text stringlengths 2 914 |
|---|
ला लिगाको शीर्ष स्थानमा उक्लियो बार्सिलोना |
कान्तिपुर संवाददाता |
रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट गरेको एक मात्र गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा रायो भालेकानोलाई सोमबार १–० ले पराजित गरेको छ र अंक तालिकाको शीर्षमा उक्लिएको छ । |
किर्गिस्तानलाई हराउन अल्मलिएको नेपाल |
हिमेश |
फोर नेसन्स कप फुटबलको पहिलो दिनको खेलमा आउने नतिजा एक प्रकारले अपेक्षित थियो । अनपेक्षित भने स्कोर रह्यो, त्यो पनि विशेषतः नेपालको । दशरथ रंगशालामा सोमबार नेपालको प्रदर्शन धेरै हदसम्म अल्मलिएको देखियो । |
इटहरी आदर्श विजयी |
कान्तिपुर संवाददाता |
इटहरी आदर्श जायन्टसले कोशी प्रिमियर लिग क्रिकेटमा दुहबी क्यापिटल्समाथि ३ विकेटको रोमाञ्चक जित पाएको छ । दुहबीले दिएको १ सय ४५ रनको लक्ष्य आदर्शले अन्तिम बलमा ७ विकेट गुमाई पूरा गरेको थियो । |
मछिन्द्रको संघर्षपूर्ण जित |
अर्जुन सुवेदी |
झापा एघार एफसीलाई पराजित गर्दै ए डिभिजन टोली मछिन्द्र क्लब १५ औं आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । इटहरी रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा मछिन्द्रले झापामाथि १–० को संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । |
फाल्गुन ५, २०८१ |
थ्री बाई थ्री कर्पोरेट बास्केटबल |
कान्तिपुर संवाददाता |
भाटभटेनी सुपरमार्केट थ्री बाई थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता फागुन १७ र १८ गते आयोजना हुने भएको छ । एरो सोलुसनअन्तर्गत रहेको गेटसेटगेम कम्पनीले आयोजना गर्न लागेको प्रतियोगिता माम्बा स्पोर्टस सेन्टर बुद्धनगरमा सञ्चालन हुनेछ । |
एपीएफ र सैनिक स्कुल फाइनलमा भिड्ने |
कान्तिपुर संवाददाता |
नेपाल एपीएफ स्कुल कीर्तिपुर ‘ए’ दोस्रो अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । आयोजक टोलीले सोमबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस स्कुल साँगालाई ४–० ले पराजित गर्यो । |
डीएभीलाई अन्तर स्कुल क्रिकेटको उपाधि |
कान्तिपुर संवाददाता |
डीएभी सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर स्कुल रनिङ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भक्तपुर स्थित सैनिक आवासीय महाविद्यालयमा सम्पन्न फाइनलमा डीएभीले नेपाल पुलिस स्कुललाई ६० रनले पराजित गर्यो । |
धनगढीद्वारा देवेन्द्र, रामचन्द्र र रन्दिप रिटेन |
कान्तिपुर संवाददाता |
धनगढी सिटी एफसीले आउदो नेपाल सुपर लिग (एनएसएल) का लागि कप्तान देवेन्द्र तामाङसहित ३ खेलाडीलाई रिटेन गरेको छ । धनगढीले देवेन्द्र तामाङ, रामचन्द्र वाझी र रन्दिप पौडेललाई रिटेन गरेको जनाएको छ । देवेन्द्रलाई ‘ए’ क्याटोगोरी र रामचन्द्र तथा रन्दिपलाई ‘बी’ क्याटोबारीमा रिटेन गरेको हो । |
कप्तान किरणलाई मनास्लु सम्मान |
कान्तिपुर संवाददाता |
मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङ लिम्बूलाई सम्मान गरेको छ । |
आयुषले पोखरा थन्डर्सको कप्तानी गर्ने |
कान्तिपुर संवाददाता |
आयुष घलानले नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सको कप्तानी गर्ने भएका छन् । पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले उनलाई कप्तानको जिम्मेवारी सुम्पेका हुन् । |
