text stringlengths 2 914 |
|---|
ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता पाटनको गःछें टोलमा बुधबार सुरु भएको छ । |
सनसाइन र हेम्स बास्केटबल फाइनल भिड्ने |
कान्तिपुर संवाददाता |
सनसाइन र हेम्स १३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनल पुगेका छन् । |
पोखरामा बिहीबारदेखि माछापुच्छ्रे ओपन टेनिस प्रतियोगिता |
दीपक परियार |
दुई दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको माछापुच्छ्रे पोखरा ओपन टेनिस प्रतियोगिता बिहीबारबाट सुरु हुँदै छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कोर्टमा २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको हो । |
यूएईको आईएल टी–२० मा कुशल |
विनोद पाण्डे |
नेपालका अलराउन्डर २० वर्षे क्रिकेटर कुशल मल्लले यूएईको आईएल टी–२० खेल्ने भएका छन् । आईएल टी–२० को फ्रेन्चाइज टोली डेजर्ट भाइपर्सले मंगलबार कुशललाई अनुबन्ध गरेको जनाएको छ । नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिड घाइते भएपछि भाइपर्सले उनको स्थानमा कुशललाई लिएको हो । |
फ्रेन्चाइज भलिबल एनभीएलको लोगो अनावरण |
कान्तिपुर संवाददाता |
यसै वर्ष हुने पुरुषको फ्रेन्चाइज भलिबल लिग एनभीएलको मंगलबार लोगो तथा स्लोगन सार्वजनिक गरिएको छ । |
एभीएम टेबलटेनिसलाई तिभारको साथ |
कान्तिपुर संवाददाता |
तिभारले एभीएम टेबलटेनिस क्लबलाई प्रायोजकका रूपमा लगातार दोस्रो वर्ष पनि निरन्तरता दिएको छ । टेबलटेनिस सामग्री उत्पादन गर्ने सस्था तिभारले १० लाख रुपैयाँभन्दा बढी रकमको प्रायोजन गर्नेछ । त्यसअनुसार तिभारले एभीएमका तीन खेलाडीलाई यो सामग्री प्रदान गर्नेछ । |
अध्यक्ष पदमा निर्वाचन हुने, मन्त्रीद्वारा कारबाही चेतावनी |
कान्तिपुर संवाददाता |
नेपाल ओलम्पिक कमिटी (एनओसी) को यसै साता हुने चुनावी साधारणसभामा अध्यक्ष पदका लागि मात्र निर्वाचन हुने भएको छ । मंगलबार उपाध्यक्ष पदमा उम्मेदवारी दिएका जुडोका दीपकहर्ष वज्राचार्य र कबड्डीकी तुलसी थापाले नाम फिर्ता लिएपछि नेतृत्वकै लागि मात्र चुनाव हुने भएको हो । |
पुलिस यू–१८ च्याम्पियन |
कान्तिपुर संवाददाता |
अपेक्षाअनुसार नै पुलिसले ललित स्मृति यू–१८ युथ लिगको उपाधि मंगलबार जितेको छ । टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्णायक साबित खेलमा चर्च ब्वाइजलाई २–१ ले हराएर एक खेलअगाडि नै उपाधि हात पारेको हो । चर्च ब्वाइजलाई हराए पुलिसले उपाधि जित्ने निश्चित थियो । |
पुस ९, २०८१ |
प्याब्सन बास्केटबलमा मार्वलस टोलीलाई सफलता |
कान्तिपुर संवाददाता |
मार्वलसको दुई टोली १३ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा पुगेको छ । |
मार्सल आर्टसका सन्जित युकेमा सम्मानित |
कान्तिपुर संवाददाता |
किरात राई यायोक्खा युकेले सन्जितकुमार राईलाई सम्मान गरेको छ । नोभेम्बर २४ तारिखमा युकेमा भएको डब्लु एमएसी वेल्स खुला मार्सल आर्टस प्रतियोगितामा पदक जितेका सन्जितलाई सम्मान गरिएको हो । डब्लुएमएसी वेल्समा सन्जितले २ स्पर्धामा स्वर्ण र रजत जितेका थिए । |
नेपाल इन्टरनेसनल च्यालेन्ज : क्षितिज र शोभाको जोडी विजयी |
कान्तिपुर संवाददाता |
नेपाली खेलाडी क्षितिज खनाल र शोभा गौचनको जोडी नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टनको मिक्स डबल्सतर्फ क्वाटरफाइनल पुगेको छ । |
सद्भावलाई गल्फ संघको सम्मान |
कान्तिपुर संवाददाता |
