text
stringlengths
2
914
सुम्हात्लुङ मिनी म्याराथनको उपाधि पुरुषतर्फ पाँचथरको फिदिम–१० का प्रताप लिम्बू र महिलातर्फ पाँचथरकै मिक्लाजुङकी पुष्पा (फुङनारा) शेर्माले जितेका छन् । फिदिममा आयोजित म्याराथनमा प्रतापले निर्धारित साढे नौ किलोमिटर दूरी २६ मिनेट ३० सेकेन्डमा पूरा गरे ।
अस्ट्रेलिया–भारत टेस्ट रोमाञ्चक मोडमा
एएफपी
भारतीय सिमर जसप्रित बुमराहले घातक बलिङको नमुना पेस गरे पनि अस्ट्रेलिया चौथो टेस्टमा आइतबार बलियो स्थितिमा पुगेको छ । दिनको खेल समाप्त हुँदा अस्ट्रेलिया ९ विकेट गुमाएर २ सय २८ रनको स्थितिमा छ र यो समग्रमा ३ सय ३३ रनको अग्रता हो ।
दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा
एएफपी
बलरहरू कागिसो रबाडा र मार्को जानसेन ब्याटबाट नायक सावित भएपछि दक्षिण अफ्रिकाले आइतबार पहिलो टेस्टको चौथो दिन पाकिस्तानमाथि दुई विकेटको सनसनीपूर्ण नाटकीय जित निकालेको छ ।
शीर्षमा लिभरपुलको अग्रता आठ अंक
कान्तिपुर संवाददाता
आक्रामक लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार वेस्ट ह्यामलाई ५-० ले पराजित गरेको छ र लिग तालिकाको शीर्षमा आफ्नो अग्रतालाई आठ अंक बनाएको छ । खराब लयबाट गुज्रिरहेको म्यानचेस्टर सिटीले भने फेरि संघर्षपूर्ण जित हात पार्औयो । सिटीले रेलिगेसन बच्न संघर्षर लेस्टर सिटीलाई २-० ले हराएको हो ।
पुस १४, २०८१
एनओसीको निर्वाचनमा सहभागी खेलकुद संघहरूलाई कारबाही गर्ने मन्त्री चौधरीको चेतावनी
कान्तिपुर संवाददाता
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी भएका खेलकुद संघहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्रालयको निर्देशन नमान्नेहरूलाई कारबाही गर्ने मन्त्री चौधरीले घोषणा गरेका हुन् ।
पाकिस्तानलाई हराएर दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा
कान्तिपुर संवाददाता
दक्षिण अफ्रिकाले पहिलो टेस्टमा आइतबार पाकिस्तानमाथि सनसनीपूर्ण दुई विकेटको जित निकालेको छ । यस जितसँगै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पिनयसिपको फाइनल पनि पुगेको छ ।
पुस १६ गतेदेखि बुटवलमा राष्ट्रपति रनिङ शिल्ड
सन्जु पौडेल
बुटवल उपमहानगरपालिका अन्तरविद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ को तयारी पूरा भएको छ । विद्यालयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यका आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
अस्ट्रेलिया र भारतबीचको टेस्ट रोमाञ्चक मोडमा
कान्तिपुर संवाददाता
अस्ट्रेलिया र भारतबीचको चौथो टेस्ट एक दिनको खेल बाँकी छँदा रोमाञ्चक मोडमा पुगेको छ । आइतबार चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले ९ विकेट गुमाएर २ सय २८ रन बनाएको छ र उसले समग्रमा ३ सय ३३ रनको अग्रता लिइसकेको छ ।
सीएनएनको साहसी खेलाडीको सूचीमा आरोही पूर्णिमा श्रेष्ठ
कान्तिपुर संवाददाता
दुई हप्तामै तीन पटक सगरमाथाको आरोहण गरेकी पूर्णिमा श्रेष्ठ सीएनएनको साहसी खेलाडीको सूचीमा परेकी छिन् । फोटोपत्रकारसमेत रहेकी पूर्णिमा सीएनएनको 'द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४' को सूचीमा परेकी हुन् ।
एटलान्टा र इन्टरबीचको दूरी एक अंक
कान्तिपुर संवाददाता
मार्के ब्रेसिनिनीले खेलको अन्त्यतिर गोल गरेपछि एटलान्टाले इटालीको सिरी ए मा शनिबार लाजियोलाई १–१ को बराबरीमा रोकेको छ । लाजियोले फिसायो डेल–बासिरुको गोलले पहिलो हाफमा अग्रता लिएको थियो र टिम जिततर्फ अग्रसर देखिएको थियो ।
चार पुराना खेलाडी सम्मानित
कान्तिपुर संवाददाता
