text
stringlengths
2
914
शाहीलाई एलआरआईको सम्मान
कान्तिपुर संवाददाता
सुदूरपश्चिम क्रिकेटको प्रवर्धक सुवास शाही सोमबार सम्मानित भएका छन् । एलआरआई स्कुलले आफ्नो ३७ औं स्थापनाको अवसरमा शाहीसहित विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सोमबार राजधानीमा सम्मानित गरेको हो ।
दीपेन्द्र धनगढीको एम्बासडर
कान्तिपुर संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाल सुपर लिगको फ्रेन्चाइज टोली धनगढी एफसीको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।
सूर्य नेपाल एनपीजीए टुर भोलिदेखि
कान्तिपुर संवाददाता
सिजनको पाँचौं प्रतियोगिताका रूपमा मंगलबारदेखि सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने च्याम्पियनसिप चार दिनसम्म चल्नेछ र ७२ होलको हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि ८ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
बास्केटबलमा तेजस्वीको दोहोरो जित
कान्तिपुर संवाददाता
तेजस्वी एकेडेमीले आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबार दोहोरो जित हात पारेको छ । तेजस्वीले सिनियर ब्वाइज र गर्ल्स दुवैमा विजयी भयो ।
राष्ट्रिय ‘टग अफ वार’ हुने
कान्तिपुर संवाददाता
नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय ‘टग अफ वार’ हुने भएको छ । प्रतियोगिता भक्तपुर सानो थिमिको एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ मा हुनेछ ।
चर्च ब्वाइज बन्यो बागमती गोल्डकपको च्याम्पियन
सुवास विडारी
सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज क्लबले जितेको छ । सोमबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मच्छिन्द्र क्लबलाई १-० गोलले हराउँदै चर्च ब्वाइजले उपाधि हात पारेको हो ।
बुटवलमा ३ लाख ३ हजार पुरस्कार राशीको राष्ट्रिय स्नुकर प्रतियोगिता सुरु
सन्जु पौडेल
बुटवलमा सर्वाधिक पुरस्कार राशीको स्नुकर प्रतियोगिता सुरु भएको छ । प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीप प्रतियोगिताको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । उनले बुटवललाई शिक्षा, स्वास्थ्य र खेलकुदको हबको रूपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले खेलकुदको क्षेत्रमा लगानी...
गृहनगरमा क्रिकेटर ऐरीको रथयात्रा
भवानी भट्ट
क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई गृहनगर महेन्द्रनगरमा अभिनन्दन गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले सोमबार १६ औं पर्यटन महोत्सव उद्घाटनका अवसरमा उनलाई अभिनन्दन र सम्मान गरेको हो ।
शीर्षमा लिभरपुलको अग्रता ११ अंक
कान्तिपुर संवाददाता
लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आइतबार ११ अंकको अग्रता लिएको छ । उसले म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । यससँगै लिभरपुल कीर्तिमान २० लिग उपाधितर्फ उन्मुख रह्यो ।
जिरोनामाथि रियलको महत्त्वपूर्ण जित
कान्तिपुर संवाददाता
लुका मोडरिचले लामो दूरीबाट गरेको प्रहार उत्कृष्ट गोलमा परिणत भएपछि रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा जिरोनालाई २–० ले हराएको छ । यो जितसँगै लिग तालिकाको शीर्षमा रियलले बार्सिलोनासँग अंक बराबरी गरेको छ ।
नेपालका लागि सावित्रा हुनुको अर्थ
हिमेश
