text
stringlengths
2
914
कान्तिपुर संवाददाता
पुलिसले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा मंगलबार वाग्मतीलाई हराउन संघर्ष गर्नु पर्‍यो । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले वाग्मतीलाई २–० ले हराएको हो । पुलिसले अपेक्षाअनुसार फराकिलो जित निकाल्न सकेन ।
अमृत पब्लिक माविलाई राष्ट्रपति रनिङ सिल्ड
माधव अर्याल
तीन दिनसम्म चलेको रम्भा गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ सिल्ड रम्भा गाउँपालिका–३, पीपलडाँडास्थित अमृत पब्लिक मावि अगाहाखोलाले जितेको छ ।अमृत पब्लिकले १५ स्वर्ण, ५ रजत र ३ काँस्य गरी २३ पदकसहित पहिलो भएको हो ।
नेपाल पुलिस क्लब मदन भण्डारी इन्डो नेपाल भलिबलको फाइनलमा
घनश्याम गौतम
नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा फाइनल प्रवेश गरेको छ ।
प्रधानमन्त्रीबाट पदक विजेतालाई पुरस्कार प्रदान
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले वुमेन्स साफ च्याम्पियनसिप-२०२४, एसियाली कराँते च्याम्पिनयसिप र कावा बिच भलिबलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकलाई मंगलबार सम्मान र पुरस्कार प्रदान गरेका छन् ।
जय ट्रफी मेन्स इलाइट कप प्रतियोगिता : दुवै खेलमा निस्किएन नतिजा
अजित तिवारी , भूषण यादव
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको जय ट्रफी मेन्स इलाइट कप प्रतियोगितfको दुवै खेल बराबरीमा सकिएको छ । आर्मी र पुलिस एवं वाग्मती र मधेशबीच भएको दुई दिवसीय खेल बराबरीमा सकिएको हो । प्रतियोगितामा कुल चार टिम सहभागी रहने छन् । क्यानका पूर्व अध्यक्ष जयकुमारनाथ शाहको स्मृतिको उनकै नाम राखेर यो प्रतियोगिता हुने भएक...
एपीएफको ठूलो अन्तरको जित
कान्तिपुर संवाददाता
एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितको सुरुआती छनक देखाएको छ । त्यसको झल्को एपीएफले सोमबारको खेलमा पनि देखायो । एपीएफले ठूलो अन्तरको जित हात पार्नेक्रममा वालिङ नगरपालिका टिमलाई सजिलै ९–० ले हराएको छ ।
खाँदबारीमा तीनपोखरी कप हुने
कान्तिपुर संवाददाता
दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता खाँदबारीमा माघ २६ देखि हुने भएको छ ।
मिलानले जित्यो इटालियन सुपरकप
कान्तिपुर संवाददाता
टामी अब्राहमले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले एसी मिलानले सोमबार इन्टर मिलानलाई ३–२ ले पराजित गर्दै इटालियन सुपरकपको उपाधि जितेको छ । नयाँ प्रशिक्षकका रूपमा सर्जियो कोन्सेस्को आएयता मिलानले यो उपाधि जितेको हो ।
फरेस्टको उपाधि चुनौती कायम
कान्तिपुर संवाददाता
नटिङघम फरेस्टको इंग्लिस प्रिमियर लिग उपाधिमाथि नाटकीय चुनौती सोमबार कायम रह्यो र उसले उल्भ्सलाई ३–० ले हरायो । उसका लागि मोर्गन गिब्स–ह्वाइट र लयमा रहेका क्रिस उडले पहिलो हाफमै गोल गरे ।
पाकिस्तानलाई हराएर दक्षिण अफ्रिका टेस्ट तालिकाको शीर्षमा
कान्तिपुर संवाददाता
दक्षिण अफ्रिकाले सोमबार पाकिस्तानलाई दोस्रो टेस्टमा १० विकेटले पराजित गर्दै दुई टेस्टको सिरिज ह्वाइटवास गरेको छ । यो जितसँगै दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पिनयसिप तालिकाको शीर्षमा रहने निश्चित भएको छ ।
पुस २२, २०८१
महिला राष्ट्रिय क्रिकेट धनगढीमा
