text
stringlengths
2
914
पदक विजेता भेट्रान धावकहरू सम्मानित
कान्तिपुर संवाददाता
प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगिताका पदक विजेता खेलाडीलाई सोमबार सम्मान गरेको छ ।
नेपाल एसिया कप छनोटको कठिन समूहमा
कान्तिपुर संवाददाता
एएफसी एसिया कप छनोटको समूह ‘एफ’ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) को मुख्यालय क्वालालम्पुरमा निकालिएको ‘ड्र’ मा नेपालले प्रतिद्वन्द्वीका रूपमा भियतनाम, मलेसिया र लाओस पाएको हो । नेपालका लागि यो कठिन समूह साबित हुन सक्नेछ ।
चेल्सी उपाधि होडमा सामेल
कान्तिपुर संवाददाता
कोल पाल्मरको दुई गोलको मदतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार टोटनहमलाई ४–३ ले हराएको छ । निर्णायक गोल भने एनजो फर्नान्डेजको नाममा रह्यो र चेल्सी दुई गोलले पछाडि रहेको स्थितिबाट यो शानदार जित निकाल्न सफल रहेको हो ।
सेभिल्लाविरुद्ध एटलेटिकोको उत्कृष्ट पुनर्आगमन जित
कान्तिपुर संवाददाता
एन्टोनियो ग्रिजमनले ९४ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले एटलेटिको म्याड्रिडले आइतबार स्पेनी ला लिगामा सेभिल्लाविरुद्ध ४–३ को उत्कृष्ट पुनर्आगमन जित रचेको छ । डिएगो सिमोनीको टिम अहिले लयमा छ र अंक तालिकाको तेस्रो स्थानमा छ ।
हेल्प नेपालको लगातार दोस्रो जित
कान्तिपुर संवाददाता
नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले आइतबार काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा कभर्ड हलमा उसले नेपालकै गण्डकी प्रदेशलाई ३–१ सेटले हराएको हो । जितसँगै हेल्प नेपालको पाँच अंक भएको छ ।
जनकपुरको लगातार चौथो जित, चितवन तेस्रो स्थानमा
कान्तिपुर संवाददाता
पहिलो तीन खेलमा आरामदायी जस्तो जित हात पारेको जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा यतिको नजिकको प्रतिस्पर्धा भोगेको थिएन । लुम्बिनी लायन्समाथि टोलीले पाएको १ रनको विजय एनपीएलकै सबैभन्दा चर्को प्रतिस्पर्धामा पनि पर्नेछ ।
भारत तीन दिनमै पराजित
कान्तिपुर संवाददाता
एडिलेड (एएफपी)– अस्ट्रेलियाले दोस्रो टेस्टमा आइतबार भारतलाई १० विकेटले हराएको छ । यससँग पाँच टेस्टको शृंखला १–१ को रोमाञ्चक बराबरीमा पुगेको छ । जितका लागि अस्ट्रेलियाले १९ रनको लक्ष्य मात्रै पाएको थियो र त्यसलाई बिनाविकेटको क्षति पूरा गरेको थियो । ओपनर उस्मान ख्वाजा र नथान म्याकस्वानीले सजिलै टिमलाई लक्ष्यसम्म पुर्‍याए...
