text
stringlengths
2
914
कान्तिपुर संवाददाता
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन गर्नुपर्ने बताएका छन् । स्वास्थ्य सेवा दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य सेवा सहज उपलब्ध हुने अवस्था सिर्जना भएपनि प्रभावकारी बनाउन नसकिएको स्वीकार गरे ।
माओवादी आन्दोलनकै कारण मुस्लिम समुदायलाई संवैधानिक अधिकार : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
माओवादी अध्यक्ष पुष्पकमल दाहालले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् ।
कस्तुरी सहकारीको ऋण लगानी ५२ करोड : अध्यक्षको परिवारमा मात्रै ४८ करोड
नारायण शर्मा
म्याग्दीको बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम नक्कली कागजातका आधारमा अध्यक्षका परिवारले लगेको पाइएको छ । कस्तुरी सहकारीका अध्यक्ष राजेश शाक्यले धितो नराखी सहकारीमा जम्मा भएको रकमको ९१ प्रतिशत रकम ऋण लिएका हुन् । ऋण लिँदा जग्गा लगेको ऋण खाम्ने धितो समेत राखिएको छैन ।
मन्त्री यादवको दाबी : खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छाड्छु
कान्तिपुर संवाददाता
खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानलाई नाफामा लैजाने दाबी गरेका छन् । बिहीबार काठमाडौं नेपाल खानेपानी संस्थानको ३६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामूलक बनाउने बताएका हुन् ।
मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मत दिन परराष्ट्रमन्त्रीको आग्रह
कान्तिपुर संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी छन् ।
स्पष्टीकरण सोध्‍नैका लागि ऊर्जामन्त्रीले भ्रमण आदेश स्वीकृत गरेनन् : घिसिङ
कान्तिपुर संवाददाता
स्पष्टीकरण सोध्नकै लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कात्तिकयता भ्रमण आदेश स्वीकृत नगरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । मन्त्रीले मंगलबार सोधेको स्पष्टीकरण घिसिङले आज बुझाएका हुन् ।
देशका सीमाले डिजिटल क्राइम रोक्दैन : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग गरेर अपराध हुनै नदिने अवस्था निर्माण गर्न जरुरी रहेको बताएका छन् ।
स्पष्टीकरण बुझाउँदै कुलमानले भने- 'पुनः स्पष्टीकरण सोध्नु कानुन र न्यायको सिद्धान्तप्रतिकूल'
सीमा तामाङ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको बताएका छन् ।
सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताएका छन् ।
महिलाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : मन्त्री सुडी
रासस
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा नेपाल अंग्रेजी भाषा शिक्षक संघको २९औं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रया...
मलद्वारमा लुकाएको करिब पौने चार किलो सुनसहित उज्वेकिस्तानका चार जना पक्राउ
ऋषिराम पौड्याल
प्रहरीले त्रिभुवन विभानस्थल भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा बुधबार उज्वेकिस्तानका चार जना नागरिकबाट ३ किलो भन्दा बढी तौल रहेको सुन बरामद गरेको छ ।
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
भीष्मराज ओझा/रासस
भौगोलिक हिसाबले मुलुकका सबै क्षेत्रमा वन डढेलोका घटना हुने गरेका छन् । संख्यात्मक रूपमा तराईमा छोटो अवधिमा यस्ता घटना धेरै हुने गरेका छन् । चुरे क्षेत्र यसबाट बढी प्रभावित छ । वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार मध्य पहाडमा आगो बस्तीमा प्रवेश, जनधनको क्षति र क्षेत्रफलका हिसाबले सबैभन्दा बढी डढेलोका घटना हुने गरेका...
चिया उद्योगमा आगलागी, करोडौंको क्षति
लक्ष्मी गौतम
इलाम–४ स्थित जस्बिरे चिया उद्योगमा मंगलबार राति आगलागी हुँदा करोडौंको क्षति भएको छ । आगोले उद्योगका उपकरणसँगै विदेश पठाउन तयार गरिएको चियासमेत क्षति गरेको छ ।
बाघबाट जोगाउन चौपायाको पछाडि ‘क्रस’ चिह्न
रमेशकुमार पौडेल
वनभित्र या नजिक चर्दै गरेका गाईभैंसीको पछिल्लो भागमा कोरिएको आँखाको चित्र र ‘क्रस’ चिह्न देख्दा बाघले के गर्ला ? यसबारे चितवनको दक्षिणी माडी क्षेत्रमा यसबारे परीक्षण सुरु भएको छ । अफ्रिकामा घरपालुवा जनावरको पछिल्लो भागमा आँखाको चित्र बनाउँदा सिंहले आक्रमण नगरेको पाइएपछि यहाँ पनि अध्ययन गर्न लागिएको हो ।
सशस्त्रलाई अपराध नियन्त्रणमा समेत लगाउने विधेयकमा प्रहरीको असन्तुष्टि
मातृका दाहाल
सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) सम्बन्धी विधेयक अघि बढाएसँगै दुई संगठनबीच असमझदारी देखिएको छ । अपराध अनुसन्धान र शान्तिसुरक्षा व्यवस्थापनसम्बन्धी अधिकारमा सशस्त्रलाई प्रवेश गराउन खोजिएको भन्दै नेपाल प्रहरी असन्तुष्ट देखिएको छ । अर्कातिर नेपाल प्रहरीले आफ्नो अधिकार सुनिश्चित गर्नेभन्दा पनि अरू निकायको क...
