text stringlengths 2 914 |
|---|
थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्स |
कान्तिपुर संवाददाता |
नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार थाइल्यान्डविरुद्धको खेलमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेको हो । |
युनाइटेड र टोटनहम अन्तिम १६ मा |
कान्तिपुर संवाददाता |
म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम १६ मा प्रवेशका लागि बिहीबार रोमानियका एफसीसीबीलाई २–० ले पराजित गरेको छ । इंग्लिस प्रिमियर लिगको अर्को क्लब टोटनहम पनि शीर्ष आठमा रहेर अगाडि बढ्न सफल रह्यो । |
भाग्यमानी संकटा च्याम्पियन |
हिमेश |
संकटा निश्चित हारको संघारमा थियो । पेनाल्टी सुटआउटका सुरुआती दुवै प्रहार गोल हुन्न भने त्यस स्थितिबाट खेलमा फर्किन गाह्रै हुन्छ । तर भाग्यले कहिलेकाहीँ त्यस्तै टिमलाई साथ दिन्छ, संकटाले त्यस्तै नमुना पेस गरेको छ । संकटाले सडन डेथमा बागमती लोकतान्त्रिकलाई पराजित गरेर बिहीबार सभापति कपको उपाधि जितेको छ । |
नेदरल्यान्ड्ससँग स्वाभाविक हार |
कान्तिपुर संवाददाता |
महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको बिहीबारको खेलअघि नेपाल र नेदरल्यान्ड्स दुवै एकअर्काबारे बेखबर थिए । किनभने उनीहरू एकआपसमा यसअघि कहिल्यै खेलेका थिएनन् । तर नेदरल्यान्ड्सभन्दा नेपाल केही कमजोर नै रहेको तथ्य प्रमाणित हुँदै आएको थियो । |
माघ १७, २०८१ |
काठमाडौं र जनकपुरको कबड्डी लिगको उपाधि होड |
कान्तिपुर संवाददाता |
पहिलोपल्ट आयोजित केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा च्याम्पियनका लागि जनकपुर नाइट्सले शुक्रबार काठमाडौं माभरिक्सविरुद्ध राखेप कभर्डहलमा प्रतिस्पर्धा गर्नेछ । |
बास्केटबलमा आयोजक इनोभेटिभ र अवेरनेस विजयी |
कान्तिपुर संवाददाता |
आयोजक इनोभेटिभ ‘ए’ र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) बिहीबार १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वाटरफाइनलमा पुगेका छन् । |
सभापति कपको उपाधि संकटालाई |
कान्तिपुर संवाददाता |
संकटाले दशरथ रंगशालामा भएको फाइनलमा बागमतीलाई सडन डेथमा पराजित गर्दै सभापति कपको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको खेलका टाइब्रेकरमा संकटा ४–३ ले विजयी रह्यो । |
टेबलटेनिसको यू–१२ मा प्राज्नाले जितिन् स्वर्ण |
कान्तिपुर संवाददाता |
प्राइम ग्लोबलकी प्राज्ना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यू–१२ गर्ल्स सिंगल्समा स्वर्ण पदक जितेकी छन् । बिहीबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनलमा प्राज्नाले आदर्श विद्या मन्दिर (एभीएम) की साइरा शाक्यलाई ३–१ सेटले पराजित गरिन् । एभीएमकी तया बुङमा राई र जेम्सकी सु... |
भ्याली पब्लिकका दुवै टोली फाइनलमा |
कान्तिपुर संवाददाता |
भ्याली पब्लिकको ब्वाइज/गर्ल्स दुवै टिम प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । |
निरन्तर शीर्ष स्थानमा रूपेश र सिन्दिरा |
सुवास विडारी |
हेटौंडामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताअन्तर्गत आठौं चरणको खेल सम्पन्न हुँदा एफएम रूपेश जैसवाल र सिन्दिरा जोशी उपाधि नजिक पुगेका छन् । |
टाइगर कप भलिबल : हेल्प नेपाललाई हराउँदै गण्डकी इलिमिनेटरमा प्रवेश |
दीपक परियार |
पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदै गण्डकी प्रदेश इलिमिनेटरमा प्रवेश गरेको छ । |
नेदरल्यान्ड्सद्वारा नेपाल पराजित |