मंसिर २३, २०८१
सुदूरपश्चिमलाई चितवनको झट्का
कान्तिपुर संवाददाता
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो पराजय भोगेको छ । पहिलो तीन खेल जितेको सुदूरपश्चिमलाई आइतबार चितवन राइनोजले ३३ रनले पराजित गर्‍यो । १ सय ६५ रनको लक्ष्य लिएर मैदान उत्रिएको सुदूरपश्चिम १ सय ३१ रनमै समेटियो ।
चितवनद्वारा सुदूरपश्चिमलाई चनौतीपूर्ण लक्ष्य
कान्तिपुर संवाददाता
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । आइतबार टस जितेर ब्याटिङ रोजेको चितवनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली ५ विकेट गुमाई १ सय ६४ रन बनायो ।
सुदूरपश्चिमविरुद्ध चितवनको ब्याटिङ
कान्तिपुर संवाददाता
चितवनले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टस जितेको चितवनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
राेमाञ्चक खेलमा जनकपुरद्वारा लुम्बिनी १ रनले पराजित
विनोद पाण्डे
सन्दीप जोराले अन्तिम बलमा २ रन प्रहार गर्न नसकेपछि लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार चौथो खेलमा पराजित भएको छ । जोरा अन्तिम बलमा आउट भएपछि आइतबार जनकपुर बोल्ट्सले लुम्बिनीलाई १ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाको दोस्रो टेस्टमा जितसँगै सिरिज बराबरीमा
कान्तिपुर संवाददाता
अस्ट्रेलियाले भारतविरुद्धको दोस्रो टेस्ट आइतबार तेस्रो दिन दस विकेटले जितेको छ । एडिलेडमा जितका लागि १९ रनको लक्ष्य पाएको अस्ट्रेलियाले बिना कुनै विकेटको क्षति त्यसलाई हात पारेको हो । यस नतिजासँगै पाँच टेस्टको सिरिज १–१ को बराबरीमा पुगेको छ ।
अभिशेषको बलिङमा लुम्बिनीको आश
कान्तिपुर संवाददाता
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार लुम्बिनी लायन्सलाई १ सय ३७ रनको लक्ष्य दिएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिलो ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३६ रन बनायो ।
इंग्ल्यान्डलाई न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज
कान्तिपुर संवाददाता
इंग्ल्यान्डले एक खेल अगाडि नै न्युजिल्यान्डविरुद्धको तीन टेस्टको सिरिज जितेको छ । इंग्ल्यान्डले आइतबार वेलिङ्टनमा भएको दोस्रो टेस्टमा न्युजिल्यान्डलाई ३ सय २३ रनको ठूलो अन्तरले पराजित गर्‍यो । यससँगै पाहुना टिम २–० ले अगाडि रह्यो ।
लुम्बिनीविरुद्ध जनकपुरको ब्याटिङ
कान्तिपुर संवाददाता
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरलाई पहिला ब्याटिङका लागि बोलाएको हो ।
ओल्डट्रायफोर्डमा ३० वर्षयता फरेस्टको जित
कान्तिपुर संवाददाता
नटिङघम फरेस्टले ३० वर्षयता शनिबार म्यानचेस्टर युनाइटेडको ओल्ड ट्रायफोर्डमा जित निकालेको छ । फरेस्ट इंग्लिस प्रिमियर लिगको खेलमा ३–२ को विजयी रह्यो र यसमा युनाइटेडको कमजोर रक्षापंक्तिको प्रदर्शन सबैभन्दा बढी जिम्मेवार रह्यो ।
सुदूरपश्चिमको बलियो दाबेदारी
कान्तिपुर संवाददाता
सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो विजय हात पार्ने दोस्रो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान शनिबार रोयल्सले लुम्बिनी लायन्सलाई४५ रनले पराजित गरी लगातार तेस्रो जितसहित बलियो दाबेदारी पेस गरेको छ ।
काभामा हेल्प नेपाल विजयी
कान्तिपुर संवाददाता
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको छ । नेपालसहित चार देशका ५ क्लबले च्याम्पियनसिपमा सहभागिता जनाएका छन् । पहिलो दिन नेपाली टोलीले मिश्रित नतिजा निकालेका छन् ।
प्रिन्स र रसिलालाई उपाधि
कान्तिपुर संवाददाता
एपीएफका प्रिन्स दाहाल र आर्मीकी रसिला महर्जनले शनिबार तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । दुवैले उपाधिमा ह्याट्रिक जित हासिल गरेका छन् ।
इलाम गोल्डकपमा संकटालाई झट्का
लक्ष्मी गौतम
‘ए’ डिभिजन क्लब संकटालाई टाइब्रेकरमा ४–३ ले हराएर आयोजक रेडहर्स फुटबल क्लब शनिबार दोस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ ।
