text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
आयोजक कुसुन्ती क्लब ‘बी’ र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । |
सद्भाव टोलीलाई स्वागत |
कान्तिपुर संवाददाता |
बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८ औं संस्करणमा दोहोरो स्वर्ण विजेता सद्भाव आचार्यसहित नेपाली गल्फ टिम आइतबार स्वदेश फर्किएको छ । सद्भावले प्रतियोगिताको उपाधि जित्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका थिए । |
फागुन पहिलो साता वाग्मती गोल्डकप |
कान्तिपुर संवाददाता |
मकवानपुरको पूर्वीक्षेत्रमा हुने सातौ संस्करणको वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०८१ आगामी फागुनको पहिलो हप्ताबाट सुरु हुने भएको छ । वाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । |
सबलेन्काको उपाधि रक्षा यात्रा सुरु |
कान्तिपुर संवाददाता |
विश्व नम्बर १ तथा दुई पल्टकी डिफेन्डिङ च्याम्पियन आर्यना सबलेन्काले आइतबार अस्ट्रेलियन ओपन २०२५ मा विजयी सुरुवात लिएका छन् । उनले सिधा सेटमा जित निकाल्ने क्रममा अमेरिकाकी सलोनी स्टेफेन्सलाई सजिलै ६–३ र ६–२ ले हराइन् । |
बायर्नको अग्रता चार अंक कायम |
कान्तिपुर संवाददाता |
ह्यारी केनले दोस्रो हाफमा पेनाल्टीबाट गरेको गोल मदतले बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शनिबार बोरुसिया मोन्चेनग्लाडबाखलाई १–० ले हराएको छ र लिग तालिकाको शीर्षमा आफ्नो चार अंकको अग्रतालाई कायम राखेको छ । |
सिटीसँगै ठूला प्रमुख टिम विजयी |
कान्तिपुर संवाददाता |
म्यानचेस्टर सिटीले एफएकपमा शनिबार सालफोर्डलाई एफएकपमा सजिलै ८-० ले हराएको छ । सिटीसँगै ठूला प्रमुख टिम विजयी रहे र प्रतियोगिताको चौथो चरणमा पुगे । लिभरपुलले पनि एक्रिङटन स्टानलीलाई ४-० ले पराजित गर्यो । |
कागलिरीसँग घरमा मिलानको बराबरी |
कान्तिपुर संवाददाता |
सर्जियो कोसेकोले एसी मिलान प्रशिक्षकका रूपमा शनिबार इटालीको सिरी ए मा सानसिरोमा डेब्यु गरेका छन् । तर उनका लागि यो सुखद रहेन । र, खराब खेलिरहेको कागलिरीसँग १–१ को निराशाजनक बराबरी खेल्यो । |
आर्मी जितनजिक |
कान्तिपुर संवाददाता |
त्रिभुवन आर्मी क्लब जय ट्रफी पुरुष एलिट दुईदिवसीय क्रिकेटमा मधेश प्रदेशविरुद्ध विजय नजिक पुगेको छ । यसले आर्मीको फाइनल पुग्ने सम्भावना पनि बलियो बनाएको छ । |
श्रवणको ह्याट्रिक विकेट, पुलिस बलियो |
अजित तिवारी |
नेपाल पुलिस क्लबको जय ट्रफी पुरुष एलिट दुईदिवसीय क्रिकेट प्रतियोगितामा फाइनल यात्रा निश्चित जस्तै भएको छ । पुलिस क्बल शनिबार सुरु तेस्रो चरणको खेलमा बागमती प्रदेशविरुद्ध बल र ब्याट दुवैमा छाएको थियो । |
एन्फा महिला लिग : आर्मीविरुद्ध एपीएफको सान |
कान्तिपुर संवाददाता |
एन्फा महिला लिग फुटबलमा शनिबारको खेल एपीएफ फुटबल क्लबले जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गरेको थियो । एपीएफको यो लगातार चौथो जित हो । |
महिला त्रिकोणात्मक शृंखला : नेपालले डच र थाई टिमसँग खेल्ने |
कान्तिपुर संवाददाता |
नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला हुने भएको छ । जनवरी ३० देखि फेब्रुअरी ७ सम्म हुने त्रिकोणात्मक शृंखला राउन्ड रोबिनमा प्रतिस्पर्धा हुनेछ । तीन राउन्ड रोबिनमा सर्वाधिक अंक बटुल्ने टोली प्रतियोगिता विजेता बन्ने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । |
पुस २७, २०८१ |
सद्भावले जिते बंगलादेश एमेच्योर गल्फ उपाधि |
कान्तिपुर संवाददाता |
नेपाली युवा गल्फर सद्भाव आचार्यले एकपछि अर्को अन्तर्राष्ट्रिय सफलता दिलाएका छन् । उनले शनिबार ३८ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा उपाधि जितेका छन् । सद्भावले बंगलादेशका शफिकुल इस्लाम र मोहम्मद शाहबुद्दिनलाई ६ स्ट्रोकले हराएर उपाधि जितेका हुन् । यो उपाधि जित्ने उनी पहिलो नेपाली गल्फर बनेका छन् । |
अभिषेकले जापानको प्रो टेनिस खेल्ने |
कान्तिपुर संवाददाता |
नेपालका व्यावसायिक टेनिस खेलाडी अभिषेक बाँस्तोलाले जापानमा हुने युटीआर प्रो टेनिस टुरमा प्रतिस्पर्धा गर्ने भएका छन् । |
पुष्पसदनमा विद्यालय चेस च्याम्पियनसिप सुरु |
कान्तिपुर संवाददाता |
कीर्तिपुरको पुष्पसदन आवासीय माध्यमिक विद्यालयद्वारा आयोजित पुष्पसदन अन्तर्राष्ट्रिय विद्यालय चेस च्याम्पियनसिप शनिबार सुरु भएको छ । |
दक्षिण एसियाली स्ट्रिट डिफेन्स स्पर्धा सुरु |
कान्तिपुर संवाददाता |
नेपाल जितकुन्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । |
बास्केटबलमा आयोजक केएमसी विजयी |
कान्तिपुर संवाददाता |
आयोजक केएमसी स्कुलले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार तीन खेल खेल्दा दुई जित पाएको छ । |
प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला क्रिकेटमा दाङ र रूपन्देही सेमिफाइनलमा |
दुर्गालाल केसी |
प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगितामा दाङ र रूपन्देही टिम समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । |
सागकी पदकधारी बक्सर ललिता सम्मानित |
कान्तिपुर संवाददाता |
दक्षिण एसियाली खेलकुदकी पदक विजेता बक्सिङ खेलाडी ललिता महर्जनलाई कमला कार्की स्मृति प्रतिष्ठानले शनिबार नगदसहित सम्मान गरेको छ । |
रन फर युनिटी म्याराथनको उपाधि कल्सुन र अमरनाथलाई |
शंकर आचार्य |
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार वीरगन्जमा आयोजित ‘रन फर युनिटी म्याराथन’ को छात्रातर्फको उपाधि वीरगन्जकी कल्सुन खातुनले हात पारेकी छन् । प्रीति पटेल दोश्रो र सरिता भूल तेश्रो भइन् । छात्रतर्फको उपाधि वीरगन्जका अमरनाथ साहले जिते । म्याराथनमा बारा कोहल्वीका रुपेश माझी दोस्रो र रोहन माझी तेस्रो भए... |
तीनपोखरी कप : बुल्स ११ र चुलाचुली सेमिफाइनलमा |
दीपेन्द्र शाक्य |
मोरङको बुल्स ११ र चुलाचुली झापा खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको खेलमा शीत्तलपाटी फुटवल क्लबलाई २–१ गेलले हराउँदै बुल्स ११ सेमिफाइनलमा पुगेको हो । |
चौथो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई |
सम्झना रसाइली |
चौथो ऋषिङ अल्ट्रा म्याराथन–२०८१ प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले जितेका छन् । |
धेरैजसो रेकर्ड तोड्नु मेरो सपना हो : सन्तोषी श्रेष्ठ |
कान्तिपुर संवाददाता |
सन्तोषी श्रेष्ठ एथलेटिक्स खेलाडी हुन्। श्रेष्ठले १३औँ दक्षिण एसियाली खेलकुदमा महिलाको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेर नेपाली एथलेटिक्सको इतिहासमा नयाँ रेकर्ड राखेकी थिइन् । |