यूएईको अबुधाबीमा गत महिना फाल्डो सिरिजको जुनियर टुर युरोप ग्रान्ड फाइनलमा यू–२१ को उपाधि जितेर इतिहास रचेका नेपाली गल्फर सद्भाव आचार्य मंगलबार सम्मानित भएका छन् । नेपाल गल्फ संघले सद्भावलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो । |
पदकधारी एरिका र प्रशिक्षक कुशल सम्मानित |
कान्तिपुर संवाददाता |
रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ । |
थन्डर बोल्ट्समा जेम्स फेरि च्याम्पियन |
कान्तिपुर संवाददाता |
दोस्रो थन्डर बोल्ट्स कप खेलकुदको उपाधि आयोजक जेम्स स्कुलले जितेको छ । मंगलवार सम्पन्न अन्तिम प्रतिस्पर्धाको नतिजाका आधारमा कुल ४८ अंक जोड्दै जेम्स च्याम्पियन बन्यो । |
ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि नयाँ कार्यसमिति |
आनन्द गौतम |
तेस्रो संस्करणको ‘ताप्लेजुङ गोल्डकप’ सञ्चालनका लागि आयोजक संस्था ‘लाखे जात्रा सञ्चालन समिति’को नयाँ कार्य समिति चयन भएको छ । दुईवटा खेल सञ्चालन गरेका देवराज गुरुङले छोडेपछि सागर मादेनको नेतृत्वमा कार्य समिति चयन गरेको हो । |
फाल्गुनन्द गोल्डकप : मच्छिन्द्रले सुनसरीलाई ६–२ ले हरायो |
लक्ष्मी गौतम |
मच्छिन्द्र फुटबल क्लब काठमाडौं फिदिममा जारी फाल्गुनन्द गोल्कपको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु स्टार फुटबल क्लब सुनसरीलाई ६–२ को फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब एघारौं संस्करणको फाल्गुनन्द गोल्डपको अन्तिम चारमा पुग्न सफल भएको हो । |
मकवानपुरमा महिला क्रिकेट महोत्सव सुरु |
सुवास विडारी |
हेटौंडा उपमहानगरपालिकामा महिला क्रिकेट महोत्सव सुरु भएको छ । क्रिकेटमा महिलालाई आकर्षण र प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुर जिल्ला क्रिकेट संघले मंगलबारदेखि फेस्टिबल आयोजना गरेको हो । |
पुलिस बन्यो यू–१८ युथ लिग च्याम्पियन |
कान्तिपुर संवाददाता |
पुलिसले ललित स्मृति यू–१८ युथ लिगको उपाधि मंगलबार जितेको छ । उसले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको निर्णायक सावित खेलमा चर्च ब्वाइजलाई २–१ ले हरायो र एक खेल अगाडि नै उपाधि हात पार्न सफल रह्यो । |
कुशल मल्लले इन्टरनेसनल लिग टी-२० खेल्ने, डेजर्ट भाइपर्समा अनुबन्धित |
कान्तिपुर संवाददाता |
नेपालका अलराउन्डर कुशल मल्लले यूएईमा हुने इन्टरनेसनल लिग टी-२० खेल्ने भएका छन् । मल्ललाई डेजर्ट भाइपर्सले अनुबन्धित गरेको हो । डच अलराउन्डर बास डे लिड घाइते भएपछि डेजर्ट भाइपर्सले मल्ललाई अनुबन्धित गरेको हो । |
एनओसी अध्यक्षका लागि तीन जनाको उम्मेदवारी |
कान्तिपुर संवाददाता |
नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । सोमबार मध्यरातसम्म नेतृत्वका लागि उम्मेदवारी दिनेमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङ रहेका छन् । |
विवादबीच एनओसीको मनोनयन अनलाइनबाट |
कान्तिपुर संवाददाता |
नेपाल ओलम्पिक कमिटी (एनओसी) को सोमबार हुनुपर्ने निर्वाचन मनोनयन दर्ता प्रक्रियामा प्रहरी हस्तक्षेपपछि समस्या जटिल बनेको छ । एनओसीको चुनाव पुस १३ मा हुँदै छ । त्यसका लागि सोमबार मनोनयन दर्ता गराउनुपर्ने थियो । |
करणले जिते कोल्मा क्रसकन्ट्री |
कान्तिपुर संवाददाता |
आर्मीका धावक करण रावलले कोल्मा क्रसकन्ट्री दौडको उपाधि जितेका छन् । सोमबार पुतलीबजार नगरपालिका–९ कोल्मामा भएको पाँचौं संस्करणको क्रसकन्ट्री दौड करणले एक घण्टा २७ मिनेट ५२ सेकेन्डमा पार गर्दै च्याम्पियन बने । उनले ५० हजार रुपैयाँ जिते । |