चम्किए नवाङ र दावा
कान्तिपुर संवाददाता
ओमा इमिरेट्सको प्रस्तुति रहेको इन्टरनेसनल आमन्त्रण गल्फ सिरिजमा नवाङ पासाङ शेर्पा र दावा सोनम शेर्पा चम्किएका छन् । नवाङ र दावा आ–आफ्नो ह्यान्डिक्यापमा विजयी बन्दै जनवरीमा दुबईमा हुने प्रतियोगितालाई छनोट छन् ।
रियल र बार्सिलोनाको दूरी दुई अंक
कान्तिपुर संवाददाता
रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार जिरोनालाई ३-० ले हराएको छ र यससँगै शीर्षमा रहेको बार्सिलोनासँगको दूरी दुई अंकमा छोट्याएको छ । रियलले आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भन्दा एक खेल कम पनि खेलेको छ ।
मंसिर २२, २०८१
नेसनल ‘बी’ बुद्धिचालमा पुरुषोत्तम विजेता
कान्तिपुर संवाददाता
नेसनल ‘बी’ बुद्धिचाल प्रतियोगितामा उदीयमान खेलाडी पुरुषोत्तम सिलवाल विजेता भएका छन् । भक्तपुरको बाचामरीमा भएको ९ चरणको खेलमा काठमाडौंका युवा पुरुषोत्तमले ६.५ अंक जोड्दै उपाधि जिते ।
ह्विलचेयर बास्केटबलमा डब्लूएसए च्याम्पियन
कान्तिपुर संवाददाता
ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्लूएसए) शनिबार आयोजित महिला ह्विलचेयर बास्केटबल प्रतियोगितामा विजेता भएको छ ।
१०औं संस्करणको नेपालगन्ज म्याराथनमा नेपाली सेनाका खड्कबहादुर र सन्तोषीलाई उपाधि
रुपा गहतराज
नेपालगन्ज म्याराथनको १०औं संस्करणमा पुरुषतर्फ नेपाली सेनाका खड्कबहादुर खड्का र महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भएका छन् । खेलको माध्यमबाट पर्यटन विकासमा सघाउ पुर्‍याउने उद्देश्यले शनिबार नेपालगन्ज म्याराथनको आयोजना भएको हो ।
लालीगुराँसले जित्यो एथलेटिक्समा १९ स्वर्ण
कान्तिपुर संवाददाता
लालीगुराँस नेसनल एकेडेमी तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत एथलेटिक्समा १९ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको छ ।
अन्तिम ओभरमा कर्णालीको जित
कान्तिपुर संवाददाता
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लो स्कोरिङ खेलमा शनिबार विराटनगरलाई ७ रनले पराजित गरेको छ । १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले ८ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो ।
प्रतिश जीसीको सनसनीपूर्ण बलिङ, विराटनगरलाई अन्तिम ओभरमा ४ विकेट
कान्तिपुर संवाददाता
प्रतिश जीसीले सनसनीपूर्ण अन्तिम ओभर फालेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबारको दोस्रो खेलमा कर्णाली याक्सलाई १ सय ३३ रनमा अलआउट गरेको छ । प्रतिशले अन्तिम ओभरमा बिना कुनै रन खर्ची ३ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको कर्णाली पुरा २० ओभर खेली अलआउट भएको हो ।
एनपीएल : सुदूरपश्चिमको रोयल शैली, उक्लियो शीर्षमा
विनोद पाण्डे
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जितलाई निरन्तर दिनेक्रममा लुम्बिनी लायन्सविरुद्धको एकतर्फी खेलमा ४५ रनको जित हात पारेको छ । १ सय ८८ रनको लक्ष्य लिएर आएको लुम्बिनीलाई सुदूरपश्चिमले २० ओभरमा १४२–९ को स्कोरमा रोकेर ४५ रनको जित हात पारेको थियो ।
एनपीएल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सानदार ब्याटिङ
कान्तिपुर संवाददाता
सैफ जैबले बिहानको कठिन कन्डिसनमा पनि सानदार ब्याटिङ गर्दै ९० रन बनाएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सलाई १ सय ८८ रनको लक्ष्य दिएको छ ।
लुम्बिनीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ
कान्तिपुर संवाददाता
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । लुम्बिनीले शनिबार टस जितेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ब्याटिङका लागि कठिन विकेटमा सुदूरपश्चिमलाई ब्याट गर्न बोलाएको हो ।
ब्याडमिन्टनमा प्रफुल र रसिलालाई सफलता
कान्तिपुर संवाददाता
आर्मीका प्रफुृल महर्जन ललितपुरमा भइरहेको तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।
कर्णाली र पोखरालाई जितको स्वाद
कान्तिपुर संवाददाता