कान्तिपुर संवाददाता
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुने भएको छ । ९ टोली सहभागी प्रतियोगिता फाप्ला क्रिकेट मैदानमा ११ दिनसम्म चल्नेछ । त्रिभुवन आर्मी क्लबले यसै प्रतियोगिताबाट पहिलो पटक महिला क्रिकेट टोली मैदानमा उतार्ने छ ।
कोशी र इटहरी नमुना विजयी
अर्जुन सुवेदी
कोशी क्याम्पसले इटहरीमा जारी प्रदेशस्तरीय दोस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । इटहरी आदर्श जायन्ट्सको आयोजनामा सोमबार सुरु प्रतियोगिताको उद्घाटन खेलमा कोशीले दमकको आस्था कलेजमाथि २६ रनको जित निकाल्यो ।
मयनको शतकीय कोसेढुंगा
अजित तिवारी
ब्याटर मयन यादव जय ट्रफी पुरुष एलिट कप दुईदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो ब्याटर बनेका छन् । मधेश प्रदेशका उनले सोमबार जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा बागमती प्रदेशविरुद्ध १ सय ६ रन बनाएका थिए ।
जय ट्रफी : आर्मी र पुलिसको खेल बराबरी
भूषण यादव
शाहब आलमले घरेलु क्रिकेटकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । त्रिभुवन आर्मी क्लबबाट खेल्दै उनले सोमबार जय ट्रफी पुरुष एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबविरुद्ध ८ विकेट लिए । अघिल्लो दिन ५ विकेट लिएका उनले पुलिसको बाँकी रहेको ३ विकेट पनि लिए ।
इन्डो-नेपाल भलिबल : आर्मीसँग हारेपछि बाहिरियो एपीएफ
घनश्याम गौतम
बुटवलको रामनगरमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गुजरात स्टेट भलिबल भारत र मणिमुकुन्द भलिबल क्लब सेमिफाइनल पुगेका छन् । सोमबार चरण समूहको खेल सकिएसँगै चार टिमले अन्तिम चारको तय गरेका हुन् ।
राइट टु प्रोटिन रन हाफ म्याराथन माघ १२ मा
कान्तिपुर संवाददाता
नेपाल भेटेरिनरी एसोसिएसनले राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण माघ १२ मा आयोजना गर्ने भएको छ । प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले राइट टु प्रोटिन हाफ म्याराथन हुँदै आएको छ ।
आयोजक कुसुन्ती युवा विजयी
कान्तिपुर संवाददाता
आयोजक कुसुन्ती युवा क्लब ‘ए’ ले दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता सोमबार विजयी सुरुआत गरेको छ । जावलाखेल मैदानमा कुसुन्तीले बीबीसी सिंगापुर भेट्रानलाई १–० गोलले हरायो ।
१७औं धर्मश्री शारीरिक सुगठन चैतमा, विजेताले १२ लाख जित्ने
कान्तिपुर संवाददाता
शारीरिक सुगठनको प्रतिष्ठित प्रतियोगिता धर्मश्रीको १७ औं संस्करण पुरस्कार र सहभागिताका कारण अहिलेसम्मकै ठूलो हुने भएको छ ।
ठूलो अन्तरको जितसँगै एपीएफ शीर्षमा
कान्तिपुर संवाददाता
एपीएफले एन्फा वुमेन्स लिग २०२४–२०२५ मा सोमबार लगातार दोस्रो जित निकालेको छ र शीर्ष स्थानमा उक्लेको छ । उसले ठूलो अन्तरको जित हात पार्ने क्रममा वालिङलाई सजिलै ९–० ले हरायो ।
लिभरपुलसँग युनाइटेडको बहादुरीपूर्ण बराबरी
कान्तिपुर संवाददाता
म्यानचेस्टर युनाइटेडले आफ्नो लगातार चार खेलको हार क्रममा पूर्ण विराम लगाउँदै आइतबार इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई २–२ को बहादुरीपूर्ण बराबरीमा रोकेको छ ।
ललितको ७ विकेट
भूषण यादव
