए ।
वीरगन्ज गोल्डकप : सहलेशसँग संकटा स्तब्ध
भूषण यादव
सहलेश फुटबल क्लब सिरहाले दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगिताको दोस्रो दिनको खेलमा संकटा क्लब काठमाडौंलाई स्तब्ध पारेको छ । सहलेश पेनाल्टी सुटआउटमा ५–४ गोलले विजयी भयो । निर्धारित समयमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
नेपालका पुरुषोत्तमलाई चेस उपाधि
कान्तिपुर संवाददाता
नेपालका उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले गोकर्णेश्वर नगर मेयर कप खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता जितेका छन् । माउन्ट एभरेस्ट चेस एन्ड सोसियल क्लबको आयोजना र गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा पाँच दिनसम्म चलेको प्रतिस्पर्धामा पुरुषोत्तमले अपराजित रहँदै उपाधि जितेका हुन् ।
बुफोन भन्छन् : नेपाल पनि विश्वकप खेल्न सक्छ तर...
कान्तिपुर संवाददाता
विश्व फुटबलका लिजेन्ड जियानलुगी बुफोनले नेपालले पनि विश्वकप फुटबल खेल्न सक्ने बताएका छन् । केपी ओली कपको फाइनल हेर्न आएका बुफोनले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मेहनत र लगानी भए नेपाल विश्वकप फुटबलमा पुग्न सक्ने बताएका हुन् ।
फरक झण्डा देखेर म सानैदेखि नेपालप्रति उत्सुक थिएँ : बुफोन
कान्तिपुर संवाददाता
विश्व फुटबलका लिजेन्ड जियानलुगी बुफोन नेपालप्रति सधैं उत्सुक रहेको बताएका छन् । केपी ओली कपको फाइनल हेर्न आएका बुफोनले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफू नेपाल पहिलो पल्ट आएको बताएका हुन् ।
कप्तान पूजा र कविता एक्स्ट्राटेकको ब्रान्ड एम्बासडर नियुक्त
सन्जु पौडेल
नेपाली महिला क्रिकेट यू–१९ कि कप्तान पूजा महतो र सिनियर टिमकी सदस्य कविता कुँवर एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
तेह्रथुमको मेन्छयायेमले जित्यो महिला फुटबलको उपाधि
आनन्द गौतम
मैवाखोला गाउँपालिकाको केन्द्र साँघुमा सम्पन्न महिला फुटबल प्रतियोगिताको उपाधि तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले जितेको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो ।
हिटी क्लब चाँगेलाई उपाधि
आनन्द गौतम
महाशिवरात्री पर्वमा हरेक वर्ष सञ्चालन हुने ‘रघुनाथ–छत्रमाया (रछ) मेमोरियल आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि माछापोखरी हिटी क्बल चाँगेले जितेको छ । हिटी क्लबले लगातार तेस्रोपटक उपाधि जितेको हो ।
कोहलपुर गोल्डकप : कोहलपुर रेसिङ स‍हाराको विजयी सुरुवात
रुपा गहतराज
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ सहारा फुटबल क्लबले विजयी सुरुवात गरेको छ । खेलमा लुम्बिनी फुटबल एडेकेमीलाई २–० गोल अन्तरले हराउँदै आयोजक टिमले विजयी सुरुवात गरेको हो ।
रियल हारेसँगै एटलेटिको अगाडि
कान्तिपुर संवाददाता
स्पेनी ला लिगा च्याम्पियनमा रियल म्याड्रिड शनिबार रियल बेटिसको हातबाट २–१ ले पराजित भएको छ । रियल प्रशिक्षक कार्लो एन्सेलोटीलाई यो हारलाई उपाधि रक्षाको अभियानमा ठूलो धक्का मानेका छन् । बेटिसका लागि इस्कोले पेनाल्टीबाट निर्णायक गोल गरे ।
शीर्षका इन्टर र नेपोलीको बराबरी
कान्तिपुर संवाददाता
इटालीको सिरी ए मा शीर्ष स्थानमा रहेका इन्टर मिलान र नेपोलीले शनिबार १–१ को बराबरी खेलेका छन् । यो नतिजाले दुई टिमबीचको दूरी एक अंकमै कायम रह्यो ।
सैनामैना गोल्डकप हुने
कान्तिपुर संवाददाता
सैनामैनामा सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
‘कमब्याक क्विन’ रेनुका
हिमेश
केही महिनायता जतिले रेनुका नगरकोटेको खेल नजिकबाट हेरिरहेका थिए, तिनलाई भने कुनै आश्चर्य लागेन, जब उनी फोर नेसन्स कपको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भइन् । तर रेनुका आफैंलाई ? ‘प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुन्छु भन्ने मलाई त विश्वास नै थिएन,’ उनको जवाफ थियो ।
फाल्गुन १७, २०८१
राष्ट्रिय करातेमा पुलिसले थप्यो ६ स्वर्ण
कान्तिपुर संवाददाता
चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा शनिबार कुमुतेतर्फ पुलिसले ६ स्वर्ण र एपीएफले १ स्वर्ण जितेका छन् ।
जुयिनर फुटबलमा निस्ट विजयी
कान्तिपुर संवाददाता
आयोजक भक्तपुर निस्ट स्कुलले तेस्रो निस्ट कपअन्तर्गत जुनियर ब्वाइज फुटबलमा शनिबार जित पाएको छ । निस्टले नव सुन्ताखानलाई ९–० गोलले पराजित गर्‍यो ।
प्रीतिलाई एक लाखसहित सर्वोत्कृष्ट खेलाडी सम्मान
कान्तिपुर संवाददाता
राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट सम्मानित भएकी छन् । योङ स्टार फाउन्डेसनले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्यमा शनिबार प्रीतिलाई १ लाख रुपैयाँसहित सम्मानित गरेको हो ।
कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टरलाई
अर्जुन सुवेदी
कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टरले जितेको छ । शनिबार सम्पन्न फाइनलमा भोक्राहा नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै इटहरी नमुना कलेजको टिम नमुना ब्लास्टरले उपाधि जितेको हो ।
आर्मी आईटीएफ तेक्वान्दो च्याम्पियन
कान्तिपुर संवाददाता
नेपाल आर्मी टिम शनिबार २४ औं आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता तथा बागमती प्रदेश प्रथम यू–१५ राष्ट्रिय विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
अर्नव र आरती च्याम्पियन, गीतालाई सम्मान
कान्तिपुर संवाददाता
ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा उपाधि जितेका छन् । अर्नव पुरुष र आरती महिलामा विजेता भए ।
आर्मीलाई हराएर गोर्खाली रग्बीले जित्यो उपाधि
कान्तिपुर संवाददाता
गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जितेको छ । भरतपुरस्थित कृष्णपुर खेल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा गोर्खाली रग्बीले त्रिभुवन आर्मी क्लबलाई १२–७ स्कोरले पराजित गरेको थियो ।