text stringlengths 2 914 |
|---|
तिलौराकोट गोल्डकप : जोङ्ग्री एफसी सिक्किम विजयी |
मनोज पौडेल |
दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा सिक्किमको जोङ्ग्री एफसी विजयी भएको छ । शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ट्राईब्रेकरमा पराजित गर्दै जोङ्ग्री एफसीले अन्तिम चारमा स्थान बनाएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । |
मछिन्द्रसामु उपाधिको ह्याट्रिक अवसर |
कान्तिपुर संवाददाता |
दशरथ रंगशालामा शनिबार भएको केपी ओली कपको दोस्रो सेमिफाइनलमा दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्रले आयोजक केपी ओली एफसीलाई ४–० ले हराएको छ । यससँगै मछिन्द्रले लगातार तेस्रोपल्ट केपी ओली कपको फाइनल खेल्ने भएको छ । |
वीरगन्ज गोल्डकप : आत्मघाती गोलले दिल्लीको गढवाल डाइमण्ड पराजित |
भूषण यादव |
वीरगन्ज गोल्डकपको दोस्रो संस्करणको पहिलो खेलमा वीरगन्ज युनाइटेडले गढवाल डाइमण्ड फुटबल क्लब दिल्लीलाई १–० ले पराजित गरेको छ । खेलको ५२ औं मिनेटमा गढवालका खेलाडी सन्दिप रानाले आत्मघाती गोल गरेका थिए । युनाइटेडका खेलाडीले प्रहार गरेको बल रानाले रोक्न खोज्दा बल पोस्टमा गएको थियो । त्यही आत्मघाती गोल नै खेलको निर्णायक साबित भयो । |
तेस्रो संस्करणको बागलुङ जेसीज कप हुने |
प्रकाश बराल |
बागलुङ जेसीजको आयोजनामा तेस्रो संस्करणको जेसीज कप फुटबल हुने भएको छ । जेसीज वर्ष २०२५ को बागलुङ शाखाले यही फागुन १९ देखि २४ गतेसम्म जेसीज कप फुटबल आयोजना गर्न लागेको शाखा अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए । |
भीमनारायण गोल्डकप चैत दोस्रो साता |
रमेशचन्द्र अधिकारी |
सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करण आगामी चैत १७ देखि सञ्चालन हुने भएको छ । आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनसहित ८ टिम सहभागी हुने छन् । प्रतियोगिताका खेलहरु धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन हुने आयोजक समिति संयोजक शम्भू प्रधानले जानकारी दिए । |
स्टेज रेसमा लोकेन्द्र र सोनिमा पहिलो |
कान्तिपुर संवाददाता |
ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौँ चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन् । |
बायर्नको लिग उपाधि यात्रा अझ सजिलो |
कान्तिपुर संवाददाता |
बायर्न म्युनिकले शनिबार जर्मन बुंडेस लिगामा स्टुगार्टलाई ३–१ ले पराजित गरेको छ । सुरुमा एक गोलले पछाडि रहेको बायर्न पुर्नआगमन जित रचेपछि उसको उपाधि यात्रा अझ सजिलो बनेको छ । |
संकटालाई रोक्दै आर्मी फाइनलमा |
कान्तिपुर संवाददाता |
त्रिभुवन आर्मी क्लब शुक्रबार केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल पुग्ने पहिलो टिम बनेको छ । दशरथ रंगशालमा शुक्रबार सेमिफाइनलमा आर्मीले संकटाको चुनौतीलाई २–१ ले समाप्त पारेको थियो । |
भद्रपुर गोल्डकपमा आयोजक ब्लेजर्सलाई उपाधि |
पर्वत पोर्तेल |
आयोजक भद्रपुर ब्लेजर्स नै भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितामा च्याम्पियन भएको छ । आयोजकले ट्रफीसहित १३ लाख रुपैयाँ जित्यो । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार फाइनलमा आयोजकले झापा ११ एफसीलाई २–० गोलले हराएको थियो । दुवै घरेलु टोलीबीचको प्रतिस्पर्धा रोचक बनेको थियो । |
तोरण १२ वर्षपछि च्याम्पियन |
कान्तिपुर संवाददाता |
