text
stringlengths
2
914
गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि इस्टपोल माविले जितेको छ ।
विजय र एरिकालाई एनएनआईपीए सर्वोत्कृष्ट अवार्ड
कान्तिपुर संवाददाता
उसुका विजय सिन्जाली र करातेकी एरिका गुरुङ १९ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड–२०८० मा सर्वोत्कृष्ट खेलाडी अवार्ड जित्न सफल भएका छन् ।
त्रिवेणी कपमा एपीएफ बन्यो च्याम्पियन
आश गुरुङ
विभागीय टिम एपीएफ फुटबल क्लब लमजुङमा सञ्चालित त्रिवेणी कप फुटबल प्रतियोगिताको ३२ औं संस्करणमा च्याम्पियन बनेको छ ।
मदन भण्डारी इन्डो नेपाल भलिबलमा गुजरात र त्रिभुवन आर्मीको सहज जित
घनश्याम गौतम
बुटवलमा जारी मदन भण्डारी गोल्ड कप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको शनिबारको दोस्रो र तेस्रो खेलमा गुजरात भलिबल स्टेट भारत र त्रिभुवन आर्मी क्लबले सहज जित निकालेका छन् । गुजरातले विभागीय टिम एपीएफलाई र त्रिभुवन आर्मीले गल्कोट भलिबल क्लबलाई पराजित गरेका हुन् ।
प्रधानमन्त्री कप महिला क्रिकेटमा बैतडी फाइनल प्रवेश
मनोज बडू
प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगितामा बैतडी फाइनलमा प्रवेश गरेको छ । शनिबारको दोस्रो खेलमा डोटीलाई हराउँदै बैतडीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
किंग्स क्रिकेट एकेडेमीलाई स्युचाटार क्रिकेट लिगको उपाधि
कान्तिपुर संवाददाता
स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ ।
वाग्मतीमाथि एपीएफको सजिलो जित
कान्तिपुर संवाददाता
रश्मीकुमारी घिसिङको ह्याट्रिकको मद्दतले डिफेन्डिङ च्याम्पियन एपीएफले एन्फा वुमेन्स लिग २०२४–२०२५ को दोस्रो चरणको आफ्नो पहिलो खेलमा शनिबार सजिलो जित हात पारेको छ । उसले वाग्मतीलाई ५–१ ले हरायो र ३ अंक बटुल्यो ।
मदन भण्डारी इन्डो-नेपाल भलिबलमा नेपाल प्रहरीको सहज जित
घनश्याम गौतम
बुटवलमा जारी मदन भण्डारी गोल्ड कप इन्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको शनिबारको पहिलो खेलमा नेपाल प्रहरी विजयी भएको छ । आज बिहानदेखिको बुटवलका चिसो मौसममा नेपाल पुलिस क्लबले मणिमुकुन्दलाई ३–१ को सेटमा पराजित गरेको हो ।
निर्णायक सिड्नी टेस्ट रोमाञ्चक मोडमा
कान्तिपुर संवाददाता
अस्ट्रेलिया र भारतबीच सिड्नी क्रिकेट मैदानमा चलिरहेको पाँचौं तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । टेस्टको दोस्रो दिन समाप्त हुँदा भारतले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै ६ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको छ ।
पुष्प सदनले स्कुल चेस र टेबलटेनिस प्रतियोगिता आयोजना गर्दै
कान्तिपुर संवाददाता
कीर्तिपुरमाको पुष्प सदन आवासीय माध्यमिक विद्यालयले अन्तरविद्यालयस्तरीय चेस तथा टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एपीएफलाई सफलता
घनश्याम गौतम
एपीएफ क्लबले शुक्रबार बुटवलमा भइरहेको मदन भण्डारी गोल्डकप इन्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिपमा कठिन जित निकालेको छ ।
राष्ट्रिय इ-स्पोर्ट्स फागुनमा
