text
stringlengths
2
914
विनोद पाण्डे
नेपालले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा लगातार तेस्रो पराजय भोगेको छ । नेदरल्यान्ड्सले नेपाललाई आइतबार १५ रनले पराजित गर्यो । १ सय ४१ रनको लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ८ विकेट गुमाई १ सय २५ रनमात्र बनाउन सक्यो ।
टाइगर कप भलिबल : एपीएफ स्तब्ध, आयोजकलाई उपाधि
दीपक परियार
पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ एपीएफ क्लबलाई पराजित गर्दै आयोजक टाइगर ग्रुपले उपाधि जितेको छ ।
सीताको उत्कृष्ट बलिङमा नेपालको आशा
कान्तिपुर संवाददाता
नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपाललाई १ सय ४१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार ९ विकेट गुमाई १ सय ४० रन बनाएको हो ।
नेपालविरुद्ध नेदरल्यान्ड्सको ब्याटिङ
कान्तिपुर संवाददाता
नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा नेपालविरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
उपाधि होडमा कमजोर बन्दै एटलान्टा
कान्तिपुर संवाददाता
एटलान्टाले इटालीको सिरी ए मा शनिबार टुरिनोसँग १–१ को बराबरी खेलेको छ र यसले उसको उपाधि होड कमजोर बनेको छ । एटलान्टाले घरमा बेराट जिमसिटीको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् ।
शीर्षमा लिभरपुलको अग्रता नौ अंक
कान्तिपुर संवाददाता
मोहमद सलाहले गरेको दुई गोलको मदतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिबार २–० ले पराजित गरेको छ र शीर्ष स्थानमा नौ अंकको अग्रता लिएको छ ।
इस्पनयोलसँग रियल स्तब्ध
कान्तिपुर संवाददाता
रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार इस्पनयोलको हातबाट १–० को स्तब्धपूर्ण हार बेहोरेको छ । यो हारले लिग तालिकाको शीर्ष स्थानमा रियलको अग्रता एकै अंकमा सीमित रह्यो ।
थाइल्यान्डसँग गुमेको अवसर
कान्तिपुर संवाददाता
नेपालसामु एउटा यस्तो अवसर आएको थियो, जहाँ थाइल्यान्डलाई महिला क्रिकेटमा दशकभन्दा बढी यता पहिलो पटक पराजित गर्न सक्थ्यो । कप्तान इन्दु बर्मा आफैं क्याच छुटाउन पुगिन् र जारी त्रिकोणात्मक महिला ट्वान्टी २० क्रिकेट शृंखलामा शनिबार नेपालले यो अवसर गुमाउन पुग्यो ।
माघ १९, २०८१
अर्जुन ट्रफी : डडेलधुराको विजयी सुरुवात
अर्जुन शाह
फ्रेन्ड्स क्लब डडेलधुराले शनिबारदेखि सुरु अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा उद्घाटन खेलमा डडेलधुराले डीसीए धनगढीलाई ८ विकेटले पराजित गर्‍यो ।
टुंगियो नेपालको मोन्टीसँग सम्बन्ध
कान्तिपुर संवाददाता
नेपाली क्रिकेटलाई एउटा उचाइमा पुर्‍याएका प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नेपालले टुंग्याएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ती निकाल्दै भारतीय प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नगर्ने जनाएको छ ।
बुढासुब्बा गोल्डकपमा चर्च ब्वाइजको विजयी सुरुवात
अर्जुन सुवेदी
ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
सरस्वती माविलाई निस्दीस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि
माधव अर्याल
निस्दी गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय निस्दी–५, कठैडाँडाले हात पारेको छ ।
राष्ट्रिय बुद्धिचाल : रुपेश र सिन्दिरा च्याम्पियन
सुवास विडारी
रुपेश जैसवाल र सिन्दिरा जोशी क्रमश : पुरुष र महिलातर्फ राष्ट्रिय बुद्धिचाल च्याम्पियन भएका छन् । हेटौंडा एक सातासम्म चलेको बुद्धिचाल प्रतियोगितामा रौतहटका रुपेश जैसवाल ९ अंक जोडेर २५ औं राष्ट्रिय चेस च्याम्पियन बनेका छन् । उनको यो दोस्रो राष्ट्रिय उपाधि हो ।
टाइगर कप भलिबल : आर्मीलाई पराजित गर्दै गण्डकी फाइनलमा
दीपक परियार
पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।
केभीआर स्टेज रेस च्यालेन्जमा रामचन्द्र र सोन्या विजयी
कान्तिपुर संवाददाता
ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ राम चन्द्र महतारा र महिलातर्फ सोन्या मार्टिन पहिलो भएका छन् ।
थाइल्यान्डसँग नेपालको संघर्षपूर्ण हार
कान्तिपुर संवाददाता
नानापात कोन्चारोनेकाईले लगातार दोस्रो अर्धशतक बनाएपछि थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा शनिबार नेपाललाई ४ विकेटले पराजित गरेको छ ।
नेपालद्वारा थाइल्यान्डलाई मध्यम लक्ष्य
कान्तिपुर संवाददाता
नेपालले त्रिकोणात्मक महिला ट्वान्टी/२० क्रिकेट शृंखलामा शनिबार थाइल्यान्डलाई १ सय २ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १ रन बनाएको हो ।
टाइगर कप भलिबल: न्यु डायमन्डलाई हराउँदै आयोजक टोली फाइनलमा
दीपक परियार
पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टाइगर ग्रुप अफ पोखराको टोली फाइनल प्रवेश गरेको छ ।
थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्तिपुर संवाददाता
नेपालले त्रिकोणात्मक महिला ट्वान्टी/२० क्रिकेट शृंखलामा शनिबार थाइल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस तिजेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
बुढासुब्बा गोल्ड कप : उद्घाटन खेलमा चर्च ब्वाइज र नेपाल पुलिस क्लब भिड्दै
अर्जुन सुवेदी
अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको २५ औँ संस्करण आजबाट सुरु हुँदै छ । धरान रंगशालामा दिउँसो साढे २ बजे हुने उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
टाइगर कप भलिबल : महिलातर्फ एपीएफ र पुरुषतर्फ पुलिस फाइनलमा
कान्तिपुर संवाददाता
पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल एपीएफ क्लब र पुरुषतर्फ नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । पोखरा रंगशालामा शुक्रबार आयोजक टाइगर ग्रुप अफ पोखरालाई पराजित गर्दै एपीएफ क्लबले फाइनलमा स्थान पक्का गरेको हो ।
माघ १८, २०८१
अर्जुन ट्रफी क्रिकेट शनिबारदेखि
अर्जुन शाह
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबारदेखि सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश प्रतियोगिताका खेलहरुका लागि चार वटा पीच निर्माण गरिएका छन् । दर्शकहरुलाई अस्थायी प्याराफिट पनि जडानलगायत आवश्यक पूर्वाधार तयार भइसकेका छन...
