text
stringlengths
2
914
लेभरजकुन शीर्षसँग एक अंकको दूरीमा
कान्तिपुर संवाददाता
एलेक्स ग्रिलमान्डोले दोस्रो हाफमा गरेको गोलको मदतले बायर लेभरकुजनले जर्मन बुंडेसलिगामा मंगलबार मेन्जलाई १–० ले हरायो र शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँगको दूरी एक अंकमा छोट्यायो ।
युभेन्ट्ससँग एटलान्टाको रोमाञ्चक बराबरी
कान्तिपुर संवाददाता
एटलान्टाले इटालीको सिरी ए मा मंगलबार युभेन्ट्ससँग १–१ को रोमाञ्चक बराबरी खेलेको छ । यो नतिजापछि एटलान्टा शीर्षमा रहेको नेपोलीसँग चार अंकको दूरीमा रह्यो । नेपोलीको ४७ अंक छ ।
कबड्डीको पहिचान ब्युँताउन फ्रेन्चाइज लिग
कान्तिपुर संवाददाता
कागजमा कतै नभए पनि बोलीचालीमा कबड्डी नेपालको राष्ट्रिय खेल थियो । भलिबल औपचारिक रूपमै नेपालको राष्ट्रिय खेलका रूपमा सूचीकृत भएपछि कबड्डी नेपालको बोलीचालीको राष्ट्रिय खेलबाट पनि हराइसकेको छ ।
सुदूरपश्चिम र एपीएफ विजयी
अर्जुन शाह
सुदूरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लबको विजयसँगै मंगलबारदेखि धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो ।
सुकुटेमा राष्ट्रिय बिच भलिबल सुरु
अनिश तिवारी
आठौं पुरुष र ७ औं महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिता मंगलबारदेखि चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा सुरु गरिएको छ । नेपाल भलिबल संघ, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघद्वारा आयोजित सुनकोशी नदी किनार बगरमा मंगलबार पहिलो दिन तीन पुरुष र महिलाको चार खेल भएको थियो ।
जय ट्रफी फाइनल हुस्सुले प्रभावित
भूषण यादव
नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको फाइनलको पहिलो दिनको खेल खराब मौसमका कारण प्रभावित बनेको छ । हुस्सुका कारण मंगलबार पहिलो दिनको खेलमा कुल १ सय १ ओभरमध्ये जम्मा १७ ओभरको खेल मात्र सम्भव भएको थियो ।
माघ १, २०८१
तीनपोखरी कपको उपाधि चुलाचुलीलाई
दीपेन्द्र शाक्य
झापाको चुलाचुली क्लबले तीनपोखरी कप आमन्त्रित फुटबलको उपाधि जितेको छ । खाँदबारीमा मंगलबार भएको फाइनलमा चुलाचुलीले आयोजक तीनपोखरी क्लबलाई २–१ गोलले पराजित गर्‍यो । १० औं मिनेटमा तीनपोखरीका खेलाडीले फाउल गरेपछि प्राप्त पेनाल्टीमा चुलाचुलीका तीर्थ बस्नेतले गोल गरेर अग्रता दिलाएका थिए ।
हरमटारी च्याम्पियन
कान्तिपुर संवाददाता
सहिद लखन गाउँपालिका–६ घैरुङस्थित पिपलछापमा भएको हिमालय देवी कप फुटबल प्रतियोगिताको उपाधि सदरमुकामको हरमटारी क्लबले जितेको छ ।
वालिङमाथि पुलिसको सजिलो जित
कान्तिपुर संवाददाता
पुलिसले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा मंगलबार सजिलो जित निकालेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले वालिङलाई ४–१ ले हराएको हो ।
मेसी युगपछि ब्युँझिएको बार्सा
हिमेश
एउटा यही कारणका लागि स्पेनी ला लिगालाई मज्जा नमान्नेहरू पनि छन् । हुन् पनि सन् २००४–२००५ को सिजनयता दुई दशकमा स्पेनी लिग फुटबलमा कोही च्याम्पियन हुन्छ भने त्यो कि त रियल म्याड्रिड हो, होइन भने बार्सिलोना । बीचमा दुईपल्ट एउटा टिमले उनीहरूको एकलौटीमा क्रमभंग गरेको छ र त्यो हो, एटलेटिको म्याड्रिड ।
भिल्लारियललाई हराएर सोसिडाड सातौंमा
कान्तिपुर संवाददाता
