text
stringlengths
2
914
आज देश दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
पाथीभरामा केबलकार निर्माण तत्काल रोक्न सांसदको माग, पार्टी खोलेर, चुनाव जितेर प्रधानमन्त्री बन्न पूर्वराजा शाहलाई गौतमको सुझावदेखि मस्कले सरकारी कर्मचारीलाई 'कि उपलब्धि इमेल गर, नत्र राजीनामा देऊ' भनेको खबर आज चर्चामा रहे ।
नेपाललाई ऋण लिन चीनले दबाब दिएको छैन : परराष्ट्रमन्त्री राणा
कान्तिपुर संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाललाई ऋण लिन चीनले दबाब नदिएको बताएकी छिन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन स्विट्जरल्यान्डको जेनेभा जाने क्रममा ओमानको मस्कटमा भारतीय अखबार 'द हिन्दू'लाई अन्तर्वार्ता दिँदै परराष्ट्रमन्त्री राणाले निजी क्षेत्रले ऋण लिन सक्ने भए पनि नेपाल ऋण लिने पक्षमा नरहेको बताएकी हुन् ।
पाथीभरामा केबलकार निर्माण तत्काल रोक्न सांसदको माग
कान्तिपुर संवाददाता
सांसदहरुले पाथीभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन् ।
प्रधानमन्त्री ओली संसद् विघटन गर्न अग्रसर रहेको माओवादी केन्द्रको आरोप
कान्तिपुर संवाददाता
माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्न लागिपरेको आरोप लगाएका छन् । काठमाडौंमा प्रेस सेन्टरको अधिवेशनमा उपाध्यक्ष सापकोटाले संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने र बहुमत ल्याउने केपी ओलीको चाहना पूरा नहुने बताएका हुन् ।
नेसपामा ९ केन्द्रीय सदस्य मनोनीत, कार्यविभाजन गर्दै तोकियो जिम्मेवारी
कान्तिपुर संवाददाता
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय समितिले केही केन्द्रीय सदस्य मनोनीतसहित कार्य विभाजन गरेको छ । शनिबार र आइतबार काठमाडौंमा बसेको बैठकले परिषद् एवं आयोग, विभाग प्रमुख, प्रदेश उत्प्रेरक, आंगिक संगठन लगायतमा कार्य विभाजन गरेको हो ।
पूर्वराजाको अभिव्यक्तिलाई लिएर वर्तमान व्यवस्था ठिक छैन भन्दै डंका पिटियो : कांग्रेस सांसद न्यौपाने
कान्तिपुर संवाददाता
कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइएको भन्दै आपत्ति जनाएकी छिन् ।
पूर्वराजा शाहलाई गौतमको सुझाव : पार्टी खोल्नुहोस्, चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्
कान्तिपुर संवाददाता
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
कांग्रेस सांसद मिश्र भन्छन् : अहिलेका प्रधानमन्त्रीले राम्रो काम गरेका छन्
कान्तिपुर संवाददाता
राष्ट्रिय सभामा कांग्रेस सांसद नारायणदत्त मिश्रले सरकार बन्नु नै हुँदैन भन्नेहरूले सरकारको विरोध गरिरहेको बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा उनले सरकार धेरै समय टिक्न नदिने र देशमा अस्थिरता चाहनेहरूले सरकारको विरोध गरिरहेको बताएका हुन् ।
एमाले सांसद भट्टराई भन्छन् : कानुनअनुसार नै पाथीभरामा केबलकार बनाउने जिम्मा निजी संस्थालाई
कान्तिपुर संवाददाता
एमाले सांसद योगश भट्टराईले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङ मा कबलकार निर्माणको काम अगाडि बढेको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मेवारी निजी संस्थालाई दिएको दाबी गरेका हुन् ।
माओवादी सांसद सापकोटा भन्छन् : सरकार पूर्ण रूपमा असफल भयो
कान्तिपुर संवाददाता
माओवादी सांसद माधव सापकोटाले सरकारको अकर्मण्यताको कारण नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानीसम्बन्धी 'ग्रे लिस्ट'मा परेको आरोप लगाएका छन् ।
सरकारका प्रवक्ताले भने- 'कुलमानलाई हटाउने तयारीबारे ऊर्जामन्त्रीलाई नै सोध्नु'
कान्तिपुर संवाददाता
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारीबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई नै सोध्नुपर्ने सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
लिङ्देनको प्रश्न : पाथीभरामा केबलकार बनाउन दिएर किन भाइभाइ लडाइराखेको ?