तोरणविक्रम शाहीले सुरुदेखिको आफ्नो अग्रता जोगाउँदै शुक्रबार सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । गोकर्ण गल्फ कोर्समा भएको प्रतियोगितामा ५ अन्डर ६७ को स्कोरसहित समग्रमा १८ अन्डर २७० बनाएर तोरणले निकट प्रतिस्पर्धी नीरज तामाङलाई एक स्ट्रोकले पछाडि पार्दै उपाधि जिते । |
कर्णालीमा दसौं राष्ट्रिय खेलकुद : पूर्वाधार तयार, मिति सरेको सर्यै |
कृष्णप्रसाद गौतम |
दसौं राष्ट्रिय खेलकुदका लागि कर्णालीमा आवश्यक पूर्वतयारी र पूर्वाधार निर्माण भए पनि आयोजना मिति भने सरेको सर्यै छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले राष्ट्रिय खेलकुद २०८२ जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो । |
फाल्गुन १६, २०८१ |
सृष्टिसँग नविता पराजित, आरती सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरी र प्यासिफिककी सृष्टि जैसवाल शुक्रबार सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा सेमिफाइनलमा पुगेका छन् । |
राष्ट्रिय करातेमा स्वनिम र सन्जुलाई स्वर्ण |
कान्तिपुर संवाददाता |
पुलिसका स्वनिम मानन्धर र आर्मीकी सन्जुमाया थिङले चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । एकल काताको पुरुषमा स्वनिम र महिलामा सन्जु विजेता भए । |
सुश्रुत बने कोशी प्रदेश चेस विजेता |
कान्तिपुर संवाददाता |
क्यान्डिडेट मास्टर सुश्रुत दाहालले प्रथम कोशी खेलकुद महोत्सवअन्तर्गत भएको बुद्धिचाल प्रतियोगितामा ७ अंक जोड्दै उपाधि जितेका छन् । |
आयोजक गोर्खालीसहित आर्मी, कर्णाली र एपीएफ सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगितामा आयोजक गोर्खाली रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र एपीएफ क्लब सेमिफाइनल पुगेका छन् । |
अग्रता जोगाउँदै तोरणले जिते एनपीजीए टुर |
कान्तिपुर संवाददाता |
तोरणविक्रम शाहीले सुरुदेखिको आफ्नो अग्रता जोगाउँदै शुक्रबार सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । |
अभिलाषाको जोडी सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
नेपालकी नम्बर वान टेनिस खेलाडी अभिलाषा विष्ट र इजरायलकी सपिर कोहेनको जोडी दक्षिण अफ्रिकामा भइरहेको डब्लूटिए प्रिटोरिया टेनिस प्रतियोगिताको महिला डबल्सतर्फ सेमिफाइनल पुगेको छ । |
बीएफसी चितवनलाई टाइब्रेकरमा हराउँदै थ्रीस्टार सेमिफाइनलमा |
मनोज पौडेल |
थ्रीस्टार 'दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता'को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन हनामी बीएफसी चितवनलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो । |
राष्ट्रव्यापी खुला यलम्बर ब्याडमिन्टन चैतमा |
कान्तिपुर संवाददाता |
नखिपोट युथ क्लबले नखिपोट ब्याडमिन्टन सर्कलको सहआयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैतमा गर्ने भएको छ । |
संसदीय समितिद्वारा रुपन्देहीका क्रिकेट मैदान अवलोकन |
सन्जु पौडेल |
संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमाको एक्स्ट्राटेक क्रिकेट मैदानको अवलोकन गरेको छ । समितिले सिद्धार्थ क्रिकेट रंगशाला निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता जनाएको छ । |
व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान |
कान्तिपुर संवाददाता |
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आज ग्रिस प्रस्थान गरेकी छिन् । |
