text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबारका खेलमा लुम्बिनी लायन्सलाई केवल १ सय ४ रनको लक्ष्य दिएको छ । । कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ रोजेको गुर्खाज १९.३ ओभरमा १ सय ३ रनमा अलआउट भयो । |
लुम्बिनीविरुद्ध काठमान्डु गुर्खाज पहिले ब्याटिङ गर्दै |
कान्तिपुर संवाददाता |
काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबारका खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । गुर्खाजका कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ रोजेका हुन् । |
एनपीएल : जनकपुरलाई पराजित गरी सुदूरपश्चिम शीर्षमा |
तस्बिर : हेमन्त श्रेष्ठ |
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ । स्पिनरहरूको दबदबापछि सुदूरपश्चिमले लो स्कोरिङ खेलमा महत्त्वपूर्ण विजय हात पारेको हो । |
एनपीएलमा दर्शकको उत्साह |
नुमा थाम्सुहाङ |
क्रिकेटप्रेमीका लागि अहिले नेपाल प्रिमियर लिग (एनपीएल) उत्सव बनेको छ । लिगमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी आठ टिमले खेलिरहेका छन्, जसले सबै प्रदेशका दर्शकलाई तानेको छ । आफ्नो टिमलाई समर्थन गर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हरेक दिन दर्शकको भीड लाग्ने गरेको छ । |
एनपीएल : जनकपुरविरुद्ध सुदूरपश्चिमको कमजोर ब्याटिङ |
कान्तिपुर संवाददाता |
सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सलाई १ सय २४ रनको मात्र लक्ष्य दिएको छ । शीर्ष दुई टोलीबीचको प्रतिस्पर्धामा जनकपुर बोल्ट्सका कप्तान अनिल साहले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २३ रनमात्र बनाउन सक्यो । |
जनकपुरविरुद्ध सुदूरपश्चिमको ब्याटिङ |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शीर्ष दुई टोलीबीचको प्रतिस्पर्धामा सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । जनकपुर बोल्ट्सका कप्तान अनिल साहले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेका हुन् । |
जब रोहित बने बुमराह |
कान्तिपुर संवाददाता , तस्बिर : हेमन्त श्रेष्ठ |
रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जति लयमा छन्, त्यसको उल्टो गतिमा छ उनको टिम लुम्बिनी लायन्स । पहिलो चार खेलमा पराजित भएर दाबेदार मानिएको लुम्बिनी प्लेअफ दौडबाट लगभग बाहिरिइसकेको छ । |
६ विकेट लिएर चम्किए बोसिस्टो |
विनोद पाण्डे |
अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो पहिलो पटक नेपाल आएका हुन् । उनी कर्णाली याक्सबाट एनपीएलमा खेलिरहेका छन् । तर, उनको नेपालसँगको सम्बन्ध १२ वर्षयताकै हो । सन् २०१२ मा अस्ट्रेलियामै भएको आईसीसी यू–१९ विश्वकप उनकै नेतृत्वमा अस्ट्रेलियाले खेलेको थियो । |
फेका कप फुटबल हुने |
कान्तिपुर संवाददाता |
संस्थागत विद्यालयहरूको संस्था (फेका) को आयोजनामा १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबार सुरु हुनेछ । |
एन्फा महिला सुपर लिग पुसमा |
कान्तिपुर संवाददाता |
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) पुस १८ देखि माघ १६ सम्म गर्ने भएको छ । |
युरोपेली च्याम्पियन्स लिग : लगातार छैटौं जितपछि लिभरपुल लगभग अन्तिम १६ मा |
कान्तिपुर संवाददाता |
युरोपेली च्याम्पियन्स लिगको समूह चरणको शीर्षमा रहेको लिभरपुलले मंगलबार जिरोनालाई १–० ले हराएको छ र यससँगै अन्तिम १६ मा लगभग प्रवेश गरेको छ । लिभरपुलको यो लगातार छैटौं जित र शतप्रतिशत प्रदर्शन हो । |