ललित राजवंशीले नेपाल प्रिमियर लिगमा गरेको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएपछि नेपाल पुलिस क्लबले बलियो ब्याटिङ रहेको त्रिभुवन आर्मी क्लब धरासायी बनाएको छ । ललितले ७ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको आर्मी ३४.४ ओभरमा १ सय २१ रनमा अलआउट भयो ।
धैर्यविहीन ब्याटर, स्पिनरको दबदबा
अजित तिवारी
उद्घाटन खेलमा मधेश प्रदेश घरेलु मैदानमा १ सय २ रनमै अलआउट भएको छ । मधेशको इनिङ्स आइतबार ३५.३ ओभरमै खुम्चिएको थियो । जनकपुरको रामजानकी बहुउद्देश्य रंगशालामा मधेशले कमजोर ब्याटिङ गरेको थियो ।
पुस २१, २०८१
नुवाकोटमा झिल्टुङ 'क्रसकन्ट्री' दौड हुने
रासस
बेलकोटगडी नगरपालिका–५ नुवाकोटको आयोजना तथा एथ्लेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा ‘नवौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता’हुने भएको छ ।
पुलिस र आर्मीबीच तनावपूर्ण बराबरी
कान्तिपुर संवाददाता
एन्फा वुमेन्स लिग २०२४–२०२५ को दोस्रो चरणमा आइतबार पुलिस र आर्मी भिड्दा कुनै गोल निस्केन र खेल बराबरीमा टुंगियो । तर सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेल भने तनावपूर्ण रह्यो ।
मदन भण्डारी इन्डो नेपाल भलिबलमा गल्कोटको लज्जास्पद हार
घनश्याम गौतम
बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको आइतबार भएको दोस्रो खेलमा गल्कोट भलिबल क्लब बागलुङले लज्जास्पद हार बेहोरेको छ ।
मदन भण्डारी इन्डो-नेपाल भलिबलमा मणिमुकुन्द विजयी
घनश्याम गौतम
बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको आइतवार भएको पहिलो खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी भएको छ ।
अस्ट्रेलियाले जित्यो भारतविरुद्धको टेस्ट सिरिज
कान्तिपुर संवाददाता
अस्ट्रेलियाले पाँचौं, अन्तिम तथा निर्णायक टेस्टमा आइतबार भारतलाई ६ विकेटले पराजित गरेको छ । सिडनी क्रिकेट मैदानमा जितका लागि १ सय ६२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले चार विकेट गुमाएर त्यसलाई प्राप्त गरेको थियो ।
यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
कान्तिपुर संवाददाता
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसीसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।
उपाधि होडमा आर्सनललाई धक्का
कान्तिपुर संवाददाता
आर्सनलले इंग्लिस प्रिमियर लिगको उपाधि होडमा शनिबार धक्का महसुस गर्नु परेको छ र शीर्षमा रहेको लिभरपुलभन्दा कमजोर भएको छ । आर्सनलले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो ।
पुस २०, २०८१
रग्बीका रोहन र सिर्जना उत्कृष्ट
कान्तिपुर संवाददाता
नेपाल रग्बी संघले पुरुषमा रोहन डंगोल र महिलामा सिर्जना राईलाई वर्ष उत्कृष्ट रग्बी खेलाडीबाट पुरस्कृत गरेको छ ।
बाबा ११ पोखरिया निरन्तर पाँचौ पटक च्याम्पियन
शंकर आचार्य
प्रिन्स ११ सेढवा भारत बिहारलाई ५ विकेटले पराजित गर्दै बाबा ११ पोखरियाले छैठौं पोखरिया मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।
तेक्वान्दो लिगमा आशिष र सपना उत्कृष्ट
कान्तिपुर संवाददाता
काठमाडौंका आशिष भुजेल र सपना रिखाम दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार उत्कृष्ट खेलाडी चुनिएका छन् । उत्कृष्ट बनेका आशिषले पुरुष ६८ केजीमुनि र सपनाले महिला ४६ केजीमुनि स्वर्ण पदक जितेका थिए ।
इस्टपोललाई नगरस्तरीय सिल्ड
कान्तिपुर संवाददाता