text
stringlengths
2
914
तेजस्वी एकेडेमी र वेलमन्ट स्कुलले आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । तेजस्वी सिनियर ब्वाइज र वेलमन्ट गर्ल्समा च्याम्पियन भएका थिए ।
महाकालीले जित्यो १५औं राष्ट्रपति रनिङ शिल्ड
मनोज बडू
जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महाकाली नगरपालिकाले जितेको छ । मार्मा गाउँपालिकामा सञ्चालित प्रतियोगितामा १३ स्वर्णसहित ३२ पदक जितेर महाकाली प्रथम भएको हो ।
भीमबहादुर तामाङ स्मृति भलिबल चैत १३ देखि
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको १३औं स्मृति दिवसको अवसर पारेर प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। कांग्रेस दोलखा प्रदेश ‘क’ले आयोजना गर्ने प्रतियोगिता चैत १३ गते सुरु हुनेछ।
च्याम्पियन्स ट्रफी : इङ्ग्ल्यान्डमाथि अफगानिस्तानको रोमाञ्चक जित
कान्तिपुर संवाददाता
पाकिस्तान र दुबईमा जारी च्याम्पियन्स ट्रफीको नवौं संस्करण अन्तर्गत समूह ‘बी’मा बुधबार भएको खेलमा इङ्ग्ल्यान्डमाथि अफगानिस्तानले जित निकालेको छ । लाहोरमा भएको खेलमा अफगानिस्तानले बलियो इङ्ग्ल्यान्डमाथि ८ रनको रोमाञ्चक जित निकालेको हो ।
लिभरपुलको अग्रता पुग्यो १३ अंक
कान्तिपुर संवाददाता
लिभरपुलले बुधबार इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई २–० ले हराउँदै शीर्ष स्थानमा आफ्नो अग्रतालाई १३ अंक पुर्‍याएको छ । उसका लागि एनफिल्डमा भएको खेलमा डोमिनिक सबोसलाई र एलेक्स म्याक एलिस्टरले प्रत्येक हाफमा एक एक गोल गरे ।
झापा एघार फाइनलमा
कान्तिपुर संवाददाता
झापा एघार एफसीले बुधबार मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता भद्रपुर झापा गोल्डकपको फाइनल पुगेको छ । झापाले सेमिफाइनलमा पाहुना टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोलले पराजित गरेको थियो ।
फाइनल जित्ने कहिले ?
हिमेश
नेपाली फुटबललाई उपाधिको उत्तर अझै प्राप्त भएन । साँच्चै, नेपाली महिला राष्ट्रिय टोलीले उपाधि जित्ने कहिले ? एकपल्ट होइन, दुईपल्ट होइन, नेपाली टोली १३ औं पटक फाइनलमा पराजित भएको छ ।
फाल्गुन १४, २०८१
सूर्य नेपाल एनपीजीए टुर : तोरणको अग्रता कायमै
कान्तिपुर संवाददाता
गल्फर तोरणविक्रम शाहीले दोस्रो दिन पनि सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा ४ अन्डर ६८ को स्कोरसहित शीर्षस्थान कायमै राखेका छन् । समग्रमा ११ अन्डर १३३ सहित उनले नीरज तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन् ।
बास्केटबल फाइनलमा गण्डकी र तेजस्वी भिड्ने
कान्तिपुर संवाददाता
गण्डकी र तेजस्वी एकेडेमी आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार फाइनल पुगेका छन् ।
स्रोवन र प्राचीलाई टेबलटेनिस स्वर्ण
कान्तिपुर संवाददाता
भारतीय टिस्टा तोर्सा टेबलटेनिस क्लबका स्रोवन पाउल र दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । यू–१६ सिंगल्सको ब्वाइजतर्फ स्रोवन र गर्ल्समा प्राची विजेता भएका हुन् ।
नेपालको उपाधि जित्ने सपना अधुरै
कान्तिपुर संवाददाता
नेपाली महिला राष्ट्रिय फुटबल टिमको पहिलो उपाधि जित्ने सपना बुधबार पनि पूरा हुन पाएन । दशरथ रंगशालामा भएको फोर नेसन्स कपको फाइनलमा म्यानमारले नेपाललाई २–० ले पराजित गरेको हो ।
तिलौराकोट गोल्डकप : संकटा एफसी विजयी
मनोज पौडेल
जिल्लाकै सर्वाधिक राशि पुरस्कार भएको दोस्रो मुख्यमन्त्री तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता जितपुरस्थित बुद्ध रंगशालामा सुरु भएको छ ।
