text
stringlengths
2
914
मछिन्द्र फुटबल क्लब १५ औं अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार फाइनलमा मछिन्द्रले सगरमाथा युथ क्बल मोरङलाई २–० ले पराजित गर्दै पहिलो सहभागितामै उपाधि जितेको हो ।
केपी ओली कप आइतबारदेखि
कान्तिपुर संवाददाता
केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण भोलि आइतबारदेखि सुरु हुनेछ । पहिलो दिनको खेलमा एपीएफ फुटबल क्लब र आहारारा पोखरा गोल्डकप विजेता ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
खडगबहादुरले जिते दसौं प्रधानसेनापति म्याराथन
कान्तिपुर संवाददाता
आर्मीका धावक खडगबहादुर खड्काले प्रधानसेनापति खुला म्याराथनको दसौं संस्करण जितेका छन् ।
बीएमसीएलाई जिल्ला छनोटको उपाधि
कान्तिपुर संवाददाता
भक्तपुर म्युनिसिपल क्रिकेट एसोसिएसन (बीएमसीए) ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताका लागि आयोजित भक्तपुर जिल्ला छनोटको उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा शनिबार फाइनलमा बीएमसीएले भक्तपुर क्रिकेट सेन्टरलाई ७ विकेटले पराजित गर्यो ।
अनुपम घलान स्मृति यू-१६ फुटबलको उपाधि हेटौंडा-१५ लाई
कान्तिपुर संवाददाता
अनुपम घलान स्मृति नगरस्तरीय यू-१६ फुटबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिका- १५ ले जितेको छ ।
खुला बास्केटबल : माउन्टेन मुभर्स फाइनलमा
कान्तिपुर संवाददाता
माउन्टेन मुभर्स शनिबार खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ फाइनल पुगेको छ । तीन टिम सहभागी राउन्ड रोविन लिगमा माउन्टेन मुभर्स अपराजित भएर फाइनल पुगेको हो ।
प्रतीक र यशस्वी चेस च्याम्पियन
कान्तिपुर संवाददाता
गोदावरी नगरपालिकाको प्रायोजनमा भएको प्रथम वज्रबाराही काठमाडौं भ्याली बुद्धिचाल प्रतियोगितामा मनकामना सेकेन्डरी स्कुलका प्रतीक सुवेदीले उपाधि उचालेका छन् ।
बेस्ट ग्रुपलाई अर्किड कपको उपाधि
कान्तिपुर संवाददाता
बेस्ट ग्रुप भिजनले नवौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मछिन्द्र उपाधि रक्षातर्फ उन्मुख
सुवास विडारी
डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब मकवानपुरमा जारी सातौं संस्करणको बाग्मती गोल्डकप फुटबल प्रतियोगिता–२०८१ को उपाधि रक्षातर्फ उन्मुख भएको छ ।
संखुवासभामा तेस्रो खुला आर्चरी प्रतियोगिता सुरु
दीपेन्द्र शाक्य
खेलकुदको विकास सँगसँगै संस्कृतिको संरक्षणका लागि संखुवासभामा तेस्रो खुला आर्चरी प्रतियोगिता शनिबारबाट खाँदबारीमा सुरु भएको छ ।
‘मिनी अक्सन’ सँगै एनएसएल टिम संरचना तयार
कान्तिपुर संवाददाता
नेपाल सुपर लिग (एनएसएल) २०२५ का लागि शनिबार ‘मिनी अक्सन’ भएको छ र त्यसको समाप्तिसँगै प्रतियोगितामा सहभागी हुने टिमको संरचना लगभग तयार भएको छ ।
१० किलोमिटर दौडमा कृति दलका अशोक प्रथम
दीपेन्द्र बडुवाल
महाशिवरात्रि तथा २६२ औं सेना दिवसको उपलक्ष्यमा श्री नम्बर २२ बाहिनी अड्डा तथा तारादल गणद्वारा शनिबार आयोजित ‘रन फर फन’ अन्तर्गत १० किलोमिटर दौड प्रतियोगिताको पुरुषतर्फ कृतिदल गणका अशोक सुनार प्रथम भएका छन् ।
धरान १०–के रनको उपाधिमा केन्याली धावकको वर्चश्व
अर्जुन सुवेदी
१३ औं धरान १०–के रनको उपाधिमा केन्याली धावकहरुले वर्चश्व जमाएका छन् । धरानमा आज बिहान सम्पन्न १० किलोमिटर रनमा पुरुष र महिला दुवै विधातर्फ केन्याका धावक च्याम्पियन बनेका छन् ।
लेस्टरमाथि ब्रेन्टफोर्डको एकपक्षीय जित
कान्तिपुर संवाददाता
ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीमाथि शुक्रबार एकपक्षीय जित रचेको छ ।
एनएसएल सञ्जीवनी बुटी बन्ला ?
