text
stringlengths
2
914
कान्तिपुर संवाददाता
सुदूरपश्चिम रोयल्ससँग नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार प्रतिस्पर्धा गर्दै गर्दा कर्णाली याक्ससामु दुई विकल्प थिए । सुदूरपश्चिममाथि अलिकति फराकिलो विजयले कर्णालीलाई क्वालिफायर्स १ मै पुर्‍याउँथ्यो । तर हारले टोली प्रतियोगिताबाटै बाहिरिन सक्थ्यो र काठमान्डु गुर्खाज प्लेअफमा छिर्न सक्थ्यो ।
सलहेशसँग त्रिभुवन आर्मी स्तब्ध
कान्तिपुर संवाददाता
उपाधि दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब बिर्तामोडमा भइरहेको प्रथम झापा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
मातृभूमि र ज्ञान च्याम्पियन
कान्तिपुर संवाददाता
आयोजक मातृभूमि र ज्ञान निकेतनले मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । दोहोरो उपाधि जितेको मातृभूमि जुनियर ब्वाइज र सिनियर गर्ल्समा च्याम्पियन भयो । ज्ञान निकेतन सिनियर ब्वाइजमा च्याम्पियन बनेको हो ।
नेपालको हङकङसँग जित
कान्तिपुर संवाददाता
नेपाली यू–१९ पुरुष टोलीले सोमबार पहिलो खेलमा हङकङ यू–१९ टिमलाई ३ विकेटले पराजित गर्दै तीन खेलको शृंखलामा अग्रता लिएको छ ।
बाँके फुटबलमा मनोनीत
कान्तिपुर संवाददाता
बाँके जिल्ला फुटबल संघले रिक्त रहेका तीन पदाधिकारी र एक सदस्य मनोनीत गरेको छ । नेपालगन्जमा बसेको बाँके जिल्ला फुटबल संघको बैठकले कोषाध्यक्षमा सानु तामाङ, सह–महासचिवमा दीर्घराज आचार्य र सरिता थापालाई मनोनीत गरेको छ ।
पाकिस्तानमाथि ऐतिहासिक जित
विनोद पाण्डे
कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले एसीसी महिला यू–१९ एसिया कप क्रिकेटमा सोमबार पाकिस्तानमाथि ६ विकेटको ऐतिहासिक जित हासिल गरेको छ । महिला क्रिकेटको कुनै पनि समूहमा नेपालले टेस्ट राष्ट्रको टोलीलाई हराएको यो पहिलो पटक हो ।
पुस १, २०८१
थन्डर बोल्ट्सको छात्रा फुटसलमा एभीएम विजेता
कान्तिपुर संवाददाता
जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डर बोल्ट्स कप खेलकुदअन्तर्गत १३ वर्षमुनिका छात्रा फुटसलमा एभीएम स्कुल विजेता बनेको छ । जेम्स स्कुल दोस्रो र छन्त्याल एकेडेमी तेस्रो भए ।
वडाध्यक्ष कपमा फ्रिडमका दुवै टोली विजयी
कान्तिपुर संवाददाता
फ्रिडम फाइटर क्लबले चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा सोमबार दोहोरो जित पाएको छ । फ्रिडमको ‘ए’ र ‘बी’ दुवै टोली विजयी भएका छन् ।
हिमरश्मि कप यू-१९ भलिबल मंगलबारदेखि
कान्तिपुर संवाददाता
हिमरश्मिको आयोजनामा प्रथम हिमरश्मि कप यू–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिता मंगलबार सुरु हुँदै छ ।
फेरिल्यान्ड र ग्रिनल्यान्ड बास्केटबल फाइनलमा
कान्तिपुर संवाददाता
फेरिल्यान्ड र ग्रिनल्यान्ड प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार फाइनल पुगेका छन् । फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई २५–१६ स्कोरले पराजित गर्‍यो ।
यू-१९ एसिया कप : पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा
कान्तिपुर संवाददाता
महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।
न्युजिल्यान्डद्वारा इंग्ल्यान्डसामु असम्भव लक्ष्य
कान्तिपुर संवाददाता
न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्टमा इंग्ल्यान्डसामु सोमबार विशाल लक्ष्य प्रस्तुत गरेको छ । ह्यामिल्टनमा तेस्रो दिनको खेल समाप्त हुँदा इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्समा दुई विकेट गुमाएर १८ रन बनाएको छ ।
