text stringlengths 2 914 |
|---|
टेनिस खेलाडी अभिषेकले टुंग्याए यूटीआर टुर |
कान्तिपुर संवाददाता |
नेपाली व्यावसायिक टेनिस खेलाडी अभिषेक बाँस्तोलाले जापान यूटीआर प्रो टेनिस टुरको यात्रा टुंग्याएका छन् । |
सिटी फेरि पुरानै लयमा |
कान्तिपुर संवाददाता |
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी फेरि पुरानै लयमा फर्केको छ र उसले आइतबारको खेलमा इपस्विच टाउनलाई सजिलै ६–० ले पराजित गर्यो । |
रियल फेरि शीर्ष स्थानमा |
कान्तिपुर संवाददाता |
केयलिन एमबापेले गरेको दुई गोलको मद्धतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार लास पाल्मासलाई ४–१ ले हराएको छ र अंक तालिकाको शीर्षमा उक्लेको छ । |
नेपोलीमाथि इन्टरको दबाब |
कान्तिपुर संवाददाता |
इन्टर मिलानले इटालीको सिरी ए मा आइतबार इम्पोलीलाई ३–१ ले हराएको छ र शीर्षमा रहेको नेपोलीमाथि दबाब कायम राखेको छ। अब दुई टिमबीचको दूरी तीन अंक मात्र भएको छ । |
'डेब्यु'मा आर्मीको जित |
अर्जुन शाह |
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले सुखद सुरुआत गरेका छन् । आइतबार ‘बी’ समूहका खेल सुरु भएकामा दुवैले आफ्नो पहिलो खेलमा जित निकालेको हो । कोशीले बागमती प्रदेशलाई १० रनले हरायो । |
महिला लिगमा प्लेअफ खेल्ने टिम निश्चित |
कान्तिपुर संवाददाता |
एन्फा महिला लिग फुटबलमा आइतबार प्लेअफ खेल्ने चार टिम निश्चित भएको छ । आर्मीले प्रतियोगिताको फाइनल प्रवेशका लागि क्वालिफायर–१ मा एपीएफ क्लबको सामना गर्ने भएको हो । अन्तिम लिग तालिकाको शीर्षस्थानमा रहने टिमबारे मात्रै अब निर्णय हुन बाँकी छ । |
खो-खो विश्वकपमा नेपाल दुवैतर्फ उपविजेता |
कान्तिपुर संवाददाता |
प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता बन्यो । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो । |
माघ ६, २०८१ |
पहिलो पटक ह्विलचेयर टेनिस स्पर्धा |
कान्तिपुर संवाददाता |
नेपालमा पहिलोपल्ट ह्विलचेयर टेनिस प्रतियागिता सकिएको छ । नेपाल ह्विलचेयर टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा रामबहादुर तामाङले सागर पाण्डेलाई हराएर पहिलो भए । रामले १५ हजार, सागरले १० हजारसहित ट्रफी पाए । तेस्रो भएका खुम पाण्डेले ५ हजार पुरस्कार हात पारे । |
खो खो विश्वकप : नेपाली पुरुष टिम पनि उपविजेतामै |
कान्तिपुर संवाददाता |
नेपालको पुरुष टिमले पनि नयाँ दिल्लीमा भएको प्रथम खो–खो विश्वकप प्रतियोगितामा उपविजेतामै चित्त बुझाएको छ । |
सभापति कपको पहिलो खेलमा चर्च ब्वाइज र संकटा भिड्ने |
कान्तिपुर संवाददाता |
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुने सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिड्ने भएका छन् । |
प्रथम खो खो विश्वकप : महिला टिम रजत पदकमा सीमित |
कान्तिपुर संवाददाता |
नयाँ दिल्लीमा भइरहेको प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपाली महिला टिमले रजत पदक जितेको छ । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । भारतले ७८–४० स्कोरमा खेल जित्दै पहिलो खो खो विश्वकपको उपाधि जितेको छ । भारतले एट्याकिङमा भरपुर अंक बटुलेको थियो । |
इटहरी भेट्रान गोल्डकप : आयोजक सेमिफाइनलमा |
अर्जुन सुवेदी |
आयोजक हाम्रो इटहरी भेट्रान क्लब पाँचौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । |
आर्मी क्वालिफायर–वानका लागि छनोट |
कान्तिपुर संवाददाता |
आर्मीले एन्फा वुमेन्स लिगको फाइनल प्रवेशका लागि एपीएफको सामना गर्ने भएको छ । आर्मीले सातदोबाटोको एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा वालिङलाई ६–१ ले पराजित गरेपछि यो उपलब्धि चुमेको हो । |
हङकङमा जुम्लाकी सुनमायाले जितिन् अल्ट्रा म्याराथनको उपाधि |
डीबी बुढा |
हङकङमा भइरहेको एक सय किलोमिटर अल्ट्रा म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन् । पातारासी गाउँपालिका-२ पेर गाउँमा जन्मिएकी सुनमायाले एक सय किलोमिटर दुरीको म्याराथन ११ घण्टा ११ मिनेट ४७ सेकेण्डमा पूरा गरिन् । |
क्रिकेटर मल्ल सम्मानित |
कान्तिपुर संवाददाता |
केआई सिंह गाउँपालिकाले राष्ट्रिय क्रिकेटर शेरबहादुर मल्ललाई सम्मान गरेको छ । शेरबहादुरलाई छैटौं पालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा शनिबार १ लाख ३१ हजार २ सय ५० रुपैयाँसहित सम्मान गरेको हो । उनलाई गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले शनिबार सम्मान गरे । |
पीएम कप क्रिकेट : एपीएफ र सुदूरपश्चिम 'सुपर फोर’ मा |
अर्जुन शाह |
नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुगेका छन् । |
