text
stringlengths
2
914
माधव ढुंगाना
भैरहवामा जारी रूपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत डिभिजन ‘बी’ को सोमबार भएको खेलमा गोलपार्क क्रिकेट क्लब बुटवल विजयी भएको छ । शंकरनगर क्रिकेट क्लबलाई चार विकेटले पराजित गर्दै गोलपार्क विजयी भएको हो ।
अभिषेक चर्च क्वाटरफाइनलमा
नवीन पौडेल
पूर्वी नवलपरासीको देवचुलीमा जारी प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा अभिषेक चर्च रजहर नवलपुर–११ लाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालद्वारा अफगानिस्तान पराजित
कान्तिपुर संवाददाता
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हराएको हो ।
अस्ट्रेलियामाथि भारत ठूलो अन्तरले विजयी
कान्तिपुर संवाददाता
भारतले अस्ट्रेलियामाथि पहिलो टेस्टको चौथो दिन सोमबार पर्थमा २ सय ९५ रनको ठूलो अन्तरको जित निकालेको छ । अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा २ सय ३८ रन बनाएर अलआउट भयो । अस्ट्रेलियाले नियमित अन्तरमा विकेट गुमाएको थियो र भारत एक दिन अगाडि नै सानदार जितसम्म पुग्न सफल रह्यो ।
कञ्चनजंगा सेसेलुङ गोल्डकप : उद्घाटनको दिन आयोजक र तेह्रथुम खेल्ने
आनन्द गौतम
आगामी मंसिर १५ गतेदेखि हुने दोस्रो कञ्चनजंगा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ताप्लेजुङ र तेह्रथुम आमनेसामने हुने भएका छन् ।
दसौं राष्ट्रिय खेलकुद पर्खिरहेको कर्णाली
ज्योति कटुवाल
तीन वर्षअघि वीरेन्द्रनगर–८ आवास क्षेत्रको पश्चिमतर्फ खाली मैदान थियो । मुलुक संघीयतामा गएपछि कर्णाली प्रदेशमा रंगशाला निर्माणको चर्चा चल्यो । अन्य प्रदेशमा खेलकुदका कुनै न कुनै संरचना थिए । कर्णाली प्रदेशको सुर्खेतमा अत्याधुनिक रंगशाला निर्माण गर्ने र दसौं राष्ट्रिय खेलकुद आयोजना गर्ने हुटहुटीका साथ तत्कालीन मुख्यमन्त्...
ऋषभको सनसनीपूर्ण दोस्रो इनिङ्स
हिमेश
‘मलाई लागेको थियो, अब मेरा दिन सकिए,’ ऋषभ पन्तले यस्तै भनेका थिए । सन् २०२२ डिसेम्बर ३० को त्यो कालो दिन उनी नराम्रोसँग गाडी दुर्घटनामा परेका थिए । उनी आफैं मात्र के र, अरूलाई पनि लागेको थियो, यी क्रिकेट खेलाडी बाँच्ने छैनन् ।
नयाँ प्रशिक्षक आएयता युनाइटेडको बराबरी
कान्तिपुर संवाददाता
रुबेन एमोरिमले आइतबारदेखि औपचारिक रूपमा म्यानचेस्टर युनाइटेड सम्हालेका छन् र उनी आएयताको पहिलो खेलमा क्लब इपस्विच टाउनसँग १–१ को बराबरीमा रोकिएको छ ।
रियलले घटायो बार्सिलोनासँगको दूरी
कान्तिपुर संवाददाता
रियल म्याड्रिडले स्पेनी ला लिगाको शीर्षमा रहेको बार्सिलोनासँगको दूरी आइतबार चार अंकमा घटाएको छ । यसका लागि उसले लेगानेसमाथि ३–० को सजिलो जित निकाल्यो । रियलको १३ खेलबाट ३० अंक भएको छ ।
मंसिर ९, २०८१
सूर्य नेपाल गल्फ टुर : सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन सोमबारदेखि
कान्तिपुर संवाददाता
सूर्य नेपाल गल्फ टुरको २०२४–२५ सिजन सोमबारदेखि सूर्य नेपाल सेन्ट्रल ओपनसहित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुनेछ । ३४ व्यावसायिक र १३ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछ । सिजनको पहिलो प्रतियोगितामा कुल ८ लाख ८२ हजार पुरस्कार राशि रहेको छ ।
मक्सुदले कर्णालीबाट खेल्ने
कान्तिपुर संवाददाता
ओमानका भेट्रान अलराउन्डर जिसन मक्सुदले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीले ३७ वर्षे ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको हो ।
गरुडा र यमुनामाई विजयी
शिव पुरी
गरुडा र यमुनामाई नगरपालिकाले प्रथम मेयर ट्वान्टी–२० लिग क्रिकेटमा आइतबार जित हात पारेका छन् ।
योङ्ग ब्वाइज देवचुली कपको क्‍वाटरफाइनलमा
नवीन पौडेल
