text stringlengths 2 914 |
|---|
दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ६ सदस्यीय नेपाली टोली बुधबार दुबई जानेछ । फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नवराज कार्कीले पुरुष ४ सय मिटर र १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । |
२४ औं आहा–रारा पोखरा गोल्डकप : पुलिससँग सहारा स्तब्ध |
दीपक परियार |
पोखरामा मंगलबारबाट सुरु भएको २४ औं आहा–रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब विभागीय टोली नेपाल पुलिससँग १–० ले स्तब्ध भएको छ । पुलिसका उज्वल राईको गोलको मद्दतले ६ पल्टको उपाधि विजेता पुलिस प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको हो । |
रामेछापको लिखुभुजी हाङथुम कपको सेमिफाइनलमा प्रवेश |
दीपेन्द्र शाक्य |
आयोजकलाई हराउँदै रामेछापको लिखुभुजी युथ संखुवासभाको मूलखर्कमा जारी ४६ औं हाङथुम कपको सेमीफाइनलमा प्रवेश गरेको छ । |
थाइल्यान्डसँग पुनः चुक्यो नेपाल |
कान्तिपुर संवाददाता |
नेपालले थाइल्यान्डविरुद्धको खेल जित्ने राम्रो मौका गुमाएको छ । थाइल्यान्डले मंगलबार त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा नेपाललाई ५ रनले पराजित गरेको छ । |
थाइल्यान्डविरुद्ध नेपालको उत्कृष्ट बलिङ, १ सय ७ रनको लक्ष्य पछ्याउँदै |
कान्तिपुर संवाददाता |
नेपालले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा मंगलबार थाइल्यान्डविरुद्धको खेल जित्न १ सय ७ रनको लक्ष्य पाएको छ । थाइल्यान्डले त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६ रन बनायो । |
नेपालविरुद्ध थाइल्यान्डको ब्याटिङ |
कान्तिपुर संवाददाता |
नेपालले त्रिकोणात्मक महिला ट्वान्टी २० क्रिकेट शृंखलामा मंगलबार थाइल्यान्डविरुद्धको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । थाइल्यान्डले त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । |
बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा एनआरटी र काँकडभिट्टा भिड्दै |
अर्जुन सुवेदी |
२५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । |
२४ औं आहा–रारा पोखरा गोल्डकप : सहारा र पुलिस भिड्दै |
दीपक परियार |
आयोजक सहारा क्लबले मंगलबार २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब आमन्त्रित आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । |
महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखला : थाई महिला टिम अपराजित |
कान्तिपुर संवाददाता |
थाइल्यान्डले महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलामा लगातार तेस्रो जित हात पारेको छ । थिपात्चा पुथावोङ र ओनिचा कामचोम्फुले सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३–३ विकेट लिएपछि थाइल्यान्डले नेदरल्यान्ड्सलाई ६९ रनमै अलआउट गर्यो । |
पूजा ‘टिम अफ द टुर्नामेन्ट’ मा |
कान्तिपुर संवाददाता |
नेपालकी कप्तान पूजा महतो आईसीसी महिला यू–१९ ट्वान्टी–२० विश्वकपको उत्कृष्ट १२ खेलाडी सूचीमा परेकी छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार सार्वजनिक गरेको ‘टिम अफ द टुर्नामेन्ट’ मा पूजा एसोसिएट क्षेत्रबाट एक्ली खेलाडीको रूपमा छन् । |
पुष्पराज स्मृति टेटे अन्तिम साता |
कान्तिपुर संवाददाता |
खोल्चा पुखु खेलकुद समितिको आयोजनामा हुने प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितालाई ललितपुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने भएको छ । |
