text stringlengths 2 914 |
|---|
अर्जुन सुवेदी |
आयोजक राष्ट्रिय जागृति क्लब १५ औं संस्करणको आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरीएको छ । शनिबार उद्घाटन खेलमा पाहुना टोली युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) सँग २–१ ले पराजित भयो । सेमिफाइनल पुगेको यूकेएफसीले गत संस्करणमा बेहोरेको हारको बदलासमेत लिएको छ । |
दशरथ रंगशालामा युनान टोलीलाई न्यु इयर कप |
कान्तिपुर संवाददाता |
नेपाली युथ फुटबल टोलीलाई २–० ले पराजित गर्दै चीनको युनान युवा फुटबल टिमले चाइनिज न्यु इयर कप फुटबल खेल जितेको छ । दशरथ रंगशालामा चीनको प्रान्तीय युवा टोलीले दुवै हाफमा गोल गर्दै मैत्रीपूर्णसरह नरहेको खेल आफ्नो पक्षमा पारेको थियो । |
नवौं अन्तरविद्यालय एकायन कराते |
कान्तिपुर संवाददाता |
नवौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता शनिबार शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुहिटीमा सम्पन्न भएको छ । |
थाइल्यान्ड मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक |
कान्तिपुर संवाददाता |
थाइल्यान्डको च्याङमाईमा भइरहेको २९ औं थाइल्यान्ड मास्टर्स एथलेटिक्स मिटमा नेपालले दुई पदक जितेको छ । नेपालका लागि मास्टर्सतर्फ यो विशेष उपलब्धि हो । |
अर्किड कपमा गेट्वे र ग्लोबलको जित |
कान्तिपुर संवाददाता |
गेट्वे एकेडेमी र ग्लोबलले नवौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् । |
पोखरा म्याराथनमा केन्याली धावकको कीर्तिमान |
कान्तिपुर संवाददाता |
केन्याली धावक विल्सन चेरियुयिटले पोखरा म्याराथनमा २ घन्टा १७ मिनेट २४ सेकेन्डको कीर्तिमान कायम गरेका छन् । पोखरामा शनिबार १९ औं सफल पोखरा म्याराथनमा नयाँ कीर्तिमान कायम गरेका हुन् । यसअघि अर्का केन्याली धावक जुलियस मुरियाली वाहोमको नाममा २ घण्टा १९ मिनेट ३६ सेकेन्डको कीर्तिमान थियो । जुलियस यसपल्ट दोस्रो भए । |
आहा रारामा उज्वेक टिम दोस्रो विदेशी च्याम्पियन |
हिमेश |
सइद जमोल नाम सम्झना छ ? कुनै समय उनी मनाङ मर्स्याङ्दीका खेलाडी थिए । अनि अब्दुल अजिज नि ? उनले भने जावलाखेल युथका लागि खेलेका थिए । अजिज त अहिले प्रशिक्षक भइसके । जमोलले भने खेलिरहेकै छन् । उनीहरूले उज्वेकिस्तानको सुपर लिग क्लब नभबहोरका रिजर्भ खेलाडी बटुलेर एउटा टिम बनाए । |
बास्केटबलमा ज्ञान निकेतन र रिलायन्स विजयी |
कान्तिपुर संवाददाता |
ज्ञान निकेतन र ग्रिन लन्सले प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार विजय पाएका छन् । |
बागमती गोल्डकप सुरु, उद्घाटनमा आयोजक स्तब्ध |
सुवास विडारी |
सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली पराजित भएको छ । मकवानपुरका पूर्वीक्षेत्रमा अवस्थित बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा शनिबारबाट सुरु भएको प्रतियोगितामा बागमती युथ क्लब सर्लाहीले आयोजक टोली बागमती गाउँपालिका खेलकुद विकास समितिलाई १–० गोलअन्तरले पराजित गरेक... |
लोयल्टी एकेडेमी क्वाटरफाइनलमा |
कान्तिपुर संवाददाता |
आयोजक लोयल्टी एकेडेमी ‘बी’ शनिबार १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । |
पुलिससामु ब्ल्याक बुल्सको चुनौती |
दीपक परियार |
कीर्तिमानी ११ औंपल्ट आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनल पुगेको विभागीय टोली नेपाल पुलिस क्लबको ७ औंपल्ट च्याम्पियन बनेर अर्को कीर्तिमान रच्ने योजनामा विदेशी टोली ब्ल्याक बुल्स बाधक बन्ला ? प्रतियोगितामा पहिलापल्ट सहभागी मध्य एसियाली राष्ट्र उज्वेकिस्तानको ब्ल्याक बुल्स शनिबार पोखरा रंगशालामा ६ पल्टको च्याम्पियन पुलि... |
