text stringlengths 2 914 |
|---|
अर्जुन सुवेदी |
एनआरटीले बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करणको उपाधि जितेको छ । शनिबार धरान रंगशालामा सम्पन्न फाइनलमा साबिक बिजेता एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो । |
आहा रारा पोखरा गोल्डकप : पुलिस क्लब सेमिफाइनलमा |
दीपक परियार |
पाहुना टोली ब्रिगेड ब्वाइज क्लब यूकेलाई २–० ले पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । |
एनबीसी कपमा ४ देशका टिम |
कान्तिपुर संवाददाता |
नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ । |
खेलाडी, ओलम्पियन र कर्मचारी संघद्वारा भर्त्सना |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले खेलाडी र खेलकर्मीको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद र सदस्य–सचिव टंकलाल घिसिङमाथि शुक्रबार भएको दुर्व्यवहार र कार्यकक्ष तोडफोडप्रति भर्त्सना गरेको छ । |
१५ औं इटहरी गोल्डकप फागुन पहिलो साता |
कान्तिपुर संवाददाता |
१५ औ संस्करणको इटहरी आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता फागुन ३ गतेदेखि हुने भएको छ । इटहरीको सबैभन्दा पुरानो राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने गोल्डकप एक सातासम्म चल्ने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइयो । |
म्याड्रिड डर्बी टुंगियो बराबरीमा |
कान्तिपुर संवाददाता |
केयलिन एमबापेले दोस्रो हाफमा गरेको गोलको मद्धतले रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार एटलेटिको म्याड्रिडलाई १–१ को बराबरीमा रोकेको छ । म्याड्रिड डर्बी बराबरीमा टुंगे पनि रियल भने अझै अंक तालिकाको शीर्षमा छ । |
ब्राइटनसँग हार्दै चेल्सी एफएकपबाट बाहिर |
कान्तिपुर संवाददाता |
जापानी खेलाडी काओरु मितोमाले निर्णायक गोल गरेपछि ब्राइटनले शनिबार चेल्सीलाई २–१ ले हरायो र यस नतिजासँगै चेल्सी एफएकपको चौथो चरणबाट बाहिरिएको छ । सन् २०१८ यता चेल्सीले कुनै घरेलु कप उपाधि जित्न सकेको छैन् र यो क्रम यो सिजन पनि जारी रहने भयो । |
माघ २६, २०८१ |
पारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिप |
कान्तिपुर संवाददाता |
पारामाउन्ट कलेजले आस्था कलेजलाई पराजित गरी नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को क्रिकेट उपाधि जितेको छ । तल्लो मूलपानी मैदानमा शनिबार भएको खेलमा पारामाउन्टले आस्था कलेजलाई ३८ रनले हराएको हो । |
साइन रेसुंगाले राष्ट्रिय १० के रन गर्ने |
सन्जु पौडेल |
बुटवलको साइन रेसुंगा डेभलपमेन्ट बैंकले फागुन ११ गते साइन रेसुंगा राष्ट्रिय १० के रन (१० किमि दौड) आयोजना गर्ने भएको छ । |
स्केट स्पर्धामा ज्ञान संस्कार च्याम्पियन |
कान्तिपुर संवाददाता |
आयोजक ज्ञान संस्कार स्कुल दोस्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ज्ञान संस्कार ६१ अंक जोड्दै टिम च्याम्पियन बनेको हो । |
कुशलको अलराउन्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा |
अर्जुन शाह , विनोद पाण्डे |
कुशल भूर्तेलको अलराउन्ड प्रदर्शनले निरन्तरता पाउँदा फ्रेन्ड्स युथ क्लब डडेलधुरा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपाली राष्ट्रिय टोलीका ओपनिङ ब्याटर कुशलको अलराउन्ड प्रदर्शनमा डडेलधुराले शनिबार न्यु होराइजन बुटवललाई ५ विकेटले पराजित गरेको हो । |
आहा–रारा पोखरा गोल्डकप : पुलिस सेमिफाइनलमा |
दीपक परियार |
पाहुना टोली ब्रिगेड ब्वाइज क्लब, यूकेलाई २–० ले पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार कर्नरको सदुपयोग गर्दा सर्वाधिक उपाधि विजेता पुलिसले बेलायतको टोलीलाई घर फर्काएको हो । |
अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबल हुने |
