text
stringlengths
2
914
कागलिरीलाई हराउँदै एटलान्टा शीर्षमा
कान्तिपुर संवाददाता
इटालीको सिरी ए मा एटलान्टाले शनिबार कागलिरीलाई १–० ले हरायो र अंक तालिकाको शीर्षमा कायम रह्यो । उसका लागि निकोलो जानिओलोले ६६ औं मिनेटमा निर्णायक गोल गरे । एटलान्टनाको १६ खेलबाट ३७ अंक छ ।
भिल्लालाई हराउँदै फरेस्ट चौथोमा
कान्तिपुर संवाददाता
सब्टिच्युट एन्थोनी एलान्गाले इन्ज्युरी समयमा गोल गरेपछि नटिङघम फरेस्टले शनिबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले हराएको छ र अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । फरेस्ट एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकाल्न सफल रहेको हो ।
भालेकानोसँग रियलको रोमाञ्चक बराबरी
कान्तिपुर संवाददाता
जुड बेलिङघमले स्पेनी ला लिगामा शनिबार लगातार छैटौं खेलमा गरेको गोलको मद्दतले रियल म्याड्रिडले राया भालेकानोसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको छ । बराबरीले रियल अंक तालिकाको शीर्षमा उक्लन भने असफल रह्यो ।
क्यालिकटलाई काभा ट्रफी
कान्तिपुर संवाददाता
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भारतीय टोली क्यालिकट हिरोजले पहिलो काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।
करण म्याराथन च्याम्पियन
हरिराम उप्रेती
त्रिभुवन आर्मी क्लवका करण रावलले प्रसिद्ध धार्मिकस्थल मनकामनादेखि गोरखकाली मन्दिरसम्मको खुला गोरखा म्याराथनको उपाधि जितेका छन् ।
प्लेअफका तीन स्थानमा चार प्रतिस्पर्धी
कान्तिपुर संवाददाता
चितवन राइनोज र काठमान्डु गुर्खाज शनिबार विजयी भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा सुरक्षित हुन तीन स्थानका लागि चार टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक स्थितिमा पुगेको छ ।
मंसिर २९, २०८१
आर्मीको जितबाट झापा कप फुटबल सुरु
कान्तिपुर संवाददाता
त्रिभुवन आर्मी फुटबल क्लबले बिर्तामोडमा सुरु प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेल जितेको छ ।
दोस्रो थन्डर बोल्ट्स खेलकुद सुरु
कान्तिपुर संवाददाता
जेम्स स्कुलको आयोजनामा शनिबारदेखि थन्डर बोल्ट्स कप २०२४ खेलकुद प्रतियोगिता सुरु भएको छ ।
विद्यालय खेलकुद महासंघ अध्यक्षमा श्रेष्ठ
कान्तिपुर संवाददाता
नेपाल विद्यालय खेलकुद महासंघको साधारणसभाले विनोद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
लालीगुराँस र न्युटन बास्केटबल क्वाटरफाइनलमा
कान्तिपुर संवाददाता
लालीगुराँसले नवदीक्षितलाई २१–१६ ले, न्युटनले त्रिवेणीलाई १९–१४ ले, फेरिल्यान्डले स्किब्सलाई १९–१५ ले र ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई १६–१४ स्कोरले पराजित गरे ।
एनप्याब्सन खेलकुदका पदक विजेता पुरस्कृत
कान्तिपुर संवाददाता
सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत विभिन्न खेलका पदक विजेतालाई शनिबार पुरस्कृत गरिएको छ ।
एनआरटीले चुम्यो दोस्रो इलाम गोल्डकपको उपाधि
लक्ष्मी गौतम
न्यू रोड टिम (एनआरटी) ‘दोस्रो इलाम गोल्डकप’को उपाधि चुम्न सफल भएको छ । साविक विजेता एनआरटीले लिग विजेता चर्च ब्वाइज क्लबलाई ३–०को फराकिलो गोल अन्तरले हराउँदै दोस्रो पटक इलाम गोल्डकपको च्याम्पियन बनेको हो ।
तानसेनलाई पालिकास्तरीय क्रिकेटको उपाधि
माधव अर्याल
पाल्पाका पालिकास्तरीय डाउनटाउन नकआउट क्रिकेट प्रतियोगिताको उपाधि शनिबार तानसेन नगरपालिकाको तानसेन क्रिकेट क्लबले जितेको छ ।
