text
stringlengths
2
914
रियल म्याड्रिड स्पेनी सुपरकपको फाइनलमा
कान्तिपुर संवाददाता
जुड बेलिङ्घम र रोड्रिगोको गोल मद्धतले रियल म्याड्रिडले बिहीबार रियल मार्लोकालाई ३–० ले हराएको छ र स्पेनी सुपरकपको फाइनलमा प्रवेश गरेको छ ।
जय ट्रफी क्रिकेट : पुलिसको इनिङ्स जित
भूषण यादव
नेपाल पुलिस क्लब जय ट्रफी पुरुष एलिट कप दुईदिवसीय क्रिकेटमा जित हात पार्ने पहिलो टोली बनेको छ । पुलिसले वीरगन्जमा बिहीबार मधेश प्रदेशविरुद्ध एक इनिङ्स र ३५ रनको जित पायो । नारायणी क्रिकेट रंगशालामा मधेशको दोस्रो इनिङ्स ९४ रनमै समेटेपछि पुलिसको जित सम्भव भयो ।
बैतडी विजेता
कान्तिपुर संवाददाता
बैतडीले बिहीबार प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेटको उपाधि जितेको छ । बिहीबार फाइनलमा कञ्चनपुरलाई ६ विकेटले पराजित हरायो । जानकी थापाको अलराउन्ड प्रदर्शनमा बैतडीले ७२ रनको लक्ष्य १२.२ ओभरभित्र ४ विकेट क्षतिमा पूरा गरेको थियो ।
बागमती र आर्मीको अर्को बराबरी
अजित तिवारी
त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल बराबरीमा टुंगिएको छ । जय ट्रफी क्रिकेटमा दोस्रो दिन बिहीबार दोस्रो इनिङ्समा आर्मीले बागमतीका सबै विकेट लिन नसक्दा खेल बराबरीमा पुगेको हो ।
अनिताको ह्याट्रिकमा पुलिस स्तब्ध
हिमेश
यो यस्तो नतिजा हो, जसबारे कमैले चिताएका थिए । एपीएफले पुलिस क्लबमाथि आधा दर्जन गोल गर्छ भनेर कसले पो दाबी गर्न सक्छ र ? तर, भयो यस्तै । यो नतिजालेदेखाउँछ घरेलु महिला फुटबलमा एपीएफ कति धेरै अगाडि छ ।
पुस २५, २०८१
बंगलादेश एमेच्योर गल्फ : नेपाललाई टिम इभेन्टमा स्वर्ण
कान्तिपुर संवाददाता
नेपालले ३८ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ । ढाकामा भइरहेको स्पर्धामा घरेलु बंगलादेश ‘बी’ टिमलाई १६ स्ट्रोकले पछि पार्दै नेपालले स्वर्ण जितेको हो । सदभाव आचार्य र राहुल बिकेको जोडीले इभन–पार २८८ स्कोर गरेका थिए ।
दाङ र नवलपरासीको विजयी सुरुवात
दुर्गालाल केसी
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत भएको पहिलो दिनको खेलमा बिहीबार दाङ र नवलपरासीले विजयी सुरुवात गरेका छन् ।
टेनिस खेलाडी शिभालीलाई २० लाखको प्रायोजन
कान्तिपुर संवाददाता
भाटभटेनी सुपरमार्केटलगायत संस्थाहरूले टेनिस खेलाडी शिभाली गुरुङलाई २० लाख रुपैयाँबराबरको प्रायोजन गरेको छ । १३ वर्षीया शिभाली टेनिसकी उदीयमान खेलाडी हुन् ।
चाबहिल भेट्रान फुटबलको क्वाटरफाइनलमा
कान्तिपुर संवाददाता
चाबहिल भेट्रान दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनल पुगेको छ । जावलाखेल मैदानमा चावहिलले डिफेन्डिङ च्याम्पियन कुपन्डोल ४० प्लस भेट्रानलाई ३–० गोलले पराजित गर्‍यो । चावहिलका अजब श्रेष्ठले २ र राजनलाल नेपालीले १ गोल गरे ।
राजधानीमा दक्षिण एसियाली स्ट्रिट डिफेन्स हुने
कान्तिपुर संवाददाता
नेपाल जितकुन्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबार हुने भएको छ । दक्षिण एसियाली स्ट्रिट डिफेन्स नेपालमा पहिलो पटक हुन लागेको हो ।
उपाधिमाथि एपीएफको बलियो दावेदारी
कान्तिपुर संवाददाता
