text stringlengths 2 914 |
|---|
हिमेश |
के भुटानी महिला फुटबल झन्–झन् ठूलो हुँदै छ ? हो । के अबको केही वर्षमा भुटानले वुमेन्स साफ च्याम्पियनसिप जित्न सक्नेछ ? सक्नेछ । यी दुई प्रश्नमा छोटो जवाफ हो, भुटानी वुमेन्स यू–१९ टिमका प्रशिक्षक टंकमाया घलेको । |
चर्च ब्वाइज र एनआरटीको उपाधि भिडन्त |
कान्तिपुर संवाददाता |
झापा ११ को आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भइरहेको झापा कप फुटबल प्रतियोगिताको उपाधिलाई सोमबार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) भिड्दै छन् । |
गेटवेद्वारा उपाधि रक्षा |
कान्तिपुर संवाददाता |
डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमीले १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । मूलपानी मैदानमा भएको फाइनलमा गेटवेले ब्रह्मकुञ्जलाई २–१ गोलअन्तरले पराजित गर्यो । हाइली क्रिएटिभ तेस्रो भयो । हाइली क्रिएटिभले ओरियन्टललाई ५–१ गोलले सहजै हरायो । |
झापालाई पन्छाई मछिन्द्र क्वाटरफाइनलमा |
लक्ष्मी गौतम |
मछिन्द्र फुटबल क्लब काठमाडौं ११ औं फाल्गुनन्द गोल्डकप प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । मछिन्द्रले फिदिममा भइरहेको प्रतियोगितामा आइतबार झापा ११ लाई ५–० गोलले पराजित गर्यो । मछिन्द्रको जितमा बिजु भुजेलले २ गोल गरे । |
अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन सोमबारदेखि |
कान्तिपुर संवाददाता |
नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपालमा दोस्रो पटक आयोजना हुन लागेको योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज सोमबारबाट सुरु हुँदै छ । |
शीर्षमा लिभरपुलको अग्रता चार अंक |
कान्तिपुर संवाददाता |
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार चार अंकको अग्रता लिएको छ र यसका लागि टोटनहमलाई उसकै घरमा ६–३ ले पराजित गरेको छ । आर्ने स्लटको लिभरपुल चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको टोटनहमविरुद्ध आक्रामक रह्यो । |
सेभियालाई हराएर रियल दोस्रोमा |
कान्तिपुर संवाददाता |
केयलिन एमबापे र फेडरिको भाल्भेरडेले लामो दूरीबाट दुई उत्कृष्ट गोल गरेपछि रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा सेभियालाई ४–२ ले हराएको छ । जितपछि रियल अंक तालिकाको शीर्षमा रहेका छिमेकी एट्लेटिको म्याड्रिडमाथि दबाब सिर्जना गर्न पनि सफल रह्यो । |
पुस ७, २०८१ |
बुद्धिचालमा जेम्स स्कुल च्याम्पियन |
कान्तिपुर संवाददाता |
थन्डर बोल्ट्स कप २०२४ अन्तर्गत बुद्धिचालमा जेम्स स्कुल च्याम्पियन बनेको छ । आइतबार भएको यू-१८ समूहको अन्तिम नतिजामा जेम्सले संवरण जित्दा मनकामना स्कुल र डिएभी स्कुल संयुक्त रुपमा दोस्रो स्थानमा रहे । |
महिला भलिबलको उपाधि जनज्योतिलाई |
वीरेन्द्र केसी |
अन्तरपार्टी महिला सञ्जालले आयोजना गरेको सन्धिखर्क नगर उपप्रमुख कप नगरस्तरीय महिला भलिबलको उपाधि चुत्राबेंसीको जनज्योति माविले हात पारेको छ । |
फाल्गुनन्द गोल्डकप : मछिन्द्रसँग झापा स्तब्ध |
लक्ष्मी गौतम |
मछिन्द्र फुटबल क्लब काठमाडौं फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । |
वुमेन्स यू-१९ मा नेपाल र भुटानको बराबरी |
कान्तिपुर संवाददाता |
नेपालले वुमेन्स यू-१९ मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा आइतबार भुटानसँग १-१ को बराबरी खेलेको छ । |
कावासोतीमा स्टार कप ब्याडमिन्टन प्रतियोगिता हुने |
नवीन पौडेल |
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा स्टार कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । योङ् स्टार क्लबको आयोजनामा पुस १० देखि १२ गतेसम्म विभिन्न उमेर समूहको प्रतियोगिता हुने भएको हो । |
भारतले जित्यो यू-१९ एसिया कपको उपाधि |
कान्तिपुर संवाददाता |
भारतले एसीसी महिला यू-१९ एसिया कपको उपाधि जितेको छ । आइतबार बंगलादेशलाई ४१ रनले हराउँदै भारतले उपाधि जितेको हो । |
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान |
रासस |
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन् । |
दीपेन्द्रलाई कार, ललितलाई मोटरसाइकल |
विनोद पाण्डे |
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडी भएवापत कार पुरस्कार पाएका छन् । एनपीएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौताअनुरुप एसपीजी अटोमोबाइल्सले दीपेन्द्रलाई कार प्रदान गरेको हो । |
बार्सिलोनालाई उछिनेर एटलेटिको शीर्षमा |
कान्तिपुर संवाददाता |
सब्टिच्युट एलेक्जान्डर सोरलोथले इन्ज्युरी समयमा गरेको गोलको मद्दतले एटलेटिको म्याड्रिडले शनिबार स्पेनी ला लिगामा बार्सिलानालाई २–१ ले पराजित गरेको छ । यो जितपछि एथलेटिको बार्लिलोनालाई उछिनेर अंक तालिकाको शीर्षमा पनि उक्लेको छ । |
प्यालेसमाथि आर्सनलको प्रभावशाली जित |
कान्तिपुर संवाददाता |
ग्याब्रिएल जेससले दुई गोल गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसमाथि ५–१ को प्रभावशाली जित निकालेको छ । यो जितपछि आर्सनलले लिग तालिकाको शीर्षमा रहेको लिभरपुलसँगको दूरी तीन अंकमा छोट्याएको छ र तेस्रोमा छ । |
एनपीएलको समापन, नयाँ इतिहासको आरम्भ |
विनोद पाण्डे |
नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो । |
पुस ६, २०८१ |
मैत्रीपूर्ण हक्कीमा आर्मी विजयी |
कान्तिपुर संवाददाता |
एपीएफ क्लबविरुद्ध भएको मैत्रीपूर्ण पुरुष हक्की प्रतियोगितामा शनिबार आर्मी विजयी भएको छ । आर्मी २–० गोलले विजयी भयो । |
टाइम्स र बर्नहार्ट सेमिफाइनलमा |
कान्तिपुर संवाददाता |
थन्डर बोल्ट्स कप खेलकुदअन्तर्गत बास्केटबलको यू–१८ छात्रतर्फ टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर कलेज सेमिफाइनल पुगेका छन् । |
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ? |
कान्तिपुर संवाददाता |
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आर्कषक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् । |
ब्रिजेस र सिभाली बने २२औं जयकर मेमोरियल नेसनल जुनियर टेनिस विजेता |
कान्तिपुर संवाददाता |
‘२२औं जयकर मेमोरियल नेसनल जुनियर टेनिस टुर्नामेन्ट २०२४’ यु–१४ को विजेता ब्रिजेस अर्याल र सिभाली गुरुङ बनेका छन् । |
उग्रचण्डी कप बुद्धिचालमा श्रीकृष्ण विजेता |
कान्तिपुर संवाददाता |
उग्रचण्डी माध्यमिक विद्यालय र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा एकदिने उग्रचण्डी कप र्यापिड बुद्धिचाल प्रतियोगितामा श्रीकृष्ण मानन्धर विजेता बनेका छन् । |
करसाङलाई हराउँदै फिदिम क्वाटरफाइनलमा |
लक्ष्मी गौतम |
आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथरको फिदिममा आयोजित फाल्गुनन्द गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । |
न्युटनले जित्यो हिमरश्मि कप भलिबल उपाधि |
कान्तिपुर संवाददाता |
न्युटनले प्रथम हिमरश्मि कप यू–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि जितेको छ । |
एनपिएल विजेतालाई अध्यक्ष दाहालको बधाई |
कान्तिपुर संवाददाता |
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहालले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । |
एनपिएल विजेतालाई राष्ट्रपति पौडेलको बधाई |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । साथै उनले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् । |
महिला यू–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण चितवनमा हुने |
रासस |
मलेसियामा आगामी जनवरीमा हुने महिला यू–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ । |
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री ओलीको बधाई |
अर्जुन सुवेदी |
प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेकोमा जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । |
फाइनल इनिङ्सले मिलान्था एनपीएलको सर्वाधिक रन बनाउने खेलाडी |
विनोद पाण्डे |
जनकपुर बोल्ट्सका लाहिरु मिलान्था नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो सिजनमा उच्च स्कोरर बनेका छन् । फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध निर्णायक इनिङ्स खेलेपछि मिलान्थाले रबि बोपारा, रोहित पौडेललाई उछिनेका हुन् । |
एनपीएल फाइनल : जनकपुरविरुद्ध सुदूरपश्चिमको ब्याटिङ |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि पहिला ब्याटिङ रोजेका हुन् । |
पुसे मेला भलिबलको उपाधि भोजपुरलाई |
आनन्द गौतम |
पुसे मेलाको अवसरमा आयोजित अन्तर जिल्ला आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ । शुक्रबार बेलुका सम्पन्न प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन पाथीभरा टाइगर क्लब झापालाई सोझो सेटमा हराउँदै भोजपुर भलिबल टिमले उपाधि जितेको हो । |
जुम्ली युवामा क्रिकेट क्रेज |
डीबी बुढा |
जुम्लामा क्रिकेट क्रेज बढेको छ । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्न थालेपछि जुम्ली युवाहरूमा क्रिकेट खेल्न थालेका हुन् । अहिले ठूला खेत, स्कुल मैदानदेखि चौरहरूमा समेत क्रिकेट खेल्न थालेका छन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.