हिमेश
मसिनो स्वरमै सही, नेपाल सुपर लिग (एनएसएल) फुटबल हुने छाँटकाँट देखिँदै छ । प्रतियोगिता तेस्रो संस्करणमा आइपुग्दा सात टिम भिड्ने छन् । आजभोलि यी टिमहरू खेलाडी ‘रिटेन’ गर्नेदेखि प्रशिक्षक घोषणामा तल्लीन छन् । खेलाडीको ‘अक्सन’ आज शनिबार हुँदै छ । त्यसमा सबै खाले गरेर ६० खेलाडी हुनेछन् ।
इटहरी गोल्डकप फाइनल : सगरमाथा युथलाई रोक्ने मछिन्द्रको दाउ
अर्जुन सुवेदी
सगरमाथा युथ क्लब मोरङ र मछिन्द्र फुटबल क्लबे १५ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिलाई शनिबार प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानहरूले फाइनल आफूहरूले जित्ने दाबी गरे ।
झापा गोल्डकप : सेमिफाइनलमा भद्रपुर
कान्तिपुर संवाददाता
भद्रपुर ब्लेजर्सले शुक्रबार नेपाल पुलिस क्लबलाई पराजित गर्दै भद्रपुर झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल तय गरेको छ । मेची रंगशालामा भएको क्वाटरफाइनलमा भद्रपुरले पुलिसलाई २–१ ले हरायो ।
फाल्गुन ९, २०८१
कोशी प्रिमियर लिग : दुहबी क्यापिटल्सको तेस्रो हार
अर्जुन सुवेदी
कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा दुहबी क्यापिटल्सले लगातार तेस्रो हार बेहोरेको छ । सुनसरीको भोक्राहास्थित डाक्टर खालिल आजाद क्रिकेट मैदानमा शुक्रबार भोक्राहा नरसिंह अर्नाजलले दुहबीलाई ६१ रनले हरायो । १ सय ३० रनको लक्ष्य पाएको दुहबी १६.४ बलमा ६९ रनमा समेटियो । दुहबीका विवेक यादवले २५ रन र शाहब आलमले ११ रनबाहेक अन...
हिलारी र बेस्ट ग्रुप फाइनल भिड्ने
कान्तिपुर संवाददाता
हिलारी र बेस्ट ग्रुप भिजन नवौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनल पुगेका छन् । दुवै टिम पेनाल्टी शुटआउटमा विजयी भएका छन् ।
टप्स अन्तरविद्यालय बास्केटबल हुने
कान्तिपुर संवाददाता
टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) को आयोजनामा आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबार सुरु हुँदै छ ।
धाविका सन्तोषी सम्मानित
कान्तिपुर संवाददाता
सूर्योदय सेकेन्डरी बोर्डिङले धाविका सन्तोषी श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । सन्तोषीलाई १० हजारसहित प्रशंसापत्रबाट सम्मान गरिएको हो ।
भरतपुरमा गोर्खाली रग्बी सेभेन्स, विजेताले २ लाख पाउने
कान्तिपुर संवाददाता
गोर्खाली रग्बी क्लबले चितवन भरतपुरस्थित कृष्णपुर रंगशालामा गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता गर्ने भएको छ । फागुन १६ र १७ मा हुने प्रतियोगितामा सात प्रदेश टोली, दुई विभागीय टोली नेपाली सेना र सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा आयोजक गोर्खाली रग्बी गरी १० टोलीको सहभागिता रहने शुक्रबार पत्रकार सम्म...
