text
stringlengths
2
914
पोखरा एभेन्जर्स र कर्णाली याक्स दुवैले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेका छन् । शुक्रबार पोखराले लुम्बिनी लायन्सलाई १० विकेट र कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेका थिए ।
एनपीएलमा पहिलो शतक
विनोद पाण्डे
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो शतक अमेरिकी ब्याटरबाट सम्भव भएको छ । यो शतक प्रतियोगिताको छैटौं दिन शुक्रबार पोखरा एभेन्जर्सबाट खेलेका आन्द्रिज गाउसको नाममा रह्यो ।
मंसिर २१, २०८१
उच्चस्तरीय संयन्त्र बनाउन राष्ट्रिय संघहरूको माग
कान्तिपुर संवाददाता
कन्फेडेरेसन अफ नेसनल स्पोर्ट्स एसोसिएसनले दसौं राष्ट्रिय खेलकुदका लागि सम्बन्धित संघहरूसँग छलफल र सुझाव लिएर निर्देशिका पारित गर्न माग गरेको छ ।
विनिताले जितिन् महिला चेस उपाधि
कान्तिपुर संवाददाता
भक्तपुरको बाचमारीमा भइरहेको नेसनल ‘बी’ चेस च्याम्पियनसिपको महिलातर्फ काठमाडौंकी विनिता कपाली च्याम्पियन भएकी छन् ।
दसौं राष्ट्रिय खेलकुद चैत २३ देखि
कान्तिपुर संवाददाता
कर्णाली प्रदेशमा हुने तय भएको दसौं राष्ट्रिय खेलकुदको मिति तोकिएको छ । आउँदो चैत २३ देखि ३० सम्म प्रतियोगिता गरिने भएको राखेपले जनाएको छ ।
पदकधारी एरिका र सरुलाई सम्मान
कान्तिपुर संवाददाता
काठमाडौं युरो स्कुलले करातेकी एरिका गुरुङ र राष्ट्रिय महिला फुटबल टोलीकी सरु लिम्बूलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । स्पोर्ट्स मिटको समापनमा दुवै खेलाडीलाई खेलकुदको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्त्वपूर्ण योगदान गरेवापत सम्मान गरिएको हो ।
जीवन ज्योति र लालीगुराँस सेमिफाइनलमा
कान्तिपुर संवाददाता
जीवन ज्योति तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत जुनियर छात्र बास्केटबलमा शुक्रबार सेमिफाइनल पुगेका छन् । जीवन ज्योतिसँगै लालीगुराँस नेसनल एकेडेमी, एन्जल्स हार्ट र हिमरश्मि सेमिफाइनल पुगेका छन् ।
शारीरिक सुगठन च्याम्पियनसिपका रजत पदक विजेतालाई नगदसहित सम्मान
कान्तिपुर संवाददाता
काठमाडौं महानगरपालिकाले शारीरिक सुगठन च्याम्पिनयसिपका रजत पदक विजेताहरूलाई नगदसहित सम्मान गरेको छ ।
गाउसको शतकसँगै पोखराको कीर्तिमानी जित
विनोद पाण्डे
आन्द्रिज गाउसले शतक बनाउदै दिनेश खरेलसँग कीर्तिमानी साझेदारी गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । गाउस र दिनेशले पहिलो विकेटमा १ सय ७६ रनको साझेदारीपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्‍यो ।
रोहितद्वारा एनपीएलमा उच्च स्कोर
कान्तिपुर संवाददाता
रोहित पौडेलको सानदार ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १ सय ७१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ७० रन बनाएको हो ।
एनपीएल : कर्णाली याक्सको पहिलो जित र चितवनको पहिलो हार
कान्तिपुर संवाददाता
विदेशी खेलाडीद्वय शिखर धवन र चाडविक वाल्टनले अनुभवी इनिङ्स खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । कर्णालीले शुक्रबार पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्‍यो ।
एनपीएल : कर्णाली याक्सलाई चितवन राइनोजको १ सय ३१ रनको लक्ष्य
तस्बिर : हेमन्त श्रेष्ठ
इंग्लिस ब्याटर रवि बोपाराले अर्धशतक चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार कर्णाली याक्सलाई १ सय ३१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङमा आएको राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३० रन बनाएको हो ।
एनपीएल : कर्णाली याक्सविरुद्ध चितवन राइनोजको ब्याटिङ
कान्तिपुर संवाददाता
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार पहिला ब्याटिङ गर्ने भएको छ । कर्णाली याक्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर राइनोजलाई ब्याटिङका लागि बोलाएको हो ।
बर्नमाउथसँग लयविहीन टोटनहम पराजित
कान्तिपुर संवाददाता
डिफेन्डर डिन हुइजसेनले गरेको एक मात्र गोलको मदतले बर्नमाउथले इंग्लिस प्रिमियर लिगमा बिहीबार टोटनहमलाई १–० ले पराजित गरेको छ । यस जितपछि बर्नमाउथ टोटनहमलाई उछिनेर नवौं स्थानमा पुगेको छ । उसको १४ खेलबाट २१ अंक भएको छ ।
गुर्खाजविरुद्ध सुदूरपश्चिम हाबी, जनकपुर अपराजित
कान्तिपुर संवाददाता
नरेन साउद एसीसी यू–१९ एसिया कप खेलेर यूएईबाट बुधबार रातिमात्र काठमाडौं आइपुगेका थिए । २४ घन्टा नबित्दै उनले चमत्कारी प्रदर्शन गरेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको छ ।
आरभ र सुनीरा सेमिफाइनलमा
कान्तिपुर संवाददाता
नेपालका खेलाडी आरभसम्राट हाडा र सुनीरा थापा बिहीबार पोखरा आईटीएफ जे–३० जुनियर टेनिस प्रतियोगितामा सिंगल्सतर्फ सेमिफाइनल पुगेका छन् ।
