text
stringlengths
2
914
कान्तिपुर संवाददाता
११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सार्वजनिक खेलतालिका अनुसार पुस ६ मा हुने उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले कर्साङ फुटबल क्लब भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
जयकर मेमोरियल टेनिस : अमिरा र टोनिस च्याम्पियन
कान्तिपुर संवाददाता
औं जयकर मेमोरियल राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा यू–८ तर्फ गर्ल्समा अमिरा गुप्ता र ब्वाइजमा टोनिस श्रेष्ठ च्याम्पियन भएको छ ।
नेपाल र भुटानबीच युवा मैत्रीपूर्ण खेल हुने
कान्तिपुर संवाददाता
महिला फुटबलको इतिहास बनाउन हिँडेका नेपाल र भुटानका यू– १६ र यू–१९ का टिमबीच युथ मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।
थन्डर बोल्ट्स : वियन्कालाई टेबलटेनिस स्वर्ण
कान्तिपुर संवाददाता
दोस्रो थन्डर बोल्ट्स कप खेलकुदमा टेबलटेनिसको यू–१८ महिला एकलतर्फ एभीएमकी बियन्का राईले स्वर्ण जितेकी छन् ।
गेटवे एकेडेमी फेका कप सेमिफाइनलमा
कान्तिपुर संवाददाता
डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमीले बुधबार १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनल तय गरेको छ ।
भलिबलमा हिमरश्मि र लालीगुराँसलाई सफलता
कान्तिपुर संवाददाता
आयोजक हिमरश्मि नीलो र लालीगुराँस नेसनल एकेडेमी बुधबार प्रथम हिमरश्मि कप यू–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको प्रिक्वाटरफाइनल पुगेका छन् ।
भण्डारीको अर्धशतकले सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
विनोद पाण्डे
विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्स बुधबार जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गरी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।
हङकङ यू-१९ विरुद्धको एकदिवसीय खेलमा नेपाल हाबी, २२६ रनले विजयी
कान्तिपुर संवाददाता
हङकङ यू-१९ विरुद्धको दोस्रो एकदिवसीय खेल पनि जितेको छ । मूलपानी क्रिकेट रंगशालामा नेपालले हङकङ यू-१९ लाई २२६ रनले हराएको हो । २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७१ रनमा समेटिएको हो ।
सुदूरपश्चिमलाई जनकपुरको मध्यम लक्ष्य
कान्तिपुर संवाददाता
जिम्मी निशमले २३ बलमा ४५ रन बनाए पनि जनकपुर बोल्ट्सलाई बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर-१ मा सुदूरपश्चिम रोयल्सले मध्यम स्कोरमा रोकेको छ ।
भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
कान्तिपुर संवाददाता
भारतीय अफस्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) ले सामाजिक सञ्जाल एक्समा उत्कृष्ट खेलका लागि धन्यवाद दिँदै अश्विनले सन्न्यास लिएको जानकारी दिएको हो ।
सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर
कान्तिपुर संवाददाता
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर-१ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । जनकपुरका कप्तान आसिफ शेखले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि पहिला ब्याटिङ रोजेका हुन् ।
चितवनलाई पन्छाउँदै कर्णाली क्वालिफायर-२ मा
विनोद पाण्डे
तीन विदेशी खेलाडीहरू जयकिशन कोल्शावाला, विलियम बोसिस्टो र चाडविक वाल्टनको उच्च प्रयासमा कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर-२ मा प्रवेश गरेको छ । कर्णालीले बुधबार चितवन राइनोजलाई २१ रनले पराजित गर्‍यो ।
विदेशी खेलाडीको योगदानमा कर्णालीको उच्च प्रर्दशन
कान्तिपुर संवाददाता
तीन विदेशी खेलाडीहरु जयकिशन कोल्शावाला, विलियम बोसिस्टो र चाडविक वाल्टनको योगदानमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा चितवन राइनोजलाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।
कर्णालीविरुद्ध चितवनको फिल्डिङ
कान्तिपुर संवाददाता
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । चितवन राइनोजका कप्तान कुशल मल्लले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर फिल्डिङ रोजेका हुन् ।
कभर्डहल उद्घाटनमा भक्कानिए नेम्बाङ
लक्ष्मी गौतम
जिल्ला समन्वय समिति पाँचथर परिसरमा निर्मित ब्याडमिन्टन हल उद्घाटन कार्यक्रम तय गरिएको थियो । प्रमुख अतिथिका रूपमा निम्त्याइएका थिए प्रतिनिधिसभा सांसद वसन्तकुमार नेम्बाङ ।
नेपालले श्रीलंका र बंगलादेशसँग खेल्ने
कान्तिपुर संवाददाता
नेपाल र भारतबीच एसीसी महिला यू–१९ एसिया कप क्रिकेटको मंगलबारको खेल वर्षाका कारण रद्द भएको छ । यसअघि नै यी दुई टोली मलेसियामा भइरहेको प्रतियोगिताको ‘सुपर फोर’ मा पुगिसकेका थिए । नेपाल र भारत दुवैले समूह ‘ए’ को खेलमा पाकिस्तानलाई पराजित गरेको थियो ।
सुदूर र जनकपुरको नजर सिधै फाइनलमा
हिमेश
नेपाल प्रिमियर लिग (एनपीएल) बाट चार टिम छुटिसकेका छन् । अब बुधबार दुई खेलपछि थप एक टिमको प्रतियोगिताबाट चुनौती सकिनेछ । बाँकी तीन टिममध्ये एकले ढुक्क भएर भन्न सक्नेछ, फाइनल पुग्यौं । अझ एकले धन्न आफू त जोगियो, अझै फाइनलको सम्भावना छ भन्ने छ ।
