text
stringlengths
2
914
कान्तिपुर संवाददाता
स्पिन इभेन्ट्सको आयोजनामा हुने चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गीले मुख्य प्रायोजन गर्ने भएका छन् ।
राष्ट्रिय नेत्रहीन क्रिकेट टिमलाई सीमानाकामा बिदाइ
माधव ढुंगाना
पाकिस्तानमा हुन लागेको नेत्रहीन टी–२० विश्वकपमा सहभागी हुन त्यसतर्फ जाने नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिमलाई बुधवार भैरहवामा बिदाइ गरिएको छ ।
एनपीएल : सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
कान्तिपुर संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गरेको छ । यही मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले सहयोग गर्ने विषयमा एक कार्यक्रमबीच प्रायोजनसम्बन्धी समझदारीपत्र आदान–प्रदान भयो ।
अर्जेन्टिनाको विश्वकप यात्रा लगभग निश्चित
कान्तिपुर संवाददाता
लउतारो मार्टिनेजले दोस्रो हाफमा गरेको एक मात्र गोलमा अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा बुधबार पेरुलाई १–० ले पराजित गरेको छ । यससँगै जितको बाटोमा फर्केको अर्जेन्टिनाको निर्णायक गोल ५५ औं मिनेटमा सम्भव भएको थियो ।
राजनीतिक कचिङ्गलमा दसौं खेलकुद
ज्योति कटुवाल
कर्णालीमा दसौं राष्ट्रिय खेलकुद गर्न पूर्वाधार तयार भए पनि राजनीतिक नेतृत्वको अनुकूल खेलकुद परिषद्हरू नहुँदा प्रतियोगिताको भविष्य अन्योलमा परेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव र प्रदेशका सदस्य–सचिव नेकपा माओवादी निकटका छन् भने वर्तमान सरकारमा नेकपा एमाले र नेपाली कांग्रेस रहेकाले प्रतियोगिताभन्दा पनि पदाधिकार...
नडालले लिए संन्यास
एएफपी
राफेल नडाल ‘किङ अफ क्ले’ थिए । तर, उनले सबैखाले टेनिस कोर्टमा पनि उपाधि जिते । उनले जितेको ग्रान्ड स्लाम उपाधि नै २२ पुग्छ । कोर्टभित्र मात्र होइनन्, बाहिर पनि उनी उत्तिकै भलाद्मी छन् । त्यसैले टेनिसप्रेमीमाझ लोकप्रिय मात्र छैनन्, कट्टर प्रतिद्वन्द्वी खेलाडी पनि उनको प्रशंसा गर्छन् । तिनै नडालले विश्व टेनिसबाट संन्यास ...
सिटीसँग ग्वार्डिओलाको थप एक वर्षको अनुबन्ध
कान्तिपुर संवाददाता
म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ ।
जापान विश्वकप छनोट नजिक
कान्तिपुर संवाददाता
जापान लगातार आठौंपल्ट विश्वकप छनोट नजिक पुगेको छ । जापानले एसियाली छनोटमा मंगलबार चीनलाई सजिलै ३–१ ले हरायो । चीनको सिमेनमा भएको तनावपूर्ण खेलमा जापानले सुरुमै दुई गोलको अग्रता लिएपछि स्थिति आफ्नो पकडमा राखेको थियो ।
शिभाली र स्वराह जुनियर टेनिसको सेमिफाइनलमा
कान्तिपुर संवाददाता
नेपालकी शिभाली गुरुङ र स्वराह थापा इमर्जिङ एथलिट जुनियर यू–१४ एसियाली टेनिस प्रतियोगिताको गर्ल्स सिंगल्समा सेमिफाइनल पुगेका छन् ।
जर्मनीसँग हंगेरीको नाटकीय बराबरी
कान्तिपुर संवाददाता
लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् ।
मंसिर ४, २०८१
कर्णालीको आइकोनिक प्लेयरमा विपिन
कान्तिपुर संवाददाता
कर्णाली याक्सले एनपीएलका लागि मंगलबार ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयरमा छानेको छ ।
सुदूरपश्चिम रोयल्स र एसपीएबीच सम्झौता
रासस
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने ‘सुदूरपश्चिम रोयल्स’ क्लब र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) बीच ‘एजुकेसन पार्टनर’ का लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
बास्केटबलमा ब्राइट होराइजन र कश्यप विजयी
कान्तिपुर संवाददाता
ब्राइट होराइजन र कश्यप स्कुलले १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सफलता पाएका छन् ।
भ्याली पब्लिक र ग्रीनल्यान्डलाई टीआईए कप
कान्तिपुर संवाददाता
भ्याली पब्लिक र ग्रीनल्यान्डले १६ औं संस्करणको टिआईए अन्तर स्कुल बास्केटबलमा मंगलबार उपाधि जितेका छन् ।
काठमाडौं गुर्खाजमा तेस्रो इंग्लिस खेलाडी
कान्तिपुर संवाददाता
अनुभवी इंग्लिस क्रिकेटर नाथन सोउटरले काठमान्डु गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । काठमाडौं गुर्खाजले मंगलबार ३२ वर्षे लेग स्पिन अलराउन्डरलाई सोउटरलाई भित्राएको जनाएको छ ।
रुपन्देही सुपर लिग क्रिकेट : प्रोफेसनल मास्टर्स-११ विजयी
माधव ढुंगाना
भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको डिभिजन ‘बी’ अन्तर्गत मंगलबार भएको खेलमा प्रोफेसनल मास्टर्स–११ विजयी भएको छ ।
सञ्जीव मिजारले जिते हेटौंडा रनको उपाधि
सुवास विडारी
