text stringlengths 2 914 |
|---|
नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध : परराष्ट्रमन्त्री राणा |
कान्तिपुर संवाददाता |
परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव प्रतिबद्ध रही आएको बताएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले सीमित स्रोत साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपाल विश्वकै ... |
सांसद बजगाईंद्वारा बाँदर र बँदेल नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस |
कान्तिपुर संवाददाता |
बाँदर र बँदेल नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । कांग्रेसका सांसद राजेन्द्र बजगाईंले प्रतिनिधिसभाको सोमबारको बैठकमा उक्त प्रस्ताव पेस गरेका हुन् । |
कुलमानलाई हटाउने ऊर्जामन्त्रीको प्रस्तावबारे राज्यमन्त्रीको आक्रोश- 'सरकारमा छु भन्दैमा जे पायो त्यही गर्न पाइन्छ ?' |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रिपरिषद्मा लगेका छन् । |
सीमा अपराध न्यूनीकरणका लागि सशस्त्र प्रहरीको कानुन संशोधन गर्न लागिएको हो : गृहमन्त्री |
कान्तिपुर संवाददाता |
गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी सेवालाई जवाफदेही एवं प्रभावकारी बनाउँदै मुलुकमा शान्ति सुव्यवस्था, सीमा सुरक्षा र सीमा अपराधलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न लागिएको बताएका छन् । |
आज देश दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
कांग्रेस महामन्त्री गगन थापाको भाषणदेखि शान्ति स्थापनाका लागि राष्ट्रपति पद त्याग्न तयार भोलोदिमिर जेलेन्स्कीको भनाइसम्मका विषय सोमबार कान्तिपुरमा समाचार बनेका छन् । |
कालीगण्डकीमा करेन्ट लगाएर माछा मार्ने चारजना पक्राउ |
प्रकाश बराल |
कालीगण्डकी नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका-४ को ढोडेनीस्थित नदी किनारमा करेन्ट लगाएर माछा मारिहरेको भेटेपछि प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो । |
जीविकोपार्जन सहज होस् भन्ने जनचाहना कांग्रेसले पूरा गर्छ : सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाज विकासका लागि पुरुष मात्र अघि बढेर नहुने भन्दै महिलालाई पनि पुरुष समान अधिकार र अवसर दिनुपर्ने बताएका छन् । |
अध्यक्ष दाहाललाई उपमहासचिवद्वय पुन र शर्माको 'काँध' |
गंगा बीसी |
‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ सुरु गर्न झापा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माको काँधमा हात राखेर पार्टी नेतृत्वका लागि एउटा राजनीतिक सन्देश दिएका छन् । |
काम रोक्ने सर्तसहित 'नो केबलकार समूह'लाई सरकारले फेरि बोलायो वार्तामा |
आनन्द गौतम |
'पाथीभरा मुकुम्लुङ' क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनरत समूहलाई सरकारले फेरि वार्ताका लागि बोलाएको छ । सरकारी वार्ता टोलीले केबलकार निर्माण कार्य स्थगित गर्ने सर्तसहित फेरि वार्ताका लागि बोलाएको हो । |
काठमाडौं-तराई फास्ट ट्र्याकको समयावधि थपिने निश्चित : नेपाली सेना |
कान्तिपुर संवाददाता |
नेपाली सेनाले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको समयावधि थपिने निश्चित भएको बताएको छ । |
शिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ ? यी रुटमा सवारी चलाउन निषेध छ |
कान्तिपुर संवाददाता |
महाशिवरात्रिमा पशुपति क्षेत्रमा हुने भिडभाडलाई व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । कार्यालयले शिवरात्रिका लागि मात्रै डीएसपीको कमान्डमा ८ सय ९० जना ट्राफिक प्रहरी खटाउने भएको छ । |
उत्पीडित समुदायको अधिकार रक्षाका लागि संघर्षको नेतृत्व गर्छौं: अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनताले संघर्षमार्फत प्राप्त गरेका राजनीतिको रक्षा र कार्यान्वयनका लागि आफ्नो पार्टीले उत्पीडित समुदायको पक्षमा संघर्ष गर्ने बताएका छन् । |
कांग्रेसको स्थानीय तह समन्वय विभागमा दस सदस्य थपिए |
कान्तिपुर संवाददाता |
कांग्रेसको स्थानीय तह समन्वय विभागमा दस सदस्य मनोनयन गरिएको छ । सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको विभागमा आज दश सदस्य मनोनयन गरेका हुन् । |
परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता |
कान्तिपुर संवाददाता |
परराष्ट्रमन्त्री आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ । |
पार्टीभित्र गुट-उपगुट अन्त्य गर्न प्रत्यक्ष निर्वाचनबाट सभापति छानौँ : महामन्त्री थापा |
शमशेरविक्रम जीसी |
कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र गुट-उपगुट अन्त्य गर्न प्रत्यक्ष निर्वाचनबाट सभापति छानिनुपर्ने बताएका छन् । सोमबार प्यूठानमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले नेताका घरघर धाएर पदाधिकारी बन्ने चलन अन्त्य गर्नुपर्ने बताएका हुन् । |