चालिसको दशकमा इटहरीमा क्रिकेट खेलको सुरुआत गर्ने पुराना चार खेलाडी सम्मानित भएका छन् । सम्मानित हुनेमा विनोद देवान, सञ्जिव ढुंगाना, प्रदीप रेग्मी र कमलेश पौडेल छन् ।
सञ्जयको टिमलाई प्रो–एम
कान्तिपुर संवाददाता
प्रो सञ्जय लामाको टिमले सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ । धरान गल्फ क्लबमा शनिबार सञ्जयको टिमले १६७ अंकसहित उपाधि जित्यो । सञ्जयले ४१ तथा एमेच्योर गल्फर भुवनेश लिम्बूले ४३, बिना सापकोटाले ४२ र श्याम लिम्बूले ४१ अंक जाडेका थिए ।
रेड्डीले बनाए पहिलो शतक
एएफपी
वासिङ्टन सुन्दरले आफ्ना सहकर्मी नितिशकुमार रेड्डी मानसिक रूपमा निकै बलियो खेलाडी रहेको बताएका छन् । रेड्डीले बनाएको पहिलो शतकको मदतमा भारतले अस्ट्रेलियाविरुद्धको चौथो टेस्टको तेस्रो दिन बलियो जवाफ फर्काएको छ । वर्षाले प्रभावित दिनको खेल सकिँदा भारतले ९ विकेट गुमाएर ३ सय ५८ रन बनाएको छ ।
श्रेष्ठ तेस्रोपल्ट अध्यक्ष निर्वाचित, प्रत्याशीद्वारा बहिस्कार
कान्तिपुर संवाददाता
नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष पदमा शनिबार जीवनराम श्रेष्ठ लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अनलाइन भएको निर्वाचनमा खसेका २० मतमध्ये २० नै प्राप्त गरेका थिए ।
रोल्पामा भलिबल हुने
काशीराम डाँगी
सन स्टार युवा क्लबले ठूलो पुरस्कार राशिको राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फागुन ३ देखि ८ सम्म रोल्पाको सदरमुकाम लिवाङमा हुने प्रतियोगितामा ९ लाख भन्दा बढी पुरस्कार राशि रहेको छ ।
७ दिनमा सातै प्रदेशमा म्याराथन गर्ने तयारी
नवीन पोखरेल
लन्डनमा बर्सेनि नर्थल्ट १० के रन गर्दै आएको नेपाल रन यूकेले एउटा महत्त्वाकांक्षी योजना अघि सारेको छ । बेलायतको नेपाली समुदायमा स्वास्थ्य सचेतना र नेपालका खेलाडीको आर्थिक सहयोगमा समर्पित संस्थाले ‘सेभेन म्यारान च्यालेन्ज इन’ गर्न लागेको हो ।
पुस १३, २०८१
एसपीएलका लागि माघ ४ मा अक्सन
कान्तिपुर संवाददाता
सायम कलेजले हरेक वर्ष आयोजना गर्ने सायम प्रिमियर लिग (एसपीएल) को पाँचौं संस्करणका लागि माघ ४ मा अक्सन हुने भएको छ ।
फाल्गुनन्द गोल्डकप : मछिन्द्र र चर्च ब्वाइज भिड्ने
लक्ष्मी गौतम
मछिन्द्र फुटबल क्लब फिदिममा भइरहेको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मछिन्द्र क्लब ए डिभिजन प्रतिद्वन्द्वी एनआरटीलाई १–० ले पराजित गर्दै एघारौं संस्करणको उपाधि नजिक पुगेको हो ।
स्युचाटार क्रिकेट लिग : किंग्स र ग्रेट हिमालयको जित
कान्तिपुर संवाददाता
स्युचाटार क्रिकेट लिग इन्डोर टी–१० क्रिकेट प्रतियोगितामा शनिबार नवज्योति युथ परिवार, ग्रेट हिमालय क्रिकेट एकेडेमी, सानो स्वर्ग नेपाल, बीएसडी, क्रिकेट एक्सिलेन्स सेन्टर र किंग्स क्रिकेट एकेडेमी विजयी भएका छन् ।
एनओसीको निर्वाचन एकपक्षीय हैन, अदालतको आदेश प्राप्त भएको छैन : श्रेष्ठ
कान्तिपुर संवाददाता
नेपाल‌ ओलम्पिक कमिटीको निर्वाचन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बडापत्र (चार्टर), ओलम्पिकको विधान र कानुनअनुसार नै भएको नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठले दाबी गरेका छन् । नेपाल ओलम्पिक कमिटीको साधारणसभा रोक्नका लागि अदालतबाट कुनै आदेश प्राप्त नभएको पनि उनको भनाइ छ ।
राष्ट्रिय टिम चेसको सेमिफाइनल समीकरण पूरा
कान्तिपुर संवाददाता
सातौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपमा शनिबारको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुगेका छन् ।
ओलम्पिक कमिटी अध्यक्षमा पुन: श्रेष्ठ, निलेन्द्रराज समूहद्वारा मतदान बहिष्कार