मंसिर २५, २०८१ |
इलाम गोल्डकप : रेड स्टारसँग मछिन्द्र स्तब्ध |
लक्ष्मी गौतम |
रेड स्टार क्लब झापाले दोस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । रेड स्टारले प्रतिस्पर्धी मछिन्द्र फुटबल क्लबलाई २–१ गोलले पराजित गरेको हो । |
विद्यालय बास्केटबलमा जनप्रेमीको जित |
कान्तिपुर संवाददाता |
जनप्रेमी, युनिक नेपाल र एभरेस्टले मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् । |
सूर्य नेपाल काठमाडौं ओपन : जयरामको अग्रता |
कान्तिपुर संवाददाता |
जयराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनको मंगलबार ४ अन्डर ६४ सहित अग्रता बनाएका छन् । उनले विष्णुप्रसाद शर्मा र नीरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् । |
नेपालका चार पौडीवाज विश्व एक्वाटिक्समा |
कान्तिपुर संवाददाता |
नेपालका चार पौडीवाजले हंगेरीको बुढापेस्टमा हुने विश्व एक्वाटिक्स पौडी च्याम्पियनसिपमा भाग लिने भएका छन् । |
लालीगुराँस मेयर सिल्डको उपाधि जोगाउन सफल |
कान्तिपुर संवाददाता |
साबिक विजेता लालीगुराँस नेसनल एकेडेमीले तेस्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगितामा २९ स्वर्ण, ६ रजत र ११ कांस्य पदकसहित टिम च्याम्पियनको उपाधि रक्षा गरेको छ । |
भूपेन्द्रलाई मार्सल आर्ट्सका दुई पदक |
कान्तिपुर संवाददाता |
नेपालका भूपेन्द्र गुरुङले छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा १–१ स्वर्ण र रजत पदक जितेका छन् । |
कर्णालीको लगातार तेस्रो जित |
विनोद पाण्डे |
विलियम बोसिस्टोले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमै उत्कृष्ट बलिङ गरेपछि कर्णाली याक्सले लगातार तेस्रो जित हात पारेको छ । कर्णालीले मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो । |
बोसिस्टोद्वारा एनपीएलकै उत्कृष्ट बलिङ, कर्णालीलाई सानो लक्ष्य |
कान्तिपुर संवाददाता |
विलियम बोसिस्टोले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकै उत्कृष्ट बलिङ गरेपछि कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध मंगलबारको दोस्रो खेल जित्न केवल १ सय ४ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको पोखरा बोसिस्टोले ६ विकेट लिएपछि १६.३ ओभरमा १ सय ३ रनमा अलआउट भयो । |
तिलोत्तमा छैंटौं राष्ट्रपति रनिङ सिल्ड मंसिर २७ गतेदेखि |
सन्जु पौडेल |
तिलोत्तमा नगरपालिकामा २७ गतेदेखि छैंटौं नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा ३ दिनसम्म चल्ने प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ४१ विद्यालयले भाग लिने नगर खेलकुद विकास समितिका अध्यक्ष लोक पुनले जानकारी दिए । |
राष्ट्रिय सभा प्रतिनिधिसभासँग १३-० ले पराजित |
कान्तिपुर संवाददाता |
संघीय संसदको १८औँ स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधिसभाले शून्यका विरुद्ध १३ गोलले राष्ट्रिय सभालाई पराजित गरेको हो । |
रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित |
विनोद पाण्डे |
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अन्ततः पहिलो विजय हात पारेको छ । कप्तान रोहित पौडेलले फेरि एउटा सानदार इनिङ्स खेल्नुका साथै अलराउन्ड प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गर्यो । |