स्पेनी ला लिगामा रियल सोसिडाडले सोमबार भिल्लारियललाई १–० ले हराएको छ । जितसँगै सोसिडाड २८ अंकमा सातौं स्थानमा उक्लेको छ र अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम राख्न सफल रह्यो ।
आर्मी र पुलिस उपाधिका लागि भिड्दै
भूषण यादव
त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्दै छन् । वीरगन्जको नारायणी रंगशालामा खेलिने फाइनल तीनदिवसीय संरचनाको हुनेछ, जुन नेपालमा पहिलो पटक हुनेछ ।
आईसीसी यू–१९ विश्वकप अभ्यास खेल : वेस्ट इन्डिजसँग नेपालको झिनो हार
कान्तिपुर संवाददाता
नेपाल आईसीसी महिला यू–१९ ट्वान्टी–२० विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग पराजित भएको छ । मलेसियामा सोमबार सुरु अभ्यास खेलमा वेस्ट इन्डिज यू–१९ ले नेगेरी सेम्बिलानस्थित कलेज टुएन्कु जाफर मैदानमा नेपाललाई ९ रनले पराजित गर्‍यो ।
झापाको चुलाचुली र तीनपोखरी फाइनलमा
कान्तिपुर संवाददाता
झापाको चुलाचुली क्लब खाँदबारीमा भइरहेको तीनपोखरी आमन्त्रित फुटबलको फाइनलमा प्रवेश गरेको छ । चुलाचुलीले सोमबार खाँदबारी रंगशालामा भएको दोस्रो सेमीफाइनलमा एपीएफ कोशी प्रदेशलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्‍यो ।
जित्न आर्मीको संघर्ष
कान्तिपुर संवाददाता
एन्फा वुमेन्स लिगमा अब नतिजाहरू अपेक्षित हुन थालेका छन् र यो क्रम सोमबार पनि जारी रह्यो । त्रिभुवन आर्मी क्लबले बागमतीमाथि प्राप्त गरेको तीन गोलको जित नियमित प्रक्रियाको खेलजस्तै मात्र रह्यो । खालि के मात्रै रह्यो भने यो जितमा पनि आर्मीको संघर्ष लुकेको भने थियो ।
पुस २९, २०८१
अभिषेक यूटीआर टेनिसको पहिलो खेलमा पराजित
कान्तिपुर संवाददाता
नेपालका व्यावसायिक टेनिस खेलाडी अभिषेक बाँस्तोला जापानमा भएको यूटीआर प्रो टेनिस टुरको पहिलो खेलमा पराजित भएका छन् । जापानको नोडामा भएको प्रतियोगिताको मेन्स सिंगल्समा अभिषेकलाई जापानका ताकेतो ताकामिसावाले ६–२, ६–३ को सोझो सेटमा पराजित गरेका हुन् ।
एनकेएल खेल्न आइपुगे घनश्याम
कान्तिपुर संवाददाता
प्रो कबड्डी लिग भारतमा इन्डियन प्रिमियर लिग क्रिकेटजत्तिकै नभए पनि त्यत्तिकै लोकप्रिय खेलमा पर्छ । दुई साताअघि हरियाणा स्टिलर्सले फाइनलमा पटना पाइरेट्सलाई पराजित गर्दै च्याम्पियन भएको थियो । हरियाणाको टोलीमा एक नेपाली खेलाडी घनश्याम रोका मगर थिए ।
चौथो राष्ट्रपति रनिङ सिल्ड लीलाराम माविलाई
माधव ढुंगाना
सिद्धार्थनगरको अन्तरविद्यालय नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्डको उपाधि लीलाराम माध्यमिक विद्यालयले हात पारेको छ ।
दाङ च्याम्पियन
दुर्गालाल केसी
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगितामा दाङ च्याम्पियन बनेको छ । बाँकेलाई ४ विकेटले हराउँदै दाङले छनोट प्रतियोगिताको फाइनल जितेको हो ।
बागमतीमाथि आर्मीको संघर्षपूर्ण जित
कान्तिपुर संवाददाता
आर्मीले एन्फा वुमेन्स लिगमा सोमबार बागमतीमाथि ३–० को जित निकाल्यो, तर यो सजिलो रहेन् र टिमले धेरै हदसम्म संघर्ष गर्न बाध्य रह्यो । यो जितपछि आर्मीको पाँच खेलबाट १० अंक भएको छ ।
यू–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित
कान्तिपुर संवाददाता
आईसीसी यू–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो ।
पहिलो खेलमा नेपाल कीर्गिस्तानको सामना गर्दै
