text
stringlengths
2
914
कुलचन्द्र न्यौपाने
सरकारले सार्वजनिक सेवाका कामलाई तत्काल चुस्त बनाउन र आर्थिक सुधारका लागि लगानीमैत्री वातावरण निर्माण गर्न भन्दै ल्याएका ६ अध्यादेशको भविष्य अन्योलमा परेको छ । दुईतिहाई निकट सांसदको समर्थन पाएको कांग्रेस–एमाले सम्मिलित सरकारले ल्याएका अध्यादेश संसद्मा पेस गरेको २५ दिन नाघिसक्दा पनि अघि बढन सकेएको छैन ।
आज महाशिवरात्रि पर्व मनाइँदै
रासस
भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
अब विद्युतीय सवारीमा ६० प्रतिशत मात्र ऋण सुविधा
यज्ञ बञ्जाडे
पेट्रोल र डिजेलबाट चल्ने व्यक्तिगत तथा विद्युतीय सबै (व्यक्तिगत तथा सार्वजनिक) सवारीसाधन खरिदमा बैंक तथा वित्तीय संस्थाले मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण दिन पाउने भएका छन् । यसअघि बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत विद्युतीय सवारीमा ८० प्रतिशतसम्म र सार्वजनिक विद्युतीय सवारीमा शतप्रतिशतसम्म ऋण दिँदै आएका थिए ।
आमसञ्चार परिषद्लाई मन्त्रालयको शाखा बनाउन खोजिएको भन्दै संसद्मा विरोध
जयसिंह महरा
स्वनियमनलाई प्रवर्द्धन गर्न भन्दै सरकारले ल्याएको विधेयकको संसद्मा तीव्र आलोचना भएको छ । सरकारले प्रस्ताव गरेको आमसञ्चार परिषद्लाई सञ्चार मन्त्रालयको शाखा बनाउन खोजिएको र त्यसले स्वतन्त्र पत्रकारितामा अंकुश लगाउने भन्दै सांसदहरूले आलोचना गरेका हुन् ।
फाल्गुन १३, २०८१
राष्ट्रसंघको 'रिजनल युथ पार्लियामेन्ट इन क्लाइमेट एक्सन डाइलग'मा सांसद गौतम सहभागी हुने
कान्तिपुर संवाददाता
संयुक्त राष्ट्रको क्षेत्रीयस्तरको युवा संसद् सम्मेलनमा नेपालबाट सांसद सोबिता गौतम सहभागी हुने भएकी छन् । थाइल्यान्डमा फेब्रुअरी २६, २७ र २८ मा आयोजना हुने सम्मेलनमा सहभागी हुन रास्वपा सांसद गौतम मंगलबार थाइल्यान्ड गएकी छन् ।
महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् । उनले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका छन् ।
१३ मुलुकका न्यायाधीश, सरकारी वकिल र कानुन विज्ञ नेपाल आउँदै
आरती पौडेल
नेपालमा 'डिजिटल अपराधसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन' आयोजना हुने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले काठमाडौंमा आयोजना गर्न लागेको सम्मेलनमा १३ देशको सहभागिता रहनेछ ।
आज देश दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने सरकारको निर्णय, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई ऊर्जामन्त्री खड्काले फेरि सोधे २४ घण्टे स्पष्टीकरण, रुसी खनिज उत्खननका लागि अमेरिकालाई पुटिनको प्रस्तावदेखि १४ औं साग २०२६ को जनवरीमा गर्ने दक्षिण एसियाली खेलकुद महासंघको निर्णयसम्मका खबर आज चर्चामा रहे ।
नयाँ जनगणनाअनुसार समावेशी समूहको जनसंख्या प्रतिशत निकाल्न सकस
राजेश मिश्र
नयाँ जनगणनाअनुसार समावेशी समूहको जनसंख्या प्रतिशत निर्धारण गर्न भइरहेको सकसका कारण प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयक अगाडि बढ्न सकेको छैन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले २०७८ को जनगणना समावेशी समूहको जनसंख्या प्रतिशत मागेको तीन महिना पुग्दा पनि उक्त विवरण गृह मन्त्रालयले दिन सकेको छैन ।
सरकारसँगको वार्ताका लागि नो केबलकार समूहको चार सर्त
आनन्द गौतम
‘नो केबलकार समूह' ले सरकारसँगको वार्ताका लागि चारवटा सर्त अघि सारेको छ । फेरि पनि वार्ताका लागि मन्त्रिस्तरीय वार्ता समिति बनाउनु पर्ने प्रस्ताव गरिएको छ ।
७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगरियोस् : खतिवडा
कान्तिपुर संवाददाता
राज्यबाट सेवा लिने क्रममा ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न कांग्रेस सांसद रामहरि खतिवडाले माग गरेका छन् ।
