text
stringlengths
2
914
सावित्रा भण्डारीले अहिलेसम्म नेपालका लागि ५६ गोल गरेकी छन् । त्यसमध्ये लेवनानविरुद्ध सम्भव गोल सबैभन्दा भाग्यमानी रह्यो । त्यही गोलमा सम्भव भएको जित भने राहत दिने खालको रह्यो । फोर नेसन्स कप फुटबलमा बिहीबार दशरथ रंगशालामा दुई खेल भएको थियो । दुवैको नतिजा अपेक्षितजस्तै रह्यो ।
आशुतोषले जिते मेयर कप चेस
कान्तिपुर संवाददाता
भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।
फाल्गुन ८, २०८१
एपीएफ स्कुललाई महानिरीक्षक कप
कान्तिपुर संवाददाता
नेपाल एपीएफ स्कुल कीर्तिपुर ‘ए’ ले दोस्रो अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता जितेको छ ।
निस्ट कप अर्को साता
कान्तिपुर संवाददाता
निस्ट स्कुलको आयोजनामा तेस्रो निस्ट कप खेलकुद फागुन १३ देखि हुने भएको छ । निस्ट कपमा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने प्रिन्सिपल दिलीप रानाले जानकारी गराए ।
हिलारी छात्र फुटबलको सेमिफाइनलमा
कान्तिपुर संवाददाता
हिलारी बिहीबार नवौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा सेमिफाइनल पुगेको छ ।
नेपालले वर्ल्ड माउन्टेन एन्ड ट्रेल रनिङमा भाग लिने
कान्तिपुर संवाददाता
स्पेनमा सेप्टेम्बर २५ देखि २८ सम्म हुने तेस्रो वर्ल्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले भाग लिने भएको छ ।
कीर्तिपुरविरुद्ध माउन्टेन मुभर्स विजयी
कान्तिपुर संवाददाता
माउन्टेन मुभर्सले खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ जित हात पारेको छ । तीन टिम सहभागी राउन्ड रोविन लिगमा मुभर्सले कीर्तिपुरलाई ६८–५२ स्कोरले पराजित गर्‍यो । मुभर्सकी डोल्मा तामाङले २६ स्कोर जोडिन् ।
कोशी प्रिमियर लिग क्रिकेटमा सप्तरी टाइगर्स र पुर्बेली किंग्स विजयी
अर्जुन सुवेदी
कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा बलान बिहुल सप्तरी टाइगर्स र पुर्बेली सुपर किंग्स विजयी भएका छन् ।
म्यानमारसँगै नेपाल फाइनलमा
कान्तिपुर संवाददाता
म्यानमारसँगै नेपालले बिहीबार फोर नेसन्स कपको फाइनल यात्रा तय गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले लेवनानलाई १–० ले हराएपछि फाइनल समीकरण तय भएको हो । लगातार दोस्रो जितपछि दुवै टिमको समान ६ अंक भएको छ । अब म्यानमार र नेपालबीच नै प्रतियोगिताको अन्तिम लिग खेल आइतबार हुनेछ ।
किर्गिस्तानलाई हराएर म्यानमार फाइनल नजिक
कान्तिपुर संवाददाता
युन वाडी र मे लुको दुई/दुई गोलको मद्दतले म्यानमारले फोर नेसन्स कपको बिहीबार भएको खेलमा किर्गिस्तानलाई ५–० ले सजिलै पराजित गरेको छ । प्रतियोगितामा म्यानमारको यो लगातार दोस्रो जित हो । यससँगै उसको फाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
भिल्लासँग रोकियो लिभरपुल
कान्तिपुर संवाददाता
लिभरपुल इंग्लिस प्रिमियर लिगमा बुधबार एस्टन भिल्लाको हातबाट २–२ को बराबरीमा रोकिएको छ । यो नतिजापछि लिभरपुलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिएको छ ।
एमबापेको ह्याट्रिकसँगै रियल अन्तिम १६ मा
कान्तिपुर संवाददाता
रियल म्याड्रिडले केयलियन एमबापको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ र यससँगै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । हारले सिटी प्रतियोगिताबाट बाहिरिएको छ ।
फाइनल समीकरणको सम्भावना
हिमेश
अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप रूपमा रहेको फोर नेसन्स कपमा बुधबार दोस्रो दिनको खेल टुंगिँदा एउटा डर हुनेछ, यत्तिकैमा फाइनल पुग्ने दुई टिमको समीकरण बन्न बेर छैन ।
बायर्न संघर्ष गर्दै अन्तिम १६ मा
एएफपी
बायर्न म्युनिखले अन्तिम क्षणको गोल मदतमा सेल्टिकलाई हराउँदै मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । फेयनुर्डसँग पराजित भएपछि सातपल्टको च्याम्पियन एसी मिलान भने प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम १६ मा पुग्न सफल अन्य टिममा क्लब ब्रुग र बेन्फिका रहेको छ ।
इटहरी गोल्डकपको उपाधि होडमा मछिन्द्र
अर्जुन सुवेदी
युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) माथि पुनरागमन जित निकाल्दै मछिन्द्र क्लब १५ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । मछिन्द्रले इटहरी रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा खर्साङलाई ३—१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
भद्रपुर क्वाटरफाइनलमा
कान्तिपुर संवाददाता
गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले रोमाञ्चक जित दर्ता गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा बुधबार भद्रपुरले दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो ।
फाल्गुन ७, २०८१
बुटवल खुल्ला लन टेनिस : महिला एकलतर्फ सुनीरा च्याम्पियन
दीपेन्द्र बडुवाल
बुटवलमा जारी तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगितामा महिला एकलतर्फ काठमाडौंकी १६ वर्षीया सुनीरा थापा च्याम्पियन बनेकी छन् । उनले साविक बिजेता अभिलाषा विष्टलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेकी हुन् ।