एपीएफले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बिहीबार पुलिसलाई ६–० ले पराजित गर्दै उपाधिमाथि बलियो दावेदारी प्रस्तुत गरेको छ । विभागीय डर्बीमा एपीएफको यो शानदार जित रह्यो । एपीएफको यो जितमा नायक रहिन्, कप्तान अनिता बस्नेत ।
प्रधानमन्त्री कप महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीलाई
मनोज बडू
प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ ।बिहीबार सम्पन्न फाइनल खेलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै बैतडीले उपाधि हात पारेको हो ।
त्रिभुवन आर्मीलाई मदन भण्डारी स्पोर्ट्स भलिबलको उपाधि
घनश्याम गौतम
त्रिभुवन आर्मी क्लबले बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ ।
प्रिमियर लिगमा छाइरहेका इसाक
हिमेश
यसपल्ट इंग्लिस फुटबलमा कोही एक खेलाडीको धेरै चर्चा भइरहेको छ भने ती हुन्, एलेक्जान्डर इसाक । उनले न्युकासल युनाइटेडका लागि गजब खेलिरहेका छन् । त्यसैले ट्रान्सफर मार्केटमा उनलाई लिएर व्यापक होहल्ला चलिरहेको छ ।
गुलशनको ५ विकेटमा पुलिसलाई अग्रता
भूषण यादव
मधेश प्रदेशको नाटकीय पतनपछि नेपाल पुलिस क्लबले वीरगन्जमा भएको जय ट्रफी दुईदिवसीय क्रिकेटमा पहिलो दिन ४५ रनको अग्रता लिएको छ । टस हारेर ब्याटिङमा आएको मधेशले निकै राम्रो सुरुआत गरेको थियो ।
आर्मीभन्दा बागमती १५२ रनले पछाडि
अजित तिवारी
त्रिभुवन आर्मी क्लब जय ट्रफी पुरुष एलिट कप दुईदिवसीय क्रिकेटमा पूरा ६० ओभर खेल्ने पहिलो टोली बनेको छ । विभागीय टोली आर्मीले बुधबार पहिलो इनिङ्समा तोकिएको पूरै ६० ओभर खेलेर ५ विकेट गुमाई २ सय ७६ रन बनायो ।
बिलबाओलाई हराएर बार्सिलोना फाइनलमा
कान्तिपुर संवाददाता
युवा खेलाडी गाभी र लामिन यामलको गोलको मद्धतले बार्सिलोनाले बुधबार एथलेटिको बिलबाओलाई २-० ले पराजित गर्दै स्पेनी सुपरकपको फाइनल यात्रा तय गरेको छ ।
लिभरपुलमाथि टोटनहमलाई झिनो अग्रता
कान्तिपुर संवाददाता
लुकास बेरगभालले गरेको एक मात्र गोलको मद्धतमा टोटनहमले लिगकप सेमीफाइनल पहिलो लेगमा बुधबार लिभरपुललाई १–० ले हराएको छ ।
पुस २४, २०८१
बंगलादेश एमेच्यायर गल्फमा नेपाली गल्फर सद्भावको अग्रता
कान्तिपुर संवाददाता
नेपाली गल्फर सद्भाव आचार्य ३८ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको पहिलो दिन शीर्षस्थानमा ओगटेका छन् ।
साफ च्याम्पियनसिप ‘होम अर अवे’को आधारमा हुने
कान्तिपुर संवाददाता
दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप अबदेखि ‘होम अर अवे’को आधारमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बुधबारको बैठकले यो निर्णय गरेको हो ।
राजधानीमा दसौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन
कान्तिपुर संवाददाता
कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालयको बुधबार उद्घाटन गरिएको छ । दसौं राष्ट्रियको कार्य प्रभावकारी ढंगले अगाडि बढाउन त्रिपुरेश्वरस्थित राखेप कार्यालय भवनको दोस्रो तलामा सचिवालय स्थापना गरिएको छ । गत मंसिर २१ गते बसेको राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद चैत २३ देखि ३० सम्म गर्ने निर्णय ग...
