text stringlengths 2 914 |
|---|
आश गुरुङ |
लमजुङ सदरमुकाम बेंसीसहरमा आगामी पुस १२ गतेदेखि त्रिवेणी कप फुटबल प्रतियोगिताको ३२ औं संस्करण सुरु हुने भएको छ । |
एनपीएल : टस जनकपुरको, ब्याटिङ विराटनगरको |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरका कप्तान अनिल साहले टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन् । |
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता भएको छ । |
साउथह्याम्पटनलाई बराबरीमा रोक्दै ब्राइटन दोस्रोमा |
कान्तिपुर संवाददाता |
ब्राइटन एन्ड होभ अल्बानियनले इंग्लिस प्रिमियर लिगमा शुक्रबार राति साउथह्याम्पटनसँग निराशाजनक १–१ को बराबरी खेलेको छ । तर यो नतिजापछि ब्राइटन अंक तालिकाको दोस्रो स्थानमा भने उक्लेको छ । |
एसीसी यू–१९ एसिया कप : नेपाल श्रीलंकासँग पराजित |
कान्तिपुर संवाददाता |
नेपाली टोली शुक्रबार एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ । यूएईमा शुक्रबार सुरु प्रतियोगितामा बलिङबाट खेलमा पुनरागमन गरे पनि शारजहाँ क्रिकेट रंगशालामा नेपालको ब्याटिङ खासै जम्न सकेन । |
कीर्तिपुरमा क्रिकेट महाकुम्भ |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटको मुहार फेर्ने विश्वास खेलाडीहरूले लिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो पूर्ण स्वामित्वमा पहिलो पटक आयोजना गर्न लागेको एनपीएल शनिबार सुरु हुँदै छ । |
मंसिर १४, २०८१ |
टेबलटेनिस यू–१६ ब्वाइजमा आर्यन विजेता |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिका–२६ का आर्यन शाहीले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यू–१६ ब्वाइज सिंगल्समा स्वर्ण पदक जितेका छन् । |
सुदूरपश्चिम रोयल्सको पार्टनरमा एक्स–एज |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले एक्स–एजसँग प्रायोजन सम्झौता गरेको छ । |
एनपीएल खेल्न शिखर धवन आइपुगे काठमाडौं |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि भारतीय पूर्व स्टार क्रिकेटर शिखर धवन शुक्रबार साँझ काठमाडौं आइपुगेका छन् । |
हिमरश्मि र ग्रिनल्यान्ड बास्केटबलको क्वाटरफाइनलमा |
कान्तिपुर संवाददाता |
हिमरश्मि र सत्यसाइ स्कुल १८ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइज क्वाटरफाइनल पुगेका छन् । |
तार्केश्वर मेयर सिल्डमा ५३ स्कुलले भाग लिने |
कान्तिपुर संवाददाता |
तार्केश्वर नगरपालिकाले तेस्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि आयोजना गर्ने भएको छ । प्रतियोगितामा ५३ विद्यालयका ३ हजार ४ सय ५४ विद्यार्थीको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । |
कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी अग्नी ग्रुपको महिन्द्रासँग सम्झौता गरेको छ । |
'ट्यालेन्ट हन्ट' बाट छानिएका गुर्खाज |
सुजाता मुखिया |
काठमाण्डु गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ बाट ‘आइकनिक प्लेयर’ मा छानिएका कृष कार्की नेपाल प्रिमियर लिग (एनपीएल) लाई लिएर निकै उत्साहित रहेको बताउँछन् । छनोट प्रक्रियाको पहिलो र दोस्रो चरण पार गरेर ‘टप ७’ मा पर्नु उनका लागि खुसीको कुरा थियो । |