इस्टपोललाई लोयल्टी कप |
कान्तिपुर संवाददाता |
इस्टपोलले १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक लोयल्टी एकेडेमीको मैदानमा सोमबार भएको फाइनलमा इस्टपोलले लिटिल एन्जल्सलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । |
कुस्ती टोली भारत प्रस्थान |
कान्तिपुर संवाददाता |
मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका ६ खेलाडीसहित ८ सदस्यीय नेपाली कुस्ती टोली सोमबार भारतको उत्तरप्रदेशस्थित नन्दनीनगर गएको छ । तयारी थप प्रभावकारी बनाउन टोली भारत गएको हो । |
बुटवल खुला लन टेनिस : सुनिराद्वारा विजयी सुरुवात |
घनश्याम गौतम |
रूपन्देहीमा तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा वुमन्स सिंगलमा सुनिरा थापाले जिनी खड्कालाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरी विजयी सुरुवात गरेकी छिन् । |
फोर नेसन्स कप : किर्गिस्तानलाई नेपालले १-० ले हरायो |
कान्तिपुर संवाददाता |
विमला चौधरीले पहिलो हाफमा गरेको एक मात्र गोलमा नेपालले फोर नेसन्स कपमा किर्गिस्तानलाई १–० ले हराएको छ । दशरथ रंगशालामा भएको खेल पूर्णतः नेपालको नियन्त्रणमा रहे पनि गोलका लागि संघर्षरत रहेको थियो । |
बागमती गोल्डकप : आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा |
सुवास विडारी |
चर्च ब्वाइज युनाइटेड मकवानपुरमा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०८१ सेमिफाइनलमा प्रवेश गरेको छ। |
लेबनानमाथि म्यानमारको अपेक्षित जित |
कान्तिपुर संवाददाता |
म्यानमारले फोर नेसन्सको पहिलो खेलमा सोमबार दशरथ रंगशालामा लेवनानमाथि ३–१ को जित निकालेको छ । प्रतियोगितामा शीर्ष वरीयताको म्यानमारको यो अपेक्षित जित रह्यो, तर यसका लागि उसले संघर्ष भने गर्नु परेको थियो । |
बुटवलमा खुल्ला लन टेनिस सुरु |
कान्तिपुर संवाददाता |
सोमबारदेखि रुपन्देहीको देवीनगरस्थित टेनिस कम्प्लेक्समा तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ सुरु भएको छ । |
टोटनहमसँग फेरिएन युनाइटेडको भाग्य |
कान्तिपुर संवाददाता |
इंग्लिस प्रिमियर लिगमा संघर्षरत दुई टिमबीचको खेलमा आइतबार टोटनहमले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको छ । नयाँ प्रशिक्षकका रूपमा रुबेन एमोरिम आएयता पनि युनाइटेडको भाग्य फेरिएको छैन र खराव प्रदर्शनको शृंखला कायम रह्यो। |
इन्टरलाई युभेन्ट्सको रोकावट |
कान्तिपुर संवाददाता |
युभेन्ट्सले इटालीको सिरी ‘ए’ मा आइतबार इन्टर मिलानलाई शीर्ष स्थानमा उक्लिनबाट रोकेको छ । आफ्नो पुरानो प्रतिद्वन्द्वी टिमलाई १–० ले पराजित गर्दै युभेन्ट्स अंक तालिकाको शीर्ष चारमा प्रवेश गर्न पनि सफल रह्यो । |
‘फोर नेसन्स कप’ मा सबैको परीक्षा |
हिमेश |
सबैभन्दा पहिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई धन्यवाद । दक्षिण एसियाली घेरा तोडेर नेपाली महिला फुटबलमा यति ठूलो प्रतियोगिता भएकै छैन । यसैले ‘फोर नेसन्स कप’ नेपाली महिला फुटबलका लागि महोत्सवभन्दा कम हुने छैन । छनोटदेखि प्लेअफसम्मको महिला लिगपछि अब चार देशबीचको प्रतियोगिताको पालो । |
फाल्गुन ४, २०८१ |
रिलायन्स बास्केटबल सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
रिलायन्स स्कुल आइतबार प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनल पुगेको छ । |