कान्तिपुर संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार वुमेन्स फोर नेसन्स कपको खेल तालिका जारी गरेको छ । त्यस अनुसारले नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानको सामना गर्नेछ । सहभागी हुने अन्य दुई टिममा म्यानमार र लेवनान रहेका छन् ।
शीर्षमा नेपोलीलाई पछ्याउँदै इन्टर
कान्तिपुर संवाददाता
नेपोलीले इटालीको सिरी ए को शीर्ष स्थानमा आफ्नो अग्रतालाई आइतबार चार अंक पुर्‍याएको छ र यसका लागि उसले भेरोनाविरुद्धको खेल २–० ले जित्यो । इन्टर मिलानले नेपोलीलाई पछ्याइरहेको छ र उसले अर्को खेलमा भेनेजिआलाई १–० ले पराजित गर्‍यो ।
ला लिगामा एटलेटिकोलाई एक अंकको अग्रता
कान्तिपुर संवाददाता
लयमा रहेको एटलेटिको म्याड्रिडले स्पेनी ला लिगाको शीर्ष स्थानमा आइतबार एक अंकको अग्रता लिएको छ । उसले ओसासुनालाई १–० ले पराजित गर्दै लिगको आधा यात्रा पूरा गर्दा अगाडि रहेको हो । एटलेटिकोको यो सबै खाले प्रतियोगितामा गरेर लगातार १४ औं जित हो ।
आर्सनललाई पन्छाएर युनाइटेड चौथो चरणमा
कान्तिपुर संवाददाता
जोसुआ जिरकेजीले पेनाल्टीमा निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले आइतबार आर्सनललाई टाइब्रेकरमा ५–३ ले हराएको छ । यससँगै डिफेन्डिङ च्याम्पियन युनाइटेड प्रतियोगिताको चौथो चरण पनि पुगेको छ ।
बार्सिलोनाले जित्यो स्पेनी सुपरकप उपाधि
कान्तिपुर संवाददाता
बार्सिलोनाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर आइतबार रियल म्याड्रिडले ५–२ ले पराजित गरेको छ र कीर्तिमान १५ औं पल्ट स्पेनी सुपरकपको उपाधि जितेको छ ।
जय ट्रफीको फाइनलमा पुलिस र आर्मी
अजित तिवारी , भूषण यादव
जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भीड्ने भएका छन् । चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल दुई दिवसीय संरचनामा भएका थिए । तर अब फाइनल खेल भने तीन दिवसीय हुनेछ ।
पुस २८, २०८१
भक्तबहादुरको ओल्ड ट्रायफोर्ड अनुभव
कान्तिपुर संवाददाता
नेपाली यू–१७ राष्ट्रिय टिमका गोलरक्षक भक्तबहादुर परियार त्यस्तो भाग्यमानी खेलाडी रहे, जसले म्यानचेस्टर युनाइटेडमा अभ्यास र प्रशिक्षणको मौका पाए । ‘थिएटर अफ ड्रिम्स’ नामले समेत चिनिने फुटबल मैदानमा उनीसँगै ६ युवा खेलाडीले हालै क्लबका नाम चलेका खेलाडीसँग खेल्ने अवसर पनि पाए ।
बागमतीमाथि पुलिसको सहज जितसँगै फाइनलमा
अजित तिवारी
नेपाल पुलिस क्लबले जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा आइतबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । पुलिसले यस विजयसँगै फाइनलको औपचारिकता पनि पूरा गरेको थियो ।
दाङ र बाँके फाइनलमा भिड्दै
दुर्गालाल केसी
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा दाङ र बाँके भिड्ने भएका छन् ।
आर्मी ८ विकेटले विजयी
भूषण यादव
त्रिभुवन आर्मी क्लबले जय ट्रफी पुरुष एलिट दुईदिवसीय क्रिकेटमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । नारायणी रंगशालामा आर्मीले २८ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गरी फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
राष्ट्रिय क्लाइम्बिङ स्पोर्ट्स च्याम्पियनसिप हुने
कान्तिपुर संवाददाता
नेपाल क्लाइम्बिङ स्पोर्ट्स संघको आयोजनामा राष्ट्रिय क्लाइम्बिङ स्पोर्ट्स च्याम्पियनसिप चैतमा हुने भएको छ । प्रतियोगिता चैत ८ र ९ दुईदिने हुनेछ र यसमा लिड र बोल्डर गरेर दुई विधामा प्रतिस्पर्धा हुनेछ ।
कुसुन्ती र बीबीसी उपाधिलाई भिड्ने