विनोद पाण्डे |
नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी/२० शृंखलामा बिहीबार नेपाललाई २० रनले पराजित गरेको छ । १ सय ५८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३७ रनमात्र बनाउन सक्यो । |
टाइगर कप भलिबल : आर्मी र पुलिस पहिलो क्वालिफायरमा |
दीपक परियार |
पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने भएका छन् । |
नेदरल्यान्ड्सद्वारा नेपाललाई विशाल लक्ष्य |
कान्तिपुर संवाददाता |
नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी २० शृंखलामा नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले रोबिन रिज्केको अर्धशतकमा बिहीबार त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ५७ रन बनाएको हो । |
काठमाडौँ माभरिक्स एनकेएलको फाइनलमा |
कान्तिपुर संवाददाता |
काठमाडौँ माभरिक्स नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा प्रवेश गरेको छ । रंगशालाको कभर्डहलमा बुधबार भएको क्वालिफायर टु मा काठमाडौँले विराटनगर ब्यानडिट्सलाई ४८-२६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । |
एलिसा र मनिषाको ‘डेब्यु’ |
विनोद पाण्डे |
एलिसाकुमारी यादव र मनिषा उपाध्यायले नेपाल महिला राष्ट्रिय टोलीबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेकी छिन् । नेपालले नेदरल्यान्ड्सविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको खेलका लागि दुवैलाई प्लेइङ ११ मा राखेको छ । |
महिला ट्वान्टी २० शृंखला : टस नेपालको, नेदरल्यान्ड्स ब्याटिङमा |
कान्तिपुर संवाददाता |
नेपालले त्रिकोणात्मक महिला ट्वान्टी २० शृंखलामा नेदरल्यान्ड्सलाई ब्याटिङका लागि बोलाएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी थिइन् । |
टाइगर कप भलिबल : पुलिसलाई पराजित गर्दै न्यु डायमन्ड दोस्रो क्वालिफायरमा |
दीपक परियार |
पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लब महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । |
सविता ‘मोस्ट भ्यालुएबल प्लेयर’ |
हिमेश |
सविता रानामगरको हाउभाउलाई टाढैबाट हेर्दा पनि मज्जाले भन्न सकिन्छ, उनी फुटबलकी खेलाडी हुन् । निकै बलियो देखिन्छिन् । हाँसो पनि मीठो हुने गर्छ । बोल्नु अगाडि हाँस्ने बानी छ । तर उनलाई मिडियाको सामना गर्न भने गाह्रो लाग्छ । एन्फा महिला लिग फुटबलमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएयता मिडियासामु प्रस्तुत हुँदा उनी साह्रै आ... |
एपीएफ बन्यो वास्तविक विजेता |
हिमेश |
च्याम्पियन नहुँदो हो त यो एपीएफमाथि असाध्यै धेरै अन्याय हुने थियो । जतिबेला एपीएफले एन्फा महिला लिग फुटबलको प्लेअफ फाइनल बुधबार जित्यो, त्यसले भने नयाँ इतिहास रचेको छ । त्यो भनेको नेपाली महिला फुटबलको इतिहासमै एपीएफलाई साँच्चैको लिग विजेता भन्न सकिनेछ । |
सिटी र पीएसजीको सम्भावना कायम |
कान्तिपुर संवाददाता |
म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको यात्रा निश्चित गरेका छन् । आर्सननलले सिधा अन्तिम १६ मा प्रवेश पाएको छ । |
अनुको सम्झनलायक बिदाइ |
कान्तिपुर संवाददाता |
नेपाली महिला फुटबलले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रा खेलाडीमा पर्छिन्, अनु लामा । उनले अन्तर्राष्ट्रिय फटबलबाट विदा लिएको त केही वर्ष भइक्यो । तर घरेलु फुटबलबाट औपचारिक रूपमा बिदा भने लिएकी थिइनन् । अन्तर्राष्ट्रिय फुटबल छाडेयता उनले भनेकी थिइन्, सायद अझै केही वर्ष क्लब फुटबल खेलिनेछ । |