कोशी प्रिमियर लिग : नमुना ब्लास्टर उपाधि होडमा
अर्जुन सुवेदी
नमुना ब्लास्टर सुनसरीको भोक्राहामा जारी कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा नमुनाले बलान बिहुल सप्तरी टाइगरलाई ४१ रनले पराजित गर्दै फाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।
पुलिसले जित्यो पुरुष राष्ट्रिय भलिबल उपाधि
काशीराम डाँगी
सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबले जितेको छ । लिवाङमा बुधबार भएको फाइनलल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले उपाधि हात पारेको हो ।
अशोकले बुल्गेरिया ओपन तेक्वान्दो खेलाउने
कान्तिपुर संवाददाता
नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले बुल्गेरियामा हुने विश्व वरीयताको जी टुअन्तर्गत बुल्गेरिया ओपन तेक्वान्दो च्याम्पियनसिपको निर्णायक गर्ने भएका छन् ।
ईस्टर्न डिभिजन १० किलोमिटर दौडको उपाधि सरोज लिम्बूलाई
अर्जुन सुवेदी
नेपाली सेनाको पूर्वी पृतना हेड क्वाटर इटहरीले आयोजना गरेको कोशी प्रदेशस्तरीय खुला १० किलोमिटर दौडको उपाधि सरोज लिम्बूले जितेका छन् ।
प्यालेस र चेल्सीको प्रभावशाली जित
कान्तिपुर संवाददाता
क्रिस्टल प्यालेस र चेल्सीले इंग्लिस प्रिमियर लिगमा मंगलबार प्रभावशाली जित हात पारेका छन् । प्यालेसले एस्टन भिल्लालाई ४–१ ले पराजित गर्‍यो भने चेल्सीले साउथह्याम्पटनलाई ४–० ले हराएको हो ।
बार्सिलोना र एटलेटिकोबीच रोमाञ्चक बराबरी
कान्तिपुर संवाददाता
बार्सिलोना र एटलेटिको म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा मंगलबार ४–४ को रोमाञ्चक बराबरी खेलेका छन् । एटलेटिकोले सुरुमा दुई गोलले अग्रता लिएपछि दुई गोलले पछाडि रहेको स्थितिमा बराबरी खेलेको हो ।
केपी ओली कप : मछिन्द्र र संकटा सेमिफाइनलमा
कान्तिपुर संवाददाता
डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले मंगलबार केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मछिन्द्रले भुटानको एफसी ट्रान्सफोर्ट युनाइटेडविरुद्ध १–० को साँघुरो जित निकालेको हो ।
नेपालले जित्नैपर्ने, म्यानमारलाई राम्रो खेले पुग्ने
हिमेश
फुटबलमा बलियो प्रतिद्वन्द्वीसँग बरोबर खेलिरहनुपर्छ त्यसैले भनिएको होइन । फोर नेसन्स कपको अवसर पारेर नेपालले महिला फुटबलमा आफूभन्दा धेरै बलियो र वरीयतामा धेरै माथि म्यानमारको सामना गर्न पाएको छ ।
फाल्गुन १३, २०८१
बास्केटबलको क्वाटरफाइनल समीकरण
कान्तिपुर संवाददाता
आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
सूर्य नेपाल एनपीजीए टुर : तोरणको अग्रता
कान्तिपुर संवाददाता
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन मंगलबार तोरणविक्रम शाहीले गतिलो सुरुआत गरेका छन् । उनले ७ अन्डर ७५ को स्कोर कार्ड तयार पार्दै नीरज तामाङ र सञ्जय लामामाथि ४ स्ट्रोकको अग्रता बनाएका छन् । नीरज र सञ्जयले ३ अन्डर ६९ को स्कोर बनाए ।
बार्सिलोनालाई एट्लेटिकोको चुनौती
कान्तिपुर संवाददाता
बार्सिलोना र एट्लेटिको मड्रिड स्पेनिस फुटबलका शीर्षस्थ टोलीहरु हुन् । स्पेनिस ला लिगामा १ अंकको दूरीमा रहेका यी दुई टोली स्पेनिस कप सेमिफाइनलको पहिलो लेगमा भिड्दैछन । उक्त खेल स्पेनको, एस्टाडियम ओलम्पिक लुइस कम्पनी, बार्सिलोनामा मंगलबार राति हुनेछ ।
टिमको स्वर्ण ललितपुर र ग्लोबललाई
कान्तिपुर संवाददाता
आयोजक ललितपुर टेबलटेनिस क्लब र ग्लोबल टेबलटेनिस एकेडेमीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा स्वर्ण पदक जितेका छन् । ललितपुर पुरुष र ग्लोबल महिलामा विजेता भएको हो ।