कान्तिपुर संवाददाता |
नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सोमबारबाट अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ । बुधबारसम्म हुने प्रतियोगितामा ३२ टिम सहभागी हुनेछ । प्रतियोगितामा नेपालबाट २२ टिम सहभागी हुनेछन् । |
वाग्मती गोल्डकपको सातौँ संस्करण फागुन ३ गतेबाट |
प्रताप विष्ट |
वाग्मती गाउँपालिका खेलकुद विकास समितिले आयोजना गर्ने सातौँ संस्करणको वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुन ३ गतेदेखि सुरु हुने भएको छ । यसअघि खेलकुद विकास समितिले फागुन १ गतेदेखि खेल सञ्चालन गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । |
बुढासुब्बामा एनआरटीलाई रोक्ने चर्च ब्वाइजको तयारी |
अर्जुन सुवेदी |
बुढासुब्बा गोल्डकप फुटबलको २५ औं संस्करणको फाइनलमा साबिक बिजेता एनआरटीले चर्च ब्वाइज युनाइटेडविरुद्ध शनिबार प्रतिस्पर्धा गर्दै छ । धरान रंगशालामा हुने फाइनल प्रतिस्पर्धात्मक हुने दुवै टिमको दाबी छ । शुक्रबार प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरे । |
आहा रारा पोखरा गोल्डकप: थन्डरबोल्टसँग संकटा स्तब्ध |
दीपक परियार |
दुईपल्टको च्याम्पियन संकटा क्लबलाई ३–१ ले हराउँदै सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड पोखरामा जारी २४ औं आहा–रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । पोखरा रंगशालामा शुक्रबार पहिलोपल्ट नेपाल भम्रणमा रहेको भारतीय टोलीले पहिलो खेलबाटै संकटालाई घर फर्काएको हो । |
न्यु होराइजनले डडेलधुरासँग खेल्ने |
अर्जुन शाह |
सीवाईसी अत्तरियासँग ७८ रनको फराकिलो हार बेहोरे पनि न्यु होराइजन क्लब बुटवल शुक्रबार अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समान २ अंक रहेका दशरथ चन्द एकेडेमी बैतडी र क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाडौंलाई रनरेटमा पछडि पार्दै होराइजन सेमिफाइनल पुगेको हो । |
नेपाली भूमिमा थाइल्यान्डलाई उपाधि |
कान्तिपुर संवाददाता |
थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलाको ट्रफी जितेको छ । शुक्रबार भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा थाइल्यान्डले घरेलु टोली नेपाललाई ७ विकेटले पराजित गरेको थियो । |
कोशी खेलकुद महोत्सव फागुनमा |
आनन्द गौतम |
प्रदेश खेलकुद विकास बोर्डले फागुन १३ देखि १८ सम्म कोशी प्रदेशस्तरीय खेलकुद महोत्सव गर्ने भएको छ । पुरानो मानिने खेल बाघचालदेखि अहिले लोकप्रिय बनेको डोरीतान प्रतियोगितासम्म समेटेर ११ खेल महोत्सवमा आयोजना गरिने बोर्डका कार्यकारी अधिकृत कालीदास भट्टराईले बताए । |
लेस्टरमाथि युनाइटेडको साँधुरो जित |
कान्तिपुर संवाददाता |
ह्यारी म्यागुएरले खेलको अन्त्यतिर गरेको गोलको मद्धतले म्यानचेस्टर युनाइटेडले एफएकप चौथो चरणमा शनिबार लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । लेस्टरका प्रशिक्षक रुद भान निस्टलरोयका लागि ओल्ड ट्रायफोर्डको भ्रमण सुखद रहेन । |
पीएसजी उपाधितर्फ अग्रसर |
कान्तिपुर संवाददाता |
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग–वानमा मोनाकोलाई सजिलै ४–१ ले पराजित गरेको छ र यससँगै उसले लिग उपाधि जित्ने सम्भावना अझ बलियो बनाएको छ । यो नतिजापछि पीएसजीको २१ खेलबाट ५३ अंक भएको छ । |
बायर्नको अग्रता नौ अंक |
कान्तिपुर संवाददाता |
बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शुक्रबार वेडर ब्रेमनलाई ३–० ले पराजित गरेको छ र शीर्ष स्थानमा नौ अंकको अग्रता बनाएको छ । त्यसमा इंग्लिस कप्तान ह्यारी केनले पेनाल्टीबाट दुई गोल गरे । |
पूर्णशंकरलाई टेबलटेनिसको स्वर्ण |
कान्तिपुर संवाददाता |