कान्तिपुर संवाददाता
इ-स्पोर्ट्स संघ नेपाल (इशान) को वार्षिक क्यालेन्डरअनुसार दोस्रो इ–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप फागुन दोस्रो साता हुने भएको छ ।
रातो बल र सेतो पोसाकमा नेपाली क्रिकेटको नयाँ आयाम
विनोद पाण्डे
रातो बल र सेतो पोसाक नेपाली क्रिकेटको नयाँ आयाम हो,’ तत्कालीन कप्तान पारस खड्काले १० वर्षअघि श्रीलंका उड्नुअघि भनेका थिए । बंगलादेशमा ट्वान्टी–२० विश्वपकप खेलेर आएको वर्ष सन् २०१४ मा नेपालले श्रीलंकामा बहुदिवसीय खेल खेल्ने तयारी थियो ।
फाइनलमा मिलान छिमेकी इन्टरको सामना गर्दै
कान्तिपुर संवाददाता
इटालियन सुपर कपको फाइनलमा एसी मिलानले छिमेकी इन्टर मिलानको सामना गर्ने भएको छ । साउदी अरेबियाको रियादमा शुक्रबार भएको खेलमा सेमिफाइनलमा मिलानले एक गोलले पछाडि परेको स्थिति उल्टाएर युभेन्ट्सलाई २–१ ले हरायो ।
भ्यालेन्सियामाथि रियलको नाटकीय जित
कान्तिपुर संवाददाता
दस खेलाडीमा सीमित रियल म्याड्रिडले स्पेनी ला लिगामा शुक्रबार भ्यालेन्सियालाई नाटकीय रूपमा २–१ ले पराजित गरेको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
पुस १९, २०८१
त्रिवेणी कप : एपीएफ र बीवाईसी फाइनलमा
आश गुरुङ
लमजुङको बेंसीसहरमा भइरहेको ३२ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा पहिलो पटक भाग लिएको एपीएफ क्लव र बुद्ध युवा क्लब (बीवाईसी) भोटेओडार फाइनलमा पुगेको छ । सहजी खेलमैदानमा शुक्रबार एपीएफले आयोजक त्रिवेणी युवा क्लबलाई २–१ ले हरायो । एपीएफले यसअघि नवलपुरमा सम्पन्न सातौं राइनो गोल्डकप उचालेको थियो ।
इ–स्पोर्ट्स च्याम्पियनसिप फागुनमा, निश्चल ब्रान्ड एम्बासडर
कान्तिपुर संवाददाता
इ–स्पोर्ट्स संघ नेपाल (इशान) को वार्षिक क्यालेन्डरअनुसार दोस्रो इ–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप फागुन दोस्रो साता हुने भएको छ ।
वालिङमाथि पुलिसको पाँच गोल
कान्तिपुर संवाददाता
पुलिसले एन्फा वुमेन्स लिग २०२४–२०२५ को दोस्रो चरणमा उत्कृष्ट सुरुआत लिने क्रममा शुक्रबार वालिङमाथि सजिलो ५–० को जित निकालेको छ ।
अस्ट्रेलियाविरुद्ध भारतको कमजोर सुरुवात
कान्तिपुर संवाददाता
भारतले अस्ट्रेलियाविरुद्धको पाँचौं, अन्तिम तथा निर्णायक टेस्टमा शुक्रबार कमजोर सुरुवात गरेको छ । पहिलो दिनको खेलमा भारत पहिले ब्याटिङ गर्दै १ सय ८५ रनमा अलआउट भएको थियो । त्यसको जवाफमा अस्ट्रेलियाले १ विकेट गुमाएर ९ रन बनाएको छ ।
चित्लाङ क्लब फाइनलमा
कान्तिपुर संवाददाता
दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधिका लागि काठमाडौं र दोलखा जिल्लाको लिग च्याम्पियन क्लब भिड्ने छन् ।
सभापति कप विजेताले २६ लाख पाउने
कान्तिपुर संवाददाता
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता माघ १० देखि हुने भएको छ ।
त्रिवेणीमा आर्मीको हार
कान्तिपुर संवाददाता
सदरमुकाम बेंसीसहरमा भइरहेको ३२ औं त्रिवेणी कप फुटवल प्रतियोगितामा बिहीबारको खेलबाट नवलपुरको अभिषेक चर्च रजहर र उपाधि दाबेदार त्रिभुवन आर्मी फुटबल क्लब बाहिरिएका छन् ।