फाल्गुन १४, २०८१
एकीकृत समाजवादीले अध्यादेशको विपक्षमा मतदान गर्ने
रासस
एकीकृत समाजवादीको सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तर्वस्तु दुवैमा असहमति जनाएको छ ।
गणतन्त्रमाथि चौतर्फी हमलाको कोसिस भइरहेको छ : पूर्वउपराष्ट्रपति पुन
हरिराम उप्रेती
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको बताएका छन् । बारपाक सुलिकोट गाउँपालिका–८ जराङमा जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको २९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलनलाई बदनामका लागि आक्रमणको कोसिस भइरहेको बताए ।
राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना एवं दर्शन
कान्तिपुर संवाददाता
महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गरेका छन् । महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने प्राचीनकालदेखिको परम्परा रही आएको छ ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
पशुपतिनाथ मन्दिरमा बुधबार शिवरात्रि पर्व धुमधामले मनाइयो, नक्कली 'ब्ल्याक लेबल' बनाउने गिरोहको बिगबिगी : मालिक फरार, भरिया पक्राउदेखि ५० लाख डलर दिनुस्, अमेरिकी नागरिकता लिनुस् भन्ने ट्रम्पको अफरसम्मका खबर आज चर्चामा रहे ।
बिहीबारदेखि खोटाङमा राष्ट्रिय बाँस सम्मेलन
डम्बरसिं राई
प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबारदेखि तीन दिनसम्म दिक्तेल माटिकोरेमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन–वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बेम्बो ललितपुरको आयोज...
नक्कली 'ब्ल्याक लेबल' बनाउने गिरोहको बिगबिगी : मालिक फरार, भरिया पक्राउ
घनश्याम गौतम
नक्कली मदिरा उत्पादनका लागि भन्सार छलेर कच्चा सामग्री ल्याउने दुई जनाविरुद्ध राजश्व अनुसन्धान कार्यालय बुटवलले ५ करोड रुपैयाँभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गरेको छ । महँगो ब्रान्डको विदेशी मदिराको ‘प्याकेजिङ’मा प्रयोग हुने सामग्रीको मूल्य, त्यसको बिगो र बिगोको शतप्रतिशत जरिवानासहित ५ करोड २१ लाख रुपैयाँ असुलीसहित...
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता
कान्तिपुर संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छन् ।
बाढीले क्षति पुर्‍याएका सडकको ठेक्का फागुनभित्रै
विमल खतिवडा
गत असोजको बाढीले क्षति पुर्‍याएका सडकको ठेक्का व्यवस्थापन फागुन मसान्तभित्र गरिने भएको छ । त्यसका लागि सबै सडकको खरिद गुरुयोजना मागिएको सडक विभागले जनाएको छ । केही सडक कार्यालयले भने गुरुयोजना पठाइसकेका र केहीको आउने क्रममै रहेको विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए ।
हिमाली बस्तीमै हिमपातको पर्खाइ
कृष्णप्रसाद गौतम
मुगुको खत्याड गाउँपालिका–८ का गणेश गिरीले ५ वर्षअघि वर्षभरि पुग्ने अन्न फलाउँथे । झण्डै १० रोपनी जग्गामा अन्नबाली लगाउने उनी केही वर्षयता कहिले खडेरी त कहिले असिनापानीका कारण उत्पादनमा ह्रास आएपछि चिन्तित बनेका छन् ।
पार्टी अब उत्पीडित समुदायमै केन्द्रित हुनेछ : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
माओवादी अध्यक्ष पुष्पकमल दाहालले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका छन् ।
पाशुपत क्षेत्र नेपालमा हुनु सबै हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति
रासस
राष्ट्रपति रामचन्द्र पौडेलले पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि नै गौरवको विषय भएको बताएका छन् ।
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
रासस
आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
स्पेनका लागि नेपालका राजदूत नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
कान्तिपुर संवाददाता
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
नेपाली श्रमिकमाथि कोरियामा यातना
होम कार्की
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कृषि क्षेत्रमा काम गर्न दक्षिण कोरिया पुगेका तुलसी पुन मगर शुक्रबार राति मृत अवस्थामा फेला परेका छन् ।
साइपालका दृष्टिविहीनलाई अस्पताल पुग्नै गाह्रो
वसन्तप्रताप सिंह
बझाङको विकट साइपाल गाउँपालिकामा ४ सय २१ जनाको आँखा जाँच गर्दा २ सय ३४ जनामा समस्या देखिएको हो । गेटा आँखा अस्पतालको सिमखेत आँखा उपचार केन्द्र र साइपाल गाउँपालिकाको समन्वयमा गरिएको जाँचका क्रममा आँखाको बिरामी पत्ता लागेका हुन् ।
शिवरात्रिमा दर्शनार्थीले २ सेकेन्ड पशुपतिनाथको दर्शन गर्न पाउने
सुरज कुँवर
महाशिवरात्रिका अवसरमा पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने पशुपति विकास कोषले जनाएको छ । ‘यसपटक मन्दिरभित्र करिब ५ लाख दर्शनार्थी आउने अपेक्षा गरेका छौं’, पशुपति विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले भने, ‘त्यस्तै बाहिरबाट मन्दिर (गजूर) दर्शन पनि ५ लाख हाराहारीले गर्ने अनुमान कोषले गरेको छ ।’
‘ग्रामर गुरु’ को प्रस्थान
पर्वत पोर्तेल
नेपाली र अंग्रेजी व्याकरणका विद्वान् थिए– चूडामणि गौतम, जो भनिरहन्थे, ‘म सधैं शुद्ध र सही वर्णविन्यासको पक्षधर हुँ ।’ वर्णविन्यास अध्ययनमै उनले जीवनका स्वर्णिम दिन बिताए । उनै गौतमको ८२ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
‘बलियो’ सरकारले ल्याएका अध्यादेश नै अलपत्र