दोस्रो संस्करणको ‘हेटौंडा रन-२०८१’ को उपाधि हेटौंडा-१४ का धावक सञ्जीव मिजारले जितेका छन् । उनले निर्धारित ५ किलोमिटर दूरी २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधिमा आफ्नो नाम लेखाएका हुन् ।
नेपाल प्रिमियर लिग : पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने [खेलतालिकासहित]
कान्तिपुर संवाददाता
विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंसिर १५ गते पहिलो खेल हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको खेलतालिका सोमबार प्रकाशित गरेसँगै यी दुई टोलीबीच उद्घाटन खेल हुने भएको हो ।
स्विट्जरल्यान्डमाथि स्पेन अन्तिम क्षणमा विजयी
कान्तिपुर संवाददाता
स्पेनले यूईएफए नेसन्स लिगमा सोमबार स्विट्जरल्यान्डमाथि नाटकीय अन्तिम क्षणको जित निकालेको छ । लिग–ए ग्रुप–फोरको खेलमा युरोपेली च्याम्पियन स्पेन ३–२ ले विजयी रहेको हो ।
मंसिर ३, २०८१
नुमाफुङ र सुकेपोखरीलाई उपाधि
लक्ष्मी गौतम
बराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा फाल्गुनन्द गाउँपालिका–२ इम्बूङमा आयोजित खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि नुमाफुङ युथ क्लब फिदिम सिवाले हात पारेको छ ।
चितवन राइनोजको जर्सी र मस्कट सार्वजनिक
रमेशकुमार पौडेल
नेपाल प्रिमियर लिगको प्रतिस्पर्धी टिम चितवन राइनोजलले सोमबार आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।
टेबलटेनिसको युथ ट्रेनिङ क्याम्प
कान्तिपुर संवाददाता
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा युथ ट्रेनिङ क्याम्प लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार सकिएको छ ।
धनगढीमा सुदूरपश्चिम रोयल्सको र्‍याली
चित्रांग थापा
सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) सहभागी हुन लागेको सुदूरपश्चिम रोयल्सका खेलाडीसहित सोमबार धनगढीमा बृहत् र्‍याली निकालिएको छ ।
टीआईए कप बास्केटबलमा आयोजक सेमिफाइनलमा
कान्तिपुर संवाददाता
आयोजक टिम टीआइए ‘ए’ सोमबार १६ औं टीआइए अन्तरस्कुल बास्केटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।
जेसीज कपको उपाधि मकवानपुरगढीलाई
सुवास विडारी
दोस्रो चैनपुर जेसीज मनहरी कप खुला फुटबल प्रतियोगिताको उपाधि मकवानपुरगढी जेसीजले जितेको छ । सोमबार भएको फाइनल भीडन्तमा परेली युवा क्लव हेटौंडा १९ लाई १-० ले हराउँदै मकवानपुरगढी जेसीजले उपाधि जितेको हो ।
जनकपुर बोल्ट्सको आधिकारिक जर्सी सार्वजनिक
सन्तोष सिंह
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।
अन्तरस्कुल बास्केटबलमा रेडियन्ट र एक्सेल्सियर विजयी
कान्तिपुर संवाददाता
आयोजक रेडियन्ट पब्लिक र द एक्सेल्सियर स्कुलले १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार विजयी नतिजा निकालेका छन् ।
यु १९ महिला क्रिकेट टीमकी कप्तान महतोलाई गौशालामा नागरिक अभिनन्दन
सन्तोष सिंह
मनेपाल महिला क्रिकेट यू १९ टिमकी कप्तान पूजा महतोलाई गृहनगर गौशालामा नागरिक अभिनन्दन गरिएको छ ।
कप्तान महतो जनकपुरको 'फेस अफ बोल्ट्स्' घोषित
सन्तोष सिंह
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले यु-१९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतोलाई फेस अफ बोल्ट्स् घोषणा गरेको छ ।
बुटवल राइनोजको जित
माधव ढुंगाना
रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘बी’ अर्न्तगत सोमबारको खेलमा बुटवल राइनोज क्रिकेट टिम विजयी भएको छ ।
मंसिर २९ मा गोरखा म्याराथन
हरिराम उप्रेती
प्रसिद्ध धार्मिक स्थल मनकामनादेखि गोरखकाली मन्दिरसम्म खुला गोरखा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा मंसिर २९ गते दौड प्रतियोगिता हुन लागेको हो ।
सात दिनमा ७ महाद्वीपमा ७ वटै म्याराथन दौडन निस्किए कर्माचार्य
नवीन पोखरेल
अमेरिकाको बोस्टनमा रहेका नेपाली धावक सन्तोष कर्माचार्यले ७ दिनमा ७ वटा महाद्वीपमा ७ वटै म्याराथन (४२.२ किमि दूरी) दौडन सुरु गरेका छन् ।
लुम्बिनी लायन्सको जर्सी सार्वजनिक
सन्जु पौडेल
एनपीएल (नेपाल प्रिमियर लिग) फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले आगामी मंसिर १५ गतेदेखि हुने लिगका लागि प्रशिक्षण तयारी थालेको छ । उसले प्रशिक्षण स्थलका रूपमा रूपन्देहीमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान रोजेको छ । मैदानमा मुख्य प्रशिक्षक नन्दन फार्डिसले नेपाली खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् ।