जय ट्रफीलाई धमाधम तयारी
अजित तिवारी
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पुस २१ देखि जनकपुर र वीरगन्जमा दुईदिवसीय जय ट्रफी क्रिकेट प्रतियोगिता हुँदै छ । चार टिमबीच हुने यो प्रतियोगिता माघ ३ सम्म चल्नेछ ।
आर्मीको जित, विमलाको गोल
कान्तिपुर संवाददाता
बागमती युथ क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध खेल अगाडि नै दुई गोलको हारको विकल्प दिएको भए, त्यसलाई दुवै हातले लिन्थ्यो होला । यस्तो किनभन्दा बागमतीको रणनीति नै थियो, आर्मीसँग कम गोल खाने । अनि सक्दो राम्रो खेल्ने । सायद धेरै हदसम्म बागमती यसमा सफल रह्यो ।
इन्टर इटालियन सुपरकपको फाइनलमा
कान्तिपुर संवाददाता
डेनजेल डुमफ्रेसले गरेको दुई गोलको मद्दतले इन्टर मिलानले एटलान्टालाई २–० ले पराजित गर्दै इटालियन सुपरकपको फाइनल यात्रा तय गरेको छ ।
पुस १८, २०८१
बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि
कान्तिपुर संवाददाता
टोखा नगरपालिकाको आयोजनामा दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शुक्रबार सुरु हुँदै छ ।
सभापति कप फुटबल विजेताले २६ लाख पाउने
कान्तिपुर संवाददाता
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता माघ १० देखि हुने भएको छ ।
मनमैंजुमा शनिबार एनएनआईपीए अवार्ड
कान्तिपुर संवाददाता
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार हुने १९ औं एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा जनाएको छ ।
नेपाल आर्मी र मणिमुकुन्द क्लब विजयी
घनश्याम गौतम
बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबलको दोस्रो दिन दुई खेल भएका छन् । तीन खेल हुने गरी टाइसेट सार्वजनिक भए पनि बिहीबारको अन्तिम खेल मैदान चिसो भएपछि स्थगित गरिएको छ ।
योङ हार्ट्स र इस्टपोल रनिङ सिल्ड विजेता
कान्तिपुर संवाददाता
गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गत कराते उपाधि महिलातर्फ योङ हाटर््स स्कुल र पुरुषतर्फ इस्टपोल माविले जितेका छन् ।
वुमेन्स लिग : आर्मीको विजयी सुरुवात
कान्तिपुर संवाददाता
आर्मीले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बिहीबार विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो चरणको पहिलो खेलमा आर्मीले बागमतीलाई २–० ले हराएको हो । खेलको दुवै गोल विमला चौधरीको नाममा रह्यो ।
राष्ट्रपति रनिङ शिल्डमा महादेव मावि प्रथम
मनोज बडू
अपिहिमाल गाउँपालिकामा सञ्चालित पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महादेव माध्यमिक विद्यालय घुसा प्रथम भएको छ ।
लिभरपुललाई रोक्ने को हो त ?
एएफपी
इंग्लिस प्रिमियर लिग मध्यभागमा आइपुग्दा त्यसको उपाधिमाथि लिभरपुलको एक हात पुगेको छ । प्रश्न भने छ, के कसैले लिभरपुललाई रोक्न सक्छ त ? सन् २०२४ को अन्त्य दुई म्यानचेस्टर क्लबका लागि राहतको रूपमा रहेको हुनुपर्छ । किनभने सिटी र युनाइटेड दुवैका लागि यो सुखद रहेन । अझभन्दा बिर्सनलायक नै रह्यो । लिगमा अनेक उतारचढाव देखा परे ...
आर्सनल उक्लियो दोस्रो स्थानमा