text
stringlengths
2
914
प्रदेश लिगमा चितवन र मकवानपुरे टोली विजयी
सुवास विडारी
हेटौंडामा जारी वाग्मती प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता–२०८१ अन्तर्गत शुक्रबार भएको खेलमा चितवन र मकवानपुरको टोली विजयी भएको छ ।
आयोजक टिमलाई हराउँदै चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको फाइनलमा
लक्ष्मी गौतम
चर्च ब्वाइज क्लब, काठमाडौं फिदिममा जारी फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३-१ ले हराउँदै चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको फाइनलमा पुगेको हो ।
एन्फा यु–१६ युथ लिग : चर्च ब्वाइज विजयी
रासस
चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जित हासिल गरेको छ ।
भारतमाथि अस्ट्रेलियाको दबाब
कान्तिपुर संवाददाता
अस्ट्रेलियाले भारतविरुद्धको चौथो टेस्टको दोस्रो दिन शुक्रबार भारतमाथि दबाब सिर्जना गरेको छ । मेलबर्नमा दोस्रो दिनको समाप्तिमा भारतले पाँच विकेट गुमाएर १ सय ६४ रन बनाएको छ र समग्रमा ३ सय १० रनले पछाडि छ ।
गृहनगरमा जनकपुर बोल्ट्सलाई भव्य बधाई
अजित तिवारी , सन्तोष सिंह
नेपाल प्रिमियर लिग(एनपीएल) को पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागत गरिएको छ । जनकपुर बोल्ट्सले शुक्रबार जनकपुरको प्रस्तावित रामजानकी बहुउदेश्यी अन्तर्राष्ट्रिय रंगशालाबाट परिसरबाट विजयी यात्रा थालेका हुन् ।
फाल्गुनन्द गोल्डकप : आज फिदिम स्पोर्टिङ र चर्च ब्वाइज भीड्ने
लक्ष्मी गौतम
फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् । फिदिम माविको खेलमैदानमा आज अपरान्ह साढे २ बजे हुने खेलमा आयोजक फिदिम स्पोटिङ क्लव र चर्च ब्वाइज क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुँदैछ ।
थ्री स्टारलाई समर्थकको प्रायोजन
कान्तिपुर संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा चाँडै यू–१६ लिग हुँदैछ र त्यसमा सहभागी हुने एउटा टिम थ्री स्टारले त्यही प्रतियोगिताका लागि आफ्ना समर्थकबाट प्रायोजन पाएको छ ।
वाग्मती प्रदेशले १० करोड दिने
सुवास विडारी
वाग्मती प्रदेश सरकारले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चालु आर्थिक वर्षको बजेटबाट तत्काल १० करोड रुपैयाँ विनियोजन गर्ने भएको छ ।
जय ट्रफी इलाइट कप पुसमै
कान्तिपुर संवाददाता
विश्व क्रिकेटमा यो नै सर्वमान्य मान्यता हो, प्रथम श्रेणीको क्रिकेट नै सर्वोच्च र असली क्रिकेट हो । यो एकभन्दा बढी दिनको हुन्छ । नेपाली क्रिकेटको इतिहास आफैंमा लामो छ, एकदिवसीय क्रिकेट जन्मिनु अगाडि नेपालमै पनि धेरै दिनको क्रिकेट हुने गर्थ्यो । तर, अहिले औपचारिक रूपमै नेपालमा एकभन्दा बढी दिनको क्रिकेट प्रतियोगिता हुने भ...