बुटवल लुम्बिनीमा भुटानी प्रशिक्षक
कान्तिपुर संवाददाता
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम बुटवल लुम्बिनी फुटबल क्लबले नयाँ मुख्य प्रशिक्षकको रूपमा भुटानका पुष्पलाल शर्मालाई शुक्रबार नियुक्त गरेको छ ।
चर्च ब्वाइज फाइनलमा प्रवेश
सुवास विडारी
चर्च ब्वाइज क्लब सातौं बाग्मती गोल्डकप फुटबल प्रतियोगिता–२०८१ को फाइनलमा प्रवेश गरेको छ ।
बुटवल ओपनमा प्रदीप लगातार च्याम्पियन
दीपेन्द्र बडुवाल
पोखराका प्रदीप खड्का रुपन्देहीको बुटवलमा सञ्चालन भएको तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकल स्पर्धामा शुक्रबार च्याम्पियन बनेका छन् । बुटवल ओपनको सुरुवातदेखि सहभागी हुँदै आएका खड्का लगातार तेस्रोपटक च्याम्पियन बनेका हुन् ।
एरिकाले के वानमा जितिन् रजत पदक
ध्रुव तुलाधर
कराते खेलाडी एरिका गुरुङले यूएईमा भएको कराते युथ लिग के–वानमा रजत पदक जितेकी छन् । एसियाली खेलकुदकी रजत पदक विजेता एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
साग स्वर्णपदक विजेता काजल बनिन् तेक्वान्दोको दुई विधामा अन्तर्राष्ट्रिय निर्णायक
अनिश तिवारी
जिल्लाको लिसंखुपाखर गाउँपालिका-५ जेठलकी २८ वर्षीया साग गोल्डमेडेलिस्ट विजेता काजल श्रेष्ठ तेक्वान्दोको दुई विधामा अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) बनेकी छिन् ।
राजनले दिल्ली म्याराथनमा प्रतिस्पर्धा गर्ने
कान्तिपुर संवाददाता
नेपाली खेलकुद क्षेत्रका उदयमान धावक राजन चौधरी आउँदो दिल्ली म्याराथनमा सहभागी हुने भएका छन् । दौड आइतबार हुनेछ ।
काठमाडौं रेजर्सले गर्‍यो तीन खेलाडी ‘रिटेन’
कान्तिपुर संवाददाता
नेपाल सुपर लिग (एनएसएल) को पूर्व विजेता काठमाडौं रेजर्सले अबका नयाँ संस्करणका लागि तीन खेलाडी ‘रिटेन’ गर्ने निर्णय गरेको छ । त्यस अनुसार काठमाडौंले ‘ए’ समूहबाट दीपेश गुरुङलाई टिममा आवद्ध कायम राख्ने निर्णय गरेको हो ।
मछिन्द्र सेमिफाइनलमा
कान्तिपुर संवाददाता
सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको अन्तिम चारको समिकरण पूरा भएको छ । बिहीबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा सर्लाहीको बागमती युवा क्लबलाई १–० गोलले हराएर मछिन्द्र सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो ।
सगरमाथा र मछिन्द्र भिड्ने
अर्जुन सुवेदी
सगरमाथा युथ क्लब मोरङ र मछिन्द्र फुटबल क्लबबीच १५ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । बिहीबार सेमिफाइनलमा सगरमाथा युथले धरान फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै मछिन्द्रसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
झापाको सनसनीपूर्ण जित
कान्तिपुर संवाददाता
झापा ११ एफसीले आफ्नो दमदार प्रदर्शनलाई निरन्तरता दिँदै सौर्य एयर, ओमसाई पाथीभरा हस्पिटल गम्भीर राई स्मृति भद्रपुर झापा गोल्डकपको क्वाटरफाइनलमा स्थान सुरक्षित बनाएको छ । भद्रपुरस्थित मेची रंगशालामा भएको रोमाञ्चक खेलमा झापाले ए डिभिजन लिग उपविजेता मछिन्द्र फुटबल क्लबलाई १–० ले पराजित गर्दै इटहरी गोल्डकपमा बेहोरेको हारको ...
ई-स्पोर्ट्स च्याम्पियनसिप सुरु
कान्तिपुर संवाददाता
ई–स्पोर्ट्स संघ नेपालको आयोजनामा दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप काठमाडौंमा बिहीबार सुरु भएको छ ।
भाग्यमानी गोलमा राहत दिने जित
हिमेश