इटहरी गोल्डकप : एनआरटी पहिलो खेलमै स्तब्ध |
अर्जुन सुवेदी |
सगरमाथा युथ क्लब सहिद स्मारक लिगको ‘ए’ डिभिजन टोली एनआरटीलाई पराजित गर्दै १५ औं संस्करणको आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । |
बुटवलमा मेयर कप छात्र/छात्रा फुटबल हुने |
कान्तिपुर संवाददाता |
बुटवलमा सोमबारदेखि अन्तर विद्यालयस्तरीय दोस्रो मेयरकप छात्र/छात्रा फुटबल प्रतियोगिता हुने भएको छ । छात्र विजेताले १ लाख र उपविजेता ६० हजार रुपैयाँ पुरस्कार पाउने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए । |
इस्टपोल र लिटिल एन्जल्स फाइनलमा |
कान्तिपुर संवाददाता |
इस्टपोल र लिटिल एन्जल्स १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार फाइलन पुगेका छन् । |
राष्ट्रिय यू–२० महिला रग्बी मंगलरबारदेखि |
कान्तिपुर संवाददाता |
नेपाल महिला रग्बी क्लबको आयोजनामा राष्ट्रिय यू–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप फागुन ६ र ७ मा हुने भएको छ । |
राजेन्द्र, मुकेश र अनिताका टिमलाई उपाधि |
कान्तिपुर संवाददाता |
राजेन्द्र वज्राचार्य, मुकेश महर्जन र अनिता महर्जनले छैटौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । |
बागमती गोल्डकप : टाइब्रेकरमा एपीएफ विजयी |
सुवास विडारी |
सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०८१ अन्तर्गत आइतबार भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लब विजयी भएको छ । |
लखन कप फागुन ११ देखि |
प्रकाश बराल |
४३ औं नेपाल मगर संघ स्थापना दिवसको अवसरमा नेपाल मगर संघ बागलुङले चौंथो संस्करणको ‘लखन कप खेलकुद’ प्रतियोगिता आयोजना गर्ने भएको छ । |
ह्विलचियरको सहारामा बास्केटबल |
दुर्गालाल केसी |
बैजनाथ गाउँपालिका-२ बाँकेका ३० वर्षीय तिलकराम थारुको खुट्टाले काम गर्दैन । १९ वर्षको उमेरमा फुटबल खेल्ने क्रममा उनलाई चोट लाग्यो । चोटकै कारण ढाडको नसामा असर पर्दा मेरूदण्डले काम गर्न छाड्यो । |
इटहरी गोल्डकप : दोश्रो क्वाटरफाइनलमा एनआरटी र सगरमाथा भिड्दै |
अर्जुन सुवेदी |
सुनसरीमा जारी १५औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा आज न्युरोड टिम एनआरटी र सगरमाथा युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ । यी दुई टिमबीचको खेल इटहरी रंगशालामा दिउँसो तीन बजे सुरु हुनेछ । |
आहा रारा पोखरा गोल्डकप : पोखरामा उज्वेक टिम च्याम्पियन |
हिमेश |
सइद जमोल नाम सम्झना ? कुनै समय उनी मनाङ मर्स्याङ्दीका खेलाडी थिए । अनि अब्दुल अजिज नि ? उनले भने जावलाखेल युथका लागि खेलेका थिए । अजिज त अहिले प्रशिक्षक भइसके । जमोलले भने खेलिरहेकै छन् । उनीहरूले उज्वेकिस्तानको सुपर लिग क्लब नभबहोरका रिजर्भ खेलाडी बटुलेर एउटा टिम बनाए । |
पोखरा म्याराथनमा विल्सनको कीर्तिमान |
कान्तिपुर संवाददाता |
केन्याली धावक विल्सन चेरियुयिटले पोखरा म्याराथनमा २ घन्टा १७ मिनेट २४ सेकेन्डको कीर्तिमान कायम गरेका छन् । पोखरामा शनिबार १९ औं सफल पोखरा म्याराथनमा नयाँ कीर्तिमान कायम गरेका हुन् । यसअघि अर्का केन्याली धावक जुलियस मुरियाली वाहोमको नाममा २ घण्टा १९ मिनेट ३६ सेकेन्डको कीर्तिमान थियो । जुलियस यसपल्ट दोस्रो भए । |
फाल्गुन ३, २०८१ |
इटहरी गोल्डकपमा आयोजक बाहिरियो |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.