text
stringlengths
2
914
नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो ।
जितले कर्णालीको सम्भावना जीवन्त
कान्तिपुर संवाददाता
कर्णाली याक्सले नेपाल सुपर लिग २०२४ मा शुक्रबार लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको छ । यससँगै उसको प्ले अफ सम्भावना जीवन्त भएको छ । अब कर्णालीले आफ्नो सातौं तथा अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।
एनपीएल हेर्न हरेक दिन बिहान चितवनबाट काठमाडौं हिँड्छन् समर्थकहरु
रमेशकुमार पौडेल
भरतपुर महानगरपालिका-२२ पटिहानीका सौगात पौडेल एकाबिहानै पाँच बजे भरतपुरमा भेटिए । कुनै कक्षा धाउन वा जागिर खान होइन, काठमाडौंको कीर्तिपुरस्थित रंगशालामा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल हेर्न जानका लागि उनी अघिल्लो दिन साँझ नै घरबाट निस्केका थिए ।
लुम्बिनीसामु कर्णालीको सम्मानजनक स्कोर
कान्तिपुर संवाददाता
लगातार चौथो जितको प्रयासमा रहेको कर्णाली याक्सले नेपाल सुपर लिग २०२४ को शुक्रबार बिहानको खेलमा पहिले ब्याटिङ गर्दै लुम्बिनी लायन्सविरुद्ध सम्मानजनक स्कोर खडा गरेको छ । कर्णालीले २० ओभरमा आठ विकेट गुमाएर १ सय २८ रन बनाएको हो ।
काठमाडौं आइपुगे क्रिकेटर लारा
कान्तिपुर संवाददाता
चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । लारा शुक्रबार बिहान नेपाल आइपुगेका हुन् ।
टस जितेर कर्णालीविरुद्ध लुम्बिनी बलिङ गर्दै
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले शुक्रबार लुम्बिनी लायन्सको सामना गर्दैछ । कीर्तिपुरको टीयू मैदानमा हुने बिहानको खेलमा लुम्बिनीले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।
नीरजको अग्रता, सद्भाव पछ्याउँदै
कान्तिपुर संवाददाता
डिफेन्डिङ च्याम्पियन नीरज तामाङले ४ अन्डर ६४ को उत्कृष्ट स्कोरसहित सूर्य नेपाल काठमाडौं ओपन गल्फको तेस्रो दिन शीर्षस्थानमा पुगेका छन् ।
गणेशमान स्मृति राष्ट्रिय खुला किक बक्सिङ सुरु
कान्तिपुर संवाददाता
ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीबार सुरु भएको छ ।
आयाक्सलाई हराउँदै लाजियो शीर्षमा
कान्तिपुर संवाददाता
लाजियोले युरोपा लिगमा बिहीबार आयाक्सलाई सजिलै ३–१ ले हराएको छ । यस जितसँगै लाजियो छ खेलबाट १६ अंक बटुल्दै लिग तालिकाको शीर्ष स्थानमा रह्यो । एथलेटिको बिलबाओ समान १६ अंकमा दोस्रो स्थानमा छ ।
मातृभूमि, अक्षरिका र स्किब्स क्वाटरफाइनलमा
कान्तिपुर संवाददाता
आयोजक मातृभूमि स्कुलको रातो टिम मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंसिर २७, २०८१
फुटबलर अमिशा र गीता सम्मानित
कान्तिपुर संवाददाता
राष्ट्रिय महिला फुटबल टोलीका अमिशा कार्की र गीता रानालाई बिहीबार नगदसहित सम्मान गरिएको छ । नेपाल फुटबल खेलाडी संघको संयोजनमा भएको कार्यक्रममा दुवैलाई जनही ७५ हजार रुपैयाँ प्रदान गरिएको थियो । अमेरिकाको क्यालिफोर्नियामा रहेको सेजल आईटीले उनीहरूलाई सम्मान गरेको हो ।
जेबी कपमा आयोजक र पारामाउन्ट विजयी
कान्तिपुर संवाददाता
आयोजक जेबी स्कुल र पारामाउन्टले प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सफलता पाएका छन् ।
एनआरटी इलाम गोल्डकपको फाइनलमा
लक्ष्मी गौतम
साविक विजेता न्यूरोड टिम ‘एनआरटी’ इलाममा जारी ‘दोस्रो इलाम गोल्डकप’ फाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धी रेडस्टार झापालाई १ का विरुद्व २ गोलले हराउँदै एनआरटीले इलाम गोल्डकपको फाइनल यात्रा तय गरेको हो ।
नेपाल सुपर लिग चैतमा
कान्तिपुर संवाददाता
नेपाल सुपर लिगको तेस्रो संस्करण चैत १६ बाट हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई यसबारे बिहीबार अनुमतिपत्र प्रदान गरेको हो ।
जनकपुर एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली
कान्तिपुर संवाददाता
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबारको दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्‍यो ।
जनकपुरविरुद्ध काठमाडौं गुर्खाजको पहिले ब्याटिङ
कान्तिपुर संवाददाता
काठमाडाैं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । गुर्खाजका कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
एनपीएल : सुपर ओभरमा पोखराको बाजी
विनोद पाण्डे