गोड स्पिन टेबलटेनिस क्लबका पूर्णशंकर श्रेष्ठले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । |
सांग्रिला र ब्राइट होराइजन विजयी |
कान्तिपुर संवाददाता |
सांग्रिला पब्लिक स्कुल, सैनिक आवासीय महाविद्यालय सल्लाघारी र ब्राइट होराइजन चिल्ड्रेन्स होमले दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शुक्रबार जित पाएका छन् । |
माघ २५, २०८१ |
आयोजक एक्सेल्सियरको दोहोरो जित |
कान्तिपुर संवाददाता |
आयोजक द एक्सेल्सियर स्कुलले ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित पाएको छ । सिनियर ब्वाइजमा एक्सेल्सियरले रेडियन्ट रिडर्सलाई ४२–२१ स्कोरले हरायो । एक्सेल्सियरका छिरिङ गुरुङले २० स्कोर जोडे । सिनियर गर्ल्समा एक्सेल्सियर ‘रातो’ ले श्री नवीन ज्योतिलाई १३–२ ले हरायो । एक्सेल्सियरकी अकिना घिमिरेले ४ स... |
बास्केटबलमा हेराल्ड र मनास्लु विजयी |
कान्तिपुर संवाददाता |
आयोजक हेराल्ड कलेजले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार जित पाएको छ । घरेलु कोर्टमा हेराल्डले एन्जल्स हार्टलाई ४७–२९ स्कोरले पराजित गर्यो । हेराल्डका कृष्ण सिंहले १६ स्कोर जोडे । |
युनिकलाई फुटसल उपाधि |
कान्तिपुर संवाददाता |
गुरुकुलम स्कुलको आयोजनामा भएको पहिलो फुटसल प्रतियोगितामा युनिक स्कुल विजेता बनेको छ । फाइनलमा युनिकले मोडर्न इन्डियन स्कुललाई ४–० ले हराएको थियो । उपत्यकाका १६ विद्यालयका करिब २ सय प्रतिभाशाली युवा खेलाडीले प्रतियोगितामा भाग लिएका थिए । |
दुधराक्ष कप राष्ट्रिय भलिबलको उद्घाटन खेलमा मणिमुकुन्द विजयी |
सन्जु पौडेल |
रुपन्देहीमा शुक्रबारदेखि सैनामैना दुधराक्ष कप क्लबस्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । विभागीयसहित ७ क्लब सहभागी प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब विजयी भएको छ । उसले कोशी प्रदेश भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । |
यू-१२ फुटसल हुने |
कान्तिपुर संवाददाता |
टिपटोए स्पोर्टस एकेडेमीको आयोजनामा शनिबार अर्जुन मेमोरियल यू–१२ फुटसल २०२५ हुने भएको छ । उमेर समूहमा फुटसलको माध्यमबाट फुटबल विकास गर्ने उद्देश्यले हुने प्रतियोगिता लिग कम नआउटका आधारमा हुनेछ । |
हाङथुम कप : रामेछापको लिखुभुजि र सुनसरीको सिर्जना युथ फाइनलमा |
दीपेन्द्र शाक्य |
रामेछापको लिखुभुजि क्लब संखुवासभाको मूलखर्कमा जारी ४६ औं हाङथुम कपको फाइनल प्रवेश गरेको छ । शुक्रबारको सेमिफाइनलमा धनकुटाको डाँडा युथलाई ४–० गोलले हराउँदै रामेछापले फाइनल यात्रा तय गरेको हो । |
२४ औं आहा–रारा गोल्डकप : सिक्किमको टिमसँग संकटा पराजित |
दीपक परियार |
दुईपल्टको च्याम्पियन संकटा क्लबलाई ३–१ ले हराउँदै सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड पोखरामा जारी २४ औं आहा–रारा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार अन्तिम प्रि–क्वाटरफाइनल खेलमा पहिलोपल्ट नेपाल यात्रामा रहेको भारतीय टोलीले पहिलो खेलबाटै संकटालाई घर फर्काएको हो । |
अनुप घलान स्मृति नगरस्तरीय फुटबल प्रतियोगिता हुने |
प्रताप विष्ट |
हेटौंडामा अनुप घलान स्मृति यू-१६ नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन ७ गतेदेखि नगरस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । |
महिला ट्वान्टी-२० शृंखलाको उपाधि थाइल्याण्डलाई |
कान्तिपुर संवाददाता |
महिला ट्वान्टी-२० शृंखलाको उपाधि थाइल्याण्डले जितेको छ । अन्तिम खेलमा नेपाललाई सात विकेटले पराजित गरेसँगै थाइल्याण्डले उपाधि चुमेको हो । थाइल्याण्ड शृंखलामा खेलेका ६ खेलमध्ये पाँचमा जित तथा एकमा हार बेहोर्दै १० अंकका साथ शीर्ष स्थानमा रह्यो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.