फोर नेसन्स कपको फाइनल अगाडि नेपाल र म्यानमारबीच हुनुपर्ने खेल यस्तै थियो, अत्यधिक रोमाञ्चक । नेपाली महिला राष्ट्रिय टिमले आइतबार केही लामो समयपछि दशरथ रंगशालामा त्यस्तो खेल पस्कन सफल रह्यो, जसलाई मन छुने भन्न सकिन्छ ।
कोहलीको शतकमा पाकिस्तानमाथि भारतको सान
एएफपी
विराट कोहलीको अविजित १ सय रनमा भारतले च्याम्पियन्स ट्रफी क्रिकेटमा आइतबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो ५१ औं शतक बनाएपछि भारतले २ सय ४२ रनको लक्ष्य ४३ औं ओभरमा २ सय ४४ रन बनाउँदै पूरा गरेको थियो ।
केपी ओली कप : उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो खेलमै स्तब्ध
कान्तिपुर संवाददाता
ठीक ८ दिनअघि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले पोखरामा भएको २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो । तर आइतबार सुरु केपी ओली कप च्याम्पियनसिपको पहिलो खेलमै स्तब्ध भएको छ ।
बंगलादेशी टोली सेमिफाइनलमा
कान्तिपुर संवाददाता
बंगलादेशको काउर्न बाजार प्रगति संघ आइतबार न्युरोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फाल्गुन ११, २०८१
कोहलपुरमा मुख्यमन्त्री गोल्डकप हुने
रुपा गहतराज
बाँकेको कोहलपुरमा मुख्यमन्त्री गोल्डकप हुने भएको छ । कोहलपुर रेसिङ सहारा क्लबको आयोजनामा १७ फागुनदेखि मुख्यमन्त्री कोहलपुर गोल्डकप हुने भएको हो ।
म्यानमारसँग नेपालको रोमाञ्चक बराबरी
कान्तिपुर संवाददाता
नेपालले फोर नेसन्स कपको अन्तिम लिग खेलमा आइतबार म्यानमारसँग रोमाञ्चक २–२ को बराबरी खेलेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले दुईपल्ट पछाडि रहेको स्थिति उल्टाएर बराबरी खेलेको हो । यो नतिजापछि दुवै टिम अपराजित हुँदै समान ७/७ अंकमा रहे । गोल अन्तरले म्यानमार नेपालभन्दा अगाडि रह्यो ।
तेस्रो आर्चरी प्रतियोगिताको उपाधि संखुवासभाको ज्यवस्यारीलाई
कान्तिपुर संवाददाता
संखुवासभाको खाँदबारीमा सम्पन्न तेस्रो आर्चरी प्रतियोगिताको उपाधि भोटखोलाको ज्यवस्यारी ङाप्ताक छिघुलुङ टिमले जितेको छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मंगलसेन नगरपालिकालाई
मेनुका ढुंगाना
१५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मंगलसेन नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशर खड्काका अनुसार जिल्लाको चौरपाटी गाउँपालिकामा सञ्चालन भएको प्रतियोगितामा मंगलसेन नगरपालिकाले ७ स्वर्ण, ६ रजत, ३ कांस्य प्राप्त गरेर पहिलो भयो ।
किर्गिस्तानमाथि लेबनानको सान्त्वना जित
कान्तिपुर संवाददाता
लेबनानले फोर नेसन्स कपको आफ्नो अन्तिम खेलमा आइतबार किर्गिस्तानलाई २-० ले पराजित गरेको छ । दुवै टिम यसअघि नै प्रतियोगिताको फाइनल पुग्ने समीकरणबाट बाहिरिसकेको स्थितिमा लेबनानका लागि यो सान्त्वना जित रह्यो । दुवै टिम आ-आफ्नो सुरुआती दुई खेलमा पराजित रहेको थियो ।
१० किलोमिटर दौडमा मिङ्मार र सन्तोषी च्याम्पियन
घनश्याम गौतम
साइन रेसुंगा डेभलपमेन्ट बैंकको १० मिलोमिटर ‘रन टु शाइन’ राष्ट्रिय दौड प्रतियोगितामा खुल्लातर्फको उपाधिमा पुरुषतर्फ मिङ्मार सिङ्गी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठ च्याम्पियन बनेका छन् । दुवै खेलाडीले नगद एक–एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । बैंकले १७ औं वार्षिकोत्सवको अवसरमा आइतबार ५ लाख राशीको दौड प्रतियोगि...