सिरिजंगा गोल्डकप उदयपुरलाई
आनन्द गौतम
सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोकमा सञ्चालित सिरिजंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ । मरिक फुटबल क्लब सुनसरीलाई सडनडेथमा पराजित गर्दै ब्रदरहुड विजयी बनेको हो ।
गोरखा म्याराथन दौडको उपाधि आर्मीका रावललाई
हरिराम उप्रेती
प्रसिद्ध धार्मिकस्थल मनकामनादेखि गोरखकाली मन्दिरसम्म खुला (गोरखा) म्याराथन दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका करन रावलले जितेका छन् । निर्धारित दूरी २ घण्टा ३६ मिनेर ७ सेकेण्डमा पार गर्दै बझाङ घर भएका रावलले उपाधि जितेका हुन् । पहिलो बनेका रावलले १ लाख ५० हजार नगद पुरस्कार पाएका छन् ।
नेपालले आमन्त्रित हक्की प्रतियोगिता खेल्ने
कान्तिपुर संवाददाता
नेपालले मलेसियामा हुने आमन्त्रित हक्की प्रतियोगितामा सहभागिता जनाउने भएको छ । यो १६ वर्षमुनिका खेलाडीले भाग लिने फेस्टिबल प्रतियोगिता हुनेछ । प्रतिस्पर्धा हक्की फाइभ्सका आधारमा हुनेछ । टिममा पुरुष र महिला दुवै खेलाडी हुनेछन् । प्रतियोगिता डिसेम्बर १७ देखि २१ सम्म हुनेछ ।
जनकपुरमाथिको विजयले चितवनको प्लेअफमा दाबेदारी
विनोद पाण्डे
जिम्मी निशमले आक्रमक खेल्दै बाउन्ड्रीको वर्षा लगाए पनि उनको जनकपुर बोल्ट्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार चितवन राइनोजले ३२ रनले पराजित गर्‍यो । निशमले २४ बलमा ६५ रन बनाए पनि १ सय ८१ रनको लक्ष्य लिएर आएको जनकपुर १८ ओभरमा १ सय ४८ रनमा अलआउट भयो ।
जनकपुरविरुद्ध चितवनको जगमगाउँदो ब्याटिङ
कान्तिपुर संवाददाता
कुशल मल्लको अर्धशतकमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार जनकपुर बोल्ट्सलाई १ सय ८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने आफ्नै निर्णयमा कुशलले ७२ रन बनाएपछि चितवनले को १८०–५ को स्कोर बनाएको हो ।
जनकपुरविरुद्ध चितवन ब्याटिङ गर्दै
कान्तिपुर संवाददाता
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । चितवनका कप्तान कुशल मल्लले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
पोखरामाथि काठमान्डु गुर्खाजको रबाफिलो जित
विनोद पाण्डे , तस्बिर : हेमन्त श्रेष्ठ
स्टेफन इस्किनाजीको अर्धशतकमा काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार पोखरा एभेन्जर्समाथि ६ विकेटको सानदार विजय हात पारेको छ । इस्किनाजीले ६० रन बनाएपछि गुर्खाजले १ सय ३९ रनको लक्ष्य केवल १४.१ ओभरमै १ सय ४२ रन बनाउँदै पूरा गरेको थियो ।
इलाम गोल्डकपको फाइनल आज, एनआरटी र चर्च ब्वाइज भिड्दै
लक्ष्मी गौतम
‘दोस्रो इलाम गोल्डकप’को फाइनल खेल आज हुँदैछ । इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा आयोजना हुने प्रतियोगितामा उपाधिका लागि न्यु रोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
काठमान्डुलाई पोखराको १ सय ३९ रनको लक्ष्य
कान्तिपुर संवाददाता
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार काठमान्डु गुर्खाजलाई १ सय ३९ रनको लक्ष्य दिएको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङको निम्ता दिएपछि पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३८ रन बनाएको हो ।
काठमान्डुविरुद्ध पोखराको ब्याटिङ
कान्तिपुर संवाददाता