हेल्प नेपाललाई सफलता |
कान्तिपुर संवाददाता |
टाइगर कप भलिबल प्रतियोगितामो एपीएफको महिला टिम अपराजित रहे पनि पुरुष टिम प्रतियोगिताबाट बाहिरिएको छ । पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले एपीएफलाई ३–२ को सेटमा पराजित गरेको छ । बुधबार हार बेहोरेसँगै एपीएफ बाहिरिएको हो । |
ओली कप विजेताको पुरस्कारमा वृद्धि |
कान्तिपुर संवाददाता |
फागुनमा हुने तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको नगद पुरस्कार राशि बढाइएको छ । फागुन ११ देखि १९ सम्म राजधानीमा हुने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार जित्नेछन् । |
ठूलो स्पर्धामा घरेलु मैदानको अवसर |
विनोद पाण्डे |
थाइल्यान्ड र नेदरल्यान्ड्ससम्मिलित बिहीबार सुरु हुने महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखला नेपालले खेल्न लागेको ठूलो प्रतियोगितामध्येमा पर्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा निकै कम मौका पाउँदै आएको नेपाली महिला टोलीलाई यस शृंखलाले अन्तर्राष्ट्रिय मञ्चमा ठूलो अवसर दिनेछ । |
बीकेएसपी एथलेटिक्समा अस्मिताले जितिन् स्वर्ण |
कान्तिपुर संवाददाता |
बंगलादेशको ढाकामा भएको छैटौं आमन्त्रण बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडीले बुधबार एक स्वर्ण र एक रजत पदक जितेको छ । नेपालले अघिल्लो दिन एक रजत र तीन कांस्य पदक जितेको थियो । |
माघ १६, २०८१ |
व्यासमा आस्मा च्याम्पियन |
सम्झना रसाइली |
रोल्पाकी आस्मा विकले चौथो खुला व्यास नगर महिला हाफ म्याराथनको उपाधि जितेकी छन् । बुधबार व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्म २१ किलोमिटरको दूरी उनले १ घण्टा ५७ मिनेट ३४ सेकेन्डमा पार गरी उपाधि जितेकी हुन् । |
कृष्णध्वज स्मृति टेबलटेनिसमा अर्सनालाई स्वर्ण |
कान्तिपुर संवाददाता |
आदर्श विद्या मन्दिर (एभीएम) की अर्सना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१४ गर्ल्स सिंगल्समा स्वर्ण जितेकी छन् । |
उत्कृष्ट प्रदर्शन गर्दै त्रिकोणात्मक शृंखला जित्छौं : कप्तान बर्मा |
कान्तिपुर संवाददाता |
नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफ्नो टोली सन्तुलित रहेकाले बिहीबारदेखि सुरु हुने त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेट श्रृंखला जित्ने दाबी गरेकी छिन् । |
घरेलु फुटबल खेलबाट अनु लामाको सन्न्यास |
कान्तिपुर संवाददाता |
नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबल खेलबाट आज सन्न्यासको घोषणा गरेकी छिन् । करिब ६ वर्षअघि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिइसकेकी ३७ वर्षीय अनुले विभागीय टोली एपीएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन् । |
सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित |
कान्तिपुर संवाददाता |
अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको एन्फा महिला लिगको फुटबल प्रतियोगितामा सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । |
नेरिक र सनसाइन सेमिफाइनल प्रवेश |
कान्तिपुर संवाददाता |
नेरिक एकेडेमी १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सेमिफाइनल तय गरेको छ । बुधबार आयोजक इनोभेटिभको कोर्टमा नेरिकले १७–१० ले पराजित गर्दा नेरिकका सविन खत्रीले १४ स्कोर गरेका थिए । |
बास्केटबलमा पारामाउन्ट र काष्ठमण्डप विजयी |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.