text
stringlengths
2
914
उत्कृष्ट पुनरागमनसँगै एपीएफ फाइनलमा
कान्तिपुर संवाददाता
एपीएफले नेपाली महिला घरेलु फुटबलमा अहिलेसम्मकै उत्कृष्ट पुनरागमन गर्दै शनिबार एन्फा वुमेन्स लिगको फाइनल यात्रा तय गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको क्वालिफायर–वानमा एपीएफले आर्मीलाई २–१ ले पराजित गरेको हो । यो जितकी नायिका रहिन्, फरवार्ड रश्मिकुमारी घिसिङ ।
५ किमि दौडमा सेनाका सविन विजयी
कान्तिपुर संवाददाता
७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा नेपाली सेनाका सविन कार्कोले प्रथम स्थान हासिल गरेका छन् । १९.१३ मिनेटमा उक्त दूरी पार गर्दै शनिबार उनले प्रथम स्थान हासिल गरेका हुन्।
सान्त्वना जितमा टुंगियो नेपालको यात्रा
कान्तिपुर संवाददाता
कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले जितसहित शुक्रबार आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको यात्रा टुंग्याएको छ । नेपालले आयोजक मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।
सुदूरपश्चिम र एपीएफ फाइनलमा
अर्जुन शाह
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिमबीच फाइनल प्रतिस्पर्धा हुने भएको छ । सुपर फोरअन्तर्गत शुक्रबार जित निकाल्दै दुबै टोली फाइनलमा पुगेका छन् ।
सभापति कपमा मछिन्द्र विजयी
कान्तिपुर संवाददाता
मछिन्द्र क्लबले सर्वाधिक पुरस्कार राशिको सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मछिन्द्रले एपीएफ क्लबलाई १–० गोलले पराजित गरेको हो । त्यसमा सनिश श्रेष्ठले निर्णायक गोल गरेका थिए ।
माघ ११, २०८१
इन्डो–नेपाल टी–२० एकेडेमी क्रिकेट हुँदै
कान्तिपुर संवाददाता
डिएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा हुने टिपटप इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिता आइतबार सुरु हुनेछ ।
कबड्डी लिगमा विराटनगर प्लेअफतिर
कान्तिपुर संवाददाता
विराटनगर ब्यान्डिट्सले हिमालयन रेइडर्सलाई पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल) को प्लेअफ सुरक्षित गरेको छ ।
नीरज सूर्य नेपाल वेस्टर्न ओपन च्याम्पियन
विनोद पाण्डे
पहिलो दुई दिनको अग्रता कायमै राख्दै नीरज तामाङले सूर्य नेपाल वेस्टर्न ओपन गल्फको उपाधि जितेका छन् । उनले सूर्य नेपाल गल्फ टुर २०२४ २५ को चौथो प्रतियोगितामा जयराम श्रेष्ठलाई तीन स्ट्रोकले पछाडि पार्दै उपाधि हत्याए । नीरजले वेस्टर्न ओपन जितेको पहिलो पटक हो ।
इनोभेटिभ बास्केटबलको १० औं संस्करण अर्को साता
कान्तिपुर संवाददाता
इनोभेटिभ स्कुलको आयोजनामा १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबार सुरु हुनेछ ।
अन्तरस्कुल बास्केटबलमा पारामाउन्ट र न्युटन विजयी
कान्तिपुर संवाददाता
पारामाउन्ट एकेडेमी र न्युटनले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेके छन् ।
बागमतीलाई पन्छाउँदै पुलिस क्वालिफायर–टुमा
कान्तिपुर संवाददाता
अमृता जैसीले खेल सकिन केही सेकेन्ड अगाडि गरेको निणार्यक गोलको मद्दतले पुलिसले बागमतीलाई १–० ले पराजित गर्दै शुक्रबार एन्फा वुमेन्स लिगको क्वालिफायर–टुमा प्रवेश गरेको छ ।
कृष्णध्वज स्मृति टेबलटेनिस माघ १५ देखि
कान्तिपुर संवाददाता
नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता यही माघ १५ गतेदेखि सुरु हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा माघ १५ देखि १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक रेड टायल्सका प्रमुख सुरज केसीले जानकारी दिए ।
यू–१९ महिला विश्वकप क्रिकेट : नेपालद्वारा मलेसिया पराजित
कान्तिपुर संवाददाता
आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो । मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो ।
दसौँ राष्ट्रिय खेलकुद : तयार भयो कर्णाली प्रदेश रंगशाला
कृष्णप्रसाद गौतम
आगामी चैत २३ देखि ३० गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश रंगशाला तयार भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार झन्डै ९९ प्रतिशत काम सकिएको रंगशालामा अब रंगरोगन र सरसफाइका काम मात्र बाँकी छन् ।
एनभीएलको तयारी तीव्र
कान्तिपुर संवाददाता
क्रिकेट, फुटबल, कबड्डीको फ्रेन्चाइज लिग भइरहँदा पुरुष भलिबल लिग आयोजनाको तयारीमा पनि तीव्रता दिइएको छ । नेपालको व्यावसायिक घरना केडिया ग्रुपले पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग गर्दै छ । नेपालको राष्ट्रिय खेल भलिबलको फ्रेन्चाइज लिग आयोजनाका लागि समर्थक उत्साहित छन् ।
फागुन ७ देखि गोर्खाली रनिङ कप
हरिराम उप्रेती