नवयुगले पोखरा थन्डर्सबाट खेल्ने
कान्तिपुर संवाददाता
स्टार खेलाडी नवयुग श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन् । पोखराले आइतबार नवयुग पोखराबाट खेल्ने जानकारी दिएको छ ।
बुटवलमा सञ्चालित दोस्रो मेयर कप फुटबलमा स्कलर्स होम र कालिका विजयी
सन्जु पौडेल
बुटवलमा सञ्चालित दोस्रो मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्र तर्फको उपाधि स्कलर्स होम माधयमिक विद्यालयले उचालेको छ ।
राईले उचाले ‘मिस्टर बाग्मती बडीबिल्डर’ को उपाधि
अनिश तिवारी
जिल्लाको मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा सम्पन्न ‘मिस्टर बाग्मती बडीबिल्डर ०८१’ को उपाधि कलंकी जिम सेन्टरका बडीबिल्डर मिलन राईले उचालेका छन् ।
जिल्लास्तरीय तेक्वान्दोमा सेतीदेवी डोजाङ बन्यो च्याम्पियन
अनिश तिवारी
जिल्लाको बाह्रबिसे नगरपालिका–२ कर्थलीमा शनिबार सम्पन्न ‘जिल्लास्तरीय आठौं तेक्वान्दो प्रतियोगिता ०८१’ को उपाधि सेतीदेवी तेक्वान्दो डोजाङ सुनकोशी गाउँपालिकाले उचालेको छ ।
फुटबल प्रशिक्षक तथा पूर्व खेलाडी श्रेष्ठको निधन
कान्तिपुर संवाददाता
नेपाली फुटबल प्रशिक्षक तथा पूर्व खेलाडी हरिओम श्रेष्ठको आइतबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो । उनी ५४ वर्षका थिए ।
रोल्पामा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु
काशीराम डाँगी
शनिबारदेखि रोल्पाको लिबाङमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्थानीय सन स्टार युवा क्लबले जिल्लामा ठूलो पुरस्कार राशीको राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको हो ।
च्याम्पियन्स ट्रफी: कीर्तिमानी लक्ष्य भेट्टाउँदै अस्ट्रेलियाले १६ वर्षपछि निकाल्यो पहिलो जित, आज भारत र पाकिस्तान भिड्दै
कान्तिपुर संवाददाता
पाकिस्तान र यूएईमा जारी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाले १६ वर्षपछि पहिलो जित निकालेको छ । त्यो पनि च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक रन ‘चेज’ गरेर ।
नेपोलीमाथि इन्टरको दबाब
कान्तिपुर संवाददाता
लउटारो मार्टिनेजको एक मात्र गोलको मद्दतले इन्टर मिलानले शनिबार इटालीको सिरी ए मा जेनोआलाई १–० ले हराएको छ । यस जितपछि इन्टर शीर्ष स्थानमा उक्लेको छ र दोस्रोमा झरेको नेपोलीमाथि दबाब सिर्जना गरेको छ ।
लास पाल्मासमाथि बार्सिलोनाको झिनो अन्तरको जित
कान्तिपुर संवाददाता
डानी ओल्मो र फेरान टोरसले गरेको गोल मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार लास पाल्मासमाथि २–० को झिनो अन्तरको जित निकालेको छ । यो जितपछि बार्सिलोना अंक तालिकाको शीर्षमा पनि उक्लेको छ ।
आर्सनलको उपाधि होडमा गम्भीर धक्का
कान्तिपुर संवाददाता
आर्सनलको इंग्लिस प्रिमियर लिग उपाधि होडमा शनिबार गम्भीर धक्का लागेको छ । दस खेलाडीमा सीमित आर्सनललाई वेस्ट ह्यामले १–० ले पराजित गरेको हो ।
महिला फुटबलले बोकेको सम्भावना
हिमेश
विश्व खेलकुदमा ‘नेक्स्ट बिग थिङ’ केहीलाई मानिएको छ भने त्यो हो, महिला फुटबल । महिला फुटबल जसरी विस्तार र लोकप्रिय भइरहेको छ, त्यसले देखाउँछ विश्व खेलकुद बजारमा तहल्का मच्चाउने भनेको नै यसैले हो । यसमा छ ग्ल्यामर अनि सनसनी ।
नेपाल सुपर लिग: विदेशी खेलाडी निर्णायक हुने सम्भावना
हिमेश
धेरैभन्दा धेरै सम्भावना बनेको छ, अबको नेपाल सुपर लिग (एनएसएल) २०२५ मा विदेशी खेलाडी नै निर्णायक हुनेछ । अपेक्षा के गरौं भने यो प्रतियोगिता खेल्न आउने विदेशी खेलाडी उच्चस्तरको होस् । प्रतियोगिताको तेस्रो संस्करणका लागि शनिबार ‘मिनी अक्सन’ भएको थियो ।
फाल्गुन १०, २०८१
मछिन्द्र इटहरी गोल्डकप च्याम्पियन
अर्जुन सुवेदी