text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
आर्सनलले इंग्लिस प्रिमियर लिगमा बुधबार ब्रेन्टफोर्डमाथि ३–१ को पुर्नआगमन जित रच्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । उसले नटिङघम फरेस्टलाई उछिनेको हो । आर्सनलको अब १९ खेलबाट ३९ अंक भएको छ । |
पुस १७, २०८१ |
पुलिसको जितसँगै इन्डो–नेपाल भलिबल सुरु |
घनश्याम गौतम |
नेपाल पुलिस क्लबको जितसँगै बुटबलमा मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिप सुरु भएको छ । |
धुलिखेलमा शनिबार मोटर स्पोर्ट्स फेस्टिभल हुने |
कान्तिपुर संवाददाता |
धुलिखेलमा जनवरी ४ मा हुने माउन्ट एभरेस्ट मोटर स्पोर्ट्स फेस्टिभलको टोटल इनर्जिजले टाइटल स्पोन्सर गर्ने भएको छ । |
राखेप उपाध्यक्षमा आचार्य नियुक्त |
कान्तिपुर संवाददाता |
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष पदमा ध्रुव आचार्यलाई नियुक्त गरिएको छ । |
सोतोकान कराँते टोली कोलकातातिर |
कान्तिपुर संवाददाता |
भारतको कोलकातामा हुने ३३ औं खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालका ३० खेलाडीसहित कराँते टोलीले भाग लिने भएको छ । |
नेपालमा वुमेन्स फोर नेसन्स कप हुने |
कान्तिपुर संवाददाता |
नेपालले घरेलु मैदानमा वुमेन्स फोर नेसन्स कप खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार जनाएअनुसार चार टिम सम्मिलित हुने महिलाको अन्तर्राष्ट्रिय प्रतियोगिता दशरथ रंगशालामा हुनेछ । |
त्रिवेणी कप : क्वाटरफाइलनमा मछिन्द्र र एनआरटी स्तब्ध |
आश गुरुङ |
लमजुङ सदरमुकाम बेंसीसहरमा जारी ३२ औं संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगितामा नेपालकै दुई चर्चित फुटबल क्लब मछिन्द्र फुटबल क्लब र न्युरोड टीम (एनआरटी) ले हार व्यहारेका छन् । |
आरभ र सुनीरा च्याम्पियन |
कान्तिपुर संवाददाता |
आरभसम्राट हाडा र सुनीरा थापा मंगलबार पोखरामा सम्पन्न २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार फाइनलमा आरभले प्रणव मानन्धर र सुनीराले सलोनी तामाङलाई पराजित गरेका हुन् । |
इन्डो-नेपाल भलिबल आजदेखि |
घनश्याम गौतम |
मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता बुधबार सुरु हुँदै छ । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको छ । ७ लाख रुपैयाँ विजेता पुरस्कार रहेको प्रतियोगिताको बुधबार प्रधानमन्त्री एवं मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । |
सुनसान सकियो ललित स्मृति यू–१८ लिग |
हिमेश |
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा राखिएका तस्बिरमा ललितकृष्ण श्रेष्ठको हाँसो निकै मोहक छ । अब उनको निधन भएको पनि १० वर्ष छुने क्रममा छ । त्यो हाँसो हेर्दा हिजै जस्तो लाग्न सक्छ उनीसँग भेट्नेहरूलाई । अहिले उनको चर्चा किनभन्दा भर्खर उनकै नाममा सञ्चालित ललित स्मृति एन्फा यू–१८ युथ लिग फुटबल टुंगिएको छ । |
पुस १६, २०८१ |
स्युचाटार क्रिकेट लिग : मिक्समान्डु र सीईसी क्वाटरमा |
कान्तिपुर संवाददाता |
स्युचाटार क्रिकेट लिग इन्डोर टी–१० प्रतियोगितामा मंगलबारका खेलपछि समूह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी), समूह ‘बी’ बाट किंग्स क्रिकेट एकेडेमी र स्टुडियो सेभेन, समूह ‘सी’ बाट टिम बीडीएस, समूह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र मिक्समान्डु क्वाटरफाइनल पुगेका छन् । |
थापाथली चेस पार्क तेस्रोपल्ट च्याम्पियन |