७ स्ट्रोकले नीरज अगाडि
कान्तिपुर संवाददाता
धरानका गल्फर नीरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन बिहीबार ७ स्ट्रोकको अग्रता बनाएका छन् ।
सिटीको निराशाजनक बराबरी
एएफपी
इर्लिङ हालान्डले दोस्रो हाफमा हानेको पेनाल्टी रोकेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बिहीबार एभरटनको हातबाट निराशाजनक १–१ को बराबरीमा रोकिएको छ । लगातार चारपल्टको लिग विजेता इंग्लिस च्याम्पियन सिटीले खेलेका सबै प्रतियोगिताका गरेर पछिल्ला १३ खेलमध्ये एकैमा मात्र विजयी छ ।
शीर्षमा लिभरपुलको अग्रता सात अंक
कान्तिपुर संवाददाता
लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्षमा बिहीबार स्पष्ट सात अंकको अग्रता लिएको छ । उपाधिको बलियो दावेदार बनेको लिभरपुलले रेलिगेसनबाट बच्न संघर्षरत लेस्टर सिटीलाई ३–१ ले हरायो । एनफिल्डमा भएको खेलमा जोर्डन एयेको गोलले लेस्टरले सुरुमै स्तब्धपूर्ण अग्रता लिएको थियो ।
पुस ११, २०८१
न्यू होराइजनलाई उपाधि
सन्जु पौडेल
बुटवलमा सम्पन्न दशौं जिल्लास्तरीय एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलले जितेको छ ।
तेन्जिङ नोर्गे खुला आरोहण प्रतियोगिता माघ १६ देखि
कान्तिपुर संवाददाता
पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ प्रतियोगिताको दोस्रो संस्करण माघ १६ र १७ गते राजधानीमा आयोजना हुने भएको छ ।
प्रदेश लिगमा दोलखा र सिन्धुली विजयी
सुवास विडारी
हेटौंडामा जारी वाग्मती प्रदेशस्तरीय फुटबल प्रतियोगिता-२०८१ अन्तर्गत बिहीबार भएको खेलमा दोलखा र सिन्धुलीको विजयी भएका छन् ।
मलेसियालाई तीन स्वर्ण, नेपाललाई एक कांस्य
कान्तिपुर संवाददाता
योनेक्स सनराइज नेपाल इन्टरनेसनल च्यालेन्जमा मलेसियाले तीन विधामा उपाधि हात पारेको छ ।
मेयर कप टेबलटेनिस : अर्सना र ममतालाई स्वर्ण
कान्तिपुर संवाददाता
ललितपुर महानगरपालिका वडा १७ की अर्सना महर्जन र वडा ५ की ममतासिंह राजभण्डारीले छैटौं मेयर कप लपु अन्तरवडा टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । अर्सना यू–१२ गर्ल्स सिंगल्स र ममता भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा च्याम्पियन भएका छन् ।
काठमाडौं जेभियर्स र हेम्स बास्केटबल च्याम्पियन
कान्तिपुर संवाददाता
काठमाडौं जेभियर्स पब्लिक र हेम्सले १३ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । दोहोरो उपाधि जित्नेक्रममा काठमाडौं जेभियर्सले जुनियर ब्वाइज र सिनियर गर्ल्समा सफलता पाएको हो । हेम्स सिनियर ब्वाइज च्याम्पियन भयो । जुनियर काठमाडौं जेभियर्स र सियिनर हेम्स लगातार तेस्रोपटक च्याम्पियन भए ।
एनआरटी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा
लक्ष्मी गौतम
न्यु रोड फुटबल टिम (एनआरटी) पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धी सहलेश युथ क्लब सिरहालाई टाइबेकरमा ५-४ ले हराउँदै एनआरटीले ११औं फाल्गुनन्द गोल्डकपको सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।
जय ट्रफी मेन्स इलाइट कप हुने
कान्तिपुर संवाददाता
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पुसको तेस्रो साता जय ट्रफी मेन्स इलाइट कप हुने भएको छ । क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य हुने लक्ष्यअनुसार यो प्रतियोगिता आयोजना हुन लागेको छ । प्रतियोगितामा कुल चार टिम सहभागी रहने छन् ।
भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्‍घाटन
