text stringlengths 2 914 |
|---|
न्युकासल लिगकप उपाधिको नजिक |
कान्तिपुर संवाददाता |
न्युकासल युनाइटेडले आर्सनललाई बुधबार सजिलै २–० ले पराजित गर्दै लिगकपको फाइनलमा प्रवेश गरेको छ । पछिल्ला तीन सिजनमा न्युकासल लिगकपको फाइनल पुगेको यो दोस्रो पल्ट हो । |
रियल कोपा डेल रेयको सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
युवा खेलाडी गोन्जालो गार्सियाले ९३ औं मिनेटमा गरेको गोल मद्धतले रियल म्याड्रिडले बुधबार लेगानेसलाई ३–२ ले पराजित गरेको छ र कोपा डेल रेयको सेमिफाइलनमा प्रवेश गरेको छ । |
त्रिकोणात्मक क्रिकेट शृंखला: डच महिलाको कीर्तिमानी ब्याटिङ |
विनोद पाण्डे |
सुरुका चारै खेलमा पराजित नेपाली ब्याटिङ महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलामा पहिलो पटक सकारात्मक हिसाबमा देखिएको थियो । नेपालले बुधबार नेदरल्यान्ड्सविरुद्धको खेलमा ४ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो । |
चार स्वर्णसहित त्रिवि अगाडि |
कान्तिपुर संवाददाता |
दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन बुधबार ७ स्वर्णको छिनोफानो हुदाा त्रिभुवन विश्वविद्यालय ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित शीर्षस्थानमा छ । |
माघ २३, २०८१ |
चर्च ब्वाइज बुढासुब्बा फाइनलमा |
अर्जुन सुवेदी |
भुटानी टीममाथि फराकिलो जित निकाल्दै ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब २५ औं संस्करणको आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । |
खेलाडी, प्रशिक्षकलाई कामपा वडा २६ को सम्मान |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिका वडा २६ ले विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगितामा पदक जित्न सफल वडा २६ का खेलाडी, प्रशिक्षक र निर्णायकलाई बुधबार सम्मान गरेको छ । |
आयोजक एक्सेल्सियर र रिब्स विजयी |
कान्तिपुर संवाददाता |
आयोजक द एक्सेल्सियर स्कुलले ११ औं एक्सेल्सियर कप ब्वाइज बास्केटबलमा बुधबार विजयी सुरुआत गरेको छ । |
राष्ट्रिय अन्तरविद्यालय स्केट स्पर्धा शनिबार |
कान्तिपुर संवाददाता |
ज्ञान संस्कार स्कुल र नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको संयुक्त आयोजनामा दोस्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता शनिबार हुने भएको छ । |
विश्वविद्यालय खेलकुद सुरु, मुकेश र विनालाई स्वर्ण |
कान्तिपुर संवाददाता |
सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालयकी बिना थारुले दोस्रो विश्वविद्यालय खेलकुद महोत्सवअन्तर्गत १ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् । मुकेश पुरुष र बिना महिलामा विजेता भए । |
चुलाचुली झापा हाङथुम कपको अन्तिम चारमा |
दीपेन्द्र शाक्य |
चुलाचुली स्पोर्टिङ क्लब झापा संखुवासभाको मूलखर्कमा जारी ४६ औं हाङथुम कपको अन्तिम चारमा प्रवेश छ । बुधबार भएको खेलमा एड्भान्स क्लब संखुवासभालाई २–१ गोलले हराउँदै चुलाचुली अन्तिम चारमा प्रवेश गरेको हो । |
२४ औं आहा–रारा पोखरा गोल्डकप : एपीएफमाथि मछिन्द्रको जित |
दीपक परियार |
विभागीय टिम एपीएफ फुटबल क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । |
नेदरल्यान्ड्सको ब्याटिङ कीर्तिमान, नेपाल १० विकेटले पराजित |
विनोद पाण्डे |
स्टेर कालिस र फेब मोलकेनबोइरले कीर्तिमानीयुक्त शतकीय साझेदारी गरेपछि नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी २० क्रिकेट शृङ्खलामा बुधबार नेपालमाथि १० विकेटको विजय हात पारेको छ । |
अर्जुन ट्रफी क्रिकेट : काठमाडौंद्वारा बुटवल पराजित |
कान्तिपुर संवाददाता |
धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा क्रिकेट एक्सलेन्ट सेन्टर काठमाडौँले बुटवललाई पराजित गरेको छ । काठमाडौँले पहिले जित दर्ता गर्ने क्रममा न्यू होराइजन बुटवललाई छ विकेटले हराएको हो । |
पूजा र इन्दुको सानदार ब्याटिङ, नेपालले दियो नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य |
विनोद पाण्डे |
पूजा महतो र कप्तान इन्दु बर्माको सानदार ब्याटिङमा नेपालले नेदरल्यान्ड्सलाई त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा १ सय ४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ४५ रन बनाएको हो । |
नेदरल्यान्ड्सविरुद्ध नेपालको ब्याटिङ |
कान्तिपुर संवाददाता |
नेपालले नेदरल्यान्ड्सविरुद्धको त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा पहिला ब्याटिङ गर्ने भएको छ । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । |
च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने |
रासस |
ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमास्थित च्यासल खेल मैदान गत असोजमा आएको बाढीले बगरमा परिणत भएको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल रु दुई करोड आवश्यक हुने बताएका छन् । |
बुढासुब्बा गोल्डकप: पहिलो सेमिफाइनलमा चर्च ब्वाइज र भुटानी टोली प्रतिस्पर्धा गर्दै |