निस्ट र गेटवे विजयी
कान्तिपुर संवाददाता
आयोजक भक्तपुर निस्ट स्कुलले तेस्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर गर्ल्समा मंगलबार विजयी सुरुआत गरेको छ । घरेलु कोर्टमा निस्टले मल्पी स्कुललाई ३४–१६ स्कोरले हरायो ।
धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज सेज
कान्तिपुर संवाददाता
धनगढी एफसीले नेपाल सुपर लिगको आगामी सिजनका लागि जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । स्पेनिस प्रशिक्षकसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव छ । प्रशिक्षकसँग यूईएफए प्रो लाईसेन्स छ ।
कोशी प्रिमियर लिग क्रिकेटमा सप्तरी टाइगरको अपराजित यात्रामा ब्रेक
अर्जुन सुवेदी
कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत बलान बिहुल सप्तरी टाइगरको अपराजित यात्रामा ब्रेक लागेको छ । मंगलबार सम्पन्न पहिलो खेलमा सप्तरीको अपराजित यात्रामा इटहरी आदर्श जाइन्ट्स बाधक बन्यो । यसअघिका चारवटै खेलमा शतप्रतिशत जित निकालेको सप्तरी टाइगर इटहरी आदर्शसँग ३२ रनले पराजित भएपछि एक खेलअघि नै उपाधि होडमा पुग्नबाट...
१४ औं साग २०२६ को जनवरीमा हुने
कान्तिपुर संवाददाता
दक्षिण एसियाली खेलकुद महासंघको सोमबार लाहोरमा भएको बैठकले १४ औं दक्षिण एसियाली खेलकुद (साग) २०२६ को जनवरीमा गर्ने निर्णय गरेको छ । बैठक महासंघका अध्यक्ष करिब साहिदको अध्यक्षमा भएको बैठकमा महासंघका सबै सात सदस्यको सहभागिता रहेको थियो ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान
न्युज एजेन्सी नेपाल
नेपालको क्रिकेट मैदानमा पहिलो पटक 'फ्लड लाइट' जडान गरिएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा ५ वटा 'फ्लड लाइट' जडान गरिएको हो । ७ करोड रुपैयाँभन्दा बढी खर्च गरी जडान गरिएको 'फ्लड लाइट' परीक्षणको काम बुधबारदेखि सुरु हुने स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए ।
पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता : समूहचरणका खेल सम्पन्न, आज सेमिफाइनल
काशीराम डाँगी
शनिबारदेखि रोल्पामा जारी पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता रोचक बन्दै गएको छ । सोमबारबाट समूह चरणको खेल सकिएका छन् भने यस अन्तर्गत सहभागी टिममध्ये आयोजक सन स्टार टिम र मधेश प्रदेश टिम समूह चरणबाटै बाहिरिएका छन् ।
कोशी प्रिमियर लिग क्रिकेट : एनबीएससी लायनको चौथो हार
अर्जुन सुवेदी
कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा एनबीएससी लायन उपाधि होडबाट बाहिरिएको छ । सुनसरीको भोक्राहामा सोमबार विराटनगरको टिम एनबीएससी लायन भोक्राहा नरसिंह अर्नाजसँग २४ रनले पराजित भएको थियो । एनबीएससी लायनको यो लगातार चौथो हार हो ।
भुटानी टिम सेमिफाइनलमा
कान्तिपुर संवाददाता
डागा युनाइटेड फुटबल क्लब भुटानले सोमबार भद्रपुर झापा गोल्डकप आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । मेची रंगशालामा सोमबार चौथो क्वाटरफाइनल खेलमा भुटानी टिमले विभागीय टोली एपीएफ फुटबल क्लबलाई ३–२ गोलले पराजित गरेको हो । डागा युनाइटेडले सेमिफाइनलमा झापा–११ एफसीको सामना गर्नेछ ।
पुलिसलाई रोक्दै आर्मी सेमिफाइनलमा
कान्तिपुर संवाददाता
विभागीय डर्बी खेलमा त्रिभुवन आर्मी क्लबले सोमबार पुलिस क्लबलाई २–० ले पराजित गर्दै केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । सोमबार अर्को खेलमा विजयी रहेर आयोजक केपी ओली एफसी पनि अन्तिम चारमा पुगेको छ ।
फाल्गुन १२, २०८१