चौथो लखनकप भलिबलको उपाधि गलकोटलाई |
प्रकाश बराल |
चौथो संस्करणको लखनकप भलिबलको उपाधि ए एन्डमार्ट गलकोट नगरपालिकाको नरेठाँटीले जितेको छ । ४३ औं मगर संघ स्थापना दिवसका अवसरमा नेपाल मगर संघ बागलुङले आयोजना गरेको खुला भलिबल प्रतियोगितामा पर्वतको पकुवा भलिबल संघलाई पराजित गर्दै गलकोटले उपाधि जितेको हो । |
वीरगन्ज गोल्डकप शनिबारदेखि |
भूषण यादव |
मधेश प्रदेशकै सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि सुरु हुने भएको छ । भेट्रान्स सिटी क्लबको आयोजना वीरगन्जको आदर्शनगर रंगशालामा फागुन १७ देखि २४ गतेसम्म आयोजना हुने गोल्डकपमा नेपाल र भारतका आठवटा टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । |
तिलौराकोट गोल्डकप : मछिन्द्र सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
मछिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिहीबार दोस्रो क्वाटरफाइनलमा हिमालयन शेर्पालाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्दै मछिन्द्र अन्तिम चारमा पुग्यो । |
उपाधि दबाबमा जेलिएको महिला फुटबल |
हिमेश |
सबैभन्दा पहिले साढे एक दशक पुरानाको प्रसंग । सन् २०११ मा काठमाडौंमा भएको एएफसी यू–१६ पुरुष फुटबल च्याम्पियनसिपको छनोटमा नेपालले साउदी अरेबियालाई १–१ को बराबरीमा रोकेको थियो । समूह ‘डी’ उक्त खेलपछि नेपालसँगै साउदी अरेबिया छनोट चरणबाटै बाहिरियो । |
फाल्गुन १५, २०८१ |
आदर्शलाई हिसान फुटबल उपाधि |
कान्तिपुर संवाददाता |
आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले प्रथम हिसान कोशी फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । हिसान सुनसरीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आदर्शले बिर्तामोडकै निधि सेकेन्डरी स्कुललाई ४–० गोलले हरायो । |
भरतपुरमा गोर्खाली रग्बी स्पर्धा शुक्रबारदेखि |
कान्तिपुर संवाददाता |
स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने नारासहित भरतपुर–७ कृष्णपुरस्थित खेलकुद मैदानमा शुक्रबारदेखि दुईदिने रग्बी सेभेन्स पुरुष राष्ट्रिय प्रतियोगिता हुने भएको छ । |
कोशी प्रिमियर लिग : भोक्राहा र नमुना उपाधिलाई भिड्ने |
अर्जुन सुवेदी |
कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा भोक्राहा नरसिंह अर्नाज र नमुना ब्लास्टर भिड्ने भएका छन् । |
सूर्य नेपाल एनपीजीए टूरमा तोरणको वर्चस्व |
कान्तिपुर संवाददाता |
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरणविक्रम शाही शीर्षस्थानमा कायमै रहेका छन् । बिहीबार २ अन्डर ७० को स्कोर गरेका उनी समग्रमा १३ अन्डर २०३ सहित शीर्षमा छन् । |
दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति, अब जेठ ३ देखि |
कान्तिपुर संवाददाता |
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदका लागि नयाँ मिति तय गरेको छ । |
अभिषेक इन्डियाना वेल्समा ‘हिटिङ पार्टनर’ |
कान्तिपुर संवाददाता |
नेपाली नम्बर वान टेनिस खेलाडी अभिषेक बाँस्तोला क्यालिफोर्नियास्थित इन्डियाना वेल्समा हुने बीएनपी परिवास ओपन टेनिसमा हिटिङ पार्टनर बन्ने भएका छन् । |
नाफामा भेट्रान्स गोल्डकप |
लक्ष्मी गौतम |
फिदिममा सम्पन्न दोस्रो फिदिम गोल्डकपमा ४ लाख ७७ हजार ९ सय रुपैयाँ नाफा भएको आयोजकले जनाएको छ । |
तेजस्वी र वेलमन्ट बास्केटबल च्याम्पियन |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.