पूर्वी नवलपरासीको देवचुली-१० पृथ्वीनगरमा जारी देवचुली कप फुटबल प्रतियोगितामा योङ्ग ब्वाइज चितवन क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । देवचुली नगर खेलकुद विकास समितिलाई २-१ गोल अन्तरले पराजित गर्दै चितवन क्‍वाटरफाइनलमा प्रवेश गरेको हो ।
मकवानपुरमा टी–१० क्रिकेट हुने
प्रताप विष्ट
मुस्लिम इत्तेहाद संगठन जिल्ला कार्यसमिति मकवानपुरले टी–१० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
भारतसामु अस्ट्रेलिया चर्को दबाबमा
कान्तिपुर संवाददाता
अस्ट्रेलिया भारतविरुद्धको पहिलो टेस्टको तेस्रो दिन आइतबार हारबाट जोगिन चर्को दबाबमा रहेको छ । जितका लागि ५ सय ३४ रनको लक्ष्य पाएको अस्ट्रेलियाले तेस्रो दिनको खेल समाप्त हुँदा तीन विकेट गुमाएर १२ रन बनाएको छ ।
तेक्वान्दो प्रशिक्षक जगन अधिकारी अमेरिकामा सम्मानित
अनिश तिवारी
तेक्वान्दो प्रशिक्षक जगन अधिकारी अमेरिकाको सिकागोमा तेक्वान्दो हेडक्वाटर्स कुकिवोनबाट सम्मानित भएका छन् । उनलाई कुकिवोनले आउट स्ट्याण्डिङ उपाधिबाट सम्मान गरेको हो ।
डेभिस कप टेनिस : नेपालको ऐतिहासिक फड्को
ध्रुव तुलाधर
‘द वर्ल्डकप अफ टेनिस’ को रूपमा रहेको प्रतियोगिता डेभिस कपमा नेपालले ऐतिहासिक सफलता पाएको छ । बहराइनको मनामामा भएको एसिया/ओसियाना क्षेत्रको समूह ५ बाट नेपालले फड्को मारेको छ । इसा टाउनस्थित पोलिटेक्निक युनिभर्सिटीको कोर्टमा शनिबार आयोजक बहराइनलाई रोकेपछि नेपाल माथिल्लो समूह ४ मा उक्लेको हो । बढुवाका लागि भएको प्लेअफ प्र...
अस्ट्रेलियालाई भारतको गतिलो जवाफ
कान्तिपुर संवाददाता
यशस्वी जयसवालले निकै सुझबुझका साथ अविजित ९० र केएल राहुलले ‘स्टाइलिस’ पाराले ६२ रन बनाएपछि भारतले शनिबार अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा २ सय १८ रनको बलियो अग्रता लिएको छ । विश्वको उत्कृष्ट बलिङ आक्रमण टोलीविरुद्ध जयसवाल र राहुलले दृढ संकल्पसाथ खेलेपछि भारत दोस्रो दिनको खेलमै बलियो स्थितिमा पुगेको हो ।
चन्द्रपुर प्रथम मेयर कप : माधवनारायण र यमुनामाई विजयी
शिव पुरी
माधवनारायण र यमुनामाई नगरपालिकाले प्रथम मेयर टी–२० लिग क्रिकेटमा शनिबार जित हात पारेका छन् । संघर्ष युवा क्लबको आयोजनामा चन्द्रपुर–८ स्थित कोटीहोम मैदानमा माधवनारायणले गरुडा नगरपालिकालाई सुपरओभर र यमुनामाईले गौर नगरपालिकालाई १३ रनले हराए ।
सेल्टा भिगोसँग बार्सिलोनाको बराबरी
कान्तिपुर संवाददाता
स्पेनी ला लिगाको शीर्षमा रहेको बार्सिलोनाले शनिबार सेल्टा भिगोसँग २–२ को बराबरी खेलेको छ । दुई मिनेटको अन्तरमा दुई गोल खाएपछि बार्सिलोनाले आफ्नो ठोस अग्रता गुमाएको हो र यससँगै एकै अंकमा चित्त बुझाउन बाध्य रह्यो ।
सिटीको लगातार पाँचौँ हार
कान्तिपुर संवाददाता
जेम्स म्याडिसनको दुई गोलमा टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीलाई ४–० ले पराजित गरेको छ । सिटीको यो लगातार पाँचौँ हार हो । सन् २००६ यता सिटी लगातार पाँच खेलमा पराजित रहेको यो पहिलो पटक हो ।
एलिट कराते प्रशिक्षक प्रशिक्षण सुरु
कान्तिपुर संवाददाता
काठमाडौं जिल्ला कराते महासंघको आयोजना र काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबार सुरु भएको छ ।
मंसिर ८, २०८१
हलेसीमा महिला फुटबल प्रतियोगिता
डम्बरसिं राई
हलेसीमा शनिबार सुरु खुला महिला फुटबल प्रतियोगितामा आयोजक र प्रगतिशील सेवा समाज बाहुनीडाँडाले विजयी यात्रा सुरुवात गरेका छन् । हलेसीस्थित बसाहाथान खेलमैदानमा शनिबार भएको पहिलो खेलमा साकेला सिली समूह सल्लेलाई २–१ आयोजकले र दोस्रो खेलमा कात्तिके युवा क्लब (केवाईसी)लाई ३–० ले हराउँदै प्रगतिशील सेवा समाज बाहुनीडाँडा विजयी भ...