‘आईपीएल’ का ‘टिनएज स्टार’ वैभव |
हिमेश |
उनी भए, भर्खर १३ वर्षका । तर अहिले नै उनी करोडपति बनिसकेका छन् । कुरा हो, क्रिकेट खेलाडी वैभव सूर्यवंशीको । उनलाई भविष्यका ठूला स्टार मानिएको छ । हालै साउदी अरबको जेद्दामा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को ‘मेगा–अक्सन’ का क्रममा उनको चर्चा ह्वात्तै चुलियो । |
एमोरिम आएयता युनाइटेडको पहिलो जित |
कान्तिपुर संवाददाता |
म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीबार नर्वेली टिम बोन्डोलाई ३–२ ले पराजित गरेको छ । प्रशिक्षककमा रुबेन एमोरिम आएता युनाइटेडको पहिलो जित हो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले २–१ ले पछाडि रहेर यो खेल जितेको हो । युनाइटेडका लागि रासमस रोयलुन्डले दुई गोल गरे । |
श्रीलंकासँग खेल्दै नेपाल |
कान्तिपुर संवाददाता |
नेपालले शुक्रबार श्रीलंकासँग खेलेर एसीसी यू–१९ एसिया कपमा आफ्नो यात्रा सुरु गर्दै छ । यूएईमा हुने प्रतियोगितामा दिनको अर्को खेलमा अफगानिस्तान र बंगलादेश आमनेसामने हुनेछन् । नेपाल र श्रीलंका शारजहाँ तथा अफगानिस्तान र बंगलादेश दुबईमा खेल्नेछन् । |
एकाएक राहुल च्याम्पियन |
कान्तिपुर संवाददाता |
उदीयमान एमेच्योर गल्फर राहुल बिकेले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । उनले सूर्य नेपाल गल्फ टुर २०२४/०२५ अन्तर्गत प्रतियोगिताको अन्तिम दिन ५ अन्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२ अन्डर २७६ को नतिजामा उपाधि जिते । उनले अनुभवी प्रो तोरणविक्रम शाहीलाई एक स्ट्रोकले पछाडि पारेका थिए । |
जनकपुरसँग टेक्नो र गल्फ |
कान्तिपुर संवाददाता |
काठमाडौं (कास)– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले बिहीबार दुई प्रायोजकसँग सम्झौता गरेको छ । टोलीले गोल्ड प्रायोजकमा टेक्नो मोबाइल र लुब्रिकेन्ट पार्टनरमा नेपाल ल्युब आयलको गल्फसँग सम्झौता गरेको हो । |
मंसिर १३, २०८१ |
देवचुली गोल्डकप : योङ ब्वाइज चितवन सेमिफाइनलमा |
नवीन पौडेल |
योङ ब्वाइज चितवन पूर्वी नवलपरासीको देवचुलीमा जारी प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । |
सिन्धुपाल्चोकमा तेक्वान्दो 'जुनियर ग्रेडिङ' सुरु |
अनिश तिवारी |
जिल्ला तेक्वान्दो संघअन्तर्गत रहेका जुनियर खेलाडीको बेल्ट टेस्ट (ग्रेडिङ) सुरु गरिएको छ । |
गुरुङले यू–१९ एसिया कपमा अम्पायरिङ गर्ने |
कान्तिपुर संवाददाता |
नेपालका सञ्जय गुरुङले एसीसी यू–१९ एसिया कप क्रिकेटमा अम्पायरिङ गर्ने भएका छन् । त्यसका लागि उनी बुधबार यूएई लागिसकेका छन् । उनले लगातार दोस्रो वर्ष एसीसी यू–१९ एसिया कपमा अम्पायरको भूमिका निभाउन लागेका हुन् । गत वर्ष डिसेम्बरमा यूएईमै भएको प्रतियोगिताको पछिल्लो संस्करणको चार खेलमा निर्णायक भएका थिए । |
तोरणलाई पछि पार्दै राहुल सेन्ट्रल ओपन च्याम्पियन |
कान्तिपुर संवाददाता |
उदीयमान एमेच्योर गल्फर राहुल बिकेले बिहीबार सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । |
बास्केटबलमा भ्याली र गोल्डेनपिक विजयी |
कान्तिपुर संवाददाता |
आयोजक भ्याली पब्लिक र गोल्डेनपिक १८ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनल पुगेका छन् । |
अन्तरवडा टेबलटेनिसमा शुभश्रीलाई स्वर्ण |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिका २ की शुभश्री श्रेष्ठले चौथो अल नेपाल अन्तरवडा टेबलटेनिस प्रतियोगिताको यू–१६ गर्ल्स सिंगल्समा स्वर्ण पदक जितेकी छन् । |
मदन भण्डारी एकेडेमीले देशभर खेलकुद प्रतियोगिता गर्ने |
कान्तिपुर संवाददाता |
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले वार्षिक कार्यक्रम सार्वजनिक गर्दै विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिता गर्ने भएको छ । |
स्याङ्जामा पाँचौं संस्करणको क्रसकन्ट्री दौड हुने |
प्रतीक्षा काफ्ले |
स्याङ्जामा पाँचौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । पुतलीबजार नगरपालिका–९ स्थित सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाको आयोजनामा आगामी पुस ८ गते दौड प्रतियोगिता गर्न लागिएको हो । |
नाल्बु र सावदिनलाई फुङफुङे कपको उपाधि |
आनन्द गौतम |
फुङफुङे कपको उपाधि पुरुषतर्फ नाल्बु र महिलातर्फ सावादिनले जितेको छ। मिक्वाखोला गाउँपालिका-४ साँवाको तेम्बेमा प्रतियोगिताअन्तर्गत फक्ताङलुङ गाउँपालिका-३ लिङखिमलाई सडनडेथमा हराउँदै नाल्बुले पुरुषतर्फको उपाधि जितेको हो । |
लिभरपुलको शतप्रतिशत प्रदर्शन कायम |
कान्तिपुर संवाददाता |
युरोपेली च्याम्पियन्स लिगमा लिभरपुलले बुधबार राति डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई २–० ले हराएको छ र यससँगै प्रतियोगितामा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्यो । इंग्लिस प्रिमियर लिग क्लबका लागि एलेक्स म्याक एलिस्टर र कोडी गाक्पोले गोल गरे । लिभरपुलको पाँच खेलबाट १५ अंक भएको शीर्ष स्थानमा छ । |
दसौं राष्ट्रिय खेलकुद : बन्द प्रशिक्षण रोकियो, खेलाडी निराश |
ज्योति कटुवाल |
उसु खेलाडी गोमा आफ्रे दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको टुंगो नलाग्दा घर फर्किएकी छन् । काठमाडौं र सुर्खेतमा गरी तीन महिना बन्द प्रशिक्षणमा बसेकी उनी प्रतियोगिताको मिति टुंगो नलागेपछि घर फर्किएकी हुन् । |
सिटीको खराब लय : ग्वार्डिओलालाई सहन गाह्रो |
एपी |
म्यानचेस्टर सिटीको लय असाध्यै धेरै खल्बलिएको छ । यो प्रशिक्षक पेप ग्वार्डिओलाका लागि सहनै गाह्रो स्थिति बनेको छ । साँच्चै यी स्पेनी प्रशिक्षकको सहन सक्ने सीमा नै तोडिएको छ । |
सेन्ट्रल ओपनमा ४ स्ट्रोकले तोरण अगाडि |
कान्तिपुर संवाददाता |
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फमा तेस्रो दिन पनि तोरणविक्रम शाही समग्रमा ११ अन्डर २ सय ५ स्कोरसहित अग्रता कायमै राखेका छन् । |
मंसिर १२, २०८१ |
सुदूरपश्चिम रोयल्सको साथमा नेपाल एयरलाइन्स |
कान्तिपुर संवाददाता |
नेपाल प्रिमियर लिग (एनपिएल)का लागि सुदूरपश्चिम रोयल्सले नेपाल एयरलाइन्ससँग प्रायोजन सम्झौता गरेको छ । |
चेस खेलाडी सिंगापुरतिर |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.