बुढासुब्बा गोल्डकप माघमा |
कान्तिपुर संवाददाता |
मोफसलकै प्रतिष्ठित बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करण माघमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै माघ १९ देखि २६ सम्म प्रतियोगिता गर्ने जानकारी दिएको हो । |
इन्टर शीर्षको एटलान्टासँग नजिकको दुरीमा |
कान्तिपुर संवाददाता |
इन्टर मिलानले सोमबार कोमोलाई २–० ले हराएको छ र यससँगै इटालीको सिरी ए को शीर्षमा रहेको एटलान्टसँगको दुरी तीन अंकको अन्तरमा रह्यो । लिगमा इन्टरको लगातार अपराजित यात्रा ११ खेल पनि पुगेको छ । |
पुस ८, २०८१ |
नेपाल इन्टरनेसनल च्यालेन्ज : प्रिन्स र रसिला पराजित |
कान्तिपुर संवाददाता |
ब्याडमिन्टनका नेपालका नम्बर वान प्रिन्स दाहाल र रसिला महर्जन सोमबार सुरु योनेक्स सनराइज इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टनमा पराजित भएका छन् । दुवै एकलतर्फको खेलमा पराजित भएका हुन् । |
सनसाइन र काठमाडौं जेभियर्स विजयी |
कान्तिपुर संवाददाता |
सनसाइन र काठमाडौं जेभियर्स १३ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वाटरफाइनल पुगेका छन् । |
एनएनआईपीए अवार्ड पुस २० मा हुने |
कान्तिपुर संवाददाता |
एनएनआईपीए स्पोर्ट्स अवार्डको १९ औं संस्करण पुस २० मा हुने भएको छ । यसपल्ट काठमाडौंको तार्केश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले जनाएको छ । |
चौथो भेट्रान कपमा बौद्ध नयाँ च्याम्पियन |
कान्तिपुर संवाददाता |
बौद्ध भेट्रानले चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पहिलो संस्करणदेखि निरन्तर सहभागी बौद्ध पहिलोपल्ट च्याम्पियन बन्न सफल भयो । |
महिला फुटबल टिम सम्मानित |
कान्तिपुर संवाददाता |
भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोकले साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ । |
थन्डर बोल्ट्स फुटबलमा जेम्सलाई कांस्य |
कान्तिपुर संवाददाता |
दोस्रो थन्डर बोल्ट्स कप खेलकुदअन्तर्गत सोमबार १८ वर्षमुनि छात्र क्रिकेटमा डीएभी स्कुलले स्वर्ण पदक जितेको छ । भीएस निकेतनले रजत र नेपाल पुलिसले कांस्य जिते । |
एनआरटीलाई हराउँदै चर्च ब्वाइजले उचाल्यो झापा कपको उपाधि |
कान्तिपुर संवाददाता |
चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । चर्च ब्वाइजले न्यूरोड टिम (एनआरटी) लाई सोमबार फाइनलमा ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ जित्यो । |
फाल्गुनन्द गोल्डकप : त्रिभुवन आर्मीलाई हराउँदै फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा |
लक्ष्मी गौतम |
आयोजक फिदिम स्पोर्टिङ क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार फिदिम माविको खेल मैदानमा आयोजित अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै आयोजक टिम सेमिफाइनलमा यात्रा सुरक्षित गरेको हो । |
लुम्बिनी प्रदेश खेलकुद परिषद्ले पायो पूर्णता |
वीरेन्द्र केसी |
लुम्बिनी प्रदेश खेलकुद परिषद्ले पूर्णता पाएको छ । परिषद्मा एकजना सदस्य सचिव र १६ जना परिषद्का सदस्यमा नियुक्त भएका छन् । सदस्यलाई सोमबार देउखुरीमा मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । |
भुटानसँग नेपाल फेरि निराश, बराबरीमा टुंगियो खेल |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.