कान्तिपुर संवाददाता
जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार अनलाइन भोटिङमा खसेको २० मध्ये शतप्रतिशत मत प्राप्त गरी उनी लगातर तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
रेड्डीको शतकमा भारतको बलियो जवाफ
कान्तिपुर संवाददाता
नितिशकुमार रेड्डीले बनाएको पहिलो शतकको मद्दतले भारतले अस्ट्रेलियाविरुद्धको चौथो टेस्टको तेस्रो दिन बलियो जवाफ फर्काएको छ । वर्षाले प्रभावित दिनको खेल समाप्त हुँदा भारतले ९ विकेट गुमाएर ३ सय ५८ रन बनाएको छ ।
६० वर्षमाथि पूर्णशंकर विजेता, अर्सनालाई अर्को स्वर्ण
कान्तिपुर संवाददाता
ललितपुर महानगरपालिका वडा १७ की अर्सना महर्जनले छैटौं मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् ।
इपस्विचलाई हराएर आर्सनल दोस्रोमा
कान्तिपुर संवाददाता
काइ हाभरटेजले गरेको एक मात्र गोलको मद्धतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा शुक्रबार इपस्विच टाउनलाई १–० ले हराएको छ । र, लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । यो जितपछि आर्सनलको १८ खेलबाट ३६ अंक भएको छ ।
नीरजले जिते इस्टर्न ओपन गल्फ
कान्तिपुर संवाददाता
धरानका प्रो नीरज तामाङले कुल स्कोरको रेकर्ड बराबरी गर्दै सूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि जितेका छन् । उनले धरानकै प्रो शुक्रबहादुर राईको रेकर्ड बराबरी गर्नेक्रममा १७ अन्डर १९३ को स्कोरसहित करियरको दोस्रो उपाधि उचाले ।
म्यानचेस्टर युनाइटेडको चिन्ता
एएफपी
रुबेन एमोरिमलाई के ठ्याक्कै थाहा छैन भने म्यानचेस्टर युनाइटेडलाई पुनरुत्थान गर्न कति समय लाग्ने हो । बरू उनको चिन्ता हो, युनाइटेडलाई बचाउने पो कसरी हो । इंग्लिस प्रिमियर लिगमा युनाइटेड बिहीबार राति उल्भसको हातबाट हारेको हो ।
पुस १२, २०८१
स्युचाटार क्रिकेट लिग : किंग्सको दोहोरो जित
कान्तिपुर संवाददाता
स्युचाटार क्रिकेट लिग इन्डोर टि–१० प्रतियोगिता सुरु भएको छ । शुक्रबार किंग्स क्रिकेट एकेडेमी, हसनटार युथ क्लब, स्टुडियो सेभेन र चक्रवर्ती ल कलेज र नवज्योति युवा परिवार विजयी भएका छन् ।
धावक नेम्वाङ र जबेगु गृहजिल्लामा सम्मानित
लक्ष्मी गौतम
महिला धावक निक्की नेम्वाङ (इन्द्रकला) गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन् । जिल्ला एथलेटिक्स संघ पाँचथरले उनीसहित ५३ वर्षीया धावक इन्द्रमाया जबेगुलाई सदरमुकाम फिदिममा एक कार्यक्रम गरी सम्मान अर्पण गरेको हो ।
ललितपुर महानगर टिमको एकल अग्रता
कान्तिपुर संवाददाता
ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको सातौं तुल्सीलाल स्मृति क्लब टिम चेस च्याम्पियनसिपमा शुक्रबार ललितपुर महानगर टिमले ८ अंक जोड्दै एकल अग्रता बनाएको छ । महानगर टिम चौथो चरणमा दुई पटकको च्याम्पियन थापाथली चेस पार्कमाथि जित निकाल्न सफल भयो ।
माछापुच्छ्रे ओपन टेनिस : जितेन्द्र र स्वस्तिका विजयी
कान्तिपुर संवाददाता
पोखरामा भइरहेको २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा शुक्रबार ३५ वर्षमाथिको मेन्स सिंगल्समा जितेन्द्र परियार विजयी भएका छन् ।
तानसेन–१ लाई मेयर कप
माधव अर्याल
तानसेन नगरपालिका–१ ले नगरस्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा वडा १ ले वडा ९ लाई ३–२ गोलले हराएर उपाधि जितेको हो । वडा १ ले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड जित्यो ।
वडा ७ लाई टिम इभेन्टको स्वर्ण
कान्तिपुर संवाददाता
ललितपुर महानगरपालिका वडा ७ ले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण पदक जितेको छ ।