एन्फा वुमेन्स लिग : वालिङमाथि आर्मीको एक दर्जन गोल
कान्तिपुर संवाददाता
आर्मीले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बुधबार अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित निकालेको छ । आर्मीले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङलाई १२–० ले पराजित गरेको हो । यो जितपछि आर्मीको ७ अंक भएको छ र गोल अन्तरको आधारमा शीर्ष स्थानमा उक्लेको छ ।
मदन भण्डारी इन्डो–नेपाल भलिबलको उपाधिका लागि बिहीबार पुलिस र आर्मी भिड्ने
घनश्याम गौतम
बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच बिहीबार हुने भएको छ । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएसँगै आर्मी फाइनल पुगेको हो ।
मूलपानी क्रिकेट रंगशाला बनाउन स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन
कान्तिपुर संवाददाता
संसदीय समितिले मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार संसद्को संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिवलगायतसँग छलफल गरेर समितिले रंगशाला निर्माणका लागि छिटो आर्थिक स्रोत उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।
प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला छनोट प्रतियोगिता पुस २५ देखि लमहीमा हुने
दुर्गालाल केसी
प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा यही पुस २५ गतेदेखि २९ गतेसम्म लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी–२० छनोट प्रतियोगिता हुन लागेको हो ।
प्रिमियर लिगमा फरेस्टको उडान
रोयटर्स
नुनो स्प्रिरिटो सान्टो भावनामा बग्न चाहँदैनन् । तर, उनी दंग छन् । उनको नटिङ्घम फरेस्टले उत्कृष्ट लय सोमबार पनि कायम राख्यो । फरेस्टले इंग्लिस प्रिमियर लिगमा लगातार छैटौं निकाल्ने क्रममा उल्भसलाई हरायो ।
न्युकासल लिग कप फाइनल नजिक
कान्तिपुर संवाददाता
न्युकासल युनाइटेडले लिगकप फाइनल नजिक पुग्ने क्रममा मंगलबार आर्सनललाई पराजित गरेको छ । इमिरेट्समा भएको प्रतियोगिताको सेमीफाइनल पहिलो लेगमा उसले २–० को जित निकालेको हो ।
पुस २३, २०८१
नेसनल स्पोर्ट्स एकेडेमीलाई इलाइट मुभर्सको सहयोग
कान्तिपुर संवाददाता
राष्ट्रिय क्रिकेट टोलीका ब्याटरद्वय दाजुभाइ आरिफ र आसिफ शेख ब्रान्ड एम्बासडर रहेको वीरगन्जको नेसनल स्पोर्ट्स एकेडेमी र शैक्षिक परामर्स संस्था इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीबीच खेल र खेलाडीको विकास गर्ने उद्देश्यसहित समझदारी भएको छ ।
घोराही मेयर कपको उपाधि १३ नं. वडालाई
दुर्गालाल केसी
सातौँ संस्करणको घोराही मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १३ ले जितेको छ। घोराही १८ नवलपुर फुटबल मैदानमा मंगलबार भएको फाइनल खेलमा वडा नम्बर १३ ले वडा नम्बर १५ लाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
फिदिम भेट्रान्स गोल्डकप माघमा
कान्तिपुर संवाददाता
फिदिम माविको खेल मैदानमा भेट्रान्स कप फुटबल प्रतियोगिता माघ ९ देखि १२ सम्म हुने भएको छ । प्रतियोगितामा नेपालका ७ र भारतका १ टिम सहभागी हुनेछन् । आयोजक फिदिम भेट्रान्स क्लबले टिमा दुई ३८ वर्ष पूरा भएका र बाँकी ४० वर्ष पार गरेका खेलाडी सहभागी गराउन पाउने जनाएको छ ।
सोल्मा र नुनथला फाइनल प्रवेश
डम्बरसिं राई
लफ्याङस्थित रणजीतमान राई खेलमैदानमा जारी मझुवागढी कालिका भगवती फुटबल प्रतियोगितामा सोल्मा स्पोर्ट्स क्लब र नुनथला स्पोर्ट्स क्लब फाइनल प्रवेश गरेका छन् ।
कबड्डी लिग खेल्न थाइल्यान्डका ६ खेलाडी
कान्तिपुर संवाददाता
आसन्न नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी मंगलबार काठमाडौं आइपुगेका छन् ।
वाग्मतीलाई हराउन पुलिसको संघर्ष