प्रधानमन्त्रीसँग भारत, भुटान र माल्दिभ्सका एनसीसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसीसी) का टोलीले आज शिष्टाचार भेट गरेको छ । |
पूर्वराजालाई पुनको चेतावनी : तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ |
कान्तिपुर संवाददाता |
माओवादीका उपमहासचिव वर्षमान पुनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन् । |
परराष्ट्रमन्त्री राणा र स्विट्जरल्यान्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता |
कान्तिपुर संवाददाता |
परराष्ट्रमन्त्री आरजु राणा देउवा र स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी परराष्ट्रमन्त्री देउवा र स्विस समकक्षी क्यासिसबीच साइडलाइन भेटवार्ता भएको हो । |
केआईआईटीबाट कति नेपाली विद्यार्थी फर्किए ? सरकारसँगै छैन तथ्यांक |
कान्तिपुर संवाददाता |
भारतीय राज्य ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनापछि नेपाली विद्यार्थी घर फर्किइरहेका छन् । तर, उक्त विश्वविद्यालयमा कति विद्यार्थी अध्ययनका लागि गएका थिए र घटनापछि कति फर्किए भन्ने यकिन तथ्यांक नेपाल सरकारसँग छैन । |
भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन् : नेकपा एस |
कान्तिपुर संवाददाता |
एकीकृत समाजवादीले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाए । |
सांसद वाग्लेले बोलेको 'श्रद्धाञ्जली' शब्द संसद्को रेकर्डबाट हटाइने |
कान्तिपुर संवाददाता |
भारतको ओडिसा भुवनेश्वरीस्थित केआईआईटी विश्वविद्यालयमा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको 'परिवारलाई श्रद्धाञ्जली' दिएको सांसद स्वर्णिम वाग्लेको शब्द हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् । कांग्रेस सांसद रामहरि खतिवडाले उक्त शब्द हटाउन माग गरेका थिए । |
ओलीविरुद्ध दाहालका चार कटाक्ष |
पर्वत पोर्तेल |
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै ओली सरकारलाई भ्रष्टाचार र प्रतिगमनको संरक्षकको रूपमा चित्रित गरेका छन् । |
श्रमजीवी पत्रकारसम्बन्धी ऐन परिमार्जन गर्ने सञ्चारमन्त्री गुरुङको प्रतिबद्धता |
कान्तिपुर संवाददाता |
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ समयानुकूल परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । |
माओवादी सांसद पौडेलको प्रश्न : उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ? |
कान्तिपुर संवाददाता |
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत् महसुल नतिर्नेहरूको नभई तिर्नेहरूको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका छन् । |
पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत् समाधान गर्न सांसद झाको आग्रह |
कान्तिपुर संवाददाता |
सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएकी छन् । |
महाकाली सिँचाइ प्रभावितलाई तत्काल मुआब्जा उपलब्ध गराइयोस् : सांसद साउद |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । |
सशस्त्र प्रहरीकी इन्स्पेक्टरको मृत्युबारे छानविन गर्न डीआईजी नेतृत्वमा समिति गठन |
कान्तिपुर संवाददाता |
ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्युबारे छानविन गर्न डीआईजी नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको छ । |
संविधानको पूर्ण कार्यान्वयनमार्फत् पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ : दाहाल |
कान्तिपुर संवाददाता |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानको पूर्ण कार्यान्वयनमा जोड दिँदै उत्पीडित वर्ग र समुदायको पहिचानको मुद्दा सम्बोधन गर्नुपर्ने बताएका छन् । |
आज मन्त्रिपरिषद्को बैठक बस्दै |
कान्तिपुर संवाददाता |
आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । |
फाल्गुन ११, २०८१ |
१२ वर्षीया बालिका आफन्तबाटै बलात्कृत, पेटमा २८ साताको गर्भ |
मेनुका ढुंगाना |
कामको सिलसिलामा भारतमा बस्दा आफन्तबाटै १२ वर्षीया छोरी गर्भवती भएपछि अछामको एक विपन्न परिवार बिलखबन्दमा परेको छ । |
सिरहा बलात्कार घटना : किटानी जाहेरी परेका आरोपित फरार, शंकास्पद ४ जना नियन्त्रणमा |
विनय आजाद |
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा किटानी जाहेरी परेका सबै आरोपित फरार छन् । प्रहरीले शंकास्पद चार जनालाई नियन्त्रणमा लिएको छ । |
एनआरएनए सचिवालय ७ दिनभित्र घले नेतृत्वको समितिलाई हस्तान्तरण गर्न सर्वोच्चको निर्देशन |
कान्तिपुर संवाददाता |
सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघको सचिवालयलाई पत्र लेख्दै शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई ७ दिनभित्र निर्वाचन प्रयोजनार्थ सचिवालय हस्तान्तरण गर्न निर्देशन दिएको छ । |
आङ्बोद्वारा आन्दोलनको चेतावनी |
कान्तिपुर संवाददाता |
माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विवादमा सरकारले वार्ताको बाटो नअपनाए आफ्नो पार्टी पनि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.