कान्तिपुर संवाददाता |
थापाथली चेस पार्क क्लबले मंगलबार सातौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ । थापाथली तेस्रोपल्ट च्याम्पियन भएको हो । |
बुटवलमा मदन भण्डारी रनिङ सिल्ड हुने |
घनश्याम गौतम |
बुटवलमा बुधबारदेखि मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरिएको हो । |
पेरिस ओलम्पिकका लागि सम्झिइने वर्ष २०२४ |
हिमेश |
अन्तर्राष्ट्रिय खेलकुदको दृष्टिकोणबाट सन् २०२४ पनि उत्तिकै नाटकीय, सनसनीपूर्ण र रोमाञ्चक रह्यो । यस वर्षलाई सबैभन्दा बढी सम्झिने भनेको पेरिस ओलम्पिककै लागि हो । पछिल्लो समय धेरैलाई लाग्न थालेको थियो, सायद ओलम्पिकमा जस्तो पहिलो हुने गर्थ्यो त्यस्तो आकर्षण रहेन् । अझ ओलम्पिकको आयोजना आफैमा अत्याधिक खर्चालु हुन थालेको थिय... |
बेजोड लयमा बुमराह |
हिमेश |
‘सायद जसप्रित बुमराहमा कुनै कमजोरी नै छैन,’ भारतका पूर्वब्याट्सम्यान र हालका क्रिकेट कमेन्टेटर सञ्जय मान्जरेकर भन्छन् । यति राम्रा बलर हुन्, उनी । त्यसैले भारतीय टिमका लागि उनको असाध्यै धेरै महत्त्व छ । मान्जरेकर मात्रै होइनन्, भारतका पुराना खेलाडीहरू अहिले उनको प्रशंसामै समय बिताइरहेका छन् । |
रोमाञ्चक जितसँगै अस्ट्रेलिया बोर्डर–गावस्कर ट्रफी नजिक |
एएफपी |
अस्ट्रेलियाले चौथो टेस्टको अन्तिम सेसनमा नाटकीय ढंगले भारतको ७ विकेट लिएपछि सोमबार रोमाञ्चक १ सय ८४ रनको जित हात पारेको छ । यस जितसँग ५ टेस्टको शृंखलामा २–१ को अग्रता पनि लिएको छ । |
चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकप |
लक्ष्मी गौतम |
चर्च ब्वाइज युनाइटेड क्लबले एघारौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । चर्च ब्वाइजले ए डिभिजन प्रतिस्पर्धी मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै फाल्गुनन्द ट्रफी उचालेको हो । |
चेल्सीलाई इपस्विचको गम्भीर धक्का |
कान्तिपुर संवाददाता |
लियाम डेलापको उत्कृष्ट प्रदर्शनपछि इपस्विच टाउनले सोमबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई २–० ले हराएको छ । यो सिजन आफ्नो घरेलु मैदानमा इपस्विचको यो पहिलो जित हो । हारले भने चेल्सीलाई गम्भीर धक्का लागेको छ । |
पुस १५, २०८१ |
सिन्धुली र ललितपुर सेमिफाइनलमा प्रवेश |
सुवास विडारी |
हेटौंडामा जारी वाग्मती प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता–२०८१ अन्तर्गत सोमबार भएको खेलमा विजयी हुँदै सिन्धुली र ललितपुर सेमिफाइनलमा प्रवेश गरेका छन् । |
मुकेश र पूर्णलक्ष्मी हाफ म्याराथन च्याम्पियन |
नवीन पौडेल |
पूर्वी नवलपरासीको गैंडाकोटमा सम्पन्न गैंडाकोट हाफ म्याराथन दौडमा आर्मीका मुकेशबहादुर पाल र पूर्णलक्ष्मी न्यौपाने विजेता भएका छन् । |
पदमबहादुर गुरुङ स्मृति फुटबल प्रतियोगिताको उपाधि संघर्षलाई |
आनन्द गौतम |
तमु ल्होसार पर्वको अवसर पारेर आयोजित स्वर्गीय पदमबहादुर गुरुङ स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि संघर्ष स्पोर्टिङ क्लब उकालीपानीले हात पारेको छ । |
फुटबलर अन्जना बनिन् ब्रान्ड एम्बासडर |
कान्तिपुर संवाददाता |
राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना रानामगर ड्रिम अन एजुकेसनल कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । ड्रिम अनका प्रबन्ध निर्देशक भीमबहादुर थापा र अन्जनाबीच सोमबार एकवर्षे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । |
एलेक्स र डिकेनलाई स्वर्ण, वडा १६ टिम च्याम्पियन |
कान्तिपुर संवाददाता |
ललितपुर महानगरपालिका वडा ७ का एलेक्स महर्जन र डिकेन महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । |
दीपेन्द्रसिंह ओमोडाको ब्रान्ड एम्बासडर |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका उत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी सोमबार ओमोडा एन्ड जेइको अटोमोबाइल्सको ब्रान्ड एम्बासडर बनेका छन् । चिनियाँ ओमोडाका लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स र दीपेन्द्रबीच सम्झौता भएको हो । |
चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि |
लक्ष्मी गौतम |
११औं फाल्गुनन्द गोल्डपको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब, काठमाडौंले चुमेको छ । प्रतिपस्पर्धी मच्छिन्द्र फुटबल क्लबलाई ट्राइबेकरमा ५-४ गोलले हराउँदै चर्च ब्वाइजले उपाधि जितेको हो । |
आमन्त्रण तेक्वान्दोमा नेपाललाई चार स्वर्ण |
कान्तिपुर संवाददाता |
नेपालका तेक्वान्दो खेलाडीले एसियाली आमन्त्रण तथा नवौं मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा ४ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेका छन् । |
मार्सल आर्टसका भूपेन्द्र अमेरिकामा नगदसहित सम्मानित |
कान्तिपुर संवाददाता |
नेपाली मार्सल आर्टस खेलाडी भूपेन्द्र गुरुङलाई अमेरिकामा दुई छुट्टै संस्थाले ४ हजार अमेरिकी डलर नगदसहित सम्मान गरेको छ । अमेरिकामै भएको दुई फरक प्रतियोगितामा १ स्वर्ण र ३ रजत पदक जितेका भूपेन्द्रलाई सम्मान गरिएको हो । |
हाम्रा गाउँगाउँमा प्रतिभा छन्, ग्राउन्डको अभावमा ती गुमनाम छन् : ललित राजवंशी |
कान्तिपुर संवाददाता |
काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले उपाधि जित्यो । एनपीएलको जितपछि अहिले जनकपुर बोल्ट्सले मधेश प्रदेशका जिल्लाहरूमा विजय उत्सव मनाइरहेको छ । |
सिरहामा जनकपुर बोल्ट्सले मनायो विजय उत्सव |
विनय आजाद |
नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता जनकपुर बोल्ट्सले सोमबार सिरहामा विजय उत्सव मनाएको छ । |
भारतलाई हराएसँगै अस्ट्रेलियालाई सिरिजमा अग्रता |
कान्तिपुर संवाददाता |
अस्ट्रेलियाले मेलबर्नमा भएको चौथो टेस्टको पाँचौं दिन सोमबार भारतलाई १ सय ८४ रनले पराजित गरेको छ । यससँगै पाँच टेस्टको सिरिजमा अस्ट्रेलियाले २–१ को अग्रता लिएको छ । |
सूर्यक्ष र पारुललाई उपाधि |
कान्तिपुर संवाददाता |
योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेसनल सिरिज २०२४ को एकलतर्फको उपाधि पुरुष एकलतर्फ सूर्यक्ष रावत र महिलातर्फ पारुल चौधरीले हात पारेका छन् । भारतीय खेलाडीहरूको एकल दबदबा रहेको प्रतियोगिताको पुरुष एकलतर्फ सूर्यक्षले अंश नेगीलाई २१–१७, २१–१८ ले पराजित गर्दै उपाधि उचालेका हुन् । |
फाल्गुनन्द गोल्डकप : दुवै टिमको उपाधि जित्ने दाबी |
लक्ष्मी गौतम |
एघारौं फाल्गुनन्द गोल्डकपको सोमबार हुने फाइनलमा प्रतिस्पर्धी चर्च ब्वाइज युनाइटेड क्लब र मछिन्द्र फुटबल क्लब दुवैले उपाधि जित्न तयार रहेको दाबी गरेका छन् । फिदिममा जारी प्रतियोगितामा दुवै टिमका प्रशिक्षकले प्रतिस्पर्धी टिमको कमजोरी पहिचान गर्दै रणनीतिक रूपमा खेलेर उपाधि जित्ने दाबी गरे । |
सुम्हात्लुङ मिनी म्याराथनमा पुष्पा र प्रताप च्याम्पियन |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.