मूलखर्कमा हाङथुम कप सुरु |
कान्तिपुर संवाददाता |
संखुवासभाको मादी नगरपालिका–३ मूलखर्कमा ४६ औं आमन्त्रित हाङथुम कप पुरुष फुटबलमा सोमबार सुनसरीको सिर्जना युवा क्लब विजयी भएको टो । |
वेस्ट ह्यामाथि चेल्सीको पुनर्आगमन जित |
कान्तिपुर संवाददाता |
चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार वेस्ट ह्यामाथि २–१ को पुनर्आगन जित रचेको छ र यससँगै लिग तालिकाको चौथो स्थानमा उक्लेको छ । |
माघ २१, २०८१ |
वानडे एकेडेमी र फरइभर विजयी |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितालाई भइरहेको काठमाडौं जिल्ला छनोटमा सोमबार वानडे क्रिकेट एकेडेमी र फरइभर क्रिकेट ब्वाइज क्लब विजयी भएका छन् । वानडेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’ लाई ५७ रन र फरइभरले नेक्सस क्रिकेट एकेडेमीलाई ५ विकेटले हराए । |
अर्जुन ट्रफी : फ्रेन्ड्स र सीवाईसीको लगातार जित |
अर्जुन शाह |
फ्रेन्ड्स युथ क्लब डडेलधुरा र सीवाईसी अत्तरियाले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित पाएका छन् । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार फ्रेन्ड्सले बोस्टन क्रिकेट झापालाई ७७ रनले पराजित गर्यो । |
एपीएफ र पुलिस स्कुल विजयी |
कान्तिपुर संवाददाता |
दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा सोमबार नेपाल एपीएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल, साँगा विजयी भएका छन् । |
भूपेन्द्रलाई अमेरिकामा दुई स्वर्ण |
कान्तिपुर संवाददाता |
नेपालका भूपेन्द्र गुरुङले ब्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा दुई स्वर्ण जितेका छन् । अमेरिकाको एटलान्टिक सिटीस्थित ट्रोपिकानोमा भएको प्रतियोगितामा भूपेन्द्रले दुई फरक विधामा स्वर्ण जितेका हुन् । |
एम्पुटी फुटबल टोली ढाका जाने |
कान्तिपुर संवाददाता |
एसियाली एम्पुटी फुटबल प्रतियोगितामा भाग लिन १३ खेलाडीसहित २० सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशको ढाका जाने भएको छ । |
गुरुकुलम्मा अन्तर विद्यालय फुटसल हुने |
कान्तिपुर संवाददाता |
गुरुकुलम् स्कुलले पहिलो अन्तर विद्यालय फाइभ ए साइड फुटसल प्रतियोगिता गर्ने भएको छ । |
बुढासुब्बा गोल्डकपमा भुटानी टोलीको सहज जित |
अर्जुन सुवेदी |
भुटानको आरटीसी फुटबल क्लब २५औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा इटहरीको राष्टिय जागृती क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै भुटानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । |
थाइल्यान्डले नेदरल्यान्ड्सलाई हरायो |
कान्तिपुर संवाददाता |
राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा ल थाइल्यान्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ दशमलव ५ ओभरमा ६९ रनमा ‘अल आउट’ भयो । |
पुष्पराज स्मृति टेबल टेनिस हुँदै |
कान्तिपुर संवाददाता |
पुष्पराज स्मृति राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको पहिलो संस्करण माघ २४ देखि २६ सम्म ललितपुर-११, संखमूलमा आयोजना हुने भएको छ। |
ला लिगामा उपाधि होड त्रिकोणात्मक |
कान्तिपुर संवाददाता |
बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार डेपोर्टिभो लाकुरुनालाई १–० ले पराजित गरेको छ । यस नतिजासँगै लिग उपाधि होड फेरि त्रिकोणात्मक भएको छ । बार्सिलोनाको एक मात्र गोल रोबर्ट लेवनडोस्कीले गरे । |