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिला ब्याटिङ गर्ने भएको छ । काठमान्डु गुर्खाजका कप्तान करण केसीले शनिबार टस जितेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखरालाई पहिला ब्यािटङका लागि निम्ता दिएका हुन् ।
१८ वर्षमै विश्व चेस च्याम्पियन
प्रविना पौडेल
भारतका १८ वर्षीय किशोर गुकेश डोम्माराजु विश्वकै कान्छो चेस च्याम्पियन बनेका छन् । सिंगापुरमा भएको अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) द्वारा आयोजित विश्व चेस च्याम्पियनसिपको उपाधि जित्दै डोम्माराजु विश्वकै कान्छो चेस च्याम्पियन बनेका हुन् ।
राइनोज समर्थकको झिसमिसेमै यात्रा
रमेशकुमार पौडेल
नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार दिउँसो चितवन राइनोज र विराटनगर किंग्सविरुद्ध खेल्दै थियो । काठमाडौंमा टिमको हौसला बढाउन राइनोजका समर्थकहरू शुक्रबार बिहान झिसमिसेमै बस चढेर काठमाडौं लागेका थिए ।
हेल्प नेपालले क्यालिकटसँग खेल्ने
कान्तिपुर संवाददाता
नेपालको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले भारतको क्यालिकट हिरोजसँग काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ ।
कर्णाली याक्स बलियो स्थितिमा
कान्तिपुर संवाददाता
कर्णाली याक्सले लगातार चौथो खेल जित्दै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । ठीक विपरीत चितवन राइनोज निर्णायकजस्तै मानिएको खेलमा पराजित भएपछि टोलीको अर्को चरण पुग्ने सम्भावना अल्मलिएको छ ।
चितवन राइनोजले गुमायो मौका
कान्तिपुर संवाददाता
चितवन राइनोजले शुक्रबार खेल गुमाएपछि शीर्ष चारको स्थान मजबुत बनाउने मौका गुमाएको छ । टोलीलाई विराटनगर किंग्सले ५१ रनले हरायो । चितवनले शनिबार जनकपुर बोल्ट्सविरुद्ध खेल्नेछ । त्यसमा विजय हात पार्न नसके चितवनलाई काठमान्डु गुर्खाज र पोखरा राइनोजमध्ये एकले उछिन्ने सम्भावना रहन्छ ।
एनपीएलका पाहुना : सर्वकालीन ब्याटर नेपालमा
हिमेश
विश्वकै महान् ब्याटर ब्रायन लारा, जसलाई क्रिकेटको ‘भगवान्’ नै मानिन्छ । नेपालमा पहिलोपल्ट आयोजित क्रिकेटको प्रिमियर लिग ‘एनपीएल’ हरेक उमेर र वर्गबीच असाध्यै लोकप्रिय सावित भइरहेका बेला क्रिकेटका उनै ‘भगवान्’ लारा शुक्रबार नेपाल आइपुगेका छन् । उनको उपस्थितिले प्रतियोगितालाई थप उचाइ दिएको छ । सम्भवतः लारा नेपाल आउने विश्...
मंसिर २८, २०८१
सूर्य नेपाल काठमाडौं ओपन : सद्भाव बने च्याम्पियन
कान्तिपुर संवाददाता
एमेच्योर गल्फर सदभाव आचार्यले अन्तिम दिनको खेलमा बाजी मार्दै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि जितेका छन् । उनले डिफेन्डिङ च्याम्पियन प्रो नीरज तामाङलाई दुई स्ट्रोकले हराएका थिए । सूर्य नेपाल गल्फ टुर २०२४/२५ को यो दोस्रो प्रतियोगिता हो । सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् ।
फुटबलमा गेटवे एकेडेमी विजयी
कान्तिपुर संवाददाता
साबिक विजेता गेटवे एकेडेमीले १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित पाएको छ । मूलपानी मैदानमा भएको उद्घाटन खेलमा गेटवेले हाइल्यान्डलाई ६–१ गोलले पराजित गर्‍यो । गेटवेका प्रदीप खत्री म्यान अफ द म्याच घोषित भए ।
हिमाली बास्केटबल च्याम्पियन
कान्तिपुर संवाददाता
हिमाली बोर्डिङले सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत छात्र बास्केटबलको उपाधि जितेको छ । एपेक्स लाइफ स्कुलको कोर्टमा शुक्रबार सम्पन्न फाइनलमा हिमालीले साइन मोडेललाई १७–१२ स्कोरले हरायो ।
विराटनगरद्वारा चितवन राइनोज ५१ रनले पराजित
कान्तिपुर संवाददाता