कान्तिपुर संवाददाता
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौं नगरपालिका वडा नम्बर १५ डल्लु आवास क्षेत्रमा निर्माण भएको भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको बिहीबार एक समारोहबीच उद्‍घाटन गरेका छन् । कार्यक्रम एनओसीसँगै डल्लु आवास स्थानीय सहयोग समितिको संयुक्त आयोजनामा भएको थियो ।
पहिलो दिन अस्ट्रेलियाको सुदृढ ब्याटिङ
कान्तिपुर संवाददाता
अस्ट्रेलियाले भारतविरुद्धको चौथो टेस्टको पहिलो दिन बिहीबार ब्याटबाट सुदृढ प्रदर्शन गरेको छ । मेलबर्नमा सुरु भएको टेस्टको पहिलो दिन अस्ट्रेलियाले ६ विकेट गुमाएर ३ सय ११ बनाएको छ ।
फाल्गुनन्द गोल्डकप : आज क्वाटरफाइनल चरणको अन्तिम खेल
लक्ष्मी गौतम
पाँचथरको फिदिममा जारी एघारौँ फाल्गुनन्द गोल्ड कपमा आज क्वाटरफाइनल चरणको अन्तिम खेल हुँदैछ ।
उत्कृष्ट लय, अत्यधिक गोल
हिमेश
अब त धेरैलाई लाग्न थालेको छ, यो सिजन लिभरपुलमा मोहमद सलाहका लागि अन्तिम हुनेछ । यस्तै हो भने उनी तहल्का मच्चाएर लिभरपुल छाड्दै छन् । त्यसैले त प्रत्येक साता जति–जति बेला लिभरपुलले राम्रो खेल्छ, त्यो सलाहकै मात्र एक पक्षीय खेल जस्तो हुन थालेको छ ।
मल्लखम्बमा जम्दैछन् उज्ज्वल
कान्तिपुर संवाददाता
नेपालकै लागि भने मल्लखम्ब नयाँ खेल हो । धेरैलाई यो खेलबारे थाहा नहुन पनि सक्छ । त्यसैले यो खेल नेपालमा खासै लोकप्रिय छैन । तर यसै खेलमा लागिरहेका एक खेलाडी हुन्, उज्ज्वल गिरी । भारतीय उपमहाद्वीपको परम्परागत खेल भएकाले भारततिर भने यो खेल उत्तिकै लोकप्रिय छ ।
विश्वकप खेल्ने यू–१९ टोली भरतपुरमा
रमेशकुमार पौडेल
आईसीसी विश्वकप खेल्ने तयारीमा रहेको १९ वर्षमुनि महिला क्रिकेट टोलीले बुधबारदेखि निर्माणाधीन क्रिकेट रंगशालाको नमुना मैदानमा बन्द प्रशिक्षण सुरु गरेको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा रहेको रंगशालामा टोलीले १२ दिन प्रशिक्षण गर्ने छ ।
कोर्स रेकर्डसहित नीरजको अग्रता
कान्तिपुर संवाददाता
यस सिजनको सूर्य नेपाल गल्फ टुरअन्तर्गत तेस्रो प्रतियोगिता इस्टर्न ओपन गल्फ बुधबार धरानमा सुरु भएको छ । पहिलो दिन ८ अन्डर ६२ को कोर्स कीर्तिमानसहित नीरज तामाङ अग्रता बनाएका छन् ।
लयप्रति लिभरपुलको विश्वास
एएफपी
क्रिसमसको बेला इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षमा रहेको लिभरपुलले बिहीबार बक्सिङ–डेका दिन लेस्टर सिटीको सामना गर्दै छ ।
पुस १०, २०८१
प्रदेश लिगमा चित्लाङ एफसी विजयी
कान्तिपुर संवाददाता
प्रदेश लिग फुटबल प्रतियोगितामा काठमाडौंको लिग च्याम्पियन पशुपति शिवाजी चित्लाङ एफसीले विजयी सुरुवात गरेको छ । बुधबार हेटौंडा–५ स्थित पिप्लेक्याम्प रंगशाला सुरु भएको प्रदेश लिगमा काठमाडौंले माउन्ट एभरेस्ट क्लब काभ्रेलाई ३–० ले हरायो । सबै गोल अंकित रास्कोटीले गरे ।
फाल्गुनन्द गोल्डकप : चर्च ब्वाइजको फराकिलो जित
कान्तिपुर संवाददाता
चर्च ब्वाइज फुटबल क्लब फिदिममा भइरहेको एघारौं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
मेयर कप भेट्रान फुटबल हुने
कान्तिपुर संवाददाता
कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता पुस २२ देखि हुने भएको छ ।
साबिक विजेता दोलखा चेस होमको हार
कान्तिपुर संवाददाता
सातौं तुल्सीलाल स्मृति क्लब टिम चेस च्याम्पियनसिपको पहिलो चरणमा इन्जिनियरिङ कलेज टिमले डिफेन्डिङ च्याम्पियन टोलीलाई अप्रत्यासित हार चखाएका छन् ।
पाटनमा मेयर कप टेबलटेनिस सुरु
कान्तिपुर संवाददाता