रौनक र रचेललाई ओपन लिड क्लाइम्बिङको उपाधि
कान्तिपुर संवाददाता
रौनक उप्रेती र रचेल डेभिडसनले शनिबार मुसा मसला ओपन लिड क्लाइम्बिङ प्रतियोगिता २०२४ को उपाधि जितेका छन् ।
केभीसी र रेडियन्ट बास्केटबलको सेमिफाइनलमा
कान्तिपुर संवाददाता
जेसिस र केभीसी १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शनिबार सेमिफाइनल पुगेका छन् ।
गरिमा रोड रेसमा मुकेश र सन्तोषी च्याम्पियन
कान्तिपुर संवाददाता
आर्मीका मुकेश पाल र काठमाडौंकी सन्तोषी श्रेष्ठ शनिबार राजधानीमा भएको गरिमा रोड रेसमा विजेता भएका छन् । १० किलोमिटर दूरीको पुरुषमा मुकेश र महिलामा सन्तोषी पहिलो भएका हुन् ।
नागस्वती भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई
प्रताप विष्ट
तेस्रो संस्करणको नागस्वती भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वती भेट्रान्सले हात पारेको छ । हेटौंडा उपमहानगरपालिका-७, नागस्वतीस्थित नवज्योति माद्यमिक विद्यालयको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा जोरपाटी भेट्रान्स काठमाडौंलाई सडन डेथमा हराउँदै साविक विजेता आयोजक नागस्वती भेट्रान्सले उपाधि जितेको हो ।
सिरिजंगा गोल्डकपको खेलतालिका सार्वजनिक
आनन्द गौतम
सिरिजंगा गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । सिरिजंगा गाउँपालिका-४ तेल्लोक माविको खेलमैदानमा यही मंसिर २३ गते देखि हुने गोल्डकपको आयोजक सिरिजंगा स्पोर्टिङ्ग क्लबले शनिबार खेलतालिका सार्वजनिक गरेको हो ।
सरस्वती क्लबले स्ट्रिट विश्व च्याम्पियनसिप खेल्ने
कान्तिपुर संवाददाता
सरस्वती युथ क्लबले थ्री बाई थ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ ।
बर्दिया क्रिकेट एकेडेमी विजयी
कमल पन्थी
जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा भएको ट्वान्टी/२० क्रिकेट प्रतियोगितामा बर्दिया क्रिकेट एकेडेमी विजयी भएको छ । गुलरियामा शनिबार सम्पन्न खेलमा जनजागृति युवा क्लबलाई पराजित गर्दै बर्दिया क्रिकेट एकेडेमी ५ विकेटले विजयी भएको हो ।
यू-१९ विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित
रासस
विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ ।
अस्ट्रेलियामाथि भारतको अग्रता २ सय १८ रन
कान्तिपुर संवाददाता
भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टको दोस्रो दिन आफूलाई बलियो स्थितिमा पुर्‍याएको छ । भारतले दोस्रो दिनको समाप्तिमा अस्ट्रेलियामाथिको अग्रता २ सय १८ रन बनाएको छ ।
शीर्षमा पीएसजीको अग्रता छ अंक
एजेन्सी
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानको शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ । उसले शुक्रबारको खेलमा टुलोजलाई सजिलै ३–० ले हरायो । पीएसजीको १२ खेलबाट ३२ अंक भएको छ ।