वर्षाले प्रभावित खेलमा भारत कमजोर
कान्तिपुर संवाददाता
अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्टको तेस्रो दिन सोमबारको खेल पनि वर्षाले प्रभावित रह्यो । खेल वर्षाले विथोलिएर रोकिन अगाडि भारतले आफ्नो पहिलो इनिङ्स सुरु गर्दै चार विकेटमा ५१ रन बनाएको छ ।
एनपीएल फाइनल पुग्नका लागि सुदूरपश्चिम र जनकपुर खेल्ने, चितवन र कर्णाली इलिमिनेटरमा भिड्ने
विनोद पाण्डे
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान पाउन प्रतिस्पर्धा गर्ने भएका छन् । सुदूरपश्चिमले सोमबार कर्णाली याक्सविरुद्ध ६ विकेटको विजय हात पारेपछि क्वालिफायर्स १ को यस्तो समीकरण बनेको हो ।
एनपीएल : सुदूरपश्चिमलाई कर्णालीको सामान्य लक्ष्य
कान्तिपुर संवाददाता
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सविरुद्धको खेल जित्न १ सय २ रनको लक्ष्य पाएको छ । सुदूरपश्चिमले एनपीएलमा पहिलो पटक टस जितेको पछि ब्याटिङमा आएको कर्णाली याक्स सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि १ सय १ रनमा अलआउट भयो ।
एनपीएलमा सुदूरपश्चिमले पहिलो पटक जित्यो टस, कर्णाली ब्याटिङमा
कान्तिपुर संवाददाता
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो पटक टस जितेको छ । कर्णाली याक्सविरुद्ध सोमबारको खेलमा सुदूरपश्चिमले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर कर्णालीलाई ब्याटिङका लागि बोलाएको छ ।
बार्सिलोना घरमै लेगानेससँग पराजित
कान्तिपुर संवाददाता
स्पेनी ला लिगाको शीर्षमा रहेको बार्सिलोनाले आइतबार घरमै लेगानेसको हातबाट १–० को हार बेहोरेको छ । हारले उपाधि होडमा बार्सिलोनाको चुनौती अझ कमजोर बनेको छ । बार्सिलोनाको १८ खेलबाट ३८ अंक मात्र भएको छ ।
म्यानचेस्टर डर्बीमा सिटीमाथि युनाइटेडको जित
कान्तिपुर संवाददाता
खेलको अन्त्यतिर गरेको दुई गोलको मद्धतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई आइतबार २–१ ले पराजित गरेको छ । एक गोलले पछाडि रहेको युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ८८ औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे ।
शीर्षमा उक्लियो सुदूरपश्चिम
कान्तिपुर संवाददाता
पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गरेसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । कम्तीमा प्लेअफमा पुगेको सुदूरपश्चिम ६ खेलमा १० अंकसहित शीर्ष स्थानमा छ । मजबुत रन रेटका कारण सुदूरपश्चिम क्वालिफायर्स १ मा पनि निश्चितजस्तै छ ।
मंसिर ३०, २०८१
ग्रिसको निस अट्रोमिटौमा एन्जिला
कान्तिपुर संवाददाता
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले ग्रिसको निस अट्रोमिटौमा आइतबारबाट औपचारिक रुपमा प्रशिक्षण सुरु गरेकी छन् ।
कबड्डी लिगको ड्राफ्टमा ६ टिम ८४ खेलाडी
कान्तिपुर संवाददाता
नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट आइतबार सम्पन्न गरिएको छ । ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी छनोट गरेका छन् ।
गण्डकी प्रदेश हक्की संघमा थापा
कान्तिपुर संवाददाता
गण्डकी प्रदेश हक्की संघको पहिलो अधिवेशनबाट दीपकबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनले थापाको नेतृत्वमा ९ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको हो ।
एन्फाले एकेडेमी संचालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने छ : एन्फा महासचिव राई
