text
stringlengths
2
914
अर्जुन सुवेदी
धनकुटाको हाम्रो राजारानी भेट्रान क्लब पाँचौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बर्दिवास-१ लाई दोस्रो मेयरकपको उपाधि
सुनिता बराल
महोत्तरीको बर्दिवासमा आयोजित दोस्रो बर्दिवास मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि बर्दिवास-१ ले हात पारेको छ । बुधबार सम्पन्न फाइनल खेलमा बर्दिवास-१२ लाई ४ विकेटले पराजित गर्दै बर्दिवास-१ ले जित हात पारेको हो ।
प्रोटिन हाफ म्याराथन दौड शनिबार, आठ विधामा प्रतिस्पर्धा
कान्तिपुर संवाददाता
यही शनिबार हुने चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजारभन्दा बढीले भाग लिने आयोजकको अपेक्षा छ । प्रतियोगिताको तयारीबारे बुधबार पत्रकार सम्मेलनमा आयोजक नेपाल भेटेरिनरी संघका पूर्व अध्यक्ष एवं प्रतियोगिता संयोजक सितलकाजी श्रेष्ठले यस हाफ म्याराथनमा ८ हजारभन्दा बढीले भाग लिने अपेक्षा गरिएको बताए ।
ललितपुरमा पुष्पराज स्मृति टेबलटेनिस हुने
कान्तिपुर संवाददाता
खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता माघ २४ देखि हुने भएको छ ।
एपीएफको लगातार आठौं जित
कान्तिपुर संवाददाता
एपीएफले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बुधबार लगातार आठौं जित निकालेको छ । प्रतियोगिताको अन्तिम लिगमा एपीएफले आमीलाई २–१ ले हरायो ।
खुल्ला व्यास नगर महिला हाफ म्याराथन प्रतियोगिता हुने
सम्झना रसाइली
जिल्लाको व्यास नगरपालिकाले चौथो खुल्ला व्यास नगर महिला हाफ म्याराथन–२०८१ प्रतियोगिता गर्ने भएको छ । महिलालाई खेलकुदसँग जोड्न र खेलकुदमार्फत पालिकाको पर्यटकीय गतिविधि चलायमान गराउने उद्देश्यले नगरपालिकाले ७८ औं अवसरमा सहिद दिवसको उपलक्ष्यमा माघ १६ गते प्रतियोगिता गर्न लागेको हो ।
महिला यू–१९ विश्वकप क्रिकेट : नेपाल अष्ट्रेलियासँग पराजित
कान्तिपुर संवाददाता
आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो ।
विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती
कान्तिपुर संवाददाता
आईसीसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।
नेपाल सियाटल र टेक्सास ब्लुले जिते लछुमन शाही स्मृति कप
कान्तिपुर संवाददाता
अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा भएको लछुमन शाही स्मृति लाली गुराँस कप सेभेन ए साइड फुटबल प्रतियगितामा नेपाल सियाटल एफसी र टेक्सास एफसी ब्लुले उपाधि जितेका छन् ।
लगातार सातौं जितसँगै लिभरपुल अन्तिम १६ मा
कान्तिपुर संवाददाता
मोहमद सलाहले गरेको ५० औं युरोपेली गोलको मद्धतले लिभरपुलले मंगलबार लिललाई पराजित गरेको छ र च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
गण्डकीको गौरव खेलकुद
हिमेश
विश्व ट्रायथलनकी पुराना अध्यक्ष हुन्, मारिसोल कसाडो । ट्रायथलन आफैंमा अचम्मको खेलभन्दा हुन्छ । यसमा दौड हुन्छ, पौडी हुन्छ अनि साइक्लिङ । उनी एकभन्दा बढी अवसरमा पोखरा पुगेका छन् किनभने दक्षिण एसियाली मात्र होइन, एसियालीस्तरकै ट्रायथलनका प्रतियोगिता पोखरामा हुने गर्छ ।
टाइगर कप भलिबलमा १२ टोली प्रतिस्पर्धी
कान्तिपुर संवाददाता
एनसेल पाँचौं टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुई विदेशीसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएको छ । माघ १२ देखि १९ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना गर्ने गर्ने हो ।
माघ ८, २०८१
प्रधानमन्त्री कप क्रिकेट अघि बढे बागमती र आर्मी
अर्जुन शाह
फाप्ला क्रिकेट मैदानमा मंगलबार प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हात पार्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हरायो ।
चाल्नाखेलमा उपत्यकाव्यापी कराते हुने
कान्तिपुर संवाददाता
पाँचौं मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समूह, नवौं केबिन रोहन स्मृति उपत्यकाव्यापी क्योकुसिन काइकान अलाइड फुलकन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।
सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि
कान्तिपुर संवाददाता
सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन बुधबार पोखरामा सुरु हुँदै छ । पोखराको हिमालयन गल्फ कोर्समा २५औं संस्करणको प्रतियोगिता हुन लागेको हो ।
जितसँगै वालिङले टुंग्यायो लिग
कान्तिपुर संवाददाता
वालिङले जितसँगै एन्फा वुमेन्स लिगको मंगलबार सुखद अन्त्य गरेको छ । आफ्नो अन्तिम खेलमा उसले बागमतीलाई ३–१ ले पराजित गरेको छ । दोस्रो चरणमा लगातार सात हारपछि यो वालिङको पहिलो जित हो । यससँगै उसको ३ अंक भएको छ ।
भलिबलमा बेनी र अन्नपूर्णलाई उपाधि
घनश्याम खड्का
सदरमुकाम बेनीमा सम्पन्न पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका पहिलो भएका छन् । मंगलबार सम्पन्न पुरुष भलिबलको फाइनल खेलमा बेनी नगरपालिकाले मालिका गाउँपालिलाई ३–१ सेटमा पराजित गरी उपाधि चुमेको हो ।