भिनिसियस बने फिफा वर्ष खेलाडी
कान्तिपुर संवाददाता
रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियनरलाई मंगलबार दोहामा आयोजित कार्यक्रमबीच फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्रदान गरिएको छ । महिलातर्फ बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमतीले यो अवार्ड जितिन् ।
पुस २, २०८१
हेटौंडामा प्रदेश लिग फुटबल हुने
कान्तिपुर संवाददाता
दोस्रो संस्करणको वाग्मती प्रदेश लिग फुटबल प्रतियोगिता हेटौंडामा हुने भएको छ । प्रतियोगिता हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा पुस १० देखि हुनेछ ।
हिमरश्मिको जितमा भलिबल सुरु
कान्तिपुर संवाददाता
आयोजक हिमरश्मि नीलोले प्रथम हिमरश्मि कप यू–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
थन्डर बोल्ट्सको बास्केटबलमा नामी विजयी
कान्तिपुर संवाददाता
दोस्रो थन्डर बोल्ट्स कप खेलकुदमा बास्केटबल यू–१८ छात्रतर्फ समूह चरणमा काठमान्डु वर्ल्ड स्कुलले बर्नहार्ट स्कुललाई ६३–५९ ले ले पराजित गरेको छ ।
लालीगुराँस र ग्रिनल्यान्डले जिते जेबी कप
कान्तिपुर संवाददाता
लालीगुराँस नेसनल एकेडेमी र ग्रिनल्यान्डले प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज र ग्रिनल्यान्ड सिनियर गर्ल्समा च्याम्पियन बन्यो ।
तिलोत्तमा मेयर कप क्रिकेट पुस १० गतेदेखि
सन्जु पौडेल
रुपन्देहीको तिलोत्तमामा यही पुस १० गतेदेखि मेयर कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
झापा कप फुटबल : राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
कान्तिपुर संवाददाता
झापा-११ को आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी झापा कप फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा पाहुना टोली जीटीए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै इटहरीको राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
यू-१९ एसिया कप : नेपाल र भारतबीचको खेल रद्द, सेमिफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने
कान्तिपुर संवाददाता
मलेसियामा जारी महिला यू–१९ एसिया कपमा नेपाल र भारतबीचको आजको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै देशले एक/एक अङ्क बाँडेका छन् ।
न्यू होराइजनलाई उपाधि
माधव ढुंगाना
११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को उपाधि न्यू होराइजन मावि बुटवलले हात पारेको छ ।
एनपीएल विजेताले १ करोड १० लाख रुपैयाँ पाउने
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिग(एनपीएल) को विजेताले १ करोड १० लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार विजेता/उपविजेतासँगै तेस्रो र चौथो स्थान हासिल गर्नेको पुरस्कार राशिबारे जानकारी दिएको हो ।
भारत फलो अनबाट जोगिएसँगै टेस्ट बराबरीतर्फ
कान्तिपुर संवाददाता
भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको चौथो दिन मंगलबार फलो अनबाट आफूलाई जोगाएको छ । चौथो दिनको खेल समाप्त हुँदा भारतले नौ विकेट गुमाएर २ सय ५२ रन बनाएको छ । अब एक दिनको खेल मात्रै बाँकी छ र टेस्ट बराबरीतर्फ अग्रसर रहेको छ ।
यू-१९ एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
कान्तिपुर संवाददाता
एसीसी महिला यू-१९ एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालुम्पुरस्थित बायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको हो ।
महिला यु–१९ एसिया कप : नेपाल र भारतबीच खेल हुँदै
कान्तिपुर संवाददाता
लेसियामा जारी महिला यु–१९ एसिया कपमा आज नेपाल र भारत बीचमा प्रतिस्पर्धा हुँदैछ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज बिहान ११:४५ मा खेल सुरु हुनेछ । नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।
न्युजिल्यान्ड ठूलो अन्तरले विजयी
कान्तिपुर संवाददाता
न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट मंगलबार ठूलो अन्तरले जितेको छ । ह्यामल्टनमा भएको टेस्टको चौथो दिन न्युजिल्यान्ड ४ सय २३ रनले विजयी रह्यो । यससँगै तीन टेस्टको सिरिज इंग्ल्यान्डको पक्षमा २–१ ले टुंगेको छ ।
लाजियोमाथि इन्टरको ६ गोल
कान्तिपुर संवाददाता
डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले सोमबार इटालीको सिरी ए मा लाजियोमाथि ६–० को प्रभावशाली जित निकालेको छ । रोमको क्लबले आफ्नो घरेलु मैदानमा बेहोरेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो अन्तरको लिग हार हो ।
गौतमबुद्ध क्रिकेट रंगशाला ६ महिनामा १३ प्रतिशत काम
रमेशकुमार पौडेल
देशमा क्रिकेट माहोल ह्वात्तै बढेको छ । राजधानीमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा क्रिकेटप्रेमीहरू झुम्मिएका छन् । क्रिकेटको यो सुखद माहोलमा खड्किने विषय हो स्तरीय रंगशालाको अभाव । चितवन भरतपुरमा निकै चर्चाका साथ बन्न सुरु भएको गौतम बुद्ध क्रिकेट रंगशालाको अवस्था अहिले के होला ? सोमबार मध्यान्ह त्यहाँ पुग्दा कामद...
एनपीएल : क्वालिफायरमा सुदूर र जनकपुर, इलिमिनेटरमा कर्णाली र चितवन