अर्जुन सुवेदी |
धरानमा जारी २५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । |
ओलम्पिक कमिटीको चुनावलाई लिएर प्रश्न |
कान्तिपुर संवाददाता |
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपाल ओलम्पिक काउन्सिल (एनओस) को पछिल्लो निर्वाचनलाई लिएर प्रश्न उठाउँदै पूरा घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाएका छन् । |
थाइल्यान्डसँगको ‘जिङ्क्स’ यथावत् |
कान्तिपुर संवाददाता |
नेपालले थाइल्यान्डविरुद्धको खेल जित्ने राम्रो मौका गुमाएको छ । थाइल्यान्डलाई मंगलबार त्रिकोणात्मक महिला ट्वान्टी–२० शृंखलामा सानै स्कोरमा रोके पनि नेपालले ५ रनको हार बेहोरेको थियो । |
धनगढी सेमिफाइनल नजिक |
अर्जुन शाह |
डीसीए धनगढीले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । आयोजक टोलीले मंगलबार बोस्टन एकेडेमी झापामाथि ५ रनको रोमाञ्चक विजय हात पार्यो । |
आहा-रारा पोखरा गोल्डकप : पुलिससँग सहाराको हार |
दीपक परियार |
आहा–रारा पोखरा गोल्डकप फुटबलमा सर्वाधिक सफल र अनुभवी टिम नेपाल पुलिस क्लबले २४ औं संस्करणमा विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा मंगलबार आयोजक सहारा क्लबलाई १–० ले स्तब्ध पार्दै पुलिसले क्वाटरफाइनल यात्रा तय गरेको हो । |
एटलेटिको कोपा डेल रेको सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
जिलियानो सिमोनीको दुई गोलको मद्दतले एटलेटिको म्याड्रिडले मंगलबार गेटाफेलाई ५–० ले पराजित गर्दै कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । |
गलालाई महालक्ष्मी कप |
कान्तिपुर संवाददाता |
जीतपुरमा भइरहेको महालक्ष्मी कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि गला इन्टरनेसनल काठमाडौंले उचालेको छ । |
माघ २२, २०८१ |
काठमाडौं छनोटमा महावीर सेमिफाइनल प्रवेश |
कान्तिपुर संवाददाता |
महावीर क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटलाई भइरहेको काठमाडौं जिल्ला छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूहको सबै तीन खेल जित्नेक्रममा महावीरले मंगलबार पुष्पलाल स्पोर्ट्स क्लबलाई १ सय २९ रनले हरायो । |
एक्सेल्सियर कप खेलकुद बुधबारदेखि |
कान्तिपुर संवाददाता |
द एक्सेल्सियर स्कुलको आयोजनामा ११ औं एक्सेल्सियर कप बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा फाइभ ए साइड फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले जानकारी गराए । |
मेयर कप बुद्धिचाललाई विदुर नपाले ३ लाख दिने |
कान्तिपुर संवाददाता |
नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा फागुन ६ देखि ८ सम्म प्रथम मेयर कप खुला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । |
तिलाठीमा कुस्ती स्पर्धा निरन्तर |
अवधेशकुमार झा |
सप्तरीको तिलाठीमा मंगलबारदेखि साकेतचन्द्र मिश्र कुस्ती प्रतियोगिता सुरु भएको छ । लोप हुँदै गएको कुस्ती खेलको तिलाठीमा भने १७ वर्षदेखि प्रतियोगिता निरन्तर हुँदै आएको हो । कोरोना महामारीका कारण दुई वर्ष तिलाठीमा कुस्ती हुन सकेन । स्थानीयस्तरमा कुस्तीका पहलमानहरूको अभावका कारण प्रतियोगितामा सःशुल्क आएका पहलमान प्रतिस्पर्ध... |
एनआरटी बुढासुब्बाको सेमिफाइनलमा |
अर्जुन सुवेदी |
साबिक विजेता एनआरटीले मंगलबार २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार अन्तिम क्वाटरफाइनलमा एनआरटीले झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोलले पराजित गरेको हो । एनआरटीका लागि शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरेका थिए । काकडभिट्टाका रोबर्ट खोन्जोउले एक गोल फर... |
पोखरामा बुधबारदेखि दोस्रो विश्वविद्यालय खेलकुद |
कान्तिपुर संवाददाता |
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि पोखरामा हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राखेपका सदस्य एवं आयोजक समितिका संयोजक मधुसुदन सुवेदीले मंगलबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा बताए । |
नेसनल हाइस्कुलको फाइनल चरण बुधबारदेखि |
कान्तिपुर संवाददाता |
हाइप यति इभेन्ट्सको आयोजना र ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी भइरहेको नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को फाइनल चरण बुधबारदेखि सुरु हुँदै छ । तल्लो मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता शनिबारसम्म चल्नेछ । |
हिमालयन ‘ए’ ले जित्यो केसीए यू–१४ क्रिकेट उपाधि |
कान्तिपुर संवाददाता |
हिमालयन क्रिकेट एकेडेमीले केसीए यू–१४ क्रिकेट प्रतियोगिता जितेको छ । सोमबार फाइनलमा हिमालयनले ओएसिस क्रिकेट एकेडेमीलाई ६० रनले हराएर उपाधि जितेको हो । |
फेरिल्यान्ड कपमा आयोजक र बीएनए विजयी |
कान्तिपुर संवाददाता |
आयोजक फेरिल्यान्ड स्कुल र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गर्ल्सतर्फ विजय पाएको छ । |
दुबई जाने पारा एथलेटिक्स टोलीको बिदाइ |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.