मटिहानीमा सातौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
सुनिता बराल
महोत्तरीको मटिहानीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित मटिहानी रंगशालामा एक समारोहबीच मंगलबार प्रतियोगिताको उद्घाटन मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रूपमा गरेका छन् ।
अम्पायरबारे फेसबुकमा लेखेपछि क्यानको कारबाहीमा परे सन्दीप
कान्तिपुर संवाददाता
नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई अनुशासनको कारबाही गरेको छ । जय ट्रफीका क्रममा सामाजिक सञ्जालमा नेपालका अम्पायरको गुणस्तरबारे टिप्पणी गरेपछि उनलाई कारबाही गरिएको हो ।
उल्भ्सलाई हराएर चेल्सी शीर्ष चारमा
कान्तिपुर संवाददाता
दोस्रो हाफको उत्कृष्ट प्रदर्शनको मद्दतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सलाई ३–१ ले हराएको छ र लिग तालिकाको शीर्ष चारमा प्रवेश गरेको छ । चेल्सीले लिगमा पाँच खेलको हार क्रमलाई पनि टुंग्याएको छ ।
खो–खो विश्वकप उपविजेता टोली १४ करोड पुरस्कारको हकदार
कान्तिपुर संवाददाता
प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको दुवै नेपाली महिला र पुरुष सोमबार स्वदेश फर्किएको छ । ऐतिहासिक उपलब्धि हासिल गरेको टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्ले स्वागत गरेको थियो ।
आईसीसी यू–१९ महिला विश्वकप : ‘सुपर फोर’ मा पुग्न कठिन समीकरण
कान्तिपुर संवाददाता
नेपालको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको दोस्रो चरणमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा स्कटल्यान्डले सोमबार नेपाललाई नाटकीय खेलमा १ विकेटले हरायो ।
एन्फा महिला लिग : पुलिसको निराशाजनक प्रदर्शन
कान्तिपुर संवाददाता
धेरै अर्थमा एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा नेपाल पुलिस क्लबको प्रदर्शन कमजोर नै रह्यो । पुलिसले सोमबार प्ले–अफ अगाडिको आफ्नो अन्तिम खेल खेल्यो ।
प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता : बागमती विजयी
कान्तिपुर संवाददाता
फाप्ला क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार बागमती प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १४ रनले पराजित गरेको छ । ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमै ६७ रनमा समेटियो ।
माघ ७, २०८१
नेपाल कबड्डी लिग : जनकपुरको लगातार दोस्रो जित
कान्तिपुर संवाददाता
जनकपुर नाइट्सले त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको नेपाल कबड्डी लिग (एनकेएल) मा लगातार दोस्रो जित पाएको छ । सोमबार जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१ स्कोरले हरायो । जनकपुर १० अंकसहित शीर्षस्थानमा उक्लिएको छ । धनगढीको १ अंक छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि सिरानचोकलाई
हरिराम उप्रेती
जिल्लास्तरीय राष्ट्रपति रिनिङ सिल्डको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ । ७ स्वर्ण, ९ रजत, ३ कास्यसहित सिरानचोकले उपाधि जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिं बस्नेतले जानकारी दिए ।
राष्ट्रिय बुद्धिचाल माघ १३ देखि हेटौंडामा
कान्तिपुर संवाददाता
नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष र १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडामा हुने भएको छ ।
राजारानी भेट्रान क्लब अन्तिम चारमा
अर्जुन सुवेदी
धनकुटाको हाम्रो राजारानी भेट्रान क्लब पाँचौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
एपीएफको शीर्ष स्थान निश्चित
कान्तिपुर संवाददाता
एपीएफले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा सोमबार पुलिसलाई २–० ले हराएको छ । यो जितसँगै पाँच टिम सम्मिलित दोस्रो चरणमा एपीएफ शीर्षमा रहने निश्चित भएको छ । एपीएफको यो लगातार सातौं जित पनि हो ।
नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित
कान्तिपुर संवाददाता
मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ ।
यू–१९ महिला विश्वकप क्रिकेट : नेपालद्वारा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य
कान्तिपुर संवाददाता
मलेसियामा जारी आइसिसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ ।
खो-खो विश्वकप उपविजेता नेपाली टोली आज फर्कने, विमानस्थलमा स्वागत गरिने
कान्तिपुर संवाददाता
प्रथम खो–खो विश्वकप प्रतियोगिताको उपविजेता नेपालका महिला र पुरुष दुवै टोली आज दिउँसो ३ बजे स्वदेश फर्कने भएका छन् ।
यू–१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा
कान्तिपुर संवाददाता
मलेसियामा जारी आइसिसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले अहिले दोस्रो खेल खेल्दै छ । नेपालले स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ ।