text stringlengths 2 914 |
|---|
बागमतीले एन्फा वुमेन्स लिगमा शनिबार पुलिससँग बहादुरीपूर्ण गोलरहित बराबरी खेलेको छ । यो यस्तो नतिजा रह्यो, जसले बागमतीलाई प्ले–अफको नजिक पनि पुर्याएको छ । पुलिसको भने क्वालिफायर–वान खेल्ने सम्भावना कमजोर बनाएको छ । |
क्रिकेटर मल्ल सम्मानित |
मोहन शाही |
केआई सिंह गाउँपालिकाले राष्ट्रिय क्रिकेटर शेरबहादुर मल्ललाई सम्मान गरेको छ । छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा मल्ललाई १ लाख ३१ हजार २ सय ५० रुपैयाँ नगदसहित सम्मान गरिएको हो । |
टस हारेर ब्याटिङ गर्दै नेपाल |
रासस |
आइसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ । |
एपीएफ क्लब क्वालिफायर–१ मा छनोट |
कान्तिपुर संवाददाता |
नेपाल एपीएफ क्लब एन्फा महिला लिग फुटबलको क्वालिफायर–१ का लागि छनोट हुने पहिलो टिम बनेको छ । यससँगै एपीएफको फाइनल खेल्ने सम्भावना बढेको छ । एपीएफले शुक्रबार अर्को एकपक्षीय जित निकालेको हो । यसपल्ट टोलीको सिकार बन्यो, वालिङ नगरपालिका टिम । |
सुकुटेमा राष्ट्रिय बिच भलिबल जारी |
कान्तिपुर संवाददाता |
चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा भइरहेको राष्ट्रिय बिच भलिबल प्रतियोगितामा शुक्रबार महिला र पुरुष दुवैतर्फ क्वाटरफाइनलमा एपीएफ खेलाडीले वर्चर्स्व बनाएका छन् । |
विजेतालाई ५ लाखभन्दा बढी पुरस्कार |
कान्तिपुर संवाददाता |
पाँचौं संस्करणको टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका दुवै विजेताले समान ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार जित्ने भएका छन् । |
कबड्डी लिग सुरु |
कान्तिपुर संवाददाता |
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करण शुक्रबार सुरु भएको छ । उद्घाटन खेलमा काठमाडौं माभरिक्सले जित हासिल गर्यो । |
यू-१९ विश्वकपमा ‘डेब्यु’ गर्दै नेपाल |
कान्तिपुर संवाददाता |
नेपालले शनिबार आईसीसी महिला यू–१९ ट्वान्टी–२० विश्वकपमा ‘डेब्यु’ गर्दै छ । मलेसियामा प्रतियोगिताको शनिबार पहिलो दिनको खेलमा पहिलो पटक यू–१९ महिला विश्वकप खेलिरहेको नेपालले बंगलादेशको सामना गर्नेछ । |
माघ ४, २०८१ |
विश्वविद्यालय खेलकुदको दोस्रो संस्करण पोखरामा |
कान्तिपुर संवाददाता |
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २३ देखि पोखरामा हुने भएको छ । |
इसान कपमा लिभिङ वर्ल्ड र नेपालय विजेता |
कान्तिपुर संवाददाता |
लिभिङ वर्ल्ड र नेपालय पब्लिकले ११ औं इशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । लिभिङ ब्वाइज तथा नेपालय गर्ल्समा च्याम्पियन भए । |
एनसीसीएस र रिब्स बास्केटबल फाइनलमा |
कान्तिपुर संवाददाता |
डिफेन्डिङ च्याम्पियन एनसीसीएस र रिब्स चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा फाइनल पुगेका छन् । |
वालिङमाथि एपीएफको ठूलो अन्तरको जित |
कान्तिपुर संवाददाता |
रश्मिकुमारी घिसिङ ह्याट्रिकको मद्दतले एपीएफले एन्फा वुमेन्स लिगमा शुक्रबार वालिङमाथि ठूलो अन्तरले पराजित गरेको छ । रश्मिले चार गोल गरिन् र सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफ सजिलै १०–० ले विजयी रह्यो । |
तेस्रो पीएफसी इमर्जिङ कपमा नारायणी नमुना माविको विजयी सुरुवात |
कान्तिपुर संवाददाता |
शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा आजदेखि सुरु भएको ‘पीएफसी इमर्जिङ कप–२०८१’ को उद्घाटन खेल भरतपुरको नारयाणी माध्यामिक विद्यालयले जितेको छ। |
१ महिनादेखि कर्णाली खेलकुद परिषद् पदाधिकारीविहीन, १० औँ राष्ट्रिय खेलकुदको तयारीमा ढिलाइ |
कृष्णप्रसाद गौतम |
राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठकले आगामी चैत २३ देखि ३० सम्म कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । जसका लागि पूर्वाधार निर्माणका कामलाई तीव्र पारिएको छ । तर यही समयमा कर्णाली प्रदेश खेलकुद विकास परिषद् भने झन्डै एक महिनादेखि नेतृत्वविहीन बनेको छ । |
युनाइटेडको जितमा डिएलोको ह्याट्रिक |
कान्तिपुर संवाददाता |
आमन्ड डिएलोले खेलको अन्त्यतिर गरेको ह्याट्रिकको मद्धतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बिहीबार साउथह्याम्पटनमाथि ३–१ को सनसनीपूर्ण जित निकालेको छ । |
माघ ३, २०८१ |
जय नेपाल कप विश्वविद्यालय क्रिकेट हुने |
कान्तिपुर संवाददाता |
जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । |
नेपाल कबड्डी लिग शुक्रबारदेखि राखेप कभर्डहलमा |
कान्तिपुर संवाददाता |
नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारदेखि दशरथ रंगशालास्थित राखेप कभर्डहलमा सुरु हुँदै छ । त्यसमा प्रतिस्पर्धी ६ फ्रेन्चाइज टिमको एउटै लक्ष्य हो, उपाधि जित्ने । |
जापान यूटीआरमा अभिषेकको अर्को हार |
कान्तिपुर संवाददाता |
नेपाली टेनिस खेलाडी अभिषेक बाँस्तोलाले जापान यूटीआर प्रो टेनिस टुरमा अर्को पराजय बेहोरेका छन् । |
रानी टिमले जित्यो त्रिवेणी कप भलिबल |
रमेशचन्द्र अधिकारी |
धनकुटाको चौबिसे गाउँपालिकास्थित हंशमोरङमा भएको कोशी प्रदेशस्तरीय दोस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि विराटनगरको नेपाल प्रहरी रानी टिमले जितेको छ । चौबिसे ४ र ५ को संगमस्थल हंशमोरङमा सम्पन्न फाइनलमा प्रहरीले कोशी प्रदेश ट्रेनिङ सेन्टरलाई २६–२४, २५–२२, २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । |
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित |
कान्तिपुर संवाददाता |
राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिहीबारको बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको छ । |
रिब्स र निस्ट बास्केटबल सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बिहीबार रिब्स र निस्ट जित हासिल गर्दै सेमिफाइनलमा पुगेका छन् । |
पुलिसले जित्यो जय ट्रफीको उपाधि |
रासस |
विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जतेको छ । |
‘अर्जुन ट्रफी’ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण |
अर्जुन शाह |
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने ‘अर्जुन ट्रफी’ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरेका हुन् । |
अन्योलता र अनिश्चितताबीच साग हुने सम्भावना |
कान्तिपुर संवाददाता |
पाकिस्तानी ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले १४ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजनाका लागि फेब्रुअरी २५ र २६ मा बैठक बोलाएका छन् । बैठक पाकिस्तानको लाहोरमा हुनेछ । यससँगै अन्योलता र अनिश्चितताबीच साग हुने सम्भावना बढेको छ । |
आर्सनलले छोट्यायो लिभरपुलसँगको दूरी |
कान्तिपुर संवाददाता |
आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको लिभरपुलसँगको दूरी बुधबार चार अंकमा छोट्याएको छ । यसका लागि उसले उत्तरी लन्डन डर्बीमा टोटनहमलाई २–१ ले हरायो । |
बायर्नको अग्रता फेरि चार अंक |
कान्तिपुर संवाददाता |
लेरोय सेनले प्रत्येक हाफमा गरेको एक-एक गोलको मद्धतले बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा बुधबार होफनहायनलाई सजिलै ५–० ले हराएको छ र लिग तालिकाको शीर्षमा आफ्नो अग्रता फेरि चार अंक पुर्याएको छ । |
इन्टरको बोलोग्नासँग निराशाजनक बराबरी |
कान्तिपुर संवाददाता |
इन्टर मिलानले इटालीको सिरी ए मा बुधबार बोलोग्नासँग २–२ को निराशाजक बराबरी खेलेको छ । यससँगै डिफेन्डिङ च्याम्पियनले अंक तालिकामा आफ्नो उपस्थिति बलियो बनाउने अवसर गुमायो । |
माघ २, २०८१ |
सुदूरपश्चिम र एपीएफको लगातार दोस्रो जित |
अर्जुन शाह |
नेपाल एपीएफ क्लब र घरेलु टोली सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । एपीएफले बुधबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्यो । |
आर्मीका अगाडि पुलिस क्लब निरीह |
भूषण यादव |
त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको फाइनलमा दोस्रो दिनको खेलमा स्पिनरहरूको वर्चस्व रह्यो । बुधबार कुल झरेको २६ मध्येको २५ विकेट स्पिनरका नाममा रह्यो । त्यसमा पनि २२ विकेट देब्रेहाते स्पिनरले लिएका थिए । |
अमेरिकासँग पनि नेपाल पराजित |
कान्तिपुर संवाददाता |
नेपाल आईसीसी महिला यू–१९ ट्वान्टी–२० विश्वकपको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । पहिलो खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित नेपाललाई बुधबार अमेरिकाले ५ विकेटले पराजित गर्यो । अमेरिकाले पहिलो अभ्यास खेलमा न्युजिल्यान्डलाई पराजित गरेको थियो । |
कबड्डी लिगलाई ७५ लाखको प्रायोजन |
कान्तिपुर संवाददाता |
नेपाल कबड्डी लिग (एनकेएल) ले केबी सामलाई प्रमुख प्रायोजकका रूपमा भित्र्याएको छ । एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा शुक्रबारबाट नेपालमा पहिलो पटक कबड्डीको फ्रेन्चाइज लिग हुँदै छ । प्रतियोगिता अब केबी साम नेपाल कबड्डी लिगको नामले सञ्चालन हुनेछ । |
बागमतीमाथि एपीएफको ६ गोल |
कान्तिपुर संवाददाता |
एपीएफले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बागमतीलाई ६–० ले पराजित गरेको छ । एपीएफको जितमा रश्मिकुमारी घिसिङ र सरु लिम्बूले २/२ गोल गरे । अर्को गोल प्रीति राईको नाममा रह्यो । |
लिभरपुललाई फरेस्टको बराबरी धक्का |
कान्तिपुर संवाददाता |
लिभरपुलको इंग्लिस प्रिमियर लिग जित्ने अभियानमा नटिङघम फरेस्टले मंगलबार धक्का दिएको छ । अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टिमबीचको खेल १–१ को बराबरीमा टुंगियो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.