राइजिङ भरतपुर गोल्डकप माघ १२ देखि |
कान्तिपुर संवाददाता |
भरतपुरको प्रहरी तालिम केन्द्रको खेल मैदानमा माघ १२ देखि १९ गतेसम्म राइजिङ भरतपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन ११ फुटबल क्लबले आयोजना गर्ने हुने प्रतियोगितामा ८ टिमले भाग लिने शनिबार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुशील कार्कीले बताए । |
नेपाल पहिलो खेलमा पराजित |
कान्तिपुर संवाददाता |
आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा ‘डेब्यु’ गरेको नेपाली टोली पहिलो खेलमा पराजित भएको छ । मलेसियामा शनिबार सुरु प्रतियोगितामा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भयो । |
एटलान्टामाथि नेपोलीको महत्त्वपूर्ण जित |
कान्तिपुर संवाददाता |
नेपोलीले इटालीको सिरी ए मा शनिबार एटलान्टामथि ३–२ को रोमाञ्चक जित निकालेको छ । उपाधि होडमा रहेका दुई टिमबीचको यो नतिजा पछि महत्त्वपूर्ण र निर्णायक हुन सक्नेछ । |
बार्सिलोनाको गेटाफेसँग बराबरी |
कान्तिपुर संवाददाता |
बार्सिलोनाले स्पेनी ला लिगामा गेटाफेसँग शनिबार १–१ को बराबरी खेलेको छ । बार्सिलोनाले अंक तालिकाको शीर्षमा रहेको एटलेटिको म्याड्रिडले बेहोरेको हारको फाइदा लिन सकेन । |
अरूको नतिजाले लिभरपुललाई फाइदा |
कान्तिपुर संवाददाता |
इंग्लिस प्रिमियर लिगमा शनिबार आर्सनललाई एस्टन भिल्लाले २–२ को बराबरीमा रोकेको छ भने न्युकासल युनाइटेड बर्नमाउथको हातबाट ४–१ ले पराजित रह्यो । यी नतिजाले उपाधि होडमा रहेको लिभरपुललाई फाइदा पुगेको छ । |
नेपाली महिला र पुरुष दुवै टिम खो-खो विश्वकप फाइनलमा |
ध्रुव तुलाधर |
नयाँदिल्लीमा भइरहेको प्रथम खो–खो विश्वकप प्रतियोगिताको फाइनलमा नेपालका महिला र पुरुष दुवै टिम पुगेका छन् । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो । दुवैतर्फको फाइनल आइतबार हुँदै छ । |
माघ ५, २०८१ |
जलेश्वरमा प्रदेशस्तरीय फुटबल |
सुनिता बराल |
महोत्तरीको जलेश्वरमा मधेश प्रदेशस्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । जलेश्वर रंगाशालामा शनिबारबाट प्रतियोगिता सुरु भएको आयोजक संस्था मधेश प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजयकुमार गुप्ताले बताए । |
बिच भलिबलमा पुलिस च्याम्पियन |
अनिश तिवारी |
चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा भएको राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबका खेलाडीले उचालेका छन् । सुनकोशी नदी किनार बगरमा शनिबार पुरुषतर्फ फाइनलमा पुलिसका चन्द्रबहादुर कुँवर र सफल बिकको जोडी च्याम्पियन भयो । |
प्रथम खो खो विश्वकप : नेपाली महिला टिम उपाधि नजिक |
कान्तिपुर संवाददाता |
भारतको नयाँ दिल्लीमा भइरहेको प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली फाइनलमा पुगेको छ । |
विल्सन, कश्यप र रिब्स बास्केटबल च्याम्पियन |
कान्तिपुर संवाददाता |
विल्सन एकेडेमी, कश्यप र रिब्स शनिबार चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा च्याम्पियन भएका छन् । |
रूपन्देही सुपर लिगको ‘ए’ डिभिजनका खेल सुरु |
माधव ढुंगाना |
नेपाल सुपर लिगका कारण स्थगित रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत ‘ए’ डिभिजनका खेल शनिबारदेखि भैरहवामा सुरु भएका छन् । |
दोस्रो स्मृतिकप फुटबल प्रतियोगितामा पुलिसको जित |
प्रकाश बराल |
दोस्रो स्मृति कप फुटबल प्रतियोगिता जिल्ला प्रहरी कार्यालय बागलुङले जितेको छ । शनिबार बागलुङस्थित बाङ्गेचौर मैदानमा आयोजित फाइनलमा संकल्प पुनःस्थापना केन्द्रलाई टाइब्रेकरमा ५/३ गोलले हराउँदै पुलिसले उपाधि उचालेको हो । |
पूर्वेली भेट्रान क्लबको विजयी सुरुवात |
अर्जुन सुवेदी |
पूर्वेली भेट्रान क्लब झापाले पाँचौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । |
जुम्लाकी राममायालाई हङकङ अल्ट्रा म्याराथनको उपाधि |
डीबी बुढा |
जुम्लाकी राममाया बुढाले एक सय किलोमिटर हङकङ अल्ट्रा म्याराथनको ५० किलोमिटर दौडमा उपाधि जितेकी छन् । हङकङ म्याराथनको अहिलेसम्मको रेकर्ड तोड्दै उनले म्याराथनको उपाधि जितेकी हुन् । |
सायम प्रिमियर लिग फागुन अन्तिम साता |
कान्तिपुर संवाददाता |
सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करण आगामी फागुन अन्तिम साता हुने भएको छ । |
महिला विश्वकप क्रिकेट : नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित |
रासस |
आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ । |
पुलिससँग बागमतीको बहादुरीपूर्ण बराबरी |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.