जनकपुर अपराजित कबड्डी लिग च्याम्पियन
कान्तिपुर संवाददाता
जनकपुर नाइट्स अपराजित यात्राका साथ नेपाल कबड्डी लिग च्याम्पियन बनेको छ । जनकपुरले राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार पहिलो संस्करणको फाइनल खेलमा काठमान्डु माभरिक्सलाई ४५–४१ ले पराजित गर्‍यो ।
म्यानचेस्टर सिटीले रियल म्याड्रिडको सामना गर्ने
एएफपी
म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको प्ले अफमा १५ पल्टको च्याम्पियन रियल म्याड्रिडको सामना गर्ने भएको छ । प्रतियोगिताको शुक्रबार निकालिएको ‘ड्र’ अनुसार सेल्टिकले बायर्न म्युनिकसँग भिड्नेछ । सन् २०२३ को च्याम्पियन सिटीले सुरुमा इतिहादमा रियलको आतिथ्य गर्नेछ ।
टाइगर कप भलिबल : महिलातर्फ एपीएफ र पुरुषतर्फ पुलिस फाइनलमा
कान्तिपुर संवाददाता
पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल एपीएफ क्लब र पुरुषतर्फ नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । पोखरा रंगशालामा शुक्रबार आयोजक टाइगर ग्रुप अफ पोखरालाई पराजित गर्दै एपीएफ क्लबले फाइनलमा स्थान पक्का गरेको हो ।
अल्ट्रा र्‍याफ्टिङ म्याराथन उपाधि बागमतीलाई
हरिराम उप्रेती
प्रसिद्ध धार्मिकस्थल मनकामना र देवघाटलाई जोड्ने उद्देश्यका साथ फिस्लिङदेखि देवघाटसम्म भएको अल्ट्रा र्‍याफ्टिङ म्याराथन प्रतियोगितामा बागमती प्रदेश पहिलो भएको छ । विजेता बागमतीले ६० हजार नगद पुरस्कार पाएको छ । गण्डकी प्रदेश दोस्रो र कोशी प्रदेश तेस्रो बन्दै क्रमशः ४० र २० हजार नगद पाएका छन् ।
पालिकास्तरीय इन्डोर क्रिकेट प्रतियोगिता हुने
कान्तिपुर संवाददाता
नेकपा (एमाले) रिब्दिकोट पाल्पा–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा पालिकास्तरीय इन्डोर क्रिकेट प्रतियोगिता शनिबार सुरु हुनेछ । बिहीबार काठमाडौंमा प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले ट्रफी अनावरण गरेका थिए ।
डीएभी क्रिकेट एकेडेमीलाई इन्डो–नेपाल क्रिकेटको उपाधि
कान्तिपुर संवाददाता
डीएभी क्रिकेट एकेडेमीले टिपटप इन्डो नेपाल एकेडेमी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मूलपानी मैदानमा सम्पन्न फाइनलमा डीएभीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई ३४ रनले पराजित गर्‍यो ।
हिसान एन्फा कप फुटबलको उपाधि पूर्वाञ्चल कलेजलाई
अर्जुन सुवेदी
हिसान एन्फा सुनसरी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि पूर्वाञ्चल कलेजले जितेको छ । पूर्वाञ्चलले इटहरी तालतलैयास्थित बूढासुब्बा खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा सुष्मा कलेजमाथि १–० गोलको जित निकाल्यो ।
थाइल्यान्डद्वारा नेदरल्यान्ड्स पराजित
कान्तिपुर संवाददाता
थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी-२० शृंखलामा शुक्रबार नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको छ । थाइल्यान्डले १ सय २३ रनको लक्ष्य सजिलै १८ ओभरमा पूरा गरेको थियो ।
आर्मीलाई हराउँदै पुलिस टाइगर कपको फाइनलमा
दीपक परियार
त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइलन प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई ३–२ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
थाइल्यान्डको नियन्त्रणमा नेदरल्यान्ड्सको ब्याटिङ
कान्तिपुर संवाददाता
नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा थाइल्यान्डलाई १ सय २३ रनको लक्ष्य दिएको छ । टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेको नेदररल्यान्ड्सले शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ६ विकेट गुमाई १ सय २२ रन बनाएको हो ।
आयोजक टोलीलाई हराउँदै एपीएफ टाइगर कपको फाइनलमा
दीपक परियार
आयोजक टाइगर ग्रुप अफ पोखरालाई पराजित गर्दै एपीएफ क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइलनमा प्रवेश गरेको छ ।