कान्तिपुर संवाददाता
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरामा व्यापारीलाई केबलकार बनाउने जिम्मा दिएर भाइभाइलाई लडाउने काम भइरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले सरकारकै कारण अहिले पाथीभरा मुकुम्लुङ क्षेत्र अशान्त भइरहेको बताएका हुन् ।
सानो पाइला सहकारी प्रकरण : सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्दै प्रहरी
भूषण यादव
जिल्ला प्रहरी कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न सानो पाइला सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेकाले मिसिल बुझाउन केही समय लागेको प्रहरीले जनाएको छ ।
अब जग्गाको मामिलामा कोही अन्यायमा पर्दैन, कोही भूमिहीन हुँदैन : मन्त्री अधिकारी
दुर्गालाल केसी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन सुकुम्बासीलाई न्याय दिन गठन भएको हालको भूमि आयोग अन्तिम संवैधानिक आयोग भएको र यसले भूमिसम्बन्धी सबैखाले समस्या समाधान गर्ने दाबी गरेका छन् ।
अव्यवस्थित काठमाडौंलाई व्यवस्थित बनाउन काम थाल्छौं : उपप्रधानमन्त्री सिंह
कान्तिपुर संवाददाता
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्न अब काम प्रारम्भ गर्नुपर्ने बताएका छन् । सहरी विकास मन्त्रालयमा आइतबार बसेको काठमाडौं उपत्यका भौतिक विकास समितिको बैठकमा उपप्रधानमन्त्री सिंहले कुनै न कुनै विन्दुबाट काठमाडौंलाई व्यवस्थित गर्न काम सुरु गर्नुपर्ने बताए ।
शान्ति सैनिक दक्षिण सुडान प्रस्थान
रासस
संयुक्त राष्ट्र संघको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनाका निम्ति खटिएको चण्डीप्रसाद गणको २ सय ११ जनाको डप्फा गएराति त्यसतर्फ प्रस्थान गरेको छ ।
माघमा तीन हजार बढी फरार प्रतिवादी पक्राउ
रासस
नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ । सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।
मन्त्री नभएका कांग्रेस सांसदहरूले सरकारलाई खबरदारी गर्नुपर्छ : कोइराला
कान्तिपुर संवाददाता
कांग्रेस सांसद डा. शेखर कोइरालाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले नेकपा एमालेसँग सहकार्य गरे पनि सरकारमा सहभागी नभएका सांसदहरुले खबरदारी गर्नुपर्ने बताएका छन् । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा कोइरालाले कांग्रेस सत्ता पक्ष भए पनि सरकारमा नरहेको अभिव्यक्ति दिएका थिए ।
पाथीभरा केवलकार विवाद : शनिवारको झडपमा २४ घाइते, १५ जना पक्राउ
आनन्द गौतम
सदरमुकाम फुङलिङमा शनिवार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फका गरी दुई दर्जन भन्दा बढी घाइते भएका छन् । घाइतेमध्येका ४ जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालले रेफर गरेको छ ।
आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना
रासस
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
गुगल र मेटाजस्ता कम्पनीलाई कर लगाउने देशविरुद्ध आक्रामक बन्दै ट्रम्प, नेपाल पनि प्रभावित हुन सक्ने
सजना बराल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशका प्रविधि कम्पनीमाथि डिजिटल सेवा कर (डीएसटी) लगाउने देशमाथि कडा कदम उठाउने घोषणा गरेका छन् । उनले डीएसटी लगाउने फ्रान्स, बेलायत, क्यानडाजस्ता देशमाथि अनुसन्धान सुरु गर्न र प्रतिक्रियात्मक ट्यारिफ प्रस्ताव गर्न आफ्ना व्यापार प्रतिनिधिलाई आदेश दिएका हुन् ।
‘नो केबलकार’ पक्षधर र प्रहरीबीच झडप
आनन्द गौतम
‘नो केबलकार’ पक्षधर र प्रहरीबीच शनिबार साँझ फुङलिङमा झडप हुँदा ८ प्रहरी र आन्दोलनरत पक्षका ४ जना घाइते भएका छन् । आन्दोलनरत पक्षले साँझ राँके जुलुस गर्ने क्रममा वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको हो ।
अख्तियार विधेयक संसदीय समितिमा अलपत्र
कुलचन्द्र न्यौपाने , जयसिंह महरा
संसदीय उपसमितिले गरेको संशोधनमा सत्तारूढ दलका शीर्ष नेता सहमत हुन नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक दुई महिनादेखि अलपत्र परेको छ । नीतिगत भ्रष्टाचारसम्बन्धी परिभाषामा उपसमितिले गरेको हेरफेरमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट बनेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकको प्रतिवेदन पारित प्रक्रिया रोकेका छन् ।
भारतमा कति विद्यार्थी छन्, यकिन छैन
सुदीप कैनी
नेपाल सरकारको अनुमति लिएर बर्सेनि ५ हजार हाराहारी विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भारत जाने गरेका छन् । अनुमति नलिई भारतका शिक्षण संस्थामा पढ्न जाने विद्यार्थीको संख्या त्योभन्दा बढी रहेको सरकारी अधिकारीहरू नै बताउँछन् । तर यकिन तथ्याङ्क भने छैन ।
पीडाको ज्वारभाटा दबाएर बसेकी थिइन् प्रकृति
घनश्याम गौतम , दीपेन्द्र बडुवाल
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको पढाइ डेढ वर्षमा सकिँदै थियो । रूपन्देहीको सिद्धार्थनगर–८ बैंक कोलोनीकी प्रकृतिले डेढ साताअघि आमा सरुसँगको फोन संवादमा पढाइ सकेपछि राम्रो कमाइ हुने भएकाले बुबालाई कार ‘सरप्राइज’ दिने बताएकी थिइन् ।
फाल्गुन १०, २०८१
१२३ स्थानीय सरकारमा ‘समाजवादी मोडेल’ सुरु गर्ने माओवादीको गृहकार्य
गंगा बीसी
माओवादीले आफूले जितेका पालिकाहरुमा ‘समाजवादी मोडेल’ सुरु गर्ने भन्दै गृहकार्यमा लागेको छ । गत केन्द्रीय समितिले स्थानीय तहमा समाजवादी अध्यास सुरु गर्ने निर्णय गरेपछि शनिबारदेखि दुई दिने कार्यशाला सुरु गरेको छ ।
२५ वर्षअगाडि हराएकी नेपाली महिला भारतको पिथौरागढमा फेला परिन्
कान्तिपुर संवाददाता
२५ वर्षअगाडि हराएकी एक नेपाली महिला भारतको उत्तराखण्ड पिथौरागढमा फेला परेकी छन् ।
अब दोहामा गुड्ने छैन ‘गुल्मी यातायात’
कान्तिपुर संवाददाता
कतारको सडकमा सेतो रङको माइक्रोले नेपालका राजमार्गमा गुड्ने यात्रुबाहक बसको झल्को दिन्थ्यो । त्यसको चारैतिर नेपालको राष्ट्रिय झन्डाको सानाठूला स्टिकर टाँसिएका थिए । अगाडि-पछाडि ठूला अक्षरमा प्रस्ट रुपमा देखिने गरी लेखिएको थियो- ‘गुल्मी यातायात छाप हिले ।’
ओली कहिल्यै सुध्रिएनन्, नयाँ सिकेनन् र पुराना बिर्सिएनन् : सांसद साह
शिव पुरी
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको औचित्य समाप्त भएको जिकिर गरेका छन् ।
प्रश्न गर्नेलाई निकालिदिने कांग्रेस कुनै 'बा'को पार्टी होइन : महामन्त्री थापा
कान्तिपुर संवाददाता
कांग्रेसमा नेतालाई खुलस्त प्रश्न गर्न पाइने महामन्त्री गगन थापाले बताएका छन् । उनले कांग्रेसमा नेतालाई प्रश्न गरेकै आधारमा निष्कासन नगरिने बताए ।
सरकारमा एमालेसँग कांग्रेसले साझेदारी गरेको हो, २०८४ मा प्रतिस्पर्धा गर्छौं : साउद
कान्तिपुर संवाददाता
कांग्रेस सांसद एनपी साउदले सरकारमा साझेदारी गरे पनि २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । कांग्रेस पार्टीको शीर्ष पदमा रहेका नेताहरूले जिम्मेवारी पूरा गर्नुपर्ने पनि साउदको भनाइ छ ।
नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौंमा सुरु
कान्तिपुर संवाददाता
गत माघ २७–२९ काठमाडौंमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौंमा शनिबार सुरु भएको छ ।
परराष्ट्रमन्त्री राणा जेनेभा प्रस्थान
कान्तिपुर संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् । उनलाई शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।