सदरमुकाममा फागुन ७ गतेमा नवौं गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको फुटबल प्रतियोगिता फागुन १४ सम्म चल्ने आयोजक हरमटारी क्लबले जनाएको छ ।
विराटनगर र राजारानी फाइनलमा
अर्जुन सुवेदी
पाँचौं इटहरी आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि हाम्रो राजारानी धनकुटा र टीवाई वाइसी भेट्रान क्लब विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।
सभापति कप फुटबल : चर्च ब्वाइज रोक्दै संकटा सेमिफाइनलमा
कान्तिपुर संवाददाता
संकटा क्लबले बिहीबार सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको छ । यसका लागि संकटाले दशरथ रंगशालामा भएको खेलमा लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले पराजित गरेको थियो ।
म्याट रसलाई राष्ट्रिय टोलीको जिम्मा
कान्तिपुर संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष राष्ट्रिय टिमको प्रशिक्षकमा अस्ट्रेलियाली म्याट रसलाई नियुक्त गरेको छ । यसको औपचारिक घोषणा भने गरिएको छैन । तर उनी काठमाडौं आइसकेका छन् । उनले सभापति कपको बिहीबार दशरथ रंगशालामा भएको खेल हेरेका थिए ।
झापालाई हराउँदै बिर्तामोड सेमिफाइनलमा
लक्ष्मी गौतम
दुधे भेट्रान्स झापा र गोरख भेट्रान्स बिर्तामोड फिदिममा भइरहेको दोस्रो फिदिम आमन्त्रण गोल्डकप फुटबलको सेमिफाइनल पुगेका छन् ।
माघ १०, २०८१
क्यान युथ कप क्रिकेट हुने
कान्तिपुर संवाददाता
नेपाल क्रिकेट संघ (क्यान) ले माघ १५ देखि २२ सम्म युथ कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।
सूर्य नेपाल वेस्टर्न ओपन : नीरजको अग्रता कायमै
विनोद पाण्डे
नीरज तामाङले सूर्य नेपाल वेस्टर्न ओपन गल्फको दोस्रो दिनमा आफ्नो अग्रता कायमै राखेका छन् । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत चौथो स्पर्धामा उनी बिहीबारसम्म एक स्ट्रोकले अगाडि छन् ।
ज्ञान संस्कार बास्केटबल शुक्रबारदेखि
कान्तिपुर संवाददाता
ज्ञान संस्कार स्कुलको आयोजनामा प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबार सुरु हुँदै छ ।
एनएसजेएफ कपमा रिपोर्टर राइनोज च्याम्पियन
कान्तिपुर संवाददाता
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको चौथो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीबार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो ।
धनगढीमा हुने ‘अर्जुन ट्रफी’ को खेल तालिका सार्वजनिक
अर्जुन शाह
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी हुने आठ टिमलाई दुई समूहमा विभाजन गर्दै बिहीबार तालिका सार्वजनिक गरिएको गो ड्रिमर्सले जनाएको छ ।
आईसीसी यू–१९ महिला विश्वकप : समूह चरणबाटै बाहिरियो नेपाल
कान्तिपुर संवाददाता
नेपालले आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा लगातार तेस्रो पराजय बेहोरेको छ । पहिलो पटक महिला युवा विश्वकपमा प्रतिस्पर्धा गरिरहेको नेपाललाई बुधबार अस्ट्रेलियाले ८३ रनले हरायो । यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
डिफेन्डिङ च्याम्पियन रियल जितको बाटोमा
कान्तिपुर संवाददाता
डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगमा बुधबार आरबी साल्सबर्गलाई ५–१ ले पराजित गर्दै आफ्नो स्थिति सुधारेको छ । त्यसमा रोड्रिगो र भिनिसियस जुनियरले २-२ गोल गरे ।
माघ ९, २०८१
रंगशालामा बिहीबारदेखि सभापति कप
कान्तिपुर संवाददाता
सर्वाधिक पुरस्कार राशि रहेको सभापति कप फुटबल प्रतियोगिता दशरथ रंगशालामा बिहीबार सुरु हुनेछ । उद्घाटन खेलमा ए डिभिजन च्याम्पियन चर्च ब्वाइज र संकटा क्लब भिड्नेछन् ।
एनकेएलमा धनगढी वाइल्डक्याट्सको जित
कान्तिपुर संवाददाता
धनगढी वाइल्डक्याट्सले पोखरा लेकर्सलाई ५ अंक अन्तरले हराएर नेपाल कबड्डी लिग (एनकेएल) मा जित पाएको छ ।
सूर्य नेपाल वेस्टर्न ओपनमा नीरजको अग्रता
विनोद पाण्डे
पुरै पोखराको मौसम बुधबार बिहानदेखि नै खुले पनि हिमालयन गल्फ कोर्समा भने हुस्सु तँछाडमछाड गरिरहेको थियो । जसका कारण टी–अफ हुन सकेको थिएन । तर, निर्धारित समयभन्दा झन्डै डेढ घन्टापछि मौसम खुल्दा गल्फरहरू माछापुच्छ्रे हिमालको मनमोहक दृश्यसँग सूर्य नेपाल वेस्टर्न ओपनलाई प्रतिस्पर्धा गर्न तयार थिए ।
मध्यपश्चिम र बिहारको विश्वविद्यालय विजयी
कान्तिपुर संवाददाता
मध्यपश्चिम विश्वविद्यालय र भारतको बिहारको बाबासाहेव भीम राव अम्बेडकर विश्वविद्यालयले बुधबार जय नेपाल कप ट्वान्टी–२० विश्वविद्यालय क्रिकेटमा विजय हात पारेका छन् ।
भीष्मराज र सागरले कतार फेन्सिङमा प्रतिस्पर्धा गर्ने
कान्तिपुर संवाददाता
नेपालका भीष्मराज दाहाल र सागर थापाले कतारमा हुने ग्रान्ड प्रिक्स डु फेन्सिङ प्रतियोगितामा भाग लिने भएका छन् ।
राजारानी फाइनलमा