रामोन रिफरले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सलाई ‘टाई’ खेलमा पराजित गरेको छ । विराटनगर किंग्स र पोखरा एभेन्जर्सले बिहीबारको खेलमा स्पष्ट नतिजा निकाल्न सकेनन् र खेल ‘टाई’ हुन पुगेपछि सुपर ओभरमा नतिजा निस्केको थियो ।
एनपीएलको पहिलो ‘टाई’
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो ‘टाई’ खेल भएको छ । विराटनगर किंग्स र पोखरा एभेन्जर्सले बिहीबारको खेलमा स्पष्ट नतिजा निकाल्न सकेनन् र खेल ‘टाई’ हुन पुगेको थियो ।
एनपीएल : इडवार्डसको महत्त्वपूर्ण इनिङ्समा विराटनगरद्वारा पोखरालाई चुनौतीपूर्ण स्कोर
कान्तिपुर संवाददाता
स्कट इडवार्डसको महत्त्वपूर्ण इनिङ्समा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३९ रन बनाएको हो ।
टस जितेर विराटनगरको ब्याटिङ, नेदरल्यान्ड्सका कप्तान मैदानमा उत्रँदै
कान्तिपुर संवाददाता
विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार टस जितेर विराटनगरले ब्याटिङ रोजेको हो ।
एनपीएलमा न्यून स्कोर हाबी भएको दिन
विनोद पाण्डे
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबारको दिनलाई ‘लो स्कोरिङ’ खेलको रूपमा लामो समय सम्झिने छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेलमा मात्र ३ सय ६२ रन सम्भव भएको थियो । बदलामा ३९ विकेट खस्यो । दुई खेलको रनऔसत निकाल्ने हो भने प्रतिखेल १ सय ८१ हुन्छ ।
रूपन्देही क्रिकेटले सात खेलाडीलाई तलब दिने
सन्जु पौडेल
रूपन्देहीको गैडहवा गाउँपालिका १ का अजयकुमार चौहान जिल्लाबाट उदाएका प्रतिभावान क्रिकेटर हुन् । उनले सिनियर टिमबाट राष्ट्रिय प्रतियोगितासँगै यू–१९ र यू–१६ टोलीबाट धेरैपटक खेलिसकेका छन् ।
चर्च ब्वाइज फाइनलमा
कान्तिपुर संवाददाता
आयोजक रेडहर्स क्लब इलामलाई हराएर चर्च ब्वाइज क्लब बुधबार दोस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार पहिलो सेमिफाइलनमा चर्च ब्वाइजले १–० गोलको जित पायो ।
भेट्रान फुटबल पुसमा
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता पुस १ देखि हुनेछ ।
युभेन्ट्ससँग हारेपछि सिटी झन् समस्यामा
कान्तिपुर संवाददाता
युरोपेली च्याम्पियन्स लिगमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी बुधबार युभेन्ट्सको हातबाट २–० ले पराजित भएको छ । यो नतिजाले सिटीको समस्या अझ बढेको छ । अब सिटीमाथि अन्तिम १६ पुग्न नसक्ने डर उत्पन्न भएको छ ।
मंसिर २६, २०८१
सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना गर्ने बुधबार निर्णय गरेको छ । यस्तै सन् २०३४ को विश्वकप साउदी अरेबियामा हुने भएको छ ।
साउदी अरबलाई २०३४ को विश्वकप आयोजक राष्ट्र घोषणा
होम कार्की
नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरबलाई फिफाले १० वर्षपछि हुने विश्वकप पुरुष फुटबल–२०३४ प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको छ ।
काठमाडौं ओपन गल्फमा अगाडि आए विष्णुप्रसाद
कान्तिपुर संवाददाता
गल्फर विष्णुप्रसाद शर्मा सूर्य नेपाल काठमाडौं ओपन गल्फको दोस्रो दिन बुधबार एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा उक्लिएका छन् ।
ज्ञानभूमि र कान्तिपुरलाई तानडोरी उपाधि
कान्तिपुर संवाददाता
ज्ञानभूमि र कान्तिपुरले सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत तानडोरीको उपाधि बुधबार जितेका छन् । ज्ञानभूमि छात्र र कान्तिपुर छात्रामा विजेता भयो ।
अन्तरविद्यालय बास्केटबलमा स्किब्स र जनप्रेमी विजयी
कान्तिपुर संवाददाता
स्किब्सले मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा विजय पाएको छ । आयोजक मातृभूमि स्कुलको कोर्टमा स्किब्सले बुधबार युनिक नेपाललाई २३–११ स्कोरले हराएका हो । स्किब्सका किस्मत मगरले ८ स्कोर जोडेका थिए ।
डुवानाले बनाइन् राष्ट्रिय कीर्तिमान
कान्तिपुर संवाददाता
नेपाली पौडीवाज डुवाना लामाले विश्व एक्वाटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
भैरहवामा सामूहिक खेलकुद महोत्सव सुरु
माधव ढुंगाना
भैरहवा र आसपास क्षेत्रका करिब १ हजार ३ सय विद्यार्थीलाई खेलका विभिन्न विधामा प्रतिस्पर्धा गराउँदै बुधबारदेखि यहाँ ‘सामूहिक खेलकुद महोत्सव–२०८१’ सुरु गरिएको छ ।
लो स्कोरिङ खेलमा गुर्खाजको रोमाञ्चक जित
कान्तिपुर संवाददाता
कप्तान करण केसी र दीपेश कँडेलले उत्कृष्ट बलिङ गरेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबारका लो स्कोरिङ खेलमा लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ ।
लुम्बिनीविरुद्ध गुर्खाजको कमजोर ब्याटिङ