तानसेनको वर्चस्व
कान्तिपुर संवाददाता
प्रथम मदरल्यान्ड आईटीएफ कप जिल्लास्तरीय अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा तानसेन डोजाङले वर्चस्व कायम गरेको छ । तानसेन टुँडिखेलमा भएको प्रतियोगितामा ५७ केजीमा पुरुषतर्फ तानसेनका रजन रेग्मीले स्वर्ण जितेका छन् ।
प्रिन्स र प्रफुल विजयी
कान्तिपुर संवाददाता
एपीएफका ओलम्पिक खेलाडी प्रिन्स दाहालले बिहीबार तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा जित निकालेका छन् ।
मंसिर २०, २०८१
फाल्गुनन्द गोल्डकपको पुरस्कार राशि १० लाख ५ हजार
लक्ष्मी गौतम
फिदिममा हुने ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता विजेताले १० लाख ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार जित्ने भएको छ ।
पुरुषोत्तम, आशिष र विनिता अगाडि
कान्तिपुर संवाददाता
नेसनल ‘बी’ चेस च्याम्पियनसिपमा बिहीबार छैटौं चरण सकिँदा काठमाडौंका पुरुषोत्तम सिलवाल र दोलखाका आशिष् फुँयालले ५ अंक जोडेर अग्रता लिएका छन् ।
मेयर कप : लालीगुराँस र हिमरश्मि विजयी
कान्तिपुर संवाददाता
तेस्रो तारकेश्वर मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत छात्रा फुटबलमा लालीगुराँसले मेघा पब्लिकलाई १–० ले पराजित गरेको छ ।
मातृभूमि अन्तरस्कुल बास्केटबल हुने
कान्तिपुर संवाददाता
मातृभूमि स्कुलको आयोजनामा मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
एनपीएल : सुदूरपश्चिमको दोस्रो जित
कान्तिपुर संवाददाता
युवा स्पिनर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको छ । १ सय ६८ रनको लक्ष्य लिएर आएको गुर्खाज १५.५ ओभरमा ९४ रनमा अलआउट भयो ।
एनपीएल : गुर्खाजलाई सुदूरपश्चिमको १ सय ६८ रनको लक्ष्य
कान्तिपुर संवाददाता
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । गुर्खाजका कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङमा निम्त्याइएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६७ रन बनाएको हो ।
सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमान्डु गुर्खाज
कान्तिपुर संवाददाता
काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई पहिला ब्याटिङका लागि निम्त्याएको छ । गुर्खाजका कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
एनपीएल : जनकपुरको जित निरन्तर
कान्तिपुर संवाददाता
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार तेस्रो विजय हात पारेको छ । जनकपुरले बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्‍यो । जनकपुरले १ सय ३९ रनको लक्ष्य १७.१ ओभरमा १ सय ४३ रन बनाउँदै पूरा गर्‍यो ।
जनकपुरसँग पोखराको संघर्ष
कान्तिपुर संवाददाता
पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार जनकपुर बोल्ट्सलाई १ सय ३९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभर खेलि ७ विकेट गुमाई १ सय ३८ रन बनाएको हो ।
पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)को बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
‘ग्लासियर्स म्याटर’
कान्तिपुर संवाददाता
पोखरा एभेन्जर्सले एनपीएलमा आफ्नो जर्सीमा कुनै प्रायोजनको लोगो नराख्ने भएको छ । पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनको आफ्नो मूल मुद्दा अगाडि सार्दै यो निर्णय गरेको एभेजेर्न्सले जनाएको छ ।
आरभ र सुनीरा विजयी
कान्तिपुर संवाददाता
जुनियर आईटीएफ जे–३० वर्ल्ड टेनिस टुरअन्तर्गत सर्किट १ का खेलमा नेपालका आरभसम्राट हाडाले जित हात पार्दै क्वाटरफाइनल तय गरेका छन् ।
काठमान्डु गुर्खाज र विराटनगरको रोमाञ्चक जित
कान्तिपुर संवाददाता
काठमान्डु गुर्खाजले पहिलो १० ओभरमा ५२ रनमात्र बनाएको थियो । प्रमुख ४ विकेट पनि गुमाइसकेको थियो । लक्ष्य थियो १ सय ५० रन । अर्थात गुर्खाजलाई नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो जित हात पार्न ६० बलमा ९८ रन आवश्यक बन्यो ।
रियलको हारमा एमबापे निराश
कान्तिपुर संवाददाता
रियल म्याड्रिड प्रशिक्षक कार्लो एन्सेलोटीले स्टार खेलाडी केयलिन एमबापे एक अर्को पेनाल्टीमा चुकेकोमा निराश रहेको बताएका छन् । त्यही खराब प्रदर्शनका कारण डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड बुधबार स्पेनी ला लिगामा एथलेटिको बिलबाओसँग २–१ ले पराजित भएको छ ।
न्युकासलसँगको बराबरीपछि लिभरपुलको अग्रता सात अंक मात्रै
कान्तिपुर संवाददाता
इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा लिभरपुलको अग्रता बुधबार सात अंकले छोटिएको छ । लिभरपुलले ९० औं मिनेटमा गोल खाएपछि न्युकासल युनाइटेडसँग ३–३ को सनसनीपूर्ण र रोमाञ्चक बराबरीमा रोकिएको हो ।
मंसिर १९, २०८१