शंकर आचार्य
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले एन्फाले भविष्यमा आफैले एकेडेमी संचालन नगरी क्लबहरुमार्फत कम्पनी मोडेलमा एकेडेमी संचालन गर्ने बताएका छन् ।
क्रिकेटको भविष्य र क्रेजी दर्शक
हिमेश
नेपाल प्रिमियर लिग (एनपीएल) धेरै तरिकाले अहिले चर्चा छ । दर्शकको उत्साह त कुरै नगरौं, विदेशी खेलाडीहरुको आगमनले पनि एनपीएलको आकर्षण झनै बढाइदिएको छ । हरेक खेलमा दर्शकको उत्साहमात्रै बढेको छैन्, अब के हुन्छ भन्ने कौतुहल पनि बढाइदिएको छ ।
अस्ट्रेलियाका लागि स्मिथ र हेडको शतक
कान्तिपुर संवाददाता
अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टको दोस्रो दिन आइतबार सुदृढ ब्याटिङको नमुना पेस गरेको छ । दोस्रो दिनको खेल समाप्त हुँदा अस्ट्रेलिया ७ विकेट गुमाएर ४ सय ५ रनको बलियो स्थितिमा रहेको छ । त्यसमा स्टिभ स्मिथ र ट्रेभिस हेडले शतक बनाए ।
प्लेअफमा पुगेको सुदूरपश्चिम क्वालिफायर्स-१ मा पनि निश्चितजस्तै
विनोद पाण्डे
स्कट कुग्लेनले ५ विकेट लिएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गरेको छ । कुग्लेनले उत्कृष्ट बलिङ गरेपछि १ सय ५४ रनको लक्ष्य लिएर आएको पोखरा १९.४ ओभरमा १ सय ४८ रनमा अलआउट भयो ।
नेविसंघले विश्वविद्यालयस्तरीय क्रिकेट प्रतियोगिता गर्दै
कान्तिपुर संवाददाता
नेपाल विद्यार्थी संघले अन्तर्राष्ट्रिय अन्तरविश्वविद्यालय ‘जय नेपाल कप’ टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको ब्राण्ड एम्बेसडरका रूपमा विश्व कीर्तिमानी १८ वर्षीय आरोही निमा रिन्जी शेर्पालाई चयन गरिएको नेविसंघको अध्यक्ष दुर्जाङ शेर्पाले जनाए ।
पोखरालाई सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य
कान्तिपुर संवाददाता
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १ सय ५४ रनको लक्ष्य दिएको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५३ रन बनायो ।
पोखराविरुद्ध सुदूरपश्चिमको ब्याटिङ
कान्तिपुर संवाददाता
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको दोस्रो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङका लागि बोलाएका हुन् ।
काठमान्डु गुर्खाजको चौथो जित, चितवन प्लेअफमा
विनोद पाण्डे
दीपेश कँडेलले विजयी चौका प्रहार गरेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको छ । काठमान्डुले १ सय १८ रनको लक्ष्य १८.१ ओभरमा १ सय २० रन बनाउदै पूरा गरेको हो ।
इंग्ल्यान्डविरुद्ध न्युजिल्यान्डलाई ठूलो अग्रता
कान्तिपुर संवाददाता
न्युजिल्यान्ड तेस्रो तथा अन्तिम टेस्टको आइतबार दोस्रो दिन टुंगिदा ठूलो अग्रतातर्फ अग्रसर रहेको छ । ह्यामल्टनमा दिनको खेल समाप्त हुँदा न्युजिल्यान्डले आफ्नो दोस्रो इनिङ्समा तीन विकेट गुमाएर १ सय ३६ रन बनाएको छ ।
विराटनगरद्वारा काठमान्डु गुर्खाजलाई मध्यम लक्ष्य
कान्तिपुर संवाददाता
विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार काठमान्डु गुर्खाजलाई १ सय १८ रनको लक्ष्य दिएको छ । काठमान्डु गुर्खाजका कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो पाएको विराटनगर १९.५ ओभरमा १ सय १७ रनमा अलआउट भयो ।
महत्वपूर्ण खेलमा काठमान्डु गुर्खाजको बलिङ
कान्तिपुर संवाददाता
विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार काठमान्डु गुर्खाजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।