धरान पहिलो खेलबाटै बाहिरियो |
कान्तिपुर संवाददाता |
आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै युनाइटेड खर्साङ फुटबल क्लब यूकेएफसी २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा खर्साङले धरानलाई सडेन डेथमा पराजित गर्यो । |
नेपाली शीर्ष स्थानमा कायम |
कान्तिपुर संवाददाता |
इटालीको सिरी ए मा आइतबार एएस रोमा र नेपोलीबीचको खेल १–१ को बराबरीमा टुंगेको छ । एसी मिलान र इन्टर मिलानबीचको डर्बी खेल पनि १–१ को बराबरीमै रह्यो । इन्टरले नेपोलीको खेलेको बराबरीको फाइदा लिन सकेन् । |
अत्तरिया र धनगढीको जित |
कान्तिपुर संवाददाता |
सीवाईसी अत्तरिया र डीसीए धनगढीले अर्जॅन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार जित हात पारेका छन् । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भीम सार्की र विवेक यादव चम्किएपछि अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्यो । |
बलिङ उत्कृष्ट, नतिजा उस्तै |
कान्तिपुर संवाददाता |
सीता रानामगरको उत्कृष्ट बलिङमा नेपालले सानदार पुनरागमन गरे पनि नतिजा पुनः आफ्नो पक्षमा पार्न सकेन र महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलामा लगातार तेस्रो हार बेहोर्न बाध्य भयो । नेदरल्यान्ड्सले आइतबार नेपाललाई १५ रनले पराजित गर्यो । |
सिटीमाथि आर्सनलको पाँच गोल |
कान्तिपुर संवाददाता |
आर्सनलले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीमाथि आइतबार ५–१ को प्रभावशाली जित निकालेको छ । यस जितसँगै आर्सनलले शीर्ष स्थानमा लिभरपुलसँगको दूरी छ अंकमा छोट्याएको छ । आर्सनलले ५६ अंकमा रहेको लिभरपुलको तुलनामा एक खेल बढी खेलेको छ । |
माघ २०, २०८१ |
आहा–रारा पोखरा गोल्डकपमा तीन विदेशीसहित १२ टिम प्रतिस्पर्धी |
दीपक परियार |
सहारा क्लब पोखराले मंगलबारदेखि फागुन ३ गतेसम्म सञ्चालन गर्ने २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी हुने भएका छन् । क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । |
गोदावरीमा अन्तरविद्यालय सेभेन ए साइड फुटबलको तयारी पूरा |
कान्तिपुर संवाददाता |
दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक श्री ज्ञान कुण्ड युवा क्लबको आयोजनामा मंगलबारदेखि सुरु हुने प्रतियोगितामा नगरपालिकाभित्रका १७ वटा विद्यालयले प्रतिस्पर्धा गर्दै छन् । |
बुढासुब्बा गोल्डकपको पहिलो खेलबाटै बाहिरियो आयोजक धरान |
अर्जुन सुवेदी |
आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै युनाईटेड खर्साङ फुटबल क्लब युकेएफसी २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । |
टाइगर कप भलिबल : पुरूषतर्फ पुलिसलाई उपाधि, गण्डकीको हार |
दीपक परियार |
गण्डकी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरूषतर्फ च्याम्पियन बनेको छ । पोखरा रंगशालामा आइतबार फाइनलमा गण्डकीलाई ३-१ सेटमा पराजित गर्दै पुलिसले उपाधि चुमेको हो । |
स्किको राष्ट्रिय प्रतियोगिता हुने |
कान्तिपुर संवाददाता |
नेपाल स्कि संघको आयोजनामा नियमित प्रशिक्षणसँगै प्रतियोगिता पनि हुने भएको छ । संघको आइतबार बसेको छैटौं साधारणसभाले यो निर्णय गरेको हो । यसैक्रममा छैटौं स्कि प्रतियोगिता रारा, बझाङ अथवा मुस्ताङमध्ये एक उपयुक्त स्थानमा हुनेछ । |
नेपालको लगातार तेस्रो हार : नेदरल्यान्ड्ससँग १५ रनले पराजित |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.