एनपीएल : रोहितको इनिङ्समा लुम्बिनीको आशा |
कान्तिपुर संवाददाता |
कप्तान रोहित पौडेलले फेरि एउटा सानदार इनिङ्स खेलेपछि पहिलो जितको खोजीमा रहेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । चितवनले मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङका लागि बोलाइएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६७ रन ब... |
चितवनविरुद्ध लुम्बिनीको ब्याटिङ |
कान्तिपुर संवाददाता |
पहिलो जितको खोजीमा रहेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । चितवनले मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि लुम्बिनीलाई ब्याटिङका लागि बोलाएको हो । |
हङकङविरुद्ध खेल्ने यू–१९ टिमको घोषणा |
कान्तिपुर संवाददाता |
हङकङ यू–१९ विरुद्ध हुने तीन एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नेपाली यू–१९ टिमको घोषणा गरेको छ । नेपाली १५ सदस्यीय टिमको कप्तानमा अभिषेक तिवारी रहेका छन् । सिरिज पुस १ देखि ६ गतेसम्म चल्नेछ । |
लुम्बिनीले खोल्ला खाता ? |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट एक दिनको विश्रामपछि मंगलबार पुनः सुरु हुँदा लुम्बिनी लायन्ससामु जितको ढोका खोल्ने अवसर हुनेछ । |
दाबेदार सूचीमा उक्लँदै चेल्सी |
एएफपी |
चेल्सीका प्रशिक्षक एन्जो मारेस्का चाहन्छन्, आफ्नो युवा टिमलाई धेरै दबाब दिनुहुन्न । तर यति भन्दाभन्दै पनि चेल्सी इंग्लिस प्रिमियर लिगको उपाधिका लागि बलियो दाबेदार बनेको छ । यो तथ्य स्वीकार्नुपर्छ । ‘द ब्लुज’ ले आइतबार मात्रै टोटनहमलाई उसकै घरमा ४–३ ले पराजित गर्यो । |
गण्डकीको लगातार हार |
कान्तिपुर संवाददाता |
नेपालको गण्डकी प्रदेश टिमले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो हार बेहोरेको छ । |
चर्च ब्वाइजसँग आर्मी स्तब्ध |
कान्तिपुर संवाददाता |
चर्च ब्वाइज क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरी इलाममा भइरहेको दोस्रो इलाम गोल्डकप फुटबलको सेमिफाइनल सुरक्षित गरेको छ । |
उल्भ्समाथिको जितले वेस्ट ह्यामलाई राहत |
एजेन्सी |
वेस्ट ह्यामले खराब लयबाट गुज्रिरहेको उल्भ्सलाई सोमबार २–१ ले पराजित गरेको छ । यो जितले प्रशिक्षक जुलेन लापेटगुइ र टिम स्वंयलाई धेरै राहत दिनेछ । हारले ग्यारी ओ’नेलको उल्भ्स भने थप संकटमा परेको छ । |
मंसिर २४, २०८१ |
सूर्य नेपाल काठमाडौं ओपन गल्फ भोलिदेखि |
कान्तिपुर संवाददाता |
यस सिजनको सूर्य नेपाल गल्फ टुरअन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबार तिलगंगास्थित आरएनजीसीमा सुरु हुनेछ । ७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् । |
भियतनाममा नेपालले जित्यो तेक्वान्दोमा ८ पदक |
कान्तिपुर संवाददाता |
नेपालका तेक्वान्दो खेलाडीले भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्णसहित ८ पदक जितेका छन् । त्यसमा १ रजत र ३ कांस्य पनि छ । निशा दर्नाल र जितबहादुर बोटले पुम्सेमा दोहोरो स्वर्ण पदक जितेका छन् । |
भलिबलमा एन्जल्स हार्ट र मानसिंह च्याम्पियन |
कान्तिपुर संवाददाता |
तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत भलिबलको छात्रमा एन्जल्स हार्ट र छात्रामा मानसिंह धर्म माविले उपाधि जितेका छन् । छात्रको फाइनलमा एन्जल्स हार्टले हिमरश्मिलाई २५–१६, १३–२५, २५–१५ र २५–२२ को सेटमा पराजित गर्यो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.