स्वर्गद्वारी गुठीपीडितको आन्दोलनमा प्रहरीको अवरोध [तस्बिरहरू]
तस्बिर : अंगद ढकाल
स्वर्गद्वारी गुठीपीडितको जारी आन्दोलनमा प्रहरीले अवरोध गरेको छ । संसद् भवन जाने उनीहरुको कार्यक्रममा प्रहरीले अवरोध गरेको हो । गुठीपीडित २४ दिनदेखि माइतीघरमा धर्नामा छन् । विभिन्न चरणको विरोध कार्यक्रम गरिरहेका उनीहरु आज संसद् भवन जाने तयारीमा थिए । माइतीघरबाट बानेश्वरसम्म पुगेपछि प्रहरीले उनीहरुलाई रोकेको हो ।
मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराइने
कान्तिपुर संवाददाता
सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । विपद्मा परी बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्थामा सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत दिने निर्णय गरिएको हो ।
सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डोर्‍याउन दल र नेतृत्व अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डोर्‍याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।
म तीन वर्ष प्रधानमन्त्री हुँदा असाधारण परिवर्तन भयो : ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफू तीन वर्ष प्रधानमन्त्री भएका बेला असाधारण परिवर्तन भएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीको विरोध आह्वान गर्ने ४ जना नियन्त्रणमा
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा विरोध गर्ने आशंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको नवनिर्मित डेन्टल कलेज भवनको उद्‍घाटनमा विरोध गर्ने आंशकामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सरकारले संसद्मा बलमिचाइँ गर्न खोज्यो : सांसद शर्मा
कान्तिपुर संवाददाता
माओवादी सांसद रेखा शर्माले सरकारले संसद्मा बलमिचाइँ गर्न खोजेको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो आरोप लगाएकी हुन् । उनले संसदीय समितिबाट पारित भएको विधेयक समेत मन्त्रीले संशोधन गरेको आरोप लगाइन् ।
नारायणकाजी श्रेष्ठ : झापामा झोँक्किए, चितवनमा पछुताए
कान्तिपुर संवाददाता
'जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’को उद्घाटनमा झोँक्किएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चितवन आएर माफी मागेका छन् । झापाको कार्यक्रममा आफूले मनोवैज्ञानिक अवरोध उत्पन्न भएको महसुस गर्दा रिसाउन पुगेको उनको स्पष्टीकरण छ ।
नेपाली सेनाको महासेनानी र सहायक रथी पदमा एक/एक जना बढुवा
कान्तिपुर संवाददाता
सरकारले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गरेको छ । फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गरेको हो ।
प्रतिनिधिसभा बैठक : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामहरि खतिवडाले सडक दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रपति पौडेलसँग भारत, भुटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको शिष्टाचार भेट
रासस
राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भुटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसीसी) का प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
कांग्रेस र एमालेसँग मिल्दा माओवादीलाई नै घाटा भयो, अब यस्तो हुँदैन : दाहाल
कान्तिपुर संवाददाता
माओवादी अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको राजनीतिले पार्टीलाई घाटा भएको बताएका छन् । 'जनतासँग माओवादी तराई मधेश जागरण अभियान'अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहोर्‍याउने बताएका हुन् ।
सरकारले ल्याएका छ अध्यादेश अझै अनिर्णीत
कान्तिपुर संवाददाता
प्रतिनिधिसभामा आफ्नो पक्षमा करिब दुई तिहाई भए पनि राष्ट्रिय सभाको कसिलो अंकगणितका कारण अध्यादेश स्वीकृतिका लागि सरकारले संघीय संसद्को दुवै सदनको कार्यसूचीमा चढाउन सकेको छैन ।