संकटा हराउँदै एपीएफ बागमती गोल्डकपको सेमिफाइनलमा
सुवास विडारी
विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा १-० गोलले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
स्वर्णिम तथ्यांक पछ्याउँदै एन्जिला
हिमेश
नेपाली महिला फुटबल अहिले त्यो मोडमा पुगेको छ, जहाँ तथ्यांकसँग खेलेर धेरैथोक भन्न सकिन्छ । सबैभन्दा पहिले कप्तान एन्जिला तुम्बापो सुब्बाकै कुरा । दुई वर्षजति अगाडि काठमाडौंमै ओलम्पिक छनोट खेल भएको थियो, भियतनामविरुद्ध ।
पोखराको मार्कीमा समीर
कान्तिपुर संवाददाता
पोखरा थन्डर्सले तेस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि समीर तामाङलाई ‘मार्की’ खेलाडी बनाएको छ । उनलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेका हुन् ।
इटहरी गोल्डकप : साबिक विजेता चर्च ब्वाइज पराजित
अर्जुन सुवेदी
डिफेन्डिङ च्याम्पियन चर्च ब्याइज युनाइटेड १५ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।
बायर्न सेल्टिकलाई पन्छाएर अन्तिम १६ मा
कान्तिपुर संवाददाता
बायर्न म्युनिकले अन्तिम क्षणको गोलमा सेल्टिकलाई हराउँदै मंगलबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । फायनउडसँग पराजित भएपछि सात पल्टको च्याम्पियन एसी मिलान भने प्रतियोगिताबाट बाहिरिएको छ ।
थ्रीस्टार सेमिफाइनलमा
कान्तिपुर संवाददाता
थ्रीस्टार क्लबले सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सेमिफाइनल पुगेको छ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा मंगलबार दोस्रो क्वाटरफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४–० गोलले हराएर थ्रीस्टार अन्तिम चारमा पुग्यो ।
सम्झना कप टेबलटेनिस हुने
कान्तिपुर संवाददाता
ललितपुर टेबलटेनिस क्लबले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता फागुन १२ देखि गर्ने भएको छ । कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने प्रतियोगितालाई क्लबले पूर्णशंकर श्रेष्ठ, नेपाली घर र सांग्रिला विकास बैंकसँग प्रायोजनसम्बन्धी सम्झौता गरेको छ ।
महिला क्रिकेट टोली युगान्डा जाने
कान्तिपुर संवाददाता
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने भएको छ । पहिलो पटक गर्न लागिएको अफ्रिका भ्रमण मार्च ६ देखि १७ सम्म हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डा भ्रमणमा कति खेल खेल्नेबारे निर्णय हुन बाँकी रहेको जनाएको छ ।
फाल्गुन ६, २०८१
हिमाली र रिलायन्स बास्केटबल फाइनलमा
कान्तिपुर संवाददाता
आयोजक हिमाली स्कुल र रिलायन्स रेसिडेन्सियल प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा मंगलबार फाइनलमा पुगेका छन् ।
पुरुष कबड्डी टोली बंगलादेशतिर
कान्तिपुर संवाददाता
नेपाली राष्ट्रिय पुरुष कबड्डी टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । फेब्रुअरी १८ देखि २८ सम्म हुने बंगलादेशविरुद्ध ५ खेलको शृंखला खेल्ने १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बंगलादेश गएको हो ।
हाइलीको जितमा युवराजको चार गोल
कान्तिपुर संवाददाता
माउन्ट सेबले नवौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।
एरिका के–वान लिग खेल्न दुबईतिर
कान्तिपुर संवाददाता
एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ के–वान युथ लिग कराते च्याम्पियनसिप खेल्न मंगलबार दुबई गएकी छन् । एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा खेल्ने छिन् ।
विदुर नगर मेयर कप चेस कप सुरु
कान्तिपुर संवाददाता
नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा प्रथम मेयर कप चेस प्रतियोगिता मंगलबार सुरु भएको छ । तीन दिन चल्ने क्लासिकल विधाको चेस स्पर्धामा पहिलो दिन सबै शीर्ष खेलाडीले जित पाएका छन् ।
सम्झनाकप टेबल टेनिस अर्को साता
कान्तिपुर संवाददाता
ललितपुर टेबल टेनिस क्लबको आयोजनामा कुल पाँच लाख २३ हजार रुपैयाँ पुरस्कार राशिको सातौं सम्झनाकप अन्तर्राष्ट्रिय टेबल टेनिस अर्को साता हुने भएको छ । लैनचोरको राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता फागुन १२ देखि १७ सम्म चल्नेछ ।
बागमती गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा
सुवास विडारी
सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०८१ मा थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा खेलमा हिमालयन शेर्पा क्लबलाई ४-० गोलले हराउँदै थ्रीस्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो। थ्रीस्टारको जितमा सुशील राईले खेलको...
बुटवल खुला लन टेनिस : महिला एकल उपाधिका लागि सुनिरा र अभिलाषा भिड्ने
दीपेन्द्र बडुवाल
रुपन्देहीमा सञ्चालन भइरहेको तेस्रो मेयर कप तथा बुटवल खुला लन टेनिसतर्फ महिला एकल स्पर्धाको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन अभिलाषा विष्ट र सुनिरा थापा भिड्ने पक्का भएको छ ।