पहिलो विश्वकप खेल्न जाँदै महिला क्रिकेटर |
विनोद पाण्डे |
नेपालको महिला यू–१९ क्रिकेट टोलीले मलेसियामा आउँदो सातादेखि हुने विश्वकपको तयारीस्वरूप घरेलु टोलीसँग ३ अभ्यास खेल खेलेको थियो । अभ्यासमा विपक्षी टोली थियो, राष्ट्रिय महिला टोलीका खेलाडीहरू । यो आधा राष्ट्रिय टोली जस्तो थियो भने आधा नेपाल एपीएफ क्लबजस्तै । |
विश्वकप यात्रामा नेपाली खो–खो टोली, लक्ष्य पदक |
ध्रुव तुलाधर |
भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकपमा नेपालको महिला र पुरुष दुवै टोलीले सहभागिता जनाउने भएको छ । ४३ सदस्यीय नेपाली टोली शनिबार नयाँ दिल्ली जानेछ । यही पुस २९ देखि माघ ६ सम्म हुने प्रतियोगितामा नेपालका १५–१५ पुरुष/महिला खेलाडी, दुई प्रशिक्षक र एक सहायक प्रशिक्षकसहित निर्णायक र संघका पदाधिकारीको सहभागिता रहनेछ ... |
एन्फा महिला लिग : बागमतीको महत्त्वपूर्ण जित |
कान्तिपुर संवाददाता |
बागमती युथ क्लबले एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा शुक्रबार वालिङ नगरपालिका टिमविरुद्ध त्यस्तो जित निकालेको छ, जसले टोलीलाई सम्भवतः प्रतियोगिताको प्लेअफमा पुर्याएको छ । विभागका तीन टिमले प्लेअफ खेल्ने निश्चित जस्तै भइसकेको स्थितिमा चौथो टिमका लागि प्रतिस्पर्धामा यिनै दुई टिम थिए । |
पुस २६, २०८१ |
तीनपोखरी कपमा एपीएफको विजयी सुरूआत |
दीपेन्द्र शाक्य |
खाँदबारीमा शुक्रबारबाट सुरु भएको दोस्रो 'तीनपोखरी कप' आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा एपीएफ कोशी प्रदेशले विजयी सुरुआत गरेको छ । |
तीन श्रीलंकन खेलाडी एनकेएल खेल्न आइपुगे |
कान्तिपुर संवाददाता |
एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) खेल्न श्रीलंकाका तीन खेलाडी आइपुगेका छन् । |
चौथो अन्तरस्कुल केएमसी बास्केटबल शनिबारदेखि |
कान्तिपुर संवाददाता |
केएमसी स्कुलको आयोजनामा चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । |
बीबीसी मेयर कप भेट्रान फुटबलमा विजयी |
कान्तिपुर संवाददाता |
बीबीसी भेट्रान दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा पुगेको छ । बीबीसीले फ्रिडम फाइटर भेट्रान ‘बी’ लाई टाइब्रेकरमा पराजित गर्यो । |
यू–१४ टेनिस टोली श्रीलंका जाने |
कान्तिपुर संवाददाता |
आईटीएफ एसिया यु–१४ डेभलपमेन्ट च्याम्पियनसिपमा भाग लिन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंकाको कोलम्बो जाने भएको छ । |
वालिङलाई हराएपछि बागमतीको प्ले-अफ सम्भावना |
कान्तिपुर संवाददाता |
बागमतीले एन्फा वुमेन्स लिगमा शुक्रबार बालिङलाई २–० ले हराएको छ । यससँगै वालिङको प्ले–अफका लागि छनोट हुने सम्भावना बढेको छ । दोस्रो चरणमा प्राप्त पहिलो जितपछि बागमतीको तीन अंक भएको छ । |
यू-१९ विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ |
कान्तिपुर संवाददाता |
यू-१९ महिला विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली टोलीको बिदाइ कार्यक्रम राखेको हो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले नेपाली शुभकामना दिएका थिए । नेपाली टोली शनिबार दिउँसो मलेसिया प्रस्थ... |
‘दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’ |
कान्तिपुर संवाददाता |
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.