प्रदेश अस्पतालबाट बिरामीलाई निजीमा पठाउने चिकित्सकलाई स्पष्टीकरण
शिव पुरी
प्रादेशिक अस्पताल आएका बिरामीलाई निजीमा पठाएर शल्यक्रिया गर्दा मृत्यु भएको घटनामा तीन चिकित्सकलाई अस्पताल प्रशासनले स्पष्टीकरण सोधेको छ ।
ललितपुरको भैंसेपाटीबाट चितुवाको उद्धार
कान्तिपुर संवाददाता
ललितपुरको भैंसेपाटी क्षेत्रबाट एउटा चितुवा उद्धार गरिएको छ । सोमबार दिउँसो ललितपुर महानगरपालिका-१८ बाट घरको कम्पाउन्डमा बसेको चितुवालाई समातेर जावलाखेलस्थित सदर चिडियाखानामा लगिएको छ ।
ईपीएसबाट गएका नेपाली श्रमिकमाथि कोरियामा यातना
होम कार्की
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कृषि क्षेत्रमा काम गर्न दक्षिण कोरिया पुगेका तुलसी पुन मगर शुक्रबार राति मृत अवस्थामा फेला परेका छन् ।
५४ करोड सम्पत्ति जफतको मागसहित भारतीय बाबुछोरीविरुद्ध मुद्दा
ऋषिराम पौड्याल
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपालमा बसेर सुनलगायतका विभिन्न मालवस्तुको कारोबार गरी अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भारतीय बाबुछोरीविरुद्ध करिब ५४ करोड सम्पत्ति जफत गरी जेल सजाएको मागसहित उच्च अदालत जनकपुर र अस्थायी उच्च अदालत वीरगन्जमा सोमबार मुद्दा दायर गरेको छ ।
भाषाविद् चूडामणि गौतमको निधन
कान्तिपुर संवाददाता
भाषाविद् चूडामणि गौतमको निधन भएको छ । तेह्रथुमको खाम्लालुङ (हाल आठराई) मा जन्मिएका उनको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सामाजिक सञ्जाल : सक्कली बिरामीलाई सहयोगको मञ्च, नक्कलीलाई ठगीको अखडा
विवेक पोख्रेल
जुम्लाबाट काठमाडौं आएका गायक बिर्ख विश्वकर्मा सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउँदै थिए । ‘मन परेको चुरा’, ‘जुम्ला आउने दोबाटो’, ‘मञ्जरी’, ‘बाटुली’, ‘अब त अत्ति भो’, ‘उनी त मेरै हुनेवाली हुन्’ लगायतका दर्जनौं गीतबाट उनले युट्युबमा दर्शक आकर्षित गर्दै थिए । एक वर्षअघि उनले सामाजिक सञ्जाल भिडियो सार्वजनिक गरे जसमा उनको कुनै नयाँ गीत होइन, नयाँ ‘व्यथा’ भरिएको थियो ।
मुख्यमन्त्रीसँग कान्तिपुर : ‘राज्यशक्तिमा जनताको पहुँच’
दीपक परियार
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार स्थापनापछि राज्यशक्तिमा जनताको सिधा पहुँच पुगेको बताएका छन् । कान्तिपुर टेलिभिजनले सोमबार पोखरामा आयोजना गरेको ‘मुख्यमन्त्रीसँग कान्तिपुर’ कार्यक्रममा मुख्यमन्त्री पाण्डेले विकास आयोजनाका लागि सिंहदरबारको मुख ताक्नु नपर्ने अवस्था रहेको बताएका हुन् ।
वित्त आयोगको कार्यसम्पादन मूल्यांकन : सुदूरपश्चिम पहिलो, मधेश सबैभन्दा पछाडि
कान्तिपुर टिम
प्रदेश सरकारको कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा बढी ५१.६ प्रतिशत अंक पाएर सुदूरपश्चिम पहिलो बनेको छ । ३० प्रतिशत मात्र अंक ल्याएर मधेश सबैभन्दा पछाडि परेको छ । तर गत आर्थिक वर्षको कार्यसम्पादनका आधारमा मूल्यांकन भएको र सबै प्रदेशमा नयाँ सरकार आएकाले राजनीतिक अस्थिरता नै कमजोरीको भागीदार बनेको छ ।
ओडिसाबाट फर्केका विद्यार्थीलाई यतै भर्नाको ‘अफर’
सुदीप कैनी
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) बाट फर्किएका नेपाली विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था गर्न सकिने प्रस्ताव नेपालका विश्वविद्यालयले अघि सारेका छन् ।
फाल्गुन १२, २०८१
माओवादी जागरण अभियानकै उद्‍घाटनमा किन रिसाए वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ?
पर्वत पोर्तेल
माओवादी केन्द्रको 'जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सोमबार झापादेखि सुरु भयो । तर, अभियानकै उद्‍घाटन समारोहमा शीर्ष नेतृत्वबीचको असमझदारी पुनः सतहमा देखिएको छ ।