आज नेपालविरुद्ध युनान फुटबल टिम |
कान्तिपुर संवाददाता |
कुनै फुटबल खेल मैत्रीपूर्णमा मात्र सीमित हुँदैनन् । नेपाली फुटबलका लागि यस्तै अवसर बनेर आएको छ चीनको युनान युवा फुटबल टिमविरुद्धको मैत्रीपूर्ण खेल । दशरथ रंगशालामा शनिबार नेपालले चीनको प्रान्तीय युवा टोलीसँग प्रतिस्पर्धा गर्दै छ । |
तिलौराकोट गोल्डकप फागुन दोस्रो साता |
कान्तिपुर संवाददाता |
दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता फागुन १४ देखि हुने भएको छ । फागुन २१ सम्म चल्ने प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजनका क्लबसहित ८ टोलीले सहभागिता जनाउने आयोजक कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले बताए । |
इटहरी गोल्डकपमा आयोजक र यूकेएफसी भिड्दै |
कान्तिपुर संवाददाता |
१५ औं संस्करणको इटहरी गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शनिबार आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) बीच प्रतिस्पर्धा हुने छ। |
अञ्जनले चितवनबाट एनएसएल खेल्ने |
कान्तिपुर संवाददाता |
राष्ट्रिय फुटबल टोलीका कीर्तिमानी खेलाडी अञ्जन विष्टले एफसी चितवनबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । चैत १३ देखि हुने तेस्रो एनएसएलमा लागि चितवनले अञ्जनलाई ‘मार्की’ खेलाडीको रूपमा लिएको शुक्रबार जनाएको छ । |
फाल्गुन २, २०८१ |
कोशी लिग विजेताले ५ लाख पाउने |
अर्जुन सुवेदी |
सुनसरीमा फागुन ५ देखि हुने दोस्रो कोशी प्रिमियर लिग क्रिकेटको तयारी पूरा भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको खालिल आजाद मैदानमा फागुन १७ सम्म चल्ने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गरायो । |
पुलिस र एपीएफ स्कुल सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
नेपाल पुलिस स्कुल साँगा र नेपाल एपीएफ स्कुल कीर्तिपुर ‘ए’ शुक्रबार दोस्रो अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । |
हिमालीको बास्केटबलमा जित |
कान्तिपुर संवाददाता |
आयोजक हिमाली बोर्डिङ स्कुलले प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गर्ल्स विजयी सुरुआत गरेको छ । |
ग्रिनपिस मेयर कप फुटबल फाइनलमा |
कान्तिपुर संवाददाता |
ग्रिनपिस मावि कोहलपुर मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार नेपालगन्ज रंगशालामा सम्पन्न सेमिफाइनलमा ग्रिनपिसले धम्बोझी माविलाई १–० ले पराजित गरेको थियो । |
शनिबार रंगशालामा नेपाल र युनान टिम भिड्दै |
विनोद पाण्डे |
कुनै फुटबल खेल मैत्रीपूर्णमा मात्र सीमित हुँदैनन् । नेपाली फुटबलका लागि यस्तै अवसर बनेर आएको छ चीनको युनान युवा फुटबल टिमविरुद्धको मैत्रीपूर्ण खेल । दशरथ रंगशालामा शनिबार नेपालले चीनको प्रान्तीय युवा टोलीसँग प्रतिस्पर्धा गर्दै छ । |
लोयल्टी कपमा चेल्सीलाई सफलता |
कान्तिपुर संवाददाता |
चेल्सी वर्ल्ड स्कुल शुक्रबार १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा क्वाटरफाइलन पुगेको छ । |
एक्सेल्सियर कपमा ६ टिम च्याम्पियन |
कान्तिपुर संवाददाता |
एक्सेल्सियर कपको ११ औं संस्करणमा ६ टिमले शुक्रबार उपाधि जितेका छन् । बास्केटबलमा २ तथा ब्वाइज फुटसलमा आयोजक द एक्सेल्सियर स्कुलसहित ४ टिम च्याम्पियन भएका छन् । |
थाइल्याण्डमा सिग्देललाई मास्टर्स एथ्लेटिक्समा रजत पदक |
कान्तिपुर संवाददाता |
२९औं थाइल्याण्ड मास्टर्स एथ्लेटिक्स प्रतियोगितामा झापाका कृष्णप्रसाद सिग्देलले रजत पदक जितेका छन् । |
आहा-रारा पोखरा गोल्डकप: ब्ल्याक बुल्ससँग थ्रीस्टार स्तब्ध |
दीपक परियार |
पाँचपल्टको च्याम्पियन थ्रीस्टार क्लबलाई हराउँदै पहिलोपल्ट नेपालमा खेल्न आएको उज्वेकिस्तानी टिम ब्ल्याक बुल्स फुटबल क्लब बिहीबार २४ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनल पुगेको । पोखरा रंगशालामा थ्रीस्टारलाई ४–० को अन्तरले हराउँदै ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबसँगको फाइनल भेट पक्का गरेको हो । |
सेल्टिकमाथि बायर्नको साँघुरो जित |
एएफपी |
ह्यारी केनको गोल लय कायम रहेपछि बायर्न म्युनिकले बुधबार युरोपेली च्याम्पियन्स लिग प्ले–अफ पहिलो लेगमा सेल्टिकलाई २–१ ले पराजित गरेको छ । अन्य खेलमा बेन्फिका, फेयनुर्ड र क्लब ब्रुग पनि विजयी रहे । |
पोखरा म्याराथनमा १० हजार दौडने अपेक्षा |
कान्तिपुर संवाददाता |
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं सफल पोखरा म्याराथन शनिबार हुँदै छ । मञ्चले यसपल्ट ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाइ उडानका लागि दौडौं’ भन्ने नारा अघि सारेको छ । हरेक वर्ष फागुन पहिलो साताको शनिबार पोखरा म्याराथन आयोजना हुने तालिकाबमोजिम यो वर्ष फागुन ३ मा हुन लागेको हो । |
फाल्गुन १, २०८१ |
फाल्डो जुनियर टुर : सद्भाव, प्रकृत, सिद्धान्त र अभानी छनोट |
कान्तिपुर संवाददाता |
नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन् । उनी समग्र र १७–२१ वर्ष उमेर समूहमा विजेता बने । |
ब्राइट होराइजन र सैनिक मावि सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
ब्राइट होराइजन चिल्ड्रेन होम दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा ब्राइट होराइजनले ग्रिन भिलेज एजुकेसन फाउन्डेशन कीर्तिपुरलाई ५–४ ले पराजित गर्यो । |
क्षेत्री युएस ओपनमा निर्णायक |
कान्तिपुर संवाददाता |
नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री राजु क्षेत्रीले विश्व वरीयतामा रहेको जी–टुको प्रतियोगिता युएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निभाउने भएका छन् । |
टाइम्स दोस्रोपल्ट एनबीसी च्याम्पियन |
कान्तिपुर संवाददाता |
टाइम्स ‘ए’ ले दोस्रो अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा टाइम्सले राइभल पाकिस्तानलाई २१–१७ स्कोरले हराएर लगातार दोस्रो पटक उपाधि जित्यो । |
लोयल्टी कप फुटबल शुक्रबारदेखि |
कान्तिपुर संवाददाता |
लोयल्टी एकेडेमीले १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि आयोजना गर्ने भएको छ । |
जेभियरले जित्यो हेराल्ड कप |
कान्तिपुर संवाददाता |
जेभियर कलेजले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार आयोजक हेराल्ड कलेजको कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा जेभियरले ग्रिनफिल्डलाई ७७–६९ स्कोरले हरायो । जेभियरका रिदश केसीले २१ स्कोर जोडे । ग्रिनफिल्डका सोनाम लामाले २७ स्कोर गरे पनि जित दिलाउन सकेनन् । |
एक्सेल्सियर दुई विधाको फाइनलमा |
कान्तिपुर संवाददाता |
आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा बिहीबार उपाधि नजिक पुगेको छ । एक्सेल्सियर यू